• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने तयारी
64x64
वीरेन्द्र ओली शुक्रबार, चैत ४, २०७८  १८:३१
1140x725

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिने तयारी गरेको छ। शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा जाने विषयमा अधिकांश नेताहरुले सहमति जनाएका छन्।

महासचिव विप्लवले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्थानीय निर्वाचनमा भाग लिने उल्लेख गरेको एक केन्द्रीय सदस्यले बताए। त्यसमा अधिकांश नेताहरूले सहमति जनाएका छन्।

स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रसँगै तालमेल गरेर जानुपर्ने धारणा नेताहरुले राखेका छन्। उनीहरूले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि चुनावी तालमेल गर्ने सकिने बताएका छन्। 

‘आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महासचिवको प्रतिवेदनमा स्थानीय निर्वाचनलाई उपयोग गर्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ। बैठकमा अधिकांश नेताहरुले धारणा राख्ने क्रममा निर्वाचनमा जानुपर्छ भन्ने मत राख्नु भएको छ’, ती केन्द्रीय सदस्यले भने, ‘केही नेताहरुले निर्वाचनमा जानु हुन्न भन्ने मत पनि राख्नु भयो। त्यो मत सानो छ। छलफल गर्दै जाँदा बहुमत केन्द्रीय सदस्य निर्वाचनमा जानुपर्छ भन्नेमा हुनुहुन्छ।’ 

निर्वाचनमा जाने विषयमा पार्टी एकढिक्का हुने ती केन्द्रीय सदस्यले दाबी गरे। ‘पार्टी चुनावमा नगए नेता/कार्यकर्ता नै जोगाउन मुस्किल छ। सबै आ–आफ्नो हैसियतले भ्याएसम्म वडा, पालिका र प्रदेशमा चुनाव लड्ने तयारी गरेका छन्’, ती केन्द्रीय सदस्यले भने, ‘हामीले पार्टी बलियो बनाउनु पर्छ भन्दा परिस्थिति अर्कोतिर जाने देखियो। जेलमा परेका नेता कार्यकर्ता नछुट्ने परिस्थिति बन्ने भयो। त्यसैले चुनाव उपयोग गर्ने भन्ने छ।’

स्थानीय निर्वाचन उपयोग गर्ने नीति अनुरुप विप्लवले यसअघि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई भेटेका थिए। तर, विप्लवको प्रस्ताव वैद्यले ठाडै अस्वीकार गरेका थिए। 

वैद्य स्थानीय निर्वाचन बहिस्कार गर्नुपर्ने निर्णयमा पुगेपछि विप्लव चाहिँ माओवादीसहित एकीकृत समाजवादी र जसपासँग तोलमेल गर्ने मनस्थितिमा पुगेको बताइन्छ। यद्यपि, उनको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन। त्यसो हुँदा नेकपाले अन्य कुनै पार्टीको चुनाव चिह्न लिएर सोही पार्टीको उम्मेदवारका रुपमा निर्वाचन लड्नुपर्नेछ।

नेकपाको सचिवालयमा महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य सन्तोष बुढामगर निर्वाचनमा भाग लिनुपर्छ भन्नेमा दृढ देखिएका छन्। सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली निर्वाचनको विपक्षमा भएपनि सबै केन्द्रीय सदस्यको धारणा बुझेपछि मात्रै निर्णय गर्नु पर्ने योजनामा छन्। तर, अधिकांश केन्द्रीय सदस्य भने माओवादी केन्द्रलगायतका दलसँग चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा छन्। 

Ncell 2
Ncell 2

महरासँगको भेटपछि बदलिए विप्लव
नेकपाको केन्द्रीय समिति बैठकअघि विप्लवलाई भेट्न माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा विप्लवको घर शिवगढी पुगेका थिए। त्यहाँ उनीहरूबीच लामै कुराकानी भयो। आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर जाने विषयमा महराले प्रस्ताव गरेपछि विप्लवले कति सिटमा गर्ने भन्दै चासो देखाए।

जवाफमा महराले बैठकबाट निर्वाचनमा जाने नीति पारित गरेपछि सिट संख्या मिलाउन सकिने बताएका नेकपाका अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए। महरा–विप्लव भेटलगत्तै सुरु भएको केन्द्रीय समिति बैठकमा उनले निर्वाचनमा जाने विषय प्रतिवेदनमै उल्लेख गरेका हुन्। 

विप्लवका दाजुको निधन हुँदासमेत महरा विप्लवलाई भेट्न शिवगढी नै पुगेका थिए। विद्यालय तहमा महराले विप्लवलाई पढाएका हुनाले दुवै नेतावीच गुरु–चेलाको सम्बन्ध छ।

गत मंसिर ४ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित महरा, विप्लव र खड्गबहादुर विश्वकर्माबीच कार्यनीतिक रुपमा एकठाउँ उभिने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। त्यसले पनि विप्लवलाई निर्वाचन उपयोग गर्नुपर्छ भन्नेमा पुर्‍याएको उनको बुझाई छ। 

‘प्रचण्ड कमरेडसँगको भेटमा माओवादी धाराहरु एक ठाउँमा आउनुपर्छ भन्ने विषयमा छलफल भएको थियो। त्यसमा कार्यनीतिक रुपमा एक ठाउँमा आउने वातावरण बनाउनु पर्छ भन्ने भयो’, मल्लले भने, ‘अब स्थानीय चुनावमा माओवादीसँग तालमेल गरेर जाने विषयमा उहाँहरुले निर्णय गरेमा कुनै समस्या हुँदैन। यसको वातावरण बन्दै गएको छ।’

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्