• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुल्झिएनन् राजधानीमै भएका जघन्य अपराध : प्रहरीको विशिष्टीकृत एकाइ भने दैनिक पुलिसिङमा रमाउँदै
64x64
नारायण अधिकारी बिहीबार, भदौ ३, २०७८  २०:५६
1140x725

काठमाडौं– ललितपुरस्थित सानेपाको गुसिटोलमा भारतीय नागरिक सत्यनारायण पारिखको हत्या भएको एक महिना बितिसकेको छ। घरको ढोका नखुलेपछि गत २० असारमा ताला फोडेर प्रहरी भित्र पस्दा उनी मृत भेटिएका थिए।

सत्यनाराणको कोठाको ‘क्राइम सिन’बाट प्रहरीले उनको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। पाटन अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा उनको मृत्युको कारण ‘ब्लण्ट फोर्स इन्जुरी’ उल्लेख छ। उक्त रिपोर्ट र कोठामा भेटिएका सामग्रीका आधारमा उनको हत्या ह्याम्मरले हानेर गरिएको प्रहरीको निष्कर्ष छ।

जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानरीय प्रहरी अपराध महाशााखा) ले सुरुदेखि नै यो घटनाको अनुसन्धान गरिरहेका छन्। महाशाखा काठमाडौं उपत्यकामा हुने जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको विशिष्टिकृत इकाई हो। तर, अहिलेसम्म प्रहरीले सत्यनारायणको हत्याको गुत्थी केलाउन सकेको छैन। उनको हत्या कसले र किन गर्‍यो भन्ने विषय रहस्यमै छ।

उपत्यकामा भएका यस्ता थुप्रै जघन्य अपराधका घटनाको रहस्य अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभर भएका १६ हजारभन्दा बढी अपराधका घटना सुल्झिन बाँकी छन्। त्यसमध्ये झण्डै एक चौथाइ घटना काठमाडौं उपत्यकाका हुन्।

उपत्यकामा हुने जघन्य र जटिल खालका संगठित अपराधको अनुसन्धान गर्न गठन भएको महानगरीय प्रहरी अपराध महाशाखा भने दैनिक पुलिसिङमा नै रमाउने गरेको एक प्रहरी अधिकारी नै बताउँछन्। ती अधिकारीले भने जस्तो महाशाखाका केही कामहरु हेर्ने हो भने सामान्य घटनातिर मात्र महाशाखाको ध्यान केन्द्रित भएको देखिन्छ। कालोबजारी गर्ने पक्राउ, रक्सी भट्टीमा छापा, चितुवाको छाला बरामद, सट्टेबाजी (अनलाइन जुवा) मा छापा, नक्कली पीसीआर रिपोर्ट बनाउने पक्राउ, भालुको पित्त बरामद जस्ता अपरशेन अनुसन्धानको विशिष्टिकृत इकाई अपराध महाशाखाले गरिरहेको छ।

महाशाखाकै एक अधिकारी पनि अनुसन्धानमा विशिष्ट काम हुन नसकेको स्वीकार गर्छन्। उनी भन्छन्, ‘कालोबजारी हेर्न वाणिज्य विभाग छ, सेनिटाइजरको शुद्धीकरण हेर्न गुणस्तर विभाग छ, हुण्डी कारोबार हेर्न राजश्व अनुसन्धान विभाग छ। तर, ती इकाईहरु निदाएर बसेका छन्। अपराध भएपछि नियन्त्रण गर्नै पर्छ। हामीले पक्राउ गरेर सम्बन्धित विभागलाई बुझाउने गरेका छौं।’ अपरेशन गरे पनि मुद्दा चलाउने अधिकार नभएकाले महाशाखाले अभियुक्तलाई सम्बन्धित प्रहरी वा अन्य कार्यालयमा बुझाउँछ।

