• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
हदबन्दीभन्दा बढी भएकाले ‘टार्गेट’मा पर्‍यो गायक योगेश्वर अमात्यको जग्गा मूल्यांकनकर्ता पक्राउ पर्दा स्वीकृतकर्तालाई उन्मुक्ति दिएर फाइल पेस !
64x64
नारायण अधिकारी बिहीबार, कात्तिक २५, २०७८  २१:४७
1140x725

काठमाडौं– भूमिसम्बन्धी ऐन, २०२१ मा जग्गाको हदबन्दीका बारेमा उल्लेख छ। ऐनको दफा ७ अनुसार व्यक्ति तथा संस्थाका लागि पहाडमा ७० रोपनी, उपत्यकामा २५ रोपनी र भित्री मधेस तथा तराईंमा १० बिघा (१३५ रोपनी) हदबन्दी तोकिएको छ। जसकारण १० बिघाभन्दा बढी जग्गा नटुक्र्याइ किनबेच गर्न मिल्दैन। 

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा रहेको विषय घरजग्गाको कारोबार गर्ने कसुन प्रधानसहितको समूहले जानकारी पाएको थियो। १२ बिघा जग्गा एकैपटक बेच्न नमिल्ने र टुक्र्याएर बेच्दा लामो प्रक्रिया लाग्ने, अर्कोतर्फ ‘यो जग्गा बिक्रिमा छैन’ भनेर बोर्ड नै बनाएर राखेकाले तत्काल कारोबार नहुने हुँदा सुरक्षित ठानेर गायक अमात्यको जग्गाको नक्कली कागजात बनाइ कर्जा लिएको देखिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकारीले बताएका छन् ।

सीआईबीका अनुसन्धान अधिकारी भन्छन्, ‘नक्कली कागजात बनाएकै भरमा बिना धितो १९ करोड रुपैयाँ वर्षौं चलाउन पाइने, त्यसका लागि अमात्यको जग्गा सुरक्षित देखेपछि नक्कली कागजात बनाएर कारोबार गरेको देखिन्छ।’

यो कारोबारमा अमात्यको जग्गाको बारेमा राम्रो जानकार भएका व्यक्तिले सबै सूचना दिएपछि मात्रै सम्भव भएको र उनीहरु अहिले फरार भएको सीआईबी स्रोतले नेपाल लाइभलाई बतायो। 

मूल्यांकनकर्ता पक्राउ पर्दा स्वीकृतकर्तालाई उन्मुक्ति दिएर फाइल पेस!
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ निकालिएको प्रकरणमा मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृतकर्ताले भने उन्मुक्ति पाएका छन्।

मूल्यांकनकर्ता पक्राउ पर्दा कर्जा स्वीकृत गर्ने काठमाडौंस्थित न्यूरोड शाखाका कर्मचारीदेखि बैंकको केन्द्रीय कार्यालय नक्सालसम्मका कर्मचारीमाथि सामान्य सोधपुछ मात्रै भएको पाइएको छ। जबकि १ करोड रुपैयाँ भन्दा बढी कर्जाका लागि केन्द्रीयकार्यालयबाट स्वीकृत लिनुपर्ने प्रावधान छ। अमात्यको जग्गा राखेर १९ करोड कर्जा लिने बेलामा पनि कागजात केन्द्रीय कार्यालयसम्म पुगेको थियो। नक्सालस्थित केन्द्रीय कार्यालयका कर्मचारीले समेत स्वीृकत गरेपछि बल्ल १९ करोड कर्जा प्रवाह भएको थियो। तर, नक्कली कागजातलाई स्वीकृत गर्ने केन्द्रीय कार्यालयका कर्मचारी भने अहिलेसम्म कानूनी दायरामा आउन सकेका छैनन् ।

उनीहरुलाई उन्मुक्ति दिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फाइल पेस गरेको छ। पक्राउ परेको २१ दिनमा यस प्रकरणको अनुसन्धान सकेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान फाइल पेस गरेको छ । उक्त फाइलमा लिखत सम्बन्धी कसुरको सरकारी कागजात कीर्ते कसुरमा कुमारी बैंकको पर्सा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसन प्रधानलाई विपक्षी बनाउँदै पेस गरेको हो। 

त्यसैगरी पर्सा शाखाकै सहायक म्यानेजर राजेश साह, शोभा श्रेष्ठसहति चार जनालाई फरार प्रतिवादी बनाइएको छ। तर, न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारी भने प्रतिवादी छैनन्। 

स्रोतका अनुसार बैंकका सिइओ अनुजमणि तिमिल्सिनालाई सीआईबीले कार्यालयमै बोलाएर दुईपटक सामान्य सोधपुछ गरेर छाडेको थियो। त्यसबाहेक कुमारी बैंकका अन्य कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरेको छैन। सीआईबीका निर्देशक, डिआइजी धीरजप्रताप सिंह भने बैंकमाथि पनि अनुसन्धान गर्दा केही नदेखिएको बताउँछन्। ‘हामीले बैंकमाथि पनि अनुसन्धान गर्‍यौं तर, पर्सा शाखाका कर्मचारी बाहेक अन्य व्यक्तिको गल्ती देखिएन’, डिआइजी सिंहले नेपाल लाइभसँग भने । 

सबै कागजात नक्कली !
गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा एके र मुक्तिलालले आफ्नो कम्पनी डेनियलको नाममा ल्याउने क्रममा सम्पूर्ण कागजात नक्कली बनाएको पाइएको थियो। राजीनामा पासदेखि मालपोतबाट जग्गा रोक्का, लालपूर्जा, स्थानीय प्रतिनिधिसहितको रोहबरको जग्गाको चारकिल्लाको विवरणलगायत सबै कागजात नक्कली बनाएको पाइएको सीआईबीले उल्लेख गरेको छ। 

विभिन्न प्रपञ्च रचेर नक्कली कागजात राखी कर्जा निकाल्ने योजना वैशाखबाटै बनेको पाइएको छ। त्यसपछि जेठमा उनीहरुले ऋण निकाल्न कुमारी बैंकको न्यूरोड शाखामा प्रस्ताव बुझाएका थिए। 

त्यसपछि साउन १० गतेको मिति राखेर राजीनामा पास भएको नक्कली कागजात बनाइएको देखिन्छ। उक्त १२ बिघा जग्गाको भ्यालुएसन कसुन प्रधानको डाइनामिक कम्पनीबाट भएको पनि खुलेको छ। उनले ३९ करोड रुपैयाँ भ्यालुएसन गरेका थिए। 

त्यस्तै मालपोतमार्फत जग्गा रोक्का भएको कागजात समेत नक्कली बनाएको पाइएको छ। कुमारी बैंकका सिइओ अनुजमणि तिमिल्सिनाको समेत नक्कली बनाएको अनुसन्धानमा खुलेको छ। यद्यपी हाल पक्राउ परेका बैंकका कर्मचारीले भने मालपोत कार्यलयमै गएर सहीछाप गरेकाले मालपोतबाटै गल्ती भएको दाबी गरेका छन्।

जग्गा रोक्काको कागजात नक्कली वा सक्कली भन्ने विषयमा बाराको मालपोत कार्यालयको छापसँग मेल खाने/नखाने पुष्टि गर्न जाँचका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको सीआईबी स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्