• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
पाँच वर्ष सईमा बिताएकाले अवकाश रोजे इन्स्पेक्टर बनाउने प्रहरी हेडक्वार्टरको योजना!
64x64
नारायण अधिकारी बिहीबार, जेठ २०, २०७८  १०:१५
1140x725

काठमाडौं- प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि हुने जाम घटाउन भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ तरिका अपनाउन लागेको छ। कार्यालयले पाँच वर्ष सईमा बिताएका सुरक्षाकर्मीले अवकाश रोजेमा इन्स्पेक्टर बनाएर बिदा गर्ने योजना ल्याउन लागेको हो।

यसका लागि कार्यालयले गृह मन्त्रालयसमक्ष लिखित रूपमा कार्ययोजना पेस गरेको थियो। लामो समयसम्म सईको बढुवा हुन नसकेकोले यो अवस्था हटाउनका लागि पाँच वर्ष सईमा बिताएकाले अवकाश रोजेमा इन्स्पेक्टरको फुली लगाएर बिदा गर्ने योजनासहितको खाका प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)ले गृहमा पेस गरेको थियो।

प्रहरी प्रधान कार्यालयले १९ वर्षसम्म सईमा रहँदासमेत इन्स्पेक्टर बन्न नसक्ने अवस्थालाई समाधान गर्न उक्त योजना गृहसमक्ष पेस गरिएको बताइएको छ। योजनामा सईमा कम्तीमा पाँच वर्ष बिताएका व्यक्ति र अवकाशका लागि सेवा अवधि पुगेका व्यक्तिले अवकाश रोजेमा इन्स्पेक्टरको फुली दिएर बिदा गरिने उल्लेख छ। यदि, यो योजना लागू भएमा ठूलो संख्यामा सईले अवकाश रोज्ने र सईबाट इन्स्पेक्टर बन्नका लागि १९ वर्षसम्म कुर्नु नपर्ने प्रहरी हेडक्वार्टरको भनाइ छ।

तर, गृहले भने प्रहरी प्रधान कार्यालयको यो योजना व्यावहारिक नभएको भन्दै फाइल फिर्ता गरेको छ। जसकारण सईको बढुवासमेत रोकिएको छ। गृह मन्त्रालयको कानुन महाशाखाका सहसचिव धर्मराज कुईकेलले कार्यालयको योजना व्यावहारिक नभएकाले पुनः मिलाएर ल्याउन फाइल फिर्ता पठाएको नेपाल लाइभलाई बताए।

‘प्रहरी नियमावलीअनुसार सईबाट इन्स्पेक्टर बन्न आठ वर्ष लाग्ने उल्लेख छ। तर, सईमा पाँच वर्ष बिताएको मान्छे इन्स्पेक्टरको फुली लगाएर घर जाने भन्ने मिल्दैन भनेर फाइल फिर्ता गरिएको हो। त्यसलाई करेक्सन गरेर ल्याएपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्छ,’ सहसचिव कुईकेलले भने।

अहिले असईमा भर्ना भएकाहरू सात/आठ वर्षमा सई बन्ने गरेका छन्। सई भएको पाँच वर्षमै अवकाशमा जान चाहेमा इन्स्पेक्टर बनाएर बिदा दिने नियम बने पनि सोझै असईमा भर्ना भएकाहरूमा लागू हुन सक्दैन। किनभने, उनीहरू ढिलोमा आठ वर्षमा असईबाट सई बन्ने र पाँच वर्ष सईमा बसे पनि जम्मा १३ वर्षमात्रै हुने भएकाले उनीहरू अवकाशका लागि योग्य हुँदैनन्। १२ वर्ष सईमा बिताएपछि भने अवकाश रोजेको खण्डमा इन्स्पेक्टर बन्नसक्ने अवस्था रहन्छ।

सिपाहीमा भर्ना भएका व्यक्ति सई भएको अवस्थामा सई भएको पाँच वर्षमा अवकाश रोजे भने उनीहरूले इन्स्पेक्टरको फुली लगाएर घर जानसक्ने अवस्था रहन्छ। यदि, यो व्यवस्था लागू भएमा सईको बढुवा जाम खुल्ने हेडक्वार्टरको आकलन छ।

प्रतिशतमा जुट्यो सहमति, नियमावली संशोधन हुन बाँकी
प्रहरी नियमावली २०७१ अनुसार इन्स्पेक्टरको पदपूर्ति दुई तरिकाले हुन्छ। एक, आन्तरिक बढुवाबाट र अर्को खुल्ला प्रतिस्पर्धाबाट भर्ना।

