फाइल तस्वीर
काठमाडाैं– नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुख अग्नि सापकोटामा द्वन्द्वकालकै धङधङी देखिएकाे बताएका छन्। बिहीबार सभामुखकाे कार्यकक्षमा छलफलका लागि पुगेकाे समयमा आफूले बाेलेकाे विषयलाई अपव्याख्या गरिएकाे भन्दै उनले यस्ताे बताएका हुन्।
शुक्रवार पनि धर्ना दिन पुगेका बस्नेतले पत्रकारसँग कुरा गर्दै आफ्नाे भनाइकाे अपव्याख्या भएको बताएका हुन्। आफूले सभामुखलाई आफ्नो गरिमा कायम राख्दै सामान्य विषयमा पार्टीको पक्षधरता नदेखाउनुस् भनेको उनले बताए। ‘हामीले बिहीबार भनेको कुरा अपव्याख्या गरियो,’ बस्नेतले भने, ‘कुनै पनि स्वाभाविक र कानुनी प्रक्रिया पूरा गर्नुपर्नेमा राजनीतिक आग्रह राखेर नटुंगाइदिँदा अहिलेको प्रश्न उठेको छ। सभामुख कुनै राजनीतिक दलसँग आवद्ध हुँदैन।’
आफूहरुले सभामुखले सवै दलको अभिभावकको भूमिका खेल्नुपर्ने भन्दै विगतको यही परम्परा कायम राख्दै आएका सभामुख झै भूमिका निभाउनु पर्छ भनी आग्रह गरेको उनले बताए।
‘हामीले भोलि सदन चल्ने कुरा राखेर काम गर्नुपर्छ । दमननाथ ढुङ्गानादेखि सुवासचन्द्र नेम्वाङसँगले इज्जत र प्रतिष्ठा कमाएर जानु भएकाले त्यो कायम राख्नुस भनेको हो,’ उनले भने, ‘तपाईलाई यो अवसर छ समान्य कुरामा सामान्य राजनीतlक आग्रह नराख्नु भनेको हो। भोलl यसैका लागि आन्दोलन गर्नुपर्ने र सदन सहज ढंगले नचल्ने अवस्था आउनसक्छ भन्दा भन्दै सभामुखले एकाएक तपाईहरु यहाँ धर्ना दिने म एक महिना यहाँ बस्न तयार छु भन्नुभयो।’
हिजो द्वन्द्वकालबाट आएको भएकाले सभामुखले त्यही अनुभव देखाउनु भएको आरोप बस्नेतले लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।