• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
संखुवासभा हत्याकाण्ड: ५ दिन बित्दा शंकास्पद समेत भेटिएनन् 
64x64
नारायण अधिकारी शुक्रबार, भदौ २५, २०७८  २२:२०
1140x725

काठमाडौं– संखुवासभाको मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको ५ दिन नाघिसकेको छ। आइतबार खाना खाएर सुतेका एकै परिवारका ७ सदस्यमध्ये ६ जना सोमबार मृत अवस्थामा फेला परेका थिए। 

सोमबार बिहान पौन १० बजे प्रहरी चौकी मादिमुल खर्कमा उक्त घटनाबारे जानकारी आएपछि हवल्दारको कमाण्डमा ३ जना प्रहरी घटनास्थल खटिएर ‘क्राइम सिन’लाई सुरक्षित राख्ने काम गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय (इप्रका) चैनपुरबाट इन्सपेक्टर योगराज खतिवडाको कमाण्डमा अर्को टोली घटनास्थल पुगेको थियो। 

घटनास्थल मादी मुलखर्कबाट १० र इप्रका चैनपुरबाट ५५ किलोमिटर टाढा पर्छ। प्रहरी पुग्दा एकै परिवारका ६ जना (८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय  छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपीन कार्की र ५ वर्षीया गोमा कार्की) मृत अवस्थामा भेटिएका थिए। ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने सकुशल थिए।

८४ वर्षीया पावर्तीको शव घरमै भेटिएको थियो भने उनका छोरा तेजबहादुरको शव रोडको भित्तामा भेटिएको थियो। तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा भेटिएको थियो भने ८ वर्षीय वपिन र ५ वर्षीया गोमाको शव घरभन्दा १ किलोमिटर पर बारीको कान्लामा भेटिएको थियो। मृत भेटिएका अधिकांशको टाउकामा चोट थियो।

६ जनाको सामूहिक हत्या घटना सार्वजनिक भएसँगै प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर विभिन्न अनुसन्धान टोली पठाएको थियो। संखुवासभामा बसेर प्रहरीका विभिन्न टोलीले अनुसन्धान गरिरहे पनि अहिलेसम्म भने कुनै सफलता हात लागेको छैन। 

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरको टोली, प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी रुगम कुँवरको टोली, एसपी भीम दाहालको कमाण्डमा संघीय प्रहरी कार्यालय धरानको टोली, प्रदेश १ बाट डीआईजी अरुणकुमार बिसीसहितको टोलीले पाँच दिनदेखि घटनाको अनुसन्धान गरे पनि अहिलेसम्म अपराधको ‘सिन’ मा कोही पनि पर्न सकेका छैनन्।

प्रहरी स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट केही सस्पेक्ट (शंकास्पद अभियुक्त)को पनि पहिचान गरेको छैन। घटनाको जानकारीका लागि प्रहरीले छिमेकीका केही व्यक्तिसँग कुराकानी गरेपनि ‘शंकास्पद’को आशंकामा कसैसँग सोधपुछ गरेका छैन। प्रहरी स्रोत भन्छ, ‘विविध कारणले अनुसन्धान जटिल नै छ। अहिलेसम्म कोही व्यक्तिमाथि शंका लाग्यो भनेर ल्याएर सोधपुछ गर्न सकिएको छैन।’

पानी परेकाले डग स्नीफिङ प्रभावकारी नहुनु, पीडित परिवारका सदस्यले पनि कोहीमाथि शंका गर्ने अवस्था नरहनु, ६/६ जनाको हत्या हुँदा पनि कोही कसैले चिच्याएको कराएको केही नसुन्न, गाउँमा कोही नयाँ मान्छे आएको केही जानकारी नै नहुनुजस्ता विषयले अनुसन्धान प्रभावकारी बन्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्। 

भौगोलिक विकटताका कारण पनि अनुसन्धान प्रभावकारी बन्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु बताउँछन्। घटनाको जानकारी सोमबार बिहान पौने १० बजे आएपछि भौगोलिक विकटताकै कारण इप्रका चैनपुरबाट हिँडेको इन्सपेक्टर खतिवडाको टोली दिउँसो साढे ३ बजेमात्रै घटनास्थल पुगेको थियो। उता खाँदबारीबाट हिँडेको डिएसपी सुवेदीको टोली साँझ ५ बजेतिर घटनास्थल पुगेको थियो। सोही राति संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको टोली पुगेको थियो। कुकुर र फरेन्सिक विज्ञसहित राति दाहालको टोली पुगे पनि पानी परेका कारण रातिबाटै प्रहरीले काम गर्न पाएन। भोलिपल्ट बिहानबाट मात्रै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

