• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
लयमा फर्कंदै फिल्म क्षेत्र : धमाधम प्रदर्शन मिति घोषणा, छायांकनले पनि गति लियो 
64x64
युवराज भट्टराई शुक्रबार, कात्तिक २६, २०७८  ०७:०२
1140x725

काठमाडौं– कोरोना महामारीका कारण लामो समयसम्म सुस्ताएको नेपाली फिल्म क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ। बलिउड फिल्म ‘सूर्यवंशी’को प्रदर्शनसँगै सिनेमा हलमा दर्शकको चाप बढ्न थालेपछि नेपाली निर्माता–निर्देशकमा पनि आफ्ना फिल्म प्रदर्शन गर्ने हौसला देखापरेको छ। सँगै, रोकिएका फिल्मको छायांकनले पनि विस्तारै गति लिँदैछ। 

सरकारले कोरोना संक्रमणको जोखिमका कारण बन्द गरिएका सिनेमा हलहरु गत असोज २१ गतेबाट पूर्णरुपमा खोल्ने अनुमति दिएको थियो। हलहरु खोल्ने अनुमति पाए पनि दर्शक नआउन सक्ने जोखिमका कारण नेपाली फिल्म प्रदर्शनमा आएका थिएनन्। खुलेको पहिलो दिन सिनेमा हलहरुमा हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ प्रदर्शनमा आएको थियो। 

सरकारले असोज २१ गतेबाट सिनेमा हल खोल्ने अनुमति दिए पनि २६ गते मात्रै नेपाली फिल्महरु हलमा प्रवेश गरे। २६ गते नरेन्द्र भट्टराई निर्देशित ‘धन्धागिरी’ र शोभित बस्नेत निर्देशित ‘डाँडाको वरपिपल’ प्रर्दशनमा आयो। बस्नेतले तामझामसाथ फिल्मको प्रचार गरेपनि त्यसले राम्रो व्यापार गर्न सकेन। धन्धागिरीले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। यी फिल्म चलिरहँदा हलमा एक ‘शो’मा आधा दर्जन पनि दर्शक उपस्थित थिएनन्।  

निर्देशकदेखि निर्मातासम्मले नेपाली फिल्म प्रदर्शन गर्ने हिम्मत नगर्दा हल सञ्चालनकै लागि भए पनि बलिउडका (हिन्दी) फिल्म आवश्यक पर्ने कुरा उठिरहेका थिए। दशैंको बेला प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘फ्लप’ भएसँगै तिहारका बेला पनि कुनै नेपाली फिल्म प्रदर्शन हुन सकेनन्। निर्माता÷निर्देशकले त्यस्तो आँट नै गर्न सकेनन् वा चाहेनन्। 

तिहारमा प्रदर्शन भएको बलिउड फिल्म ‘सूर्यवंशी’ले भने नेपाली सिने क्षेत्रका लागि मरुभूमिमा पानी छर्कने काम गर्‍यो। रोहित शेट्टी निर्देशित, अक्षय कुमार स्टारर फिल्मले अन्यत्र झैं नेपालमा पनि राम्रो रेस्पोन्स पायो। नोभेम्बर ७ देखि प्रदर्शनमा आएको सूर्यवंशीले मंगलबारसम्म मात्रै नेपालमा २ करोडभन्दा धेरै व्यापार गरेको छ। नेपालमा प्रदर्शनका लागि महंगो रकम तिरेर ल्याइएको फिल्मले व्यापार त राम्रो गर्यो नै, त्यसले नेपाली निर्माता र निर्देशकलाई पनि फिल्म प्रदर्शन गर्ने आँट दिलाएको छ। 

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल महामारी नियन्त्रणमा आएसँगै अब सिने क्षेत्र फेरि सक्रिय भएको बताउँछन्। लामो समयसम्म बन्द रहेका सिनेमा हलमा फेरि नेपाली फिल्म प्रदर्शनको मिति तोकिनुले पनि फिल्म क्षेत्र फेरि लयमा फर्किन थालेको उनको बुझाइ छ। ‘अहिले नै शतप्रतिशत लयमा फर्कन्छ त नभनिहालौं’, दाहाल भन्छन्, ‘तर, विस्तारै भएपनि फिल्महरु प्रदर्शन हुने, निर्माणको काम पनि अघि बढ्ने क्रम सुरु भएको छ। केही फिल्म छायांकनमा गएका छन्। विस्तारै सिने क्षेत्र लयमा फर्कंदैछ।’

धमाधम घोषणा हुँदै फिल्म प्रदर्शन
विदेशी फिल्ममा केही दर्शक आएपनि नेपाली फिल्म हेर्न दर्शक नै नआउने डर सिनेमा हलमा नेपाली फिल्म प्रदर्शन हुन नसक्नुको मुख्य कारण थियो। तर, सूर्यवंशीले देखाएको आशासँगै धमाधम नेपाली फिल्म प्रदर्शनको मिति घोषणा हुन थालेको छ। विभिन्न नेपाली फिल्महरुले आउँदो वैशाखसम्म प्रदर्शन हुने मिति घोषणा गरिसकेका छन्। मंसिर १७ गते ‘ओभरडोज’को प्रदर्शन मिति तय भएको छ भने वैशाख ३० गते ‘चिसो मान्छे’ प्रदर्शन हुने घोषणा भइसकेको छ।

सुमन पौडेल निर्देशित ‘ओभरडोज’मा प्रनिशराज पन्त, सविनजंग थापा र विना श्रेष्ठ मुख्य भूमिकामा छन्। ‘दादा प्रोडक्सन हाउस’ र ‘रिच’ इन्टरटेन्मेन्ट्स्ले संयुक्त रुपमा निर्माण गरेको फिल्मको लेखन पनि निर्देशक पौडेलकै छ। अमेरिकामा छायांकन गरिएको फिल्ममा प्रेम, रोमान्स र द्वन्द्व समेटिएको निर्माण पक्षले जनाएको छ। 

Ncell 2
Ncell 2

त्यस्तै, सूर्य श्रेष्ठ निर्देशित ‘लाइफ इन एलए’ पनि कात्तिक २७ गते प्रिमियर हुँदै छ। अमेरिकाको क्यालिफोर्नियास्थित लस एजल्स शहरमा फिल्मको प्रिमियर हुने घोषणा गरिएको छ। अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, बासु विस्सु र शिल्पा मास्के प्रमुख भूमिकामा रहेको फिल्मलाई ‘बास इन्टरटेमेन्ट्स्’ले निर्माण गरेको हो। 

सुर्दशन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु–२’ले पनि प्रदर्शनको मिति निर्धारण गरेको छ। माघ १९ गते यो फिल्म प्रदर्शन हुने निर्देशक थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

‘म यस्तो गीत गाउँछु–२’ २०७६ फागुन ३० मै प्रदर्शन गर्ने तयारी थियो। प्रचार प्रसारमा बेस्सरी खर्च गरिए पनि कोरोना महामारी सुरु भएपछि त्यसबेला फिल्मको प्रदर्शन रोकियो। निर्देशक थापाका अनुसार कुनै एक चलचित्र मात्र नभई नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको खाँचो रहेकाले ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनको मिति तय गरिएको हो। 

थापा र पुजा शर्माको संयुक्त लगानीमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा पुजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ।

कोरोना महामारीका कारण पूर्व निर्धारित मितिमा प्रदर्शन हुन नपाएको फिल्म ‘चपली हाइट–३’ले पनि आफ्नो प्रदर्शनको मिति तोकेको छ। फिल्म पुस २ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको लगानीमा बनेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको अभिनय छ।

सुनीलकुमार थापा र झरना थापा निर्माता रहेको ‘ए मेरो हजुर–४’ले पनि आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। कोरोनाकै कारण गतवर्ष प्रदर्शन हुन नसकेको फिल्म सिनेमा हल खुलेको केही समयपछि नै प्रदर्शनको मिति तोकिएको हो। फिल्मका निर्माताद्वयले सामाजिक सञ्जालमार्फत् चैत २५ गते प्रदर्शन हुने बताएका छन्। झरना भन्छिन्, ‘विस्तारै कोरोना कहर पनि कम भएको छ। सरकारले हल खोल्ने अनुमति दिएपछि हलमा दर्शक पनि आउन थालेका छन्। त्यसैअनुसार, हामीले पनि फिल्म प्रदर्शन गर्न लागेका छौं। अब सिनेमा क्षेत्र लयमा फर्किएको छ।’

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ पनि आउँदो वैशाख ३० मा प्रदर्शन हुने तय भएको छ। शर्मिला पाण्डेको लगानी रहेको फिल्म ‘डी एस डिजिटल प्रालि’को ब्यानरमा निर्माण भएको हो। स्वस्तिमा खड्का र देशभक्त खनालको यसमा मुख्य भूमिका छ। फिल्मले वैदेशिक रोजगारमा नेपालीले भागेको पीडालाई प्रस्तुत गरेको छ। 

