• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
माओवादी नेता पाण्डेको हत्या गर्न श्रीमतीले नै 'सुपारी' दिएको खुलासा, ३ वर्षको योजनापछि हत्या
64x64
नारायण अधिकारी सोमबार, जेठ ३१, २०७८  १९:०३
1140x725
माओवादी नेता दीपक पाण्डेको हत्या अभियोगमा पक्राउ परेकाहरु

काठमाडौं– नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेको हत्या गर्न उनकै श्रीमतीले ‘सुपारी’ दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। श्रीमान् दीपकको हत्या गर्न श्रीमती महिमाले नै योजना बनाएर ‘सुपारी’ समेत दिएको खुलेपछि उनलाई समेत पक्राउ गरेर कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले गरेको अपरेशन ‘माइक ह्वीस्की’बाट पाण्डेको हत्यामा श्रीमती महिमाको मूख्य भूमिका रहेको खुलेको हो। कपिलवस्तु नगरपालिका—६ स्थित तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा जेठ ५ गते राति ११ बजे माओवादी केन्द्रका स्थानीय नेता तथा कपिलवस्तु नगरपालिका—३ का ३४ वर्षीय पाण्डेमाथि गोली प्रहार भएको थियो। 

पाण्डे र उनीसँगै लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार इयाज अख्तर मुसलमानमाथि गोली प्रहार भएको थियो। लु १६ प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरी फरार भएका थिए। 

पेटमा ३ गोली लागेका पाण्डेको अवस्था गम्भीर थियो भने इयाजको अवस्था भने सामान्य थियो। उनीहरु दुबै जनालाई तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको थियो। पछि पाण्डेको अवस्थामा गम्भीर भएपछि उपचारका  लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको जेठ १० गते मृत्यु भएको थियो। 

विवाहेत्तर सम्बन्ध बचाउन श्रीमान्‌ मार्ने योजना
प्रहरीले गरेको अनुसन्धानबाट पाण्डे हत्याको कारण उनकी श्रीमती महिमाको ‘अनैतिक यौन सम्बन्ध’ रहेको खुलेको छ। अपरेशन ‘माइक ह्वीस्की’ले पाण्डेको हत्या हुनुमा अनैतिक यौन सम्बन्ध मुख्य कारण रहेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले नेपाल लाइभ लाइभलाई जानकारी दिए। 

कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३९ वर्षीय प्रकाश भनिने ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमाबीच पछिल्लो पाँच वर्षयता 'अनैतिक सम्बन्ध' रहेको खुलेको छ। यसबारे दीपक पाण्डेले ३ वर्ष पहिला नै थाहा पाएका थिए। यही विषयलाई लिएर श्रीमान्‌–श्रीमतीबीच झगडा समेत हुने गरेको थियो। श्रीमान्‌ले थाहा पाउँदा पनि महिमाले ओमप्रकाशसँगको सम्बन्धलाई जारी नै राखेकी थिइन्। 

श्रीमान्‌कै कारण आफूहरुको सम्बन्ध टुट्ने ‘खतरा’ देखेपछि महिमाले हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

३ वर्षदेखि नै थियो हत्याको योजना
अपरेशन ‘माइक ह्विस्की’का एक अनुसन्धान अधिकृतका अनुसार आफ्नो अनैतिक सम्बन्धबारे थाहा पाएदेखि नै महिमाले श्रीमान्‌को हत्याको योजना बनाएकी थिइन्।  आफूहरुको सम्बन्धका कारण पटक–पटक गाली गर्ने गरेको र झगडा समेत हुने गरेको भन्दै महिमाले ओमप्रकाशलाई भेटेरै श्रीमान्‌को हत्या गर्नुपर्ने भनेर बताउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। 

३ वर्ष अगाडि नै हत्या गर्ने योजना बनेको भएपनि उनीहरुले त्यसको ‘कार्यान्वयन’ जेठ ५ गते गरेको अनुसन्धानमा संलग्न ती अधिकारी बताउँछन्। प्रहरीका अनुसार यसबीचमा पाण्डेको हत्याका लागि उनीहरुले धेरै प्रयास पनि गरेका देखिएको छ। 

पाण्डेको दैनिक नियाल्ने, उनी गएका ठाउँमा सुराकी खटाउनेदेखि उनको नियमित उठबस हुने क्ष्ोत्रमा रेकी गर्ने सम्मका कामहरु उनीहरु गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पाण्डेको हत्याका लागि उनीहरुले यस अगाडि पनि ३ पटक प्रयास गरेका थिए। 

हत्या गर्न १ लाखको सुपारी 
ओमप्रकाशसँगको आफ्नो सम्बन्ध बचाउन महिमा ३ वर्ष अगाडि नै श्रीमान्‌को हत्या गर्ने ‘निष्कर्ष’ पुगेकी थिइन्। तर, यसबीचमा उनीहरुले ‘भरपर्दो मानिस’ फेला पार्न सकेका थिएनन्। 