नियमावलीअनुसार रिक्त रहेको दरबन्दीमध्ये खुल्ला प्रतिस्पर्धाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशतका दरले इन्स्पेक्टरको पदपूर्ति गरिने व्यवस्था छ। उक्त व्यवस्थाले गर्दा सईबाट इन्स्पेक्टर बन्नका लागि लामो समय लाग्ने भएकाले प्रहरी प्रधान कार्यालयले यो व्यवस्थालाई उल्ट्याउन माग गर्दै गृहलाई लिखित आग्रह गरेको थियो।

सईमा पाँच वर्ष काम गरेपछि अवकाश हुँदा इन्स्पेक्टर दिने भन्ने विषय संशोधन गरेर प्रहरी हेडक्वार्टरले ल्याएपछि संशोधनको प्रक्रिया अघि बढ्छ।

कार्यालयले सईबाट इन्स्पेक्टरमा हुने आन्तरिक बढुवा ४० बाट बढाएर ६० प्रतिशत पुर्‍याउनुपर्ने र खुल्ला प्रतिस्पर्धालाई ६० बाट घटाएर ४० प्रतिशतमा झार्नुपर्ने भन्दै गत माघको अन्तिममा गृहमा प्रस्ताव पठाएको थियो। कार्यालयले भनेअनुसार आन्तरिक बढुवा ६० प्रतिशत नभई गृहले आन्तरिक बढुवा र खुल्ला प्रतिस्पर्धालाई समान ५०-५० प्रतिशत बनाउने गरी टुंग्याएको थियो। कति प्रतिशत आन्तरिक र खुल्ला भन्ने विषय टुंगिसकेको सहसचिव कुईकेलले बताए।

प्रतिशतमा सहमति भए पनि प्रहरी नियमावली संशोधन भएको छैन। गृहले आन्तरिक बढुवालाई ४० बाट बढाएर ५० बनाउन गरेको निर्णय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत हुनुपर्ने प्रावधान छ। त्यहाँबाट स्वीकृत भएर मन्त्रिपरिषद्मा पुग्नुपर्छ। मन्त्रिपरिषद्ले पास गरेपछि बल्ल नियमावली संशोधन भएर आन्तरिक ४० प्रतिशतको ठाउँमा ५० प्रतिशत कायम गर्ने नीतिले मूर्तरूप लिन्छ। उक्त नियमावली संशोधन भएर आएपछि बल्ल सईबाट इन्स्पेक्टर बढुवाको तयारी थालिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यता गृहले भने प्रहरी प्रधान कार्यालयले पाँच वर्ष सईमा काम गरिसकेकाले अवकाश रोजे इन्स्पेक्टर बनाएर अवकाश दिने भन्ने विषय संशोधन गरेर ल्याएपछि बल्ल प्रहरी नियमावली संशोधनको फाइल कानुन र अर्थमा पुग्ने बताएको छ। कानुन महाशाखाका सहसचिव कुईकेलले भने, ‘सईमा पाँच वर्ष काम गरेपछि अवकाश हुँदा इन्स्पेक्टर दिने भन्ने विषय संशोधन गरेर प्रहरी हेडक्वार्टरले ल्याएपछि संशोधनको प्रक्रिया अघि बढ्छ।’

पाँच महिनादेखि बढुवा रोकियो
प्रहरी नियमावली संशोधन नहुँदा विगत पाँच महिनादेखि सईको बढुवा रोकिएको छ। इन्स्पेक्टरको १०० दरबन्दी खाली भएको पाँच महिना पुग्नलाग्दासमेत बढुवा हुन नसकेको हो।

आन्तरिक बढुवालाई ४० बाट बढाएर ५० प्रतिशत पुर्‍याउने भन्नेमा गृह मन्त्रालय सहमत भए पनि नियमावली संशोधन हुन सकेको छैन। उता सई भएको पाँच वर्षमा अवकाश रोजेमा इन्स्पेक्टर बनाएर बिदा गर्ने भन्ने विषयमासमेत टुंगो नलागेकाले नियमावली संशोधनको प्रक्रिया अघि बढ्न नसकेको गृहका अधिकारीहरू बताउँछन्। यो विषय टुंगो लागेपछि बल्ल संशोधनको प्रक्रिया सुरू हुने उनीहरूको भनाइ छ।

नियमावली संशोधन नहुँदा २०५८ सालमा सई भएकाहरू समेत अहिलेसम्म बढुवा हुन सकेका छैनन्। यसअघि २०५८, २०६०, २०६१ मा सई बनेकाहरूलाई समेत उछिनेर केही सईहरू शक्तिकेन्द्रको पहुँचमा इन्स्पेक्टर बनेका थिए। सई बढुवामा हरेक पटकजसो शक्तिकेन्द्र हाबी हुँदै आएको छ। विभिन्न मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरूका पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)हरू शक्तिकेन्द्रको आडमा इन्स्पेक्टर बन्ने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्