• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
चुनावको छेकमा दल-बदल : जता अवसर, नेताहरु त्यतै अग्रसर
64x64
वीरेन्द्र ओली बुधबार, चैत २, २०७८  २०:०२
1140x725

काठमाडौं- दलहरु स्थानीय तहको निर्वाचन केन्द्रित भएका छन्। निर्वाचनसँगै एक पार्टीको नेता-कार्यकर्ता अर्को पार्टीमा प्रवेश गर्ने परम्परागत प्रचलनको पुनरावृत्ति भइरहेको छ। वैशाख ३० गतेको स्थानीय तहका लागि मात्रै होइन, आगामी संसदीय निर्वाचनलाई समेत लक्षित गरेर नेताहरुले दल बदलिरहेका छन्। 

गएको दुई महिनाको तथ्य केलाउने हो भने दल बदल्नेहरुको एउटा उद्देश्य देखिन्छ- जता अवसर, त्यतै अग्रसर। उनीहरुले पार्टीको सिद्धान्त, त्यसले आमजनका लागि गरिरहेको काम र उक्त पार्टीप्रति आफ्नो अस्थालाई तपशिलमा राखेको देखिन्छ। यसपल्ट कम्युनिष्टबाट कम्युनिष्ट मात्रै होइन वा लोकतान्त्रिक पार्टीबाट त्यस्तै पार्टीमा मात्रै होइन, अन्यमा पनि पुगेका छन्। झण्डै ४० वर्ष कम्युनिष्ट पार्टीमा काम गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस बनेका छन्। प्राय एमालेविरोधी मानिएका पार्टीमा काम गरेका मंगलप्रसाद गुप्ता एमाले भए। 

बसिरहेको पार्टीबाट अवसर प्राप्त हुने सुनिश्चितता नभएपछि उनीहरुले दल बदलेको उनीहरुकै भनाइबाट प्रष्ट हुन्छ। उदाहरणका रुपमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जका मेयर बनेका विजय सरावगीको भनाइलाई लिन सकिन्छ। एमालेमा प्रवेश गर्ने क्रममा उनले भनेका छन्, 'मैले पर्सा जिल्लामा फोरमलाई पूरै जिताए। त्यसलाई पार्टीले मूल्यांकन नै गरेन। जुन ढंगले पार्टीले मलाई ट्रिटमेन्ट गर्नुपर्ने थियो त्यसो गरेन। उपेन्द्रजीले मेरो मानसम्मान नै गर्नु भएन।’

चुनाव जित्ने विकल्प खोज्दै एमालेमा गुप्ता

गुप्ताका राजनीतिक जीवनमा एमाले चौथो दल हो। यसअघि तीनवटा पार्टीबाट चुनाव लडिसकेका छन्। दलबदल उनको बानीजस्तै हुन थालिसकेको छ। जनता गएको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए। निर्वाचनमा उनी कांग्रेसका अभिषेकप्रताप साहसँग पराजित भए। साहको १९ हजार ९ सय ६६ मत आएको थियो भने गुप्ताको १५ हजार ८ सय ३ मत आएको थियो। 

जसपा भन्दा अघि उनी २०७० मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट सांसद उठेका थिए। २०४८ र २०५६ मा भने उनी कांग्रेसबाट चुनावमा उठेका थिए। सवै निर्वाचनमा ‘उपविजेता’मै चित्त बुझाएका उनी आगामी निर्वाचन जित्नकै लागि एमाले प्रवेश गरेका हुन्।

मधेशी समुदायमा कमजोर रहेको एमालेको पहाडी समुदायमा भने राम्रै पकड छ। राजमार्गको उत्तर भागमा पहाडी समुदायको वर्चस्व भएका कारणले एमालेले विजयनगर गाउँपालिका प्रमुख र शिवराज नगरपालिकामा मेयर जितेको छ।

