• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गुप्तचर निकायबाटै सरकारको ‘सुराकी’, बालुवाटारको सूचना यसरी पुग्छ बालकोट प्रधानमन्त्री देउवाको सचिवालय बेखबर
64x64
नारायण अधिकारी शुक्रबार, असोज १५, २०७८  २१:४०
1140x725

काठमाडौं– तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २३ गते राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख (मुख्य अनुसन्धान निर्देशक) दिलिप रेग्मीलाई बर्खास्त गर्‍यो। ३० वर्षे सेवा अवधिअनुसार २०७६ जेठ १४ गतेसम्म पदावधि रहे पनि रेग्मीलाई सरकारले अप्रत्याशित रुपमा बर्खास्त गरेको थियो। 

विशेष सेवा नियमावली, २०४४ लाई संशोधन गर्दै सरकारले मुख्य अनुसन्धान निर्देशकको पदावधि एक वर्ष घटाएर उनलाई हटाएको थियो। ओली सरकारले रेग्मीलाई बर्खास्त गर्नुको कारण खुलाएन। तर, विभिन्न तीन कारणले उनी बर्खास्त भएको जानकार स्रोतहरु बताउँछन्। 

पहिलो, रेग्मीको राजनीतिक निकटता नेपाली कांग्रेससँग रहेको मानिन्थ्यो। त्यही निकटतालाई भजाएर आफूभन्दा वरिष्ठलाई पछि पार्दै उनी गुप्तचर प्रमुखमा बढुवा भएका थिए। कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ जेठ १४ गते रेग्मीलाई गुप्तचर प्रमुखमा बढुवा गरेको थियो। 

उनी बर्खास्तमा पर्नुको अर्को कारण हो, तत्कालीन अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआइजी) तथा वर्तमान गुप्तचर प्रमुख गणेश अधिकारी। रेग्मीलाई ओली सरकारले बर्खास्त गरेका बेला अधिकारीको एआइजीको कार्यकाल एक महिना मात्रै बाँकी थियो। त्यसैले उनी अनिवार्य अवकाशमा जाँदै थिए। एमालेनिकट मानिएका अधिकारीलाई गुप्तचर प्रमुख बनाउने ओलीको योजनाअनुसार नै त्यसबेला रेग्मीलाई बर्खास्त गरिएको जानकारहरु बताउँछन्। 

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख भएका बेला रेग्मीले नेताहरुका सूचना अख्तियारलाई दिने गरेको आरोप पनि उनी बर्खास्तीको एउटा कारण थियो। यसरी एमाले निकट र ओलीको विश्वासपात्र भएकै कारण अप्रत्याशित रुपमा गुप्तचर प्रमुख बनेका अधिकारीले ओली सरकारमा नहुँदा पनि उनलाई 'गुण लगाइरहेको' उच्च सुरक्षा स्रोतहरु बताउँछन्।

यो पनि पढ्नुहोस्

शक्तिशाली बनाउने भन्दै ओलीले ‘निकम्मा’ बनाएको गुप्तचर विभाग : देउवाले गृहमै फर्काउलान्?

अधिकारीको यही 'कनेक्सन'कै कारण सरकारका लागि गुप्तचरी गुनपर्ने निकाय अहिले ‘सरकारकै गुप्तचरी’ गर्दै सूचना ओलीनिवास बालकोटसम्म पुर्‍याउन सक्रिय रहेको जानकारी उच्च स्रोतले नेपाल लाइभलाई दिएको छ। सरकारका सूचनादेखि विभिन्न भेटघाट र प्रधानमन्त्री निवास बालुवाटारसम्मका सूचना गुप्तचरी निकायमार्फत् अहिले बालकोट पुग्ने गरेको स्रोतले जनाएको छ।

ओलीबाट बालुवाटार भित्रिए, अहिले देउवाका सुराकी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अर्थात्, प्रधानमन्त्री कार्यालयमा उप–अनुसन्धान निर्देशक (एसपी)को कमाण्डमा गुप्तचर विभागको टोली रहने व्यवस्था छ। २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएको एक हप्तामै ओलीले बालुवाटारमा रहेका गुप्तचर अधिकारीहरु हटाएका थिए। 

