• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
अझै सुरु भएन मेलम्ची खानेपानी बाँधस्थलको पुनःनिर्माण
64x64
रासस शुक्रबार, कात्तिक ५, २०७८  १५:३३
1140x725

काठमाडौं- पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौं उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ। राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिरोको क्षतिग्रस्त संरचना मर्मत अझै सुरु हुन सकेको छैन। यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, 'अझैसम्म पनि आयोजनास्थलमा यति नै क्षति पुग्यो भनी यकीन गर्न सकिएको छैन।'

समितिका अनुसार सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन। पुलबजार-अम्बाथान सडक ठाउँठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो। वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाट नै सडक खुलाइरहेको समितिले जनाएको छ। हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उनले बताए। उनले भने, 'त्यसमाथि सडक बनाउन गाउँपालिकाले समितिसँग थप बजेट माग गरिरहेको छ।'

उपकरण पुग्नका लागि बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन। गाउँपालिकाले सडक खुलाइरहेकाले ऊसँगको छलफलले कहिलेसम्म खुल्छ भनेर थाहा हुने उनले बताए। यही समयमा वैकल्पिक सडक खुलाउने काम सुरु भएको छ। सूचना अधिकारी पन्तले भने, 'अहिले भइरहेको सडकभन्दा नयाँ ट्र्याक खोल्नुपर्दा बढी  समय लाग्नसक्छ।' 

समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन। पुरानो ट्र्याक खोलानजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्नेछ। खोलामा पानीको बहाव कम भएपछि मात्रै सकिने भए पनि वर्षा नरोकिएकाले तत्काल काम गर्न नसकिएको हो। जुनजुन ठाउँमा क्षति पुगेको छ त्यहाँ बनाउनुपर्ने उनले बताए। उनले भने, 'चनौटेको रातोपुलभन्दा माथि ठाउँठाउँमा सडकमा क्षति पुगेको छ।'

हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ। चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ। ठाउँठाउँमा काम गरिरहे पनि वर्षा पूरै नरोकिएकाले पुनःक्षति पुगेको आयोजनाले जनाएको छ।

वर्षाले आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको अनुमान गरिएको छ। ‘हेडवर्क’ लगायतका संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकीन हुन नसकेको उनले बताए। यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकीन गर्न नसकेका हुन्। उनले भने, 'उपकरणले पुरिएका संरचनाबाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ।'

आयोजनास्थलमा कैयौँ फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ। एकैपटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताए। साँघुरो ठाउँ भएकाले एकैपटक धेरै उपकरण लैजान नसकिने उनले बताए।

Ncell 2
Ncell 2

दीर्घकालीनरुपमा थुप्रिएका सबै पदार्थ सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्नसक्छ। अहिलेका लागि अस्थायीरुपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ। उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिन्छ भनी थाहा हुने उनले बताए। उनले भने, 'अहिले त्यहाँ धेरै नदीजन्य पदार्थ थुपारिएकाले त्यसको व्यवस्थापनको चुनौती छ।'

खानेपानी मन्त्रालयले यो वर्षभित्र (आगामी चैतसम्ममा) उपत्यकामा पुनः पानी ल्याउन सकिने बताउँदै आएको छ। सडक र यहाँको नदीजन्य पदार्थ सफा गर्न कति समय लाग्छ भनी अनुमान गरेर त्यसैका आधारमा पानी पुनःल्याउने लक्ष्य तोकिएको हो।

निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो। त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। पछिल्लोपटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो। काठमाडौं उपत्यकाको खानेपानीको समस्या हट्न थालेको भए पनि अहिले पुनःसमस्या देखिन थालेको छ। हिउँद लागेसँगै उपत्यकामा खानेपानीको समस्या बढ्ने गरेको छ।

कार्यतालिकाका आधारमा गत असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो। तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौंमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन।

आयोजनाको मुख्य संरचनाका रुपमा रहेको सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेर ‘हेडवर्क’को अन्तिम काम भइरहँदा बाढीले संरचनामा क्षति पुर्‍याएको थियो। अहिले सुरुङ र पानी प्रशोधन केन्द्रमा क्षति नपुगेको भए पनि ‘हेडवर्क’मा क्षति पुगेको अनुमान गरिएको छ। निर्माण कम्पनीले कामदार बस्न बनाइएका सबै संरचना पनि पुरिएका छन्।

गत असारभन्दा पहिलेसम्म पहिलो आयोजना सकिएपछि दोस्रो चरणको आयोजनाको निर्माणअघि बढाउन तयारीको काम भइरहेको थियो। दोस्रो आयोजना निर्माणका लागि सडकलगायतका पूर्वाधार निर्माण अघि बढाइएको भए पनि अहिले त्यो ठप्प छ। सरकारले त्यस क्षेत्रमा आगामी वर्षमा पनि पहिरोको जोखिम रहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
प्रभावकारी बन्दै काठमाडौँ महानगरको  ‘एक वडा, एक नमूना’ कार्यक्रम
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
बजेट अभावमा विद्यालय भवन अधुरो
सम्बन्धित सामग्री
बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण... शुक्रबार, जेठ ३०, २०८२
बजेट अभावमा विद्यालय भवन अधुरो लुम्बिनी प्रदेश सरकारको रु २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समि... बिहीबार, जेठ २९, २०८२
मुस्ताङको पेरिस डाँडामा प्रचण्डले सिलान्यास गरे माओवादी केन्द्रको कार्यालय नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र-२ छ... बिहीबार, जेठ २९, २०८२
ताजा समाचारसबै
पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते, तीन जनाको अवस्था गम्भीर शनिबार, जेठ ३१, २०८२
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु शनिबार, जेठ ३१, २०८२
इमेज सहकारीका पीडितले लगाए संस्थापक अध्यक्ष तथा मेयर नेपालीको घरमा ताला शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
दुई बुँदे सहमतिबारे प्रचण्डले - एक महिनाभित्र छानबिन समिति नबने फेरि आन्दोलन गर्छौं शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्