• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नेपाल सुपर लिग : धनगढीको रोचक फाइनल यात्रा
64x64
दीप सुवेदी बुधबार, वैशाख २९, २०७८  २०:५८
1140x725

काठमाडाैं- केही उत्कृष्ट गोल, केही सनसनीपूर्ण खेल प्रदशर्नबीच देशको पहिलो फ्रेन्चाइज फुटबल, नेपाल सुपर लिग (एनएसएल)को फाइनल पुग्ने पहिलो टोलीको टुङ्गो लागेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सलाई २-१ ले हराउँदै धनगढी उपाधिनजिक पुगेको हो।

तर, फाइनलमा पुग्न धनगढीलाई त्यति सहज भने थिएन। धनगढीले हराएको त्यो त्यही टिम हो जसले सर्वाधिक ४ खेलमा जित हासिल गर्दै १३ अंक बनाएर लिगको शीर्षस्थान ओगटेको थियो। काठमाडौंले ६ मध्ये एक खेल बराबरी खेल्दा एक मात्र हार ब्यहोरेको थियो। त्यो हार धनगढीविरुद्ध नै थियो।

राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा खेलेको काठमाडौंले उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरिसकेको थियो।

यता विकेशबाहेक तेज तामाङ र राष्ट्रिय टिमबाट खेलेका सन्जोग राई, उमेर समूहको राष्ट्रिय टिममा खेलेका विश्वास श्रेष्ठलगायत उत्कृष्ट खेलाडी थिए काठमाडौंमा।

काठमाडौंले विदेशी खेलाडीको समेत राम्रो साथ पाएको थियो। ओलोमोउसँगै स्टेफेन विनोङ र फ्लोरा जस्ता खेलाडी काठमाडौं टिममा थिए। 

यद्यपि, काठमाडौंले दोस्रो खेलमा भने धनगढीसँग ३-० को फराकिलो हार ब्यहोर्‍यो। 

उसको ब्याडलक यतिमै रोकिएन। तेस्रो खेलमा पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकियो काठमाडौं।

Ncell 2
Ncell 2

तर, पटक पटक चुकेको काठमाडौंलाई सम्हालेर खेलाडीलाई मैदान उतारेका थिए गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनले।

‘हारलाई विश्लेषण गरेर खेलाडी उतार्ने गर्छौं। आफ्नो टिमलाई कुनै हालतमा जित निकाल्न लक्ष्यसहित मैदानमा उतार्ने गरेका छौं,’ तेस्रो खेलपछि उनले भनेका थिए। 

भयो पनि त्यस्तै। राष्ट्रिय टोलीमा लामो समय बिताइसकेका उनलाई खेलाडीहरुको क्षमता र फर्मको त्यति ज्ञान नभएको भने होइन। त्यसैको फाइदास्वरुप हुनसक्छ, त्यसयता काठमाडौंले लोभलाग्दो खेल प्रस्तुत गर्‍यो। 

काठमाडौंले चौथो खेलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जित निकाल्यो भने अर्को खेलमा विराटनगर सिटीमाथि ५-४ सनसनीपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोलअन्तरले हराएको थियो।

shivam cement

shivam cement

अर्कोतर्फ धनगढी एफसी लिगमा केही डगमगाएको थियो। भारतमा आयोजना हुने आइलिग खेलिसकेका, राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको साथ धनगढीले पाएको थियो।

उनलाई पनि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनको योजना र अन्य खेलाडीको खेल राम्ररी थाहा थियो। त्यसमाथि नेपाली लिगमा जमिसकेका नाइजेरियन खेलाडी, नेपालकै सहिद स्मारक ए डिभिजन लिग खेलेको अनुभव बटुलिसकेका ओलावाले ओलाडिपो अफिज र विदेशी प्रशिक्षक फुजा तोपेको साथ धनगढीले पाउँदा लिग रोमाञ्चक हुने आकलन गरिएको थियो।

तर, धनगढीलाई पहिलो गाँसमै ढुङ्गा लाग्यो। त्यो काम गर्‍यो, विराटनगर सिटीले।

पहिलो खेलमै ३-० ले पराजित भएको धनगढीले त्यसपछि दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३-० ले हरायो।

त्यस्तै तेस्रो खेलमा ललितपुर सिटीसँग १-१ को बराबरी, चौथो खेलमा एफसी चितवनमाथि ३-० को जित, पाँचौं खेलमा पोखरा थण्डर्समाथि १-० को जित निकालेको धनगढीले अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीसँग १-० को हार ब्यहोरे पनि प्लेअफमा पुग्यो।

तर, आक्रमणमा राम्रो देखिएको सन्तुलित टोली धनगढीका भरपर्दा खेलाडी,सर्वाधिक गालकर्ता ओलावा र केही खेलाडी टाइट सेड्युअलका कारण फिट देखिएका थिएनन्। बुटवलसँगको अन्तिम खेलमा मुख्य प्रशिक्षक फुजाले खेलाडी खेल्न नसक्ने स्थितिमा पुगेको संकेत गरेका थिए।

‘प्लेअफमा छनोट हुन नसकेपनि मन लगाएर खेल्नु भनेको थिएँ। तर, खेलाडी चोटग्रस्त भएकाले हामीले राम्रो खेल्न सकेनौं,’ उनले त्यसबेला भनेका थिए।

हुन पनि बुटवलविरुद्धको अन्तिम लिग खेलमा ओलावा खेलेनन्। 

त्यसअघिको खेलमा पनि उनले आधा घण्टापछि नै घाइते हुँदै मैदान छाडेका थिए। त्यसैले धनगढीलाई धक्का लाग्ने आकलन गरिएको थियो।

तर, मंगलबारको प्लेअफ अगाडि भएको प्रि-म्याच कन्फ्रेन्समा भने ढुक्क देखिन्थ्यो धनगढी। प्रशिक्षक फुजाले काठमाडौंविरुद्धको खेल अगाडि ओलावा पूर्णरुपमा फिट भएको र प्लेअफको खेलमा मैदानमा उत्रिन तयार रहेको बताएका थिए। 

‘काठमाडौंविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र धनगढी आक्रामक शैलीमा खेल्नेछ। साथै स्ट्राइकर ओलावा पूर्णरुपमा फिट भइसेका छन् र प्लेअफको खेलमा मैदानमा उत्रिने छन्,’ उनले भनेका थिए। 

तर, मंगलबार ओलावा मैदानमा उत्रिएपनि फिट देखिएनन्। उनी मैदानबाट बाहिरिएपछि उनको स्थानमा रमेश दंगाललाई ल्इायो।

तर, मुख्य हतियार ओलावाले मैदान छाड्दा धनगढी केही कमजोर देखिन्थ्यो। आखिर फिट नहुँदा नहुँदै प्रशिक्षक फुजाले किन मैदान उतारे त ओलावालाई ? 

यसको अन्तरकथा पनि बेग्लै छ प्रशिक्षक फुजासँग। खासमा ओलावालाई खेलाउनु आफ्नो रणनीति भएको उनी बताउँछन्।

‘आज कठिन खेल थियो। यद्यपि, हामीले खेल्ने जितकै लागि हो, यसमा दुविधा थिएन। तर, एउटा तथ्य के निश्चित थियो भने यो खेल माथिल्लोस्तरको हुनेथियो। विपक्षी डिफेन्डरलाई दबाब दिन चोटको बाबजुद ओलावालाई खेलाएका हौं,’ उनले भने।

यो रणनीतिले भने डिफेन्डरलाई खुबै व्यस्त बनाएको उनी बताउँछन्।

‘चोटका बाबजुद उनलाई हामीले अन्तिमसम्म खेलाउने कोशिश गरेका थियौं। तर, खेल्नै नसक्ने भएपछि बाहिर निकालेका हौं,’  प्रशिक्षक फुजाले भने।

उनले त्यो बेला ओलावालाई मैदान बाहिर निकालेका थिए जुनबेला खेल बराबरीको अवस्थामा थियो। अन्तिम १५ मिनेट गोल नभएको भए खेलको छिनोफानो पेनाल्टी शूटआउटबाट हुन्थ्यो। 

त्यसैले प्रशिक्षक फुजाले ओलावा जस्तै अनुभवी र भरपर्दा खेलाडीलाई मैदान पठाउन सक्थे। तर, उनले डिफेन्डर रमेश दंगाललाई मैदान पठाए। हुन त उनी नराम्रा खेलाडी होइनन्।

एपीएफबाट खेल्ने गरेका दंगाल बिशेषगरी एयर बलमा सिपालु मानिन्छन्। डिफेन्डरको काम पनि बल क्लियर गर्ने हो। उनलाई नै किन मैदान उतारियो त भन्ने प्रश्नमा प्रशिक्षक फुजा भन्छन्, ‘खेलाडीले चोट बोकेपनि डिफेन्डरलाई पनि परीक्षण गर्यौं। राम्रै भयो। दंगालले खेल्न सक्छ भने फरवार्डमा खेलाएका थियौं। सफल पनि भयौं।’

अब धनगढीसँग पराजित काठमाडौंले ललितपुरसँग पुनः फाइनल प्रवेशका लागि बिहीबार खेल्नेछ। फाइनल प्रवेश गर्ने टोलीले उपाधिका लागि धनगढीसँग जेठ १ गते खेल्नेछ।

धनगढीसँग तयार हुनको लागि मात्र तीन दिनको समय छ। एपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने ओलावालाई यो समयभित्र फिट पार्नुपर्ने जिम्मेवारी छ प्रशिक्षक फुजालाई।

‘हो हामीलाई अब मौका छैन। हामी उपाधिको रक्षाको लागि एक मौका पाउने छाैं। त्यो मौकालाई सदुपयोग गर्नसके हामीले उपलब्धी हासिल गर्नेछौं। त्यसैले अबको खेलमा कुनै जोखिम उठाउन चाहँदिन,’ उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्