काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत नभए माधवकुमार नेपालको साथ छाडेका नेताहरुले विद्रोह गर्ने भएका छन्।
राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रकृया थाल्दा त्यसमा सहभागी नभइ नेता नेपाललाई छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरुले बैठक बसेर अन्तिम पटक ओलीलाई १० बुँदे सहमति गराउन प्रयास गर्ने, र त्यसो नभएमा विद्रोह गर्ने भएका हुन्।
‘पार्टी एकता गराउन ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गराउन दबाब दिने भन्ने छ। यदी उहाँ सहमति कार्यान्वयन गर्न सहमत नभएमा विद्रोह गर्ने भन्ने छ’, नेता निरज आचार्यले भने, ‘त्यसैका लागि महराजगञ्जको एक पार्टी प्यालेसमा बसेर छलफल गर्दैछौं, त्यसपछि एउटा टुंगोमा पुग्ने छौं।’
एमाले विभाजन र नयाँ पार्टी निर्माण दुबै अतिवादी भएको भन्दै उनीहरु बीचधारमा रहेका थिए। उनीहरुले ओलीलाई सहमत गराउन प्रयास गरेका थिए, तर ओली तयारनै नभएपछि माधव छोडेका नेताहरु छलफलमा जुटेका हुन्। गत बिहीबार माधवको साथ छाडेका ९ जना स्थायी कमिटी सदस्यहरुले ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।