पहिलाको केरकार शाखालाई छुट्टै अनुसन्धान महाशाखा बनाएपछि अनुसन्धानमा पोख्त अधिकारी त्यहाँ लगिने गरिएको छ। तर, वर्षौँ पुराना अपराधका घटनामा सफलता हासिल हुन सकेको छैन। ‘पहिला त प्रहरी परिसर र अनुसन्धान महाशाखाले आ–आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्नु प¥यो। दुवैले इकाई एउटैमा हात हाल्ने हो भने किन फरक फरक युनिटको आवश्यकता प¥यो?’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्।

यी हुन् सुल्झना नसकेका अपराध

पूर्वगृहमन्त्री खुमबहादुर खड्काका सुरक्षा गार्डको हत्या
प्रहरी नायब निरीक्षक (सई) कुबेरविक्रम कार्की खुमबहादुर खड्काका सुरक्षा गार्ड थिए। भक्तपुरको गोठाटार घरमा बसिरहेका बेला २० मंसिर २०६३ मा उनको हत्या भयो।

कार्कीलाई घरबाट घिसार्दै बाहिर लगेर खुकुरीले हानेर विभत्स ढंगले खुकुरी प्रहार गरिएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते ३२ वर्षीय कार्र्कीको मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ज्यान गयो।

उनको हत्या भएको १५ वर्ष बितिसकेको छ। तर, यस घटनाको अनुसन्धानमा भएको प्रगतिबारे प्रहरी नै बेखबर छ। अनुसन्धान भइरहेको ‘रेडिमेट जवाफ’ बाहेक प्रहरीसँग कुनै उत्तर छैन। जघन्य अपराध अनुसन्धान गर्ने महाशाखाका एक अधिकारीका अनुसार यो हत्याको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन।

दिवाकार चन्दको हत्या
प्रहरीको अनुसन्धानलाई नै जिल खुवाउने घटना हो, हाइप्रोफाइल दिवाकर चन्दको हत्या। पूर्वराजा त्रिभुवनका पनातिनी–ज्वाइँसमेत रहेका चन्द विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष थिए। श्रीमतीसँग छोडपत्र गरेर उनी धोबीघाटमा फ्ल्याट भाडामा लिएर बसेका थिए। उनको १७ असोज २०६९ हत्या भएको थियो। हत्या भएको ती दिनपछि मात्रै चन्दको शव फेला परेको थियो।

टेलिफोनको तारले घाँटी कसेर ५५ वर्र्षीय चन्दको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष थियो। तर, आठ वर्ष बितिसक्दासमेत चन्दका हत्यारा पत्ता लाग्न सकेको छैन।

यो घटनामा हत्याका केही कारण प्रहरीले विश्लेषण गरेको छ। श्रीमतीसँग छोडपत्र गरेको हुनु र सम्पत्तिकै कारण अरु कसैले हत्या गरेको हुनसक्ने प्रहरीको विश्लेषण छ।

धोबीघाटमा एक्लै बस्दै आएका उनको कोठामा बारम्बार महिलाहरु पनि आउने गरेका थिए। त्यसेबला उनका कोठामा आउने भनिएका र शंकास्पद गरी करिब २४ महिलासँग प्रहरीले सोधपुछ गरेको थियो। तर, अहिलेसम्म प्रहरीले अनुसन्धानको मेसो पाउन सकेको छैन।
नेपाल इन्भेस्टमेन्ट बैंकमा चन्द परिवारले धितो राखेको जग्गाका विवाद थियो। प्रहरी त्यहाँसम्म पुगे पनि त्यसभन्दा अघि अनुसन्धान बढ्न सकेको छैन।

सुन व्यवसायी दम्पतीको हत्या
काठमाडौंको बांगेमुडामा ११ असोज २०६१ मा सुन व्यवसायी दम्पतीको हत्या भयो। राजेशकाजी शाक्य र उनकी श्रीमती आशामायामाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो। राजेशकाजीको घटनास्थलमै मृत्यु भएको थियो भने आशामायाको उपचारको क्रममा ज्यान गयो। अज्ञात आक्रमणकारीले गोली प्रहारपछि उनीहरुका साथमा भएका सुनका गरगहनासमेत लुटेका थिए।