भौगोलिक विकटताका कारण हत्या भएको २४ घण्टापछि मात्रै अनुसन्धान सुरु हुनु र त्यसमा पनि पानी परेका कारण डग स्नीफिङ प्रभावकारी नहुँदा अनुसन्धान प्रभावकारी बन्न नसकेको प्रहरी अधिकारी बताउँछन्। 

८ लाखभन्दा बढी रकम भेटियो
सामूहिक हत्याको शिकार भएको कार्की परिवारले झापामा ८० लाखको जग्गा किन्ने तयारीमा रहेको विषय सार्वजनिक भएसँगै हत्याको कारण आर्थिक हुनसक्ने प्रहरीले आकलन गरेको थियो। तर, प्रहरी अनुसन्धानमा घरभित्रै ८ लाखभन्दा बढी रकम पाइएपछि त्यो पाटो कमजोर बन्दै गएको प्रहरीको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार घरमा राखेकै ठाउँमा ८ लाख ८८ हजार रुपैयाँ र सुनका गरगहना भेटिएका छन्। हत्या गरिसकेपछि पनि उनीहरुले लगाएका सुनका गरगहना भने जस्ताको त्यस्तै भेटिएका थिए। 

सुनका गरगहना र नगद सुरक्षित भेटिएपछि हत्या घटना झनै रहस्यमय बन्दै गएको छ। प्रहरीले विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान सुरु गरेको छ। घटनास्थल वरपर चालु अवस्थामा रहेका मोबाइलहरुको विवरण केलाएर शंकास्पदहरुको पहिचानको काम सुरु गरिएको प्रहरीले जनाएको छ। तर, अहिलेसम्म प्रहरीको अनुसन्धानको ‘लेन्स’मा कोही पर्न सकेका छैनन्। 

अनुसन्धान प्रगतिउन्मुख छ : डीआईजी सिंह
अनुसन्धानका लागि सीआईबीबाट पनि प्रहरी टोली खटिएको छ। देशभरको जघन्य र संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीबाट डीएसपीको कमाण्डमा तीन सदस्यीय टोली अनुसन्धानका लागि संखुवासभाको खोला गाउँ पुगेको छ। 

सीआईबीको टोलीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरिरहेको छ। सीआईबीसहित अनुसन्धानमा ठूलो संख्यामा दक्ष जनशक्ति खटिए पनि अहिलेसम्म प्रहरीको ‘रडार’मा कोही पनि पर्न सकेका छैनन्। अहिलेसम्म कुनै पनि शंकास्पद व्यक्तिको पहिचान गर्न नसकिए पनि अनुसन्धान भने प्रगतिउन्मुख भएको दाबी सीआईबीको छ।

सीआईबीबाट अनुसन्धानमा खटिएको टोलीले हरेक घटनाको अपडेट केन्द्रीय कार्यालयलाई गराइराखेको र अहिले अनुसन्धान प्रगतिउन्मुख रहेको सीआईबीका निर्देशक प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह बताउँछन्। 

डीआईजी सिंहले नेपाल लाइभसँग भने, ‘अनुसन्धान सही ट्रयाकमा छ। प्रगतिउन्मुख देखिएको छ। हामी आशावादी छौं यो मुद्दा चाँडै टुंगोमा पुग्छ।’

व्यक्तिगत रिसिइबीदेखि सामाजिक, आर्थिक, पारिवारिकलगायत विभिन्न कोणबाट अनुसन्धान भइरहेको र प्रगतिउन्मुख रहेको सिंहको भनाइ छ।

यो पनि पढ्नुस्:

संखुवासभा हत्या घटना– इटहरीको बुढीगंगा घाटमा ६ जनाको सामूहिक दाहसंस्कार
संखुवासभा हत्या घटना– घटनास्थलमा भेटियो १५ तोला सुन र ३ लाख रुपैयाँ नगद
संखुवासभा हत्या घटना– ६ जनाकै शव परीक्षणका लागि धरान लगियो
संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवार
संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्