काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएको महन्थ ठाकुरपक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
यसअघि बुधबार उक्तपक्षले निवेदन दिएको जसपा (लोकतान्त्रिक) पार्टी दर्ता गर्न अस्वीकार गरेपछि महन्थपक्ष लोकतान्त्रिक समाजवादी पार्टीको नाम लिएर शुक्रबार आयोग पुगेका थिए।
दर्ताका लागि दिइएको निवेदनमा दुई जना वरिष्ठ नेता राखिएका छन्। यसअघि राजेन्द्र महतो मात्र वरिष्ठ नेता राखिएकोमा आज शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राख्दै दल दर्ताको निवेदन आयोगमा पेश गरिएको छ।
त्यस्तै कार्यकारिणी समितिमा पनि ७ जना थप गरिएको छ। थपिएका सबै महिला नेतृ रहेका छन्। यसअघि बुधबारको दल दर्ता निवेदनमा ३१ जना कार्यकारिणी सदस्य राखिएकोमा अब ३१ रहने गरि दल दर्ताको निवेदन पेश गरिएको छ। 



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।