• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
पोखरा महानगरपालिकामा एमालेको ‘गढ’ भत्काउला सत्ता गठबन्धनले?
64x64
लिलु डुम्रे शुक्रबार, माघ २१, २०७८  २०:०३
1140x725

काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा हुने प्रतिस्पर्धामा सत्तारुढ गठबन्धन एमालेको ‘गढ’ भत्काउने प्रयासमा हुनेछ। त्यहाँ कांग्रेसको नेतृत्वमा जित निकाल्ने प्रयास गठबन्धनको हुनेछ।

एमालेको शक्ति कमजोर पार्दा र कांग्रेसको शक्ति बढाउँदा मात्रै नतिजा सत्ता गठबन्धनको पक्षमा आउन सक्छ। तर, त्यो सानोतिनो मिहिनेतबाट भने हुँदैन। किनकि, एमाले तुलनात्मक रुपमा बलियो र कांग्रेसलगायत कांग्रेसलाई साथ दिनसक्ने शक्तिहरु कमजोर रहेको महानगरपालिका हो, यो।

गण्डकी प्रदेशको मुकाम समेत रहेको पर्यटकीय नगरमा पाँच दलसँग एक्लै भिड्ने अवस्थामा एमाले छ। पाँच दल एकातिर र एमाले अर्कोतिर रहेकाले प्रतिस्पर्धामा आफ्नो दललाई चुनौतीपूर्ण रहेको पोखरा महानगरका पूर्वमेयर कृष्ण थापा बताउँछन्।

‘पाँच दल एकातिर छन्। एमाले अर्कोतिर छ। पार्टी विभाजनले असर त गरेको छ नै’, एमालेका गण्डकी सांसद समेत रहेका थापा भन्छन्, ‘हाम्रो चुनावी गठबन्धन भएदेखि राप्रपासँग हो।’

सरकारले औपचारिक रुपमा स्थानीय तहको निर्वाचनको मिति तय नगरेका कारण गठबन्धनका दलबीच तालमेलको विषय छलफलका लागि प्रवेश गरिसकेको छैन।

जिल्ला तहको नेतृत्व केन्द्रीय निर्देशन तथा निर्णयको पर्खाइमा छ। केन्द्रीय रुपमा हुने निर्णयको पर्खाइमा रहेको कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बताए। उम्मेदवारको भागबण्डासहित स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उनले बताए।

‘गठबन्धनका अन्य दलभन्दा हामी नै बलिया छौं। मेयरको उम्मेदवार कांग्रेसको बनाएर अन्य पद गठबन्धनका दललाई छुट्याउन सकिन्छ’, उनले भने, ‘तालमेल विरोधी हामी हुँदैनौं।’

२०७४ सालमा फराकिलो अन्तरले एमाले उम्मेदवार विजयी हुनु, एमाले विभाजनले उक्त दलको शक्तिमा ठूलो ह्रास नआउनु, गठबन्धनका अन्य दलको शक्ति कमजोर रहनु लगायतका कारणले पोखरा महानगरमा एमालेकै नेतृत्वको पुनरागमन हुने आकलन समेत छ।

Ncell 2
Ncell 2

एमालेका लागि तुलनात्मक रुपमा गण्डकीमा फुटको असर कम परेको देखिन्छ। एकीकृत समाजवादीले गण्डकीमा एमालेलाई कमजोर बनाउन नसकेको उक्त दलको दाबी रहँदै आएको छ। गण्डकी प्रदेशभरिका सम्पूर्ण पालिकाका प्रमुख पदमध्ये एक पालिकाको उपाध्यक्ष मात्रै एकीकृत समाजवादीमा लागेकी छन्।

प्रदेश सभामा एकीकृत समाजवादीमा जाने सदस्य शून्य रहे। गण्डकीको मुकाम पोखरामा पनि एमालेको शक्तिलाई नवगठित एकीकृत समाजवादीले ठूलो प्रभाव नपारेको बताइन्छ। संगठनात्मक अवस्थामा तात्विक अन्तर विभाजनले नपुर्‍याएका कारण आसन्न निर्वाचनमा पनि मतदाता तान्न एमाले सफल हुने उक्त दलको दाबी छ।

एकीकृत समाजवादीले जिल्लाका ७२ वटै वडामा संगठन निर्माण गरेको छ। केही समयपश्चात् एमालेबाट असन्तुष्ट कार्यकर्ता एकीकृत समाजवादीतिर प्रवेश गर्ने लहर आउने दाबी समेत गरेको छ। आफ्नो दल पोखरामा कमजोर नभएको दाबी गर्छन्, एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य।

‘कास्कीमा एकीकृत समाजवादीको संगठन राम्रो बनेको छ। एमालेको बलियो छु भन्ने घमण्ड भोलिको परिणामले देखाउँछ’, उनी भन्छन्, ‘कास्कीभरिमा एमालेले कहीँ पनि जित्दैन।’

पोखरा महानगरपालिका (तत्कालीन पोखरा लेखनाथ महानगरपालिका) मा गत स्थानीय निर्वाचनमा एमालेबाट मेयर विजयी भएका थिए। कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धनलाई पराजित गरी मानबहादुर जिसीले जित निकालेका थिए। प्रमुख तथा उपप्रमुख दुवैमा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका थिए।

मेयरमा विजयी जिसीले ६० हजार ११८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। मुख्य प्रतिस्पर्धी यी दुई उम्मेदवारबीचको अन्तर नै १३ हजार ७०२ छ। मेयरमा कांग्रेसलाई सघाएको माओवादी केन्द्रले उपमेयरमा भने उम्मेदवारी दिएको थियो।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी गोमा ढकालले ८ हजार ७९६ मत प्राप्त गरेकी थिइन्।  उपप्रमुखमा उनले ल्याएको मत तेस्रो स्थानको थियो। उपप्रमुखमा विजयी एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत प्राप्त गरिन्। गुरुङको निकटतम् प्रतिपर्धीमा कांग्रेसकी सरस्वती गुरुङ थिइन्। उनले ४४ हजार मत ल्याएकी थिइन्।

२०७४ सालको मतको विश्लेषण गर्दा सत्ता गठबन्धनका सबै दल एकातिर हुँदा पनि एमाले नै पहिलो शक्ति देखिन्छ। तत्कालीन समयमा देखिएको मतान्तर घटाएर गठबन्धनले जित निकाल्न सहज भने छैन। २०७४ को निर्वाचनमा प्रमुखका दुई उम्मेदवारबीचको अन्तर नै १३ हजार ७०२ थियो।

तत्कालीन समयकै आधारमा विश्लेषण गर्दा गठबन्धनले १४ हजार बढी मत थप्नु पर्दछ। अर्कोतर्फ, २०७९ सालमा स्वाभाविक रुपमा मतदाता बढ्ने हुँदा जितका लागि गठबन्धनलाई २०७४ को मतान्तरलाई घटाएर मात्रै पुग्दैन।

सत्ता गठबन्धनमा तालमेल गर्नेमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा हुन्। यसअघि दुईबीच गठबन्धन बनेकै थियो। मेयरमा कांग्रेसलाई सघाएर उपमेयरमा उम्मेदवारी दिएको माओवादी केन्द्रले तत्कालीन समयमा ८ हजार ७९६ मत ल्याएको थियो।

माओवादीले उपमेयरमा ल्याएको मतलाई आधार मान्दा ९ हजार हाराहारीमा कांग्रेसका मेयरलाई माओवादीका मतदाताले मत दिएको अनुमान गर्न सकिन्छ। माओवादीको मतको बलमा कांग्रेसका मेयरका उम्मेदवार कुँवरले ४६ हजार ४१६ मत ल्याएका हुन्। त्यसै मतमा गठबन्धनका एकीकृत समाजवादी, जसपा र जनमोर्चाको मत थपिने हो। 

अघिल्लोपटक संघीय समाजवादी फोरमका उम्मेदवार हुमबहादुर गुरुङले मेयरमा ३ हजार १७० मत ल्याएका थिए। उक्त मत पनि थपिएकै अवस्थामा पनि ४९ हजार ५८६ मत हुन्छ। २०७४ मा कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादीको मत जोड्दा पनि एमालेसँगको मतान्तर १० हजार ५३२ हुन्छ। त्यही मतको विश्लेषण गर्दा एकीकृत समाजवादी र जनमोर्चाबाट उक्त अपुग मत गठबन्धनले पुर्ति गर्नुपर्ने हुन्छ।

अर्कोतर्फ, राप्रपासँग एमालेको तालमेल हुने सम्भावना छ। ती दुई दलबीच तालमेल भएमा राप्रपाका मतदाताले एमालेको पक्षमा मत खसाल्ने छन्। २०७४ सालमा पोखरा महानगरमा राप्रपाबाट मेयरमा उम्मेदवार बनेकी गीता गुरुङले २ हजार २७२ मत ल्याएकी थिइन्। गठबन्धनका दलबीच तालमेलको औपचारिक छलफल नभए पनि स्थानीय तहदेखि केन्द्रीयसम्म समीकरण बनेर प्रतिस्पर्धा हुने बताउँछन्, माओवादी केन्द्रका कास्की जिल्ला अध्यक्ष बखान तमु।

३३ वडा रहेको पोखरा महानगरपालिकामा २२ वटा वडामा एमाले र ११ वडामा कांग्रेसले जितेको थियो।

२०७४ सालमा प्राप्त मत :
प्रमुख
मानबहादुर जिसी-  नेकपा एमाले : ६०११८
रामजी कुँवर- नेपाली कांग्रेस : ४६४१६
हुमबहादुर गुरुङ- संघीय समाजवादी फोरम : ३१७०
गीता गुरुङ- राष्ट्रिय प्रजातन्त्र पार्टी : २२७२

उपप्रमुख
मञ्जुदेवी गुरुङ- नेकपा एमाले : ५६४४८
सरस्वती गुरुङ- नेपाली कांग्रेस : ४४३३८
गोमा ढकाल- नेकपा माओवादी केन्द्र : ८७९६
रमेश बहादुर खत्री-राष्ट्रिय प्रजातन्त्र पार्टी : २८४०

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  २०:०३
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्