प्रतिकात्मक तस्वीर
काठमाडौं– सुनकोशी नदीमा सोमबार दिउँसोदेखि वेपत्ता भएका २ युवकमध्ये १ जनाको शव फेला परेको छ। बेपत्ता भएका २ मध्ये १ जनाको शव सशस्त्र प्रहरीले नदीबाट निकालेको हो।
काभ्रेको चौंरीदेउराली गाउँपालिका–८ बिर्तादेउरालीस्थित सुनकोसी नदिमा काभ्रेकै तेलाम गाउँपालिका–२ बस्ने बर्ष २१ को सुजित तामाङ र ३ बस्ने बर्ष २२ को दिलध्वज तामाङ बेपत्ता भएका थिए।
सोमबार दिउँसो माछा मार्न गएका उनीहरु वेपत्ता भएको भन्ने खबर आएपछि सशस्त्र प्रहरी बलको नम्वर २० विपद् उद्दार उपत्यका गण र नम्बर १५ गण काभ्रेबाट गोताखोरको टोली मंगलबार खोज्न गएको थियो ।
मंगलबार दिउँसो सुजित तामाङको शब नदीबाट निकाले सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बेपत्ता अर्का किशोर दिलध्वजको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।