• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा तरङ्‍ग : सामाजिक सञ्जालमा लगानीकर्ताको आक्रोश
64x64
सुमित्रा कार्की सोमबार, मंसिर २७, २०७८  १८:०७
1140x725

काठमाडौं- म्रौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापश्चात् निरन्तर ओरालो लागेको पुँजीबजारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भाषणले अर्को तरङ्‍ग ल्याएको छ। प्रचण्डले शनिबार माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटन गर्ने क्रममा व्यक्त गरेको अभिव्यक्तिले लगातार घटिरहेको सेयर बजारमा थप पहिरो ल्याएको हो।

पूर्वप्रधानमन्त्री एवं वर्तमान सत्ता गठबन्धनको दोस्रो ठूलो दलका नेताको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि लगानीकर्ता थप हतोत्साही बनेका छन्। प्रचण्डको अभिव्यक्तिपछिको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक 'नेप्से' ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको थियो।

दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर बजार सोही दिशामा अगाडि बढ्यो। सोमबार नेप्से प्रि-ओपन सेसनबाटै नै घट्न थालेको थियो। प्रि-ओपन सेसनमा ९.३१ अंकले घटेको नेप्से कारोबार बन्द हुँदासम्म ७९.२३ अंकले ओरालो लागेर २२२१.६७ विन्दुमा रोकिएको छ। 

यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एक वर्षभित्र एउटा बैंकबाट चार करोड रुपैयाँ र सबै बैंक तथा वित्तीय संस्थाहरूमा गरेर १२ करोड रूपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था) लागू गरेपछि सेयरबजार ओरालो लाग्न थालेको थियो। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् उक्त व्यवस्था राष्ट्र बैंकले हटाउने अपेक्षा लगानीकर्ताको थियो। उनीहरुले राष्ट्र बैंकलाई उक्त व्यवस्था हटाउन सुझावसमेत दिएका थिए। तर, मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुँदा सो व्यवस्थामा कुनै परिवर्तन गरिएन। त्यसबाट लगानीकर्ता निराश बनेको प्रमाण लगातार घटिरहेको तथ्याङ्‍कले पुष्टि गरेको छ। 

के भनेका थिए प्रचण्डले?
प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादन क्षेत्रमा हुन छाडेर पुँजीबजारमा लगानी हुनु 'साम्राज्यवादको विकसित रुप' भएको बताएका थिए।

उनले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने बताएका थिए। ‘पहिले-पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको थियो। तर, अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको छ,’ उनको भनाइ थियो।

नेपाललगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टाबजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरुमा हुने गरेको प्रचण्डको दाबी छ।  विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु जरुरी भएको उनको भनाइ छ।

लगानीकर्ताको आक्रोश
प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्चाललगायत विभिन्न माध्यममा लगानीकर्ताले चर्को आलोचना गरेका छन्। केही समय अगाडि पुँजीबजार घटाउन राजनीतिक दलहरु नै सक्रिय रहेका कारण यस्ता राजनीतिक दललाई भोट नहाल्ने भन्दै सेयर लगानीकर्ताका संगठनहरुले ‘पुँजीबजार विरोधीलाई चुनावमा नो भोट’ भन्ने अभियान चलाएका थिए। यी लगानीकर्ताले प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आलोचना गर्दै सामाजिक सञ्जाल (फेसबुक) मा आक्रोश व्यक्त गरेका छन्। 

Ncell 2
Ncell 2

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले फेसबुकमार्फत् प्रचण्डको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छन्। ‘विपक्षले लगाएको दाग माओवादी भनेका पुँजीबजारका लागि अभिसाप नै हुन् भन्ने कुरा पछिल्लो प्रचण्डको अभिव्यक्तिबाट प्रस्ट हुन्छ। कम्युनिस्ट सरकार बनेपछि सेयर बजार झन् घट्छ भन्ने हल्ला फैलाइएको थियो र यो सबै भ्रम हो भन्नेमा म पनि ढुक्क थिएँ। तर, आज म गलत सावित भएकी छु। अतः माओवादी अध्यक्षको यो अभिव्यक्ति उदार अर्थनीतिविरुद्ध छ,’ उनले लेखेकी छन्।