Ncell 2
Ncell 2

राजमार्गको दक्षिणतर्फ मधेशवादी पार्टीको वर्चस्व भए पनि उत्तरतर्फको मत निर्णायक हुँदै आएको छ। त्यसैलाई मध्यनजर गर्दै संघीय समाजवादी फोरमबाट दुईपल्ट संविधानसभामा जितेका साह गएको निर्वाचनअघि कांग्रेस प्रवेश गरेर चुनाव लडेका थिए।

गुप्ता उक्त क्षेत्रमा लोकप्रिय रहे पनि फोरमबाट उठेका कारण पहाडी समुदायको मत पाएका थिएनन्। पहाडी समुदायको मत कांग्रेसका साह र एमालेले समर्थन गरेका मिश्रलाई गएको थियो। आफू यही मतले पराजित हुन पुगेको महशुस गरेर गुप्ताले एमाले रोजेका हुन्।

मेयर दोहोरिन एमालेमा सरावगी


वीरगञ्जका मेयर सरावगीलाई एमालेको नीति सिद्धान्तले डोर्‍याएको होइन। पहिलो रुचिको दल पनि थिएन। राजनीतिमा आउनुअघि बरु उनको भावनात्मक निकटता नेपाली कांग्रेससँग थियो। त्यही पार्टीमा गएर मेयर दोहोरिने चाहना असफल भएपछि उनी एमालेमा आइपुगेका हुन्। 

उनी आफैंले स्वीकारेका छन्, 'नयाँ पार्टी प्रवेश गर्दा दुईवटा विकल्प थिए एउटा कांग्रेस, अर्को एमाले। काँग्रेसमा जाउँ यति धेरै जनप्रतिनिधिहरु बन्न लाइन लागिरहेका छन्। त्यहाँ धेरै स्कोप नभएकाले गइनँ। एमालेका अध्यक्ष ओलीको राष्ट्रिय भावना र विकासप्रति एउटा भावना देखे। त्यसैले एमाले प्रवेश गरे। अब एमालेबाट राजनीतिक भविष्य अगाडि बढाउँछु।’ 

व्यापारिक एवं व्यfवसायिक घरानाका विजय सरावगी २०७४ को स्थानीय निर्वाचन हुनुभन्दा पाँच महिनाअघि मात्रै राजनीतिमा प्रवेश गरेका हुन्। राजनितिज्ञले विकास नगरेको भन्दै चुनाव लड्नका लागि उनी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए। त्योबेला पनि टिकट फिक्स गरेर राजनीति प्रवेश गरेका हुन् उनी। 

त्यसअघि उनी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भइसकेका थिए। नेकपा एमाले एमालेका उम्मेदवार बसुरुद्दीन अन्सारी सरावगीसँगको चुनावमा पाँचौं नम्बरमा चित्त बुझाउन बाध्य भएका थिए। अन्सारीले मेयरमै दोहोर्‍याएर लड्ने चाहना राखेका छैनन्। त्यसकारण एमाले बलियो उम्मेदवारको खोजीमा थियो।

सरावगी भन्दा अघि सोही निर्वाचनमा तेस्रो नम्बरमा भोट ल्याएका तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेशमान सिंहलाई एमालेले भित्र्याउने फिक्स गरेको थियो। केही दिनमा औपचारिक कार्यक्रम गरी एमालेमा प्रवेश गर्ने तयारी गरेका सिंहलाई सरावगीले उछिने। सरावगीको एमाले प्रवेशबाट सशंकित बनेका सिंहले फेसबुकमा लेखेका छन्- 'मेयर सरावगीलाई एमालेले पार्टीमा भित्र्याएको छ। अब मैले के गर्दा उपयुक्त हुन्छ?'