राज्यका लागि आवश्यक पर्ने सूचना संकलन र विश्लेषण गर्ने मुख्य जिम्मेवारी राअविको हुन्छ। सरकारको सफलता र असफलतामा यही निकायको भूमिका महत्वपूर्ण मानिन्छ। यो बेग्लै हो कि राअविको गुप्तचरी क्षमतामाथि प्रश्न पनि ठूलै उठ्छ। सूचनाको दुरुपयोग हुँदा सरकार नै असफल हुने बुझेका ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले राखेका गुप्तचर हटाएर आफूनिकटलाई बालुवाटार प्रवेश गराएका थिए। 

दोस्रोपटक २०७४ फागुनमा प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो विश्वासपात्र र एमाले निकट मानिएका एसपी विमल डंगोल नेतृत्वको १५ सदस्यीय गुुप्तचर टोली बालुवाटारमा राखे। ओलीले आफ्नो विश्वासपात्र मानेर राखेका एसपीसहितको उक्त टोली अहिले पनि बालुवाटारमै छ। 

शेरबहादुर देउवा प्रधानमन्त्री भएको साढे दुई महिना पुगिसकेको छ। तर, अहिलेसम्म ओलीले राखेका गुप्तचरकै टोलीलाई देउवाले निरन्तरता दिएका छन्। ‘देउवाले सचिवालय चुस्त पार्न सकेका छैनन्। अझ कतिसम्म लापरबाही छ भने ओलीले राखेका सुराकीसमेत अहिलेसम्म बालुवाटारमै छन्। उनीहरुमार्फत् बालुवाटारको सूचना बालकोटसम्म पुग्ने गरेको हामीले पनि सुनेका छौं,’ कांग्रेसकै एक उच्च तहका नेताले नेपाल लाइभसँग भने। बालुवाटारमा कसैको प्रवेशदेखि भेटघाट, छलफल र भावी रणनीतिका सूचनाहरु उक्त टोलीबाट गुप्तचर प्रमुख अधिकारी हुँदै बालकोटसम्म पुग्ने गरेको छ। कांग्रेस महाधिवेशनदेखि आगामी चुनावसम्मको अवस्था कस्तो हुने भन्नेबारे अधिकारीले ओलीलाई ब्रिफिङ सुनाउने गरेको जानकारी स्रोतले दिएको छ।

यो पनि पढ्नुहोस्

प्रदेश २ लाई किन चाहियो अनुसन्धान ब्युरो? गुप्तचर पूर्वप्रमुख शर्मा भन्छन्- यो राम्रो संकेत होइन

'त्यतिमात्र होइन उहाँले आफ्ना मान्छे शेरबहादुर देउवा, माधवकुमार नेपाल र प्रचण्डसँग राख्नुभएको छ', स्रोतले भन्यो, 'अनि त्यहाँबाट आउने सूचना तत्कालै केपी ओलीकहाँ पुर्याइन्छ।'

देउवा र ओलीलाई फरक-फरक रिपोर्ट, कुन सही?

राजनीतिका ‘चतुर खेलाडी’ भनिएका प्रधानमन्त्री शेरबहादुर देउवा पटक–पटक प्रधानमन्त्री भइसकेका छन्। तर, उनले त्यो पदमा रहेर निर्वाह गर्ने भूमिकामाथि सधैं प्रश्न उठ्दै आएको छ। कम्युनिष्ट पार्टी टुटफुटपछि कमजोर बन्दै गएको र पूर्वप्रधानमन्त्री ओलीको ‘अहंकार’ र दुई–दुई पटकको संसद विघटनजस्ता कारणले फेरि पनि कांग्रेस बलियो बनेको बुझाइमा देउवा छन्। यो घटनाक्रममा आफू ‘केन्द्रीय पात्र’ चित्रित भएकाले आगामी महाधिवेशनमा पुनः सभापति हुनेमा उनी विश्वस्त देखिन्छन्। 