हत्या आरोपमा पूर्वसैनिक सुमन गिरीमाथि अनुसन्धान गरिएको थियो। पछि उनको संलग्नता नरहेको पाइएपछि रिहा भएका थिए। तर, घटना भएको १७ वर्ष बित्न लाग्दासमेत अपराधीको पहिचान हुन सकेको छैन।

२२ वर्षअघिको ललितपुर हत्याकाण्ड
ललितपुरको खपिन्छेका कृष्णमान व्यञ्जनकारकी ३० वर्षीया श्रीमती शान्तिको २४ भदौ २०५५ हत्या भयो। घरको तेस्रो तलामा क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो।

श्रीमतीको हत्यापछि श्रीमान् कृष्णमान र शान्तिकी आमा ज्ञानमायाले प्रहरीमा जाहेरी दिएका थिए। विवाह गरे पनि दाजुभाइ कोही नभएकाले शान्ति आमासँग बस्दै आएकी थिइन्। उनका दुई छोरी र एक छोरा थिए।

काठ पसल सञ्चालन गरेर बसेकी शान्तिको हत्या भएपछि प्रहरीले पसलमा काम गर्नेमाथि शंका गरेर अनुसन्धान अघि बढाएको थियो। घटना भएको २२ वर्ष बितिसक्यो, तर प्रहरी अझै पनि अनुसन्धानमै छ।

अझै पत्ता लागिनन् बेपत्ता छोरीमैयाँ
काठमाडौं जैसिदेवलकी ५२ वर्षीया छोरीमैयाँ महर्जन १६ फागुन २०६८ मा बेपत्ता भएकी थिइन्। निकी भनिने सुरक्षा सिंहले खेलाउने ढुकुटीमा जान भनेर हिँडेकी उनी त्यसपछि घर फर्किनन्। रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरु भएको थियो। छोरीमैयाँको मोबाइलबाट शंकास्पद म्यासेज आएपछि उनी अपहरणमा परेको आशंका गर्दै परिवारले प्रहरीमा खबर गरेका थिए।
उक्त घटनाको अनुसन्धानमा महानगरीय प्रहरी अपराध महाशाखाले गरेको थियो। छोरीमैयाँको खोजी गरी तत्काल सार्वजनिक गर्न भन्दै काठमाडौंमा आन्दोलनसमेत भएको थियो। तर, अहिलेसम्म उनको अवस्थाबारे प्रहरी अनविज्ञ छ।

न भेटियो टाउको, न भयो सनाखत
मध्यपुर–थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका सीमानामा पर्ने बालकोट, हनुमन्ते खोलामा १७ चैत २०७६ मा एक महिलाको टाउको बिनाको शव फेला परेको थियो। गट्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने करिडोरमा सड्न थालिसककेको शव भेटिएको थियो।

निलो सुरुवाल, कलेजी रङको कुर्था लगाएकी ती महिलाको हातखुट्टा र हिपको भाग जनावरले खाएजस्तो, बाँया हातको पञ्जा नै नभएको अवस्था थियो। शव नजिकैबाट प्रहरीले बोरा र जेब्रा झोलासमेत बरामद गरेको थियो।

शव भेटिएको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र उपत्यकाका तीन जिल्लाको जघन्य अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो। तर, घटना भएको झण्डै साढे एक वर्ष पुग्न लाग्दा सत्यतथ्य बाहिर आउन सकेको छैन।

अहिलेसम्म मृतकको परिचय खुलेको छैन। शवको टाउको पनि भेटिएको छैन। न हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छ। घटना रहस्यकै गर्भमा छ।