विगरगञ्ज मेयर एमाले प्रवेश गरेको विषयलाई जसपा नेता राजकिशोर यादवले स्वभाविकै भएको बताए। ‘चुनावका बेला सबै पार्टीमा छिटफुट घटनाहरु हुन्छन्। हाम्रो पार्टीबाट विरगञ्जको मेयर यस्तो हुनुभयो,’ यादवले भने, ‘फेरि त्यहीँबाट रिपिट गर्न खोजेमा कार्यकर्ताबाट भोट पाउन गाह्रो हुन्छ। टिकट पनि पाइन्छ कि पाइँदैन भन्ने भयो । त्यसैले छोडेको हुन सक्छन्।’ चुनावको मुखमा यस्ता पार्टी प्रवेश भइरहने भएकाले अन्यथा लिन नहुने यादवले बताए। 

जिल्ला अध्यक्ष नपाएपछि क्षेत्रीले त्यागे एमाले

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री २०७४ सालको स्थानीयतह निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। कार्यकाल सकिँनै लाग्दा गत फागुन २४ गते कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतकोको उपस्थितमा कांग्रेस प्रवेश गरे।

एमाले लगायत ४० वर्ष कम्युनिस्ट राजनीति गरेका क्षेत्री वैचारिक धरातल नमिल्ने कांग्रेस प्रवेश गरे। प्रतिस्पर्धाका हिसाबले पनि जुन पार्टीविरुद्ध यतिन्जेल काम गरे, त्यहीँ प्रवेश गरेर बाँकी राजनीतिक करिअर अघि बढाउन तयार भए।

जीवनको यो मोडमा आएर उनलाई कांग्रेसको लोकतान्त्रिक सिद्धान्तले वशीभूत पारेको होइन। न त एमाले नै मन नपरेर उनी त्यता हिँडेका हुन्। त्यसो हुँदो हो त तत्कालीन एमालेमा माधव नेपालनिकट मानिने उनी एकीकृत समाजवादी रोज्थे। 

एमाले विभाजनपछि मूल पार्टीमै बस्ने निधो गरेका उनको चाहना जिल्ला अध्यक्ष बन्ने थियो। प्राय: ठाउँमा सहमतिबाट नेतृत्व चयन गरेको एमालेले उनलाई जिल्ला अध्यक्षमा उम्मेदवारी नै दर्ता गर्न दिएन। एमालेमा आफूले अवसर प्राप्त गर्न सक्ने सम्भावना सकिएको महसुस भएपछि उनी कांग्रेस प्रवेश गरेका हुन्। उनको निर्वाचन क्षेत्रमा हल्ला छ- कांग्रेसबाट प्रदेश सभा सदस्यको टिकट फिक्स गरेका छन्। 

‘मैले कमरेड भन्न छोडिए। कमरेड नेपाली शब्द होइन। जय नेपाल नेपाली शब्द हो। जय नेपाल भन्छु,’ प्रवेश कार्यक्रममा क्षेत्रीले भने, ‘मैले ४० वर्ष एमालेमा बसेर काम गरे। बा र आमा एउटै मात्र हुन्छ। दाई, दिदी र काकाहरु धेरै हुन सक्छन्। एमालेमा बाको संस्कृति त्यागेर दाइको संस्कृति अंगाल्न काग्रेसमा आएँ,’ उनले पार्टी छाड्दै गर्दा भने। 

गाउँपालिका अध्यक्ष दल बदलेका उपाध्यक्ष 


अर्घखाचीको पाणीनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम तत्कालीन एमालेबाट स्थानीय निर्वाचनमा निर्वाचित भइन्। एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजिन्। त्यो पार्टीमा लामो समय बस्न नपाउँदै गत पुस १९ गते कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य पुष्पा भुसाल लगायत नेताहरुसहित पाणिनी पुगेर उनलाई पार्टी प्रवेश गराए।  उक्त गाउँपालिका वर्तमान अध्यक्ष कांग्रेसका छन्। 