स्रोतका अनुसार पुनः सभापति हुनेमा देउवा ढुक्क हुनुको अर्को मुख्य कारण हो, गुप्तचरको रिपोर्ट। गुप्तचर प्रमुख  अधिकारीले देउवालाई देशभरको रिपोर्ट सुनाउँदै आगामी महाधिवेशनमा पुनः सभापति जित्ने विश्वसनीयता दिलाएका छन्। एमाले निकट मानिएका अधिकारी यिनै महाधिवेशनका रिपोर्ट सुनाउँदै र सभापति जित्नेमा ढुक्क हुन भन्दै अहिले देउवा निकट भएका छन्। 

तर, बालकोटमा भने यही रिपोर्ट फरक तरिकाले पुग्ने गरेको स्रोतले जानकारी दिएको छ। बालकोट पुगेको गुप्तचरको वास्तविक रिपोर्टमा भने आगामी महाधिवेशमा देउवाले सभापति जित्ने संभावना एकदमै न्यून रहेको उल्लेख गरिएको स्रोतको भनाइ छ। गुप्तचर रिपोर्टको दाबीअनुसार देउवा यति कमजोर भएका छन् कि विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलासँग मिलेर पनि सभापति बन्न गाह्रो छ।  

कांग्रेस महाधिवेशबाट को नेतृत्वमा आउँदा फाइदा हुने भन्नेबारे ओलीले विश्लेषण गरेको जानकारहरु बताउँछन्। देउवाबाहेकका नेताहरु नेतृत्वमा आए एमालेलाई थप चुनौती हुने ओलीको बझुाइ छ। देउवाले पहिलेजस्तै राम्ररी सरकार चलाउन नसक्ने हुँदा एमालेलाई लाभ हुने र अहिले पार्टी मजबुत बनाउन प्रशस्त समय रहेको बालकोटको विश्लेषण छ। गुप्तचरको रिपोर्टपछि ओलीले आफू अनुकूलको राजनीतिक रणनीति बनाउन सक्ने स्रोत बताउँछ।  

गुप्तचर प्रमुख अधिकारीले कतिसम्म गरिरहेका छन् भने विभाजनपछिको एमालेको अवस्था के हुन्छ, एमालेले आउँदो निर्वाचनमा कति सिट जित्छ भन्ने कुराको हिसाब गर्नसमेत देशभरको संयन्त्रलाई परिचालन गरेका छन्। पूर्वको जिल्लामा खटिएका एक गुप्तचर एसपीले पार्टीको चुनावी जोडघटाउका लागि आफूहरुलाई खटाइएको बताए। 

यतिसम्म कि, गुप्तचर प्रमुख अधिकारीले केही महत्वपूर्ण जिल्लामा ओलीले चाहेका व्यक्तिलाई नै जिल्ला प्रमुखका रुपमा सरुवा गरिदिएका छन्। गुप्तचर संगठनमा ओलीको यस्तो प्रभाव रहिरहनुको अर्को कारण भने उनले नै गुप्तचर विभागलाई गृह मन्त्रालय मातहतबाट तानेर प्रधानमन्त्री मातहत ल्याउनु पनि हुनसक्छ।

हामीले यसबारे प्रधानमन्त्री देउवानिकट कांग्रेसका नेता र उनको सचिवालयलाई सोधेका थियौं। उनीहरु यसबारे खुलेर बोल्न चाहेनन्। उनको सचिवालयका एक सदस्यले भने यसबारे आफू अनभिज्ञ रहेको, अब यसलाई गम्भीरतापूर्वक लिइने प्रतिक्रिया दिए। 

‘रअ’का नेपाल प्रमुखसँग भेटपछि गुप्तचर प्रमुख सोझै बालकोट
भारतको बाह्य गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का तत्कालीन नेपाल स्टेशन प्रमुख (एनपी स्याटलाइट) चिफ अभिजित हल्दरको कार्यकाल सकिएको पाँच महिना बितिसक्दा पनि ‘रअ’ले कसैलाई नेपाल पठाएन। 