‘क्राइम सिनमा चुक्दा समस्या’
वर्षौँसम्म पनि अपराधी पत्ता नलाग्नुको मुख्य कारणमध्ये एक क्राइम सिन सुरक्षित गर्न नसक्नु पनि रहेको विज्ञहरु बताउँछन्। अपराधको प्रमाण नष्ट हुनु र अनुसन्धान अधिकारी पुग्दासम्म प्रमाण सुरक्षित राख्न नसक्नुले समस्या आउने पूर्वडीआईजी मल्ल बताउँछन्।

‘अपराध अनुसन्धानको पहिलो कडी नै क्राइम सिन हो। त्यसलाई सुरक्षित नराखेसम्म ठीकसँग अनुसन्धान गर्न सम्भव हुँदैन,’ उनी भन्छन्, ‘घटनास्थलको सबुद कसरी जुटाइन्छ र त्यसको विश्लेषण कसरी हुन्छ भन्ने विषयको असर अनुसन्धानको अन्तिम विन्दुसम्म पर्छ।’

काठमाडौं उपत्यकाको हकमा परिसर र महाशाखाबीच हुने अस्वस्थ प्रतिस्पर्धा र प्रचारबाजीले पनि अनुसन्धानमा प्रभाव पारेको एक पूर्वप्रहरी अधिकारी बताउँछन्। ‘कतिपय घटनामा एकले अर्कालाई उछिन्ने होडबाजी भएको देखिन्छ। यी दुई इकाईबीच राम्रोसँग को–अर्डिनेशन नहुँदा अपराधी नै भागेका उदाहरण पनि छन्,’ उनी भन्छन्।

तर, अहिलेको अवस्था भने त्यस्तो नरहेको दाबी महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले गरे। ‘पहिला के थियो त्यो मलाई थाहा भएन। तर अहिले त्यस्तो अवस्था छैन,’ उनले भने।

अनुसन्धानबाट अपराधसँग जोडिएका तथ्य तथा अपराधी पत्ता लाग्नुमा घटनास्थलको सबुत प्रमाण नै पहिलो आधार हुन्छ। तर, अनुसन्धानमा विशेषज्ञता भएका प्रहरी घटनास्थलसम्म नपुग्ने भएकाले पनि अपराधको गाँठो फुस्किन नसकेको प्रहरीको बुझाइ छ।

पुराना अपराध अनुसन्धानको प्राथमिकतामा छन् : एसएसपी खापुङ
काठमाडौं उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भने पुराना अपराध घटनाको अनुसन्धान प्राथमिकतामै रहेको बताएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी चन्द्रकुवेर खापुङ अहिले पनि पुराना केसका फाइलहरु केलाउने काम भइरहेको बताउँछन्। ‘जति पुराना केसहरु हुन्छन् त्यति नै अनुसन्धानमा जटिलता हुँदै जान्छ। पर्याप्त प्रमाण हुँदैन। त्यस्ता केसमा म्यानुअल्ली अनुसन्धान गर्नुपर्ने हुन्छ,’ एसएसपी खापुङ भन्छन्, ‘त्यो भएर यस्ता केशहरु सुल्टिन वर्षौ लाग्न पनि सक्छ।’ पर्याप्त स्रोत साधन तथा प्रविधिको अभावमा पनि कतिपय घटना सुल्झन नसकेको खापुङले बताए।

उपत्यका अपराध अनुसन्धान कार्यालयले एसएसपी सर्वेन्द्र खनालको पालामा एउटा पुरानो घटना बडिखेल हत्याकाण्डलाई सुल्झाएको थियो। त्यसपछि भने उक्त कार्यालयले त्यस्तै पुरानो र चर्चामा आएका घटना सुल्झाउन सकेको छैन। यसबारे एसएसपी खापुङ भन्छन्, ‘अनुसन्धान जटिल भएर नै अहिलेसम्म त्यस्ता अपराधका दोषी पत्ता नलागेका हुन्। यस्तो प्रकृतिको अनुसन्धानलाई वर्षौँ समय लाग्न सक्छ।’

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्