काठमाडौं- नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी दर्ताको क्रममा रहेका नेता माधवकुमार नेपालले आफूपक्षधर नेताहरुसँगको छलफललाई तीब्रता दिएका छन्। यसैक्रममा शुक्रबार नेता नेपालले सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफल गरेका हुन्।
प्रेम आले, निरा जैरुसहितका नेता कार्यकर्तासँग नेता नेपालले बानेश्वरस्थित अर्याल होटलमा छलफल गरिरहेका हुन्।
बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै नेपालपक्षले भेटघाट र छलफलमा तिब्रता दिएको हो।
सुदूरपश्चिम प्रदेशमा आफूपक्षधरको अवस्था, स्थानीय तहहरुको अवस्था र नयाँ पार्टीलाई तल्लो तहसम्म लैजाने बारे छलफल भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।