पाँच महिनापछि गत वैशाख २४ गते रअले नेपाल स्टेशन प्रमुखमा राघव भटनागरलाई नियुक्त गर्दै नेपाल पठाएको थियो। इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआई २१५ मार्फत् राघव काठमाडौं ओर्लिएका थिए। उनलाई लिन त्यसबेला भारतीय दूतावासबाट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेको थियो। उनी यस्तो समयमा आएका थिए कि त्यसबेला नेपालमा राजनीतिक उथलपुथल हुँदैथियो।

गत साउन १५ गते भारतीय भूमिको प्रयोग गरेर दार्चुला सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि नदीमा खसेर व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए। प्रतिपक्ष एमालेले सुरुवाती क्रममा यो विषयलाई ठूलो मुद्दा बनाउँदै सडकदेखि सदनसम्म तताउने सार्वजनिक रुपमा अभिव्यक्ति नै दिएको थियो। एमाले कार्यकर्ताहरुले सडक आन्दोलनसमेत थालेका थिए।

घटनाको केही दिनपछि रअका नेपाल प्रमुख राघव र नेपालका गुप्तचर प्रमुख गणेश अधिकारीबीच गोप्य भेट भयो। स्रोतका अनुसार राघव र अधिकारीबीच राजधानीकै एक ठाउँमा भेट भएको थियो। जहाँ उक्त घटनालाई लिएर आन्दोलन गर्दा दिल्लीसँगको सम्बन्ध चिसिने राघवको धारणा थियो।

‘दार्चुला घटनाबारे राघवले दिल्लीको बुझाइ र धारणा गुप्तचर प्रमुख अधिकारीलाई सुनाए,’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘दिल्लीको धारणा बुझेपछि उक्त रिपोर्ट गुप्तचर प्रमुख अधिकारीले सरकारलाई सुनाउनुपर्ने हो। तर, उनी सोझै बालकोट पुगेर ओलीलाई ब्रिफिङ गरे।’ 

तत्कालीन प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुख अधिकारीलाई दुई पटक गोप्य रुपमा दिल्ली पठाएको विषय अहिलेसम्म सार्वजनिक भएको छैन। २०७६ मंसिर २२ गते प्रधानमन्त्री ओलीकै निर्देशनमा अधिकारीलाई बालुवाटार बोलावट भएको थियो। त्यसपछि ओलीले उनलाई दिल्ली पुगेर आउन निर्देशन दिएको उच्चस्रोत बताउँछ।

ओलीकै निर्देशनअनुसार अधिकारी २०७६ मंसिर २३ गते दिल्ली गएका थिए। अधिकारी तीन दिनपछि मंसिर २६ गते काठमाडौं फर्किएका थिए। तर, उनी किन दिल्ली गए र क–कसलाई भेट गरे भन्ने खुलेको छैन। 

भारतले जम्मु कश्मीरलाई विभाजन गरी कश्मीर र लद्दाखलाई छुट्टाछुट्टै राज्य बनाएर जारी गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको थियो। त्यसपछि आफ्ना विश्वास पात्र अधिकारीलाई ओलीले दिल्ली पठाएका थिए। 

यसपछि पनि अधिकारी सुटुक्क दिल्ली पुगेका थिए। दोस्रो दिल्ली प्रस्थान पनि अहिलेसम्म गोप्य नै छ। जानकारहरु त अधिकारीले नै रअका प्रमुख सामन्तकुमार गोयललाई बालुवाटर प्रवेश गराउने भूमिका खेलेको दाबी गर्छन्। 

२०७७ कात्तिक ५ गते साँझ साढे ८ बजेदेखि साढे १० बजेसम्म तत्कालीन प्रधानमन्त्री ओली र गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन प्रदेश सभा सदस्यमा सीमित भएको छ। तत्काल... सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक–पटक छलफल भए पनि सत्तापक्ष गम्भीर... सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति ज... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्