दिनेश राउतको निर्देशित फिल्म ‘प्रकाश’को प्रदर्शन पनि आउँदो वर्षको सुरुआतमा हुने भएको छ। फिल्मका निर्देशक राउतले हाल पोस्ट प्रोडक्सनको काम भइरहेकाले नयाँ वर्षको सुरुमै फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको नेपाल लाइभलाई बताए। गत वैशाखमा नै छायांकन सकिएको फिल्ममा प्रदीप खड्का, रेनु योगीसँगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा लगायतको अभिनय छ।

छायांकन पनि धमाधम 
बलिउड फिल्म ‘उचाईं’को छायांकनका लागि निर्माण टोलीसहित भारतबाट नेपाल आएका बलिउडका चर्चित कलाकारहरु गतसाता मात्र फर्किएका छन्। महिना दिनभन्दा लामो नेपाल बसाईबीच नेपालका हिमाली भेगमा सुरज बर्जत्य निर्देशित फिल्मको छायांकन भएको छ।

अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकारहरु फिल्मको छायांकन गर्न आएर नेपालको प्रचार पनि गरेका छन्। त्यसबाहेक लामो समयसम्म कामबिहीन बनेका चलचित्रका प्राविधिकहरुले पनि बलिउडको निर्माण टोलीसँग काम गर्ने अवसर पाए। 

अहिले कोरोना महामारीका कारण रोकिएका नेपाली फिल्म पनि छायांकनमा जान थालेका छन्। सरकारले महामारीकै कारण लामो समयसम्म फिल्म छायांकनमा समेत रोक लगाएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बलिउड फिल्म ‘उचाईं’को छायांकनपछि नेपाली फिल्मको छायांकन पनि धमाधम हुनथालेको बताउँछन्। भन्छन्, ‘भारतमै पनि महामारीपछि बिग बजेटको फिल्म यही थियो। यसको छायांकन नेपालमा हुनुले नेपाली फिल्म क्षेत्रलाई पनि हौसला मिल्यो। यसले नेपालमा फिल्म छायांकनको अवसरलाई विश्वमाझमै पुर्याएको छ।’

हाल रामबाबु गुरुङको निर्देशनमा बनिरहेको ‘कब्बडी कब्बडी–४’को टिम छायांकनका लागि मुस्ताङमा छ। फिल्मको निर्माण टोलीले मुस्ताङमा आफ्नो फिल्मको आधा छायांकन सकिएको जनाएको छ। मुस्ताङको कोवाङ र लार्जुङमा छायांकन भइरहेको फिल्म टुकुचेलगायतका ठाउँमा छायांकन गर्न बाँकी रहेको बताइएको छ।

त्यस्तै, राजेश हमालको ‘कमब्याक’ भनिएको फिल्म ‘सत्यम्’को पनि छायांकन सुरु हुने सुरसार छ। तिहारअघि फिल्मको कार्यशाला भएको थियो। धम्पुसमा आयोजना गरिएको कार्यशालामा फिल्मका मुख्य भूमिकामा देखिने राजेश हमालसँगै पल शाह, मलिका महत लगायतका कलाकारले भाग लिएका थिए। 

शंकर कार्कीको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई हालसम्मकै महंगो नेपाली फिल्म भएको दाबी गरिएको छ। फिल्मको छायांकनका लागि पोखरामा महंगो सेट निर्माण गरिएको छ भने अन्य पोखरा आसपाससँगै काठमाडौं वरपरका क्षेत्रमा फिल्म छायांकन गरिने बताइएको छ। 

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालका अनुसार हाल दर्ता भएका अन्य फिल्महरुको पनि छायांकन भइरहेको छ। उनी भन्छन्, ‘महामारीको समयमा पनि हामीले अनलाइनबाट फिल्म दर्ता गरिरहेका थियौं। ती फिल्महरुको अहिले छायांकन भइरहेको छ।’

महामारीले लपेटेको फिल्म क्षेत्र पहिलेकै लयमा फर्कन समय लागे पनि धमाधम भइरहेको फिल्म प्रदर्शनको घोषणा र छायांकनमा देखिएको गतिले आशा जगाएको दाहाल बताउँछन्। ‘धेरैले खोप लगाएका छन्, महामारी पहिले जस्तो छैन,’ दाहाल भन्छन्, ‘अब फिल्म क्षेत्र लयमा फर्कन्छ। पहिलेजस्तो हुन समय लाग्ला तर, महामारीमा जस्तो निष्क्रिय रहँदैन।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
सविनको कश्यप लुक्स रिभिलः हिरो कि भिलेन ? एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन्। शुक्रबार, जेठ २३, २०८२
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्