• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
ब्रोकरलाई आफ्नै टीएमएस चलाउन दिने तयारी
64x64
सुमित्रा कार्की मंगलबार, फागुन २४, २०७८  १२:४५
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई छुट्टै टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) चलाउन दिने भएको छ। 

बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको सेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको बताए। 

यसैगरी, अनलाइन सेयर कारोबार गर्ने लगानीकर्तालाई समेत सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउनेछन्। अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस प्रयोग गर्दै आएका छन्। 

ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस ल्याउन दिने प्रक्रिया एक वर्षअघि नै थालिएको थियो। तर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र  नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चन्द्रसिंह साउँद सर्वोत्तम सिमेन्टको भित्रि कारोबारको आरोपमा मुछिएपछि यो प्रक्रिया रोकिएको थियो। बोर्ड अध्यक्ष ढुंगाना निलम्बित भए भने एक्सचेन्जका कार्यकारी अधिकृत साउँदले राजीनामा दिएका थिए। 

सेयर बजारको मूख्य नियामक निकाय नेतृत्वविहीन भएपछि ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने योजना पनि ओझेलमा परेको थियो। अहिले बोर्डले पश्चात नेतृत्व पाएको छ। बोर्डको अध्यक्षमा हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढाइएको हो।

ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचना प्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको नेप्सेका एक अधिकारीले जानकारी दिए। तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको ती अधिकारी बताउँछन्। 

धितोपत्र बोर्डले नेप्सेलाई टीएमएस बनाउने भेन्डर कस्तो हुनुपर्छ खुलाएर पठाउनू भनेको थियो। नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्, ‘जसले टीएमएस सफ्टवयरको निर्माण गर्छ। त्यसको योग्यताहरू के–के हुनुपर्छ। यो कस्तो हुनुपर्छ भनी सोधेर पठाएको थियो। हामीले त्यसको उत्तर दिएर पठाएका थियौं। त्यसमा दुई बुँदाहरू स्पष्ट नभएको भन्दै बोर्डले त्यो स्पष्ट पार्न भनेको थियो। यो एक वर्ष लगाडिको कुरा हो।’ 

नेपालमा ब्रोकरलाई लाइसेन्स दिने विषय अनतर्राष्ट्रिय प्रक्रियाको अनुसन्धान गरेर सुरु गरिएको एक जानकार बताउँछन्। 

Ncell 2
Ncell 2

‘अन्तर्राष्ट्रिय सेयर बजारमा यस्तो अभ्यास रहेछ। अर्को व्यवस्था भनेको नेप्सेले बनाएको टीएमएसलाई भाडामा प्रयोग गर्न सक्छन्। स्टक एक्सचेन्जसँग किनेर चलाउने व्यवस्था पनि छ’, उनी भन्छन्, ‘नेप्सेले बनाएको टीएमएस बेसिक लेभलको हुन्छ। यसमा किनबेच गर्ने कुरामात्र होला। अर्को व्यवस्था भनेको ब्रोकरलाई नै टीएमएस बनाउन दिने हो। यस्तो गर्दा ब्रोकरले एडभान्स रुपमा टीएमएस बनाउन सक्छ।’ 

ब्रोकर आफैंले बनाएको टीएमएसमा सूचना हेर्नेदेखि पेमेन्ट, सेयर ट्रान्फरका विषयमा ब्रोकरले चाहेजति सुविधा दिन सक्ने उनी बताउँछन्। अहिले नेपालमा रहेको टीएमएस ब्रोकरहरूले टीएमएसकै लागि भनेर पैसा तिर्ने नगरेको नेप्सेका अधिकारी बताउँछन्। 

धितोपत्र बोर्डको निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना हुँदा नै अस्पष्ट भएका विषय स्पष्ट पार्न नेप्सेलाई भनेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जनाए। उनी थप्छन्, ‘नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ। सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं। अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन्।’

टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफैं विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरिद गर्न सक्ने उनी बताउँछन्। ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदैछ। यो विनियमावलीमा सेबोनले औंल्याएका विषय स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए।

उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ७५ जनाभन्दा बढीको मृत्यु आइतबार, जेठ २५, २०८२
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्