केही समय अगाडि मात्रै उनीहरुले पाण्डेको हत्याका लागि रमजान साहु मुसलमानसँग ‘कन्ट्र्याक्ट’ गरेका थिए। रमजान साहु मुसलमानले भनेअनुसार नै उनीहरुले गोली किन्न, लुकाउन, सुटर तथा मोटरसाइकल चालकको व्यवस्था गर्नका लागि उनीहरुले १ लाख रुपैयाँ दिएका थिए। 

प्रहरीका अनुसार शुरुमा ओमप्रकाशले नै रमजान साहु मुसलमानसँग महिमाको परिचय गराएका थिए।  रामजान साहु मुसलमानसँग ओमप्रकाशले नै ‘डिलिङ’ गर्ने गरेको भएपनि ‘सूचना संकलन’ गर्ने काम भने महिमाले नै गर्ने गरेकी थिइन्। 

जेठ ५ गते साँझ भने महिमाले नै रमजानलाई आफ्ना श्रीमान्‌ बाहिर गएको सूचना दिएकी थिइन्। महिमाले नै दिएको सूचनाका आधारमा रमजानले पाण्डेको हत्याका लागि आफ्नो ‘टोली’ परिचालन गरेका थिए। 

११ जना पक्राउ, कसको भूमिका के?
पाण्डेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म उनकै श्रीमती महिमासहित ११ जनालाई पक्राउ गरेको छ। 

हत्याको भोलिपल्ट जेठ ६ गते हत्याका मुख्य योजनाकार ओमप्रकाश र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरेको हो। 

उनीहरुसँगै सुटर रमजान साहु मसुलमान, कपिलवस्तु नपरपालिका— १ आनन्दबाग  कैलाशटोलका कुम्लाह भनिने ३५ वर्षीय पूर्णबीर पाल्पाली, कपिलवस्तु—२ बर्दाहवा बस्ने सद्दाम हुनेस खान, कपिलवस्तु यशोधरा गाउँपालिका—४ पोखरभिट्टा बस्ने राजेश भनिने ज्ञानेन्द्रकुमार पाण्डे, यशोधरा—४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका—५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु—१ माझीटोल बस्ने ३६ वर्षीय मोटे भन्ने नसरत अली र कपिलवस्तु—२ बरगदहवा बस्ने ३६ वर्षको प्रवीण गुप्ता पक्राउ परेका छन्। 

प्रहरीले पक्राउ परेकाहरु विरुद्ध  हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ। 

पक्राउ परेका पाल्पालीले हत्यामा प्रयोग भएको पेस्तोल १ र २ राउण्ड गोली आफ्नो घरमा लुकाउने काम गरेको अनुसन्धानबाट खुलेको छ। हत्या पश्चात पाल्पालीकै घरमा साकिर अलि पखिया सुतेको अनुसन्धानबाट खुलेको छ। उनले अपराधीलाई संरक्षण गर्ने काम गरेको र हतियार लुकाउने काम गरेको प्रहरीले जनाएको छ। 

सद्दाम हुनेस खानले साकिरलाई हतियार खरिद बिक्री गर्ने काममा सहयोग गरेको पाइएको छ। ज्ञानेन्द्रकुमार पाण्डेले भने गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिदबिक्री गर्ने काममा सहयोग गरेको पाइएको छ। 

राधेश्याम चौधरी, श्रीराम साकिरले हतियार खरिदका लागि सहयोग गरेको पाइएको छ। प्रवीण गुप्ताले नसरतबाट ३७ हजार लिएर हतियार खरिद गरी दिएको खुलेको छ। 

नसरत २०६६ जेठ २२ गते डाँका मुद्दामा इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर छुटेका व्यक्ति हुन्। साकिर भने २०६४ वैशाख ५ मा हातहतियार मुद्दामा पक्राउ परेर २ वर्ष कारागार बसेर छुटेको व्यक्ति रहेको पाइएको छ।

स्वचालित पेस्तोल र जमिनमा गाडेको ६८ राउण्ड गोली समेत बरामद
हत्यामा संलग्न व्यक्तिबाट प्रहरीले स्वचालित पेस्तोलदेखि ठूलो मात्रामा गोली समेत बरामद गरेको छ। साकिरबाट प्रहरीले पेस्तोल र त्यसको २ राउण्ड गोली बरामद गरेको छ। सुटर रजमान साहुले प्रयोग गरेको स्वचालित पेस्तोल पनि प्रहरीले बरामद गरेको छ। उनको साथबाट ‘मेडइन यूएसए’ लेखिएको पेस्तोल, त्यसको म्यागजिन र ८ राउण्ड गोली बरामद भएको छ। 

हत्याका मुख्य योजनाकारमध्येका एक ओमप्रकाशको साथबाट भने प्रहरीले ठूलो मात्रामा गोली र पेस्तोेल बरामद गरेको छ। ओमप्रकाशले जमिनमा गाडेर राखेर पेस्तोल र त्यसको ६८ राउण्ड गोली बरामद भएको एसपी अधिकारीले जानकारी दिए। 

यसअघि प्रहरीले हत्यामा प्रयोग भएको २२० सीसी को पल्सर मोटरसाइकल, ७.६५ एमएम लेखिएको जंगी राउण्ड एक थान र खोका एक थान बरामद गरेको थियो। 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्