एमालेबाट निर्वाचित लक्ष्मीको गाउँपालिका प्रमुख बन्ने रुचि छ। त्यही रुचिका कारण एकीकृत समाजवादीबाट अध्यक्षमा निर्वाचित हुने सम्भावना नदेखेपछि विचारै नमिल्ने कांग्रेस प्रवेश गरिन्। उनलाई विचार र राजनीति भन्दा गाउँपालिका अध्यक्षमा उक्लिन सजिलो एकीकृत समाजवादी भन्दा कांग्रेस सजिलो लागेपछि कम्युनिस्ट विचार त्यागिन्।

अध्यक्षमै उक्लिने रुचिअनुरुप कैलालीको मोहन्याल गाउँपालिका उपाध्यक्ष पूजादेवी बुढा मगर माओवादी केन्द्रमा प्रवेश गरेकी छिन्। उनले सोमबार धनगढीमा आयोजित माओवादीको प्रदेशस्तरीय भेलामा अध्यक्ष प्रचण्डको हातबाट अबीर लगाएर पार्टी प्रवेश गरिन्। एमालेबाट निर्वाचित उनले विभाजनपछि एकीकृत समाजवादी रोजेकी थिइन्। 

गाउँपालिकाका अध्यक्ष नवलसिँह रावलको निधनपछि उनी कार्यबाहक अध्यक्ष छिन्।  माओवादीबाट अध्यक्षका रुपमा उनले टिकट निश्चित गरेको स्थानीय नेताहरु बताउँछन्। 

मन्त्री नपाएपछि एमाले बने विष्ट


नेकपा माओवादी केन्द्रबाट सुर्खेत क्षेत्र नम्बर १ को ‘क’बाट २०७४ सालमा कर्णाली प्रदेश सांसदमा ठम्मरबहादुर विष्ट निर्वाचित भए। तत्कालीन माओवादी जयनुद्धमा सैन्य विभागमा काम गरेका विष्ट सांसद भएपछि मन्त्री हुने आकांक्षा पालेका थिए। तर अवसर पाएनन्। 

मन्त्री पद नपाएपछि उनी दुई वर्षअघि नै नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा बनाएको एमाले केन्द्रीय कमिटीमा पुगे। केन्द्रीय सदस्यको शपथ लिए। दुई बैठकमा समेत सहभागिता जनाएको उनी निकट एक माओवादीले नेताको दाबी छ।

अन्तमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्री र पार्टी केन्द्रीय सदस्य दुबै बनाउने फकाएपछि एमाले छाडेका थिए। एमाले छोडेपछि उनी ओलीका 'कट्टर आलोचक' जस्ता देखिएका उनीनिकट अन्य नेताहरु बताउँछन्। प्रचण्डसँग निकटता बढाउँदै लगेका विष्टले मन्त्री र केन्द्रीय सदस्य दुवै पाएनन्। प्रचण्डको बाचा पूरा नभएपछि गत फागुन २५ गते सांसदबाट राजीनामा दिँदै एमाले प्रवेश गरे। उनले माओवादी छोड्दा एमसीसीमा पार्टीले धोका दिएको आरोप लगाए। 

अध्यक्ष प्रचण्डले उनको भनाइमा प्रतिक्रियासमेत दिएका छन्। ‘केही-केही साथीहरुको वक्तव्य सुनेर अचम्म लाग्छ। एमसीसीमा पार्टीले यस्तो सम्झौता गरेको हुनाले यो पार्टीमा बस्दैनौं भनेर वक्तव्य जारी गरेको देखें,’ प्रचण्डले भने, ‘अनि पार्टी प्रवेश कहाँ गरे भन्दा एमालेमा। के विचित्रको कुरा हो? यो भन्दा अनौठो र लाजमर्दो कुरा के हुन्छ? जानु नि किरण कहाँ, विप्लव कहाँ, नभए नारायणमान विजुक्छे, मोहनविक्रम सिंह कहाँ जानु।'

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  २०:०२
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्