यस्तै, लगानीकर्ता कृष्ण ढुंगाना अनुरागीले फेसबुकमा लेखेका छन्- ‘पुँजीबजारलाई लिएर किन यति धेरै उत्ताउलो अभिव्यक्ति दिन्छन् कामरेडहरुले? चुनाव नजिकिँदै छ कामरेड ख्याल गर। २१औं शताब्दीको पुँजीबजार हो। दूरदराजमा हलो जोत्ने किसान, खाडीमा श्रम बेच्ने श्रमिक, साना व्यवसायी, पेसागत कर्मचारीदेखि थुप्रै निम्न एवं मध्यम वर्गीय जनता पनि अहिले पुँजीबजारसँग प्रत्यक्ष जोडिएका छन्, जो तिम्रा मतदाता पनि हुन्। त्यसैले पुँजीबजारको विरोध गरेर परम्परावादी क्रान्तिकारी बन्न नखोज। त्यसै पनि तिम्रै विरोधीहरुले पुँजीबजार विरोधलाई ‘नो भोट’ अभियान चलाइसकेको अवस्था छ। अहिलेको परिवर्तित अवस्थामा पुँजीबजारलाई कसरी वैज्ञानिक एवं आमलगानीकर्ताको हितमा प्रयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान जाओस्, नकि आमलगानीकर्ताको मनोवल गिर्ने र आफैंप्रतिको जनआस्था भड्किने खालका अभिव्यक्तितर्फ।’

विज्ञको सान्त्वाना
यता सेयर बजारका जानकारहरुले भने कुनै नेताको भाषणले सेयर बजार प्रभावित नहुने भन्दै लगानीकर्तालाई सान्त्वाना दिएका छन्।  नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघले पहिलोपटक गठन गरेको पुँजीबजार फोरमका सभापति अम्बिका पौडेलले आफ्नो फेसबुकमार्फत् लगानीकर्तालाई सान्त्वाना दिँदै लेखेका छन्- ‘लामो यात्रामा कहीँ कतै कसैले अवरोध गर्न खोजे भने यात्रा टुङ्ग्याउनु हुँदैन। अवरोधहरुलाई चिर्दै गन्तव्य पुग्नुपर्दछ। हामी गन्तव्य पुगेका छैनौं। धैर्य गरौं। मैले यो मूल्यमा सके किन्छु तर बिक्री गर्दिनँ।’

यस्तै, सेयर बजारका जानकार दीलिप मुनाकर्मीले पनि अर्काको लहलहैमा लागेर सेयर किनबेच नगर्न आग्रह गरेका छन्। आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्- ‘फलानो नेताले यसो भन्यो र फलानो विज्ञ तथा विश्लेषक, लगानीकर्ताले उसो भन्यो भन्दै लहलहैमा किनबेच गरे सदैव ज्यान र धनको क्षति। अरूले तर्साएर लिने, फकाएर भिडाउने हो। भन्नेले स्वार्थमा भन्ने हुन्। कारोबारीले बजार र लगानीकर्ताले कम्पनीको स्वअध्ययन र जोखिममा ध्यानदिनु मात्रै ज्यान र धनको हितमा।’

उनको यो भनाइबाट कुनै पनि व्यक्तिको अभिव्यक्तिको पछाडि लागेर सेयर खरिद-बिक्री गर्नु सेयर बजारमा जोखिम मोल्नु भएको प्रस्ट हुन्छ। तर, हल्लाको पछि नलाग्न विज्ञहरुले पटक-पटक सचेत गराउँदासमेत लगानीकर्ता प्रभावित हुने क्रम हटेको देखिँदैन। जिम्मेवार नेताहरुबाट पटक-पटक पुँजीबजार लक्षित यस्ता अभिव्यक्ति आइरहनु पनि लगानीकर्ताको हितमा नहुने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
रोकिएन सेयर बजारको गिरावट, ५ अर्बको कारोबार सोमबार १ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ३५ अंकले गिरावट भएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु आइतबार, जेठ २५, २०८२
‘दुई सयको बचत, दस हजारको सहारा’ आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्