• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सत्यनारायण हत्या : तीन महिनासम्म पनि फुकेन अपराधको गुत्थी अनुसन्धान अधिकारी भन्छन्– हत्या जेरिझैं जेलिएको छ
64x64
नेपाल लाइभ सोमबार, कात्तिक १, २०७८  ०९:४५
1140x725

काठमाडौं– हत्या भएको तीन महिना बितिसक्दा समेत ५९ वर्षीय भारतीय नागरिक सत्यनारायण पारिख हत्याको गुत्थी प्रहरीले फुकाउन सकेको छैन। 

सानेपास्थित गुसिटोल बस्ने पारिखको हत्या अनुसन्धानका क्रममा तीन महिनासम्म दर्जनौसँग सोधपुछदेखि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा समेत कुनै ‘क्लू’ प्रहरीले फेला पार्न सकेको छैन। विभिन्न प्राविधिक पाटो, म्यानुअल अनुसन्धान गर्दा पनि हत्याको निचोडर्फत प्रहरी पुग्न सकेको छैन। 

पारिख हत्यालाई नजिकबाट नियालेका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्,  ‘पारिखको हत्या जेरिझैं जेलिएको छ। विभिन्न कोणबाट अनुसन्धान गर्दा सुरुवाती क्रममा निकै आशावादी भएपनि अन्तिममा प्रगति भने जहाँको त्यहीँ हुन्छ।’

सानेपास्थित गुसिटोल तीनतले घर भाडामा लिएर बसेका पारिखकोमा काम गर्न दुई महिला घरमा नियमित आउँथे। दुई दिनसम्म उनको घरमा ताला लागेपछि प्रहरीले २० असारमा ताला तोडेर घरभित्र पस्दा उनी मृत भेटिएका थिए। 

प्रहरीले उनको हत्या नै भएको ठहर गरे पनि तीन महिना बितिसक्दा समेत अभियुक्त पहिचान नै गर्न सकेको छैन। हत्याको अनुसन्धान महानगरीय प्रहरी परिसर ललितपुर र महाशाखाले तीन महिनासम्म गरेपनि टुंगोमा पु¥याउन नसकेपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान सुरु गरेको छ। सीआईबीका डीआईजी धीरजप्रताप सिंह भने अनुसन्धान सकारात्मक दिशामा अघि बढेको दाबी गर्छन्। 

हत्यामा संलग्न भएको हुनसक्ने व्यक्ति सिसी टिभी फुटेजमा समेत कैद भएको देखिएको छ। उक्त फुटेजमार्फत् पनि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको डीआईजी सिंह बताउँछन्। 

न्यूरोडको एट्लान्टिक कम्युटर प्रालिमा सेल्सम्यानको रुपमा काम गर्ने सत्यनारायणले आफ्नो घरमा काम गर्न दुई महिला राखेका थिए। उनीहरूलाई परिसर ललितपुर र महाशाखाले सोधपुछ समेत गरेर छाडेका थिए। अहिले फेरि सीआईबीले उनीहरूमाथि पनि अनुसन्धान अघि बढाएको छ। 

सत्यनारायण १८ असारसम्म काम गर्न आउने महिलाको फोन सम्पर्कमा रहनु, शनिबार काम गर्न नभ्याउने बताउनु र सोही रात उनको हत्या हुनु जस्ता कारणले महिला अझै शंकाको घेरामा छन्। 

Ncell 2
Ncell 2

सिंगो घर नै भाडामा लिएका सत्यरानायण दोस्रो तलामा सुत्ने गर्थे। भान्छा पनि दोस्रो तलामै थियो। सबैभन्दा माथिल्लो तलामा उनले कार्यालयका सामान राख्थे। पहिलो तला भने खाली थियो।

मुख्य गेट र ढोका बन्द थियो। तर, झ्यालको जाली काटिएको थियो। ग्रिल बिनाको झ्याल खुल्लै थियो। लामखुट्टे छेक्न जाली लगाइएको हुनाले त्यसलाई काटेर कोही भित्र प्रवेश गरेजस्तो देखिएको प्रहरी अधिकारी बताउँछन्। 

पारिख घोप्टो अवस्थामा पलङमाथि मृत भेटिएका थिए। वर्ष दिनअघि दुर्घटनामा परेका कारण खुट्टामा लगाइएको ‘ब्याण्डेज’ समेत फुकालिएको थिएन। शरीरको माथिल्लो भागमा रगतका टाटा थिए। सत्यनारायणका दुई वटा मोबाइल थिए। एउटा अलिअलि फुटेको र अको टुक्रा–टुक्रा अवस्थामा प्रहरीले फेला परेको थियो। 

सीसीटीभी फुटेजको हुलियाबाट दर्जनौं नियन्त्रणमा
पारिखकको हत्या भएपछि प्रहरीले वरपरका सीसीटीभी फुटेज पनि नियालेको थियो। सो क्रममा सिसी टिभी क्यामेराको फुटेजमा दुई वटा मोटरसाइकलमा चार जना सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको थियो। 

तर, उनीहरू घरैभित्र छिरे/नछिरेको दृश्य भने फुटेजमा कैद छैन। सीसीटीभी फुटेजमा सत्यनारायण बस्ने घरअगाडि दुई वटा मोटरसाइकल रोकर अघि बढेकोसम्म देखिएको तर घरभित्र प्रवेश गरेको भने देखिँदैन। यसरी राति करिब १० बजेतिर उनीहरू पहिलो पटक पारिख बस्ने घर अघि पुगेर फर्किन्छन्। दोस्रो पटक करिब ११ बजेपछि त्यही हुलिया भएको मान्छे फेरि त्यसैगरी पारिखकको घर अघि पुगेर मोटरसाइकल रोकेर अघि बढ्छन्। 

सीसीटीभीमा उक्त दृश्य देखिए पनि राति भएकाले प्रष्ट नहुनु, मोटरसाइकलको नम्बर समेत नखुल्नुले अनुसन्धानमा अफ्ठ्यारो भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी खापुङ बताउँछन्। 

त्यसपछि सीसीटीभी फुटेजमा देखिएको उक्त हुलियासँग मेल खाने खालका मान्छेमाथि निगरानी राखेर अनुसन्धान गर्दा समेत केही तथ्य फेला नपरेको एसएसपी खापुङले बताए। 

‘हामीले फुटेजमा देखिएको हुलियासँग मिले खाने दर्जनौं मान्छे नियन्त्रणमा लिएर पनि सोधपुछ ग¥यौं। तर, केही नयाँ तथ्य खुल्न सकेन’, उनले भने। 

प्रहरले उक्त हुलियासँग मेल खाने, आपराधिक पृष्ठभूमिका भएका, पटके चोरदेखि लागूऔषध कारोबारीसम्म गरी करिब ५० भन्दा बढीलाई पटक पटक गरी नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि पारिखकको हत्या अनुसन्धान भने जहाँको त्यहीँ छ। 

रुद्राक्ष व्यापारीसम्म नियन्त्रणमा, उपलब्धी शून्य
अनुसन्धानका क्रममा पारिखसँग एकमुख रुद्राक्ष भएको भन्ने विषय प्रहरीको कानमा परेको थियो। बहुमूल्य भनिएको उक्त रुद्राक्ष लुटपाट गर्नका लागि पारिखको हत्या गरिएको हुनसक्ने अनुमान गर्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरेको थियो। 

सो क्रममा रुद्राक्ष देख्ने भनिएका व्यक्तिदेखि रुद्राक्षसम्बन्धी कारोबार गर्नेसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यो पाटोबाट अनुसन्धान गर्दा पनि केही उपलब्धी हात पार्न प्रहरीले सकेन। 

‘एकमुखे रुद्राक्ष थियो भन्ने हामीले सुनेपछि रुद्राक्ष व्यापारीदेखि रुद्राक्ष देख्नेसम्मलाई नियन्त्रणमा लिएर हामीले सोधपुछ गर्‍यौं। तर, त्यसबाट पनि केही खुल्न सकेन’ एसएसपी खापुङले सुनाए। 

गौलोचन भन्ने वस्तु पारिखसँग रहेको भन्ने सुनेपछि प्रहरीले त्यसमाथि पनि अनुसन्धान गरेको थियो। त्यसबाट अनुसन्धानका लागि प्रहरीले कुनै रोडम्याप फेला सकेन।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
भोलिसम्म सहमति खोज्ने विपक्षीको प्रस्तावका कारण सदन दुई दिनपछि सारियो : सचेतक बर्तौला सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्