• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
विदेशिने नेपालीको संख्या बृद्धि हुँदा पनि किन बढ्न सकेन रेमिट्यान्स?
64x64
सुमित्रा कार्की बुधबार, पुस ७, २०७८  १२:१५
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको सुरुआतबाटै विदेशबाट मुलुकमा भित्रिने रेमिट्यान्स घट्दै आएको तथ्यांकले देखाएको छ। तर, यही समयमा विदेशिने नेपालीको संख्या भने उल्लेख्य रूपमा बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिना (साउन-कात्तिक)मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.५ प्रतिशतले घटेर तीन खर्ब १२ अर्ब ४२ करोड रूपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ११.२ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या अघिल्लो आवको तुलनामा बढेर ९६ हजार ३८२ पुगेको छ। 

अघिल्लो वर्षको यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भइ ५९ हजार ७२३ पुगेको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो।

किन घट्दै छ रेमिट्यान्स? 
पछिल्लो समय रेमिट्यान्स घट्नुको मुख्य कारण कोरोना महामारीको प्रभाव रहेको बताइएको छ। महामारीका कारण बन्द भएको आर्थिक क्षेत्र विस्तारै चलायमान भएका कारण यसको प्रभाव रेमिट्यान्समा देखिएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘कोरोनाको कारण बन्द व्यवसाय खुल्यो। विदेशमा रहेका नेपालीहरु पनि नेपाल आवतजावत गर्न थाले। विदेशबाट आउने/जाने मान्छेको संख्यामा बृद्धि भयो। यसले गर्दा जो मान्छेले पैसा पठाउँदथे, उनीहरू अहिले आफैं आवतजावत गरिहेका छन्।’ विदेशबाट आउँदा पैसा पठाउनेभन्दा सामान ल्याउने क्रम बढ्दा त्यसको असर रेमिट्यान्समा देखिएको उनको भनाइ छ।

पछिल्लो समय विदेशबाट आउने यात्रुले सुन तथा अन्य विलासिताको सामान ल्याउनेक्रम बढ्दो रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका एक कर्मचारी बताउँछन्। विदेशबाट आउने नेपालीले महँगो सामान ल्याउने गरेका कारण पनि रेमिट्यान्समा असर परेको राष्ट्र बैंकको बुझाइ छ।

यता भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ३ बमोजिम नेपाल सरकारले २०७७ जेठ १५ गतेदेखि लागू हुनेगरी जारी गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश’मा भएको सुन तथा सुनको गहना ल्याउन पाउने व्यवस्थालाई कतिपय यात्रु तथा सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरूले दुरुपयोग गरेको पाइएको छ।

Ncell 2
Ncell 2

त्यससम्बन्धी व्यवस्थाको प्रभावकारी अनुगमनका लागि अर्थ मन्त्रालय र मातहतको भन्सार विभाग तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७८ मंसिर १३ गतेदेखि विशेष निगरानी थालेको थियो।

जसमा विभागले मंसिर १३ गतेदेखि २६ गतेसम्म दुई हप्ताको अवधिमा दुई हजार ५२ यात्रुले आफ्नो साथमा ल्याएका ९४ केजी सुनलाई राजस्व तिराउने प्रयोजनमा  ल्याएको थियो। यसरी आयातित सामान ल्याउने क्रमले पनि रेमिट्यान्समा केही समस्या देखिएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ। 

नेपालमा बाहिरबाट आउने रेमिट्यान्स घट्नुको अर्को कारण हुण्डीको व्यवसाय बढ्नु हो। पछिल्लो समय हुण्डीको कारोबार बढेको पूर्वगभर्नर चिरञ्जीवी नेपाल बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो समय नेपालमा हुण्डीको व्यवसाय मौलाउँदो छ। जसले गर्दा रेमिट्यान्स घटेको छ। यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले अनुगमन तथा अनुसन्धान गर्न आवश्यक छ।’

विदेशिने नेपालीको संख्या बृद्धि हुँदा पनि रेमिट्यान्स घट्नु भनेको प्रभावकारी नीति तथा व्यवस्था नभएको पूर्वगभर्नर नेपालले बताए। नियामक निकायको सक्रियता प्रभावकारी नहुँदा हुण्डीको कारोबार मौलाउन पुगेको उनको भनाइ छ। 

यता राष्ट्र बैंकका अधिकारीहरू भने रेमिट्यान्स घट्दो क्रममा रहेपनि आत्तिनुपर्ने अवस्था नभएको दाबी गर्छन्। राष्ट्र बैंकका एक अधिकारीले अन्य आर्थिक गतिविधि सुस्त भएको कारण पछिल्लो समय तरलतामा दबाब परेको बताए।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने आइतबार, जेठ २५, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन नेपाल लाइभ
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन नेपाल लाइभ
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्