• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
सिकिस्त कोरोना संक्रमितलाई प्लाज्मा जुटाउन उपयोगी बन्दै ‘प्लाज्मा एप’
64x64
पुष्पा केसी बुधबार, वैशाख २२, २०७८  ०७:००
1140x725

काठमाडौं- नेपालमा कोरोना संक्रमणको दर दैनिक उच्च विन्दुमा उक्लिने क्रम जारी छ। संक्रमित थपिँदै जाँदा गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दै गएको छ।

अर्कोतर्फ, सबै अस्पतालका बेडहरू भरिएका छन्। अक्सिजन, भेन्टिलेटर तथा आईसीयू लगायतको अभाव बढ्दै गएको छ। यसले कोरोना संक्रमितको उपचारमा थप जटिलता निम्त्याइरहेको छ।

सामाजिक सञ्जालहरूमा अहिले ‘कोरोना संक्रमित गम्भीर बिरामीका लागि प्लाज्मा चाहियो’ भन्दै स्टाटस राख्ने क्रम बढेका छन्। तर, प्लाज्मा दिने व्यक्ति भेट्टाउन निकै कठिन भइरहेको छ। निकै कमले मात्र प्लाज्मा पाइरहेका छन्।

यही बीचमा एउटा एपले प्लाज्मा खोजी गर्नेहरूलाई सहज बनाइरहेको छ। ‘प्लाज्मा एप’, जसले प्लाज्मा आवश्यक पर्ने र दिन चाहनेहरूलाई एकै ठाउँमा जोडिदिएको छ। यसबाट धेरैले फाइदा लिइरहेका छन्।

कसरी सुरू भयो ‘प्लाज्मा एप’
गत वर्ष कोरोना संक्रमणको दर तीव्र फैलिरहेको थियो। विश्वलाई नै कोरोनाले आतंकित बनाइरहेका बेला नेपालमा पनि त्यसको असर र संक्रमण फैलिँदै थियो। कोरोना संक्रमितले उपचार नपाएकोदेखि अनेकौँ समाचार सञ्चारमाध्यमका प्रमुख शीर्षक बनिरहेका थिए। 

कोरोना संक्रमितको उपचारका लागि विश्वभर अनेक विधिको परीक्षण/प्रयोग भइरहेको थियो। त्यसमध्ये एउटा थियो प्लाज्मा थेरापी। नेपालमा पनि यो पद्धति भित्रियो। डाक्टरको सिफारिसमा प्लाज्मा विधिबाट कोरोना संक्रमितको उपचार हुने भएपछि नेपालमा पनि यसको माग बढ्न थाल्यो। त्यसैलाई दृष्टिगत गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले ‘प्लाज्मा एप’ सञ्चालनमा ल्याए।

‘दिनभर घरमा बस्दा ८/१० वटा फोन नै विभिन्न ब्लड ग्रुपका लागि प्लाज्मा चाहियो भनेर आउन थाल्यो। यसका लागि के गर्न सकिन्छ? अहिले सबैभन्दा बढी आवश्यकता भनेकै प्लाज्मा रहेछ भन्ने लाग्यो,’ पौडेल भन्छन्, ‘मैले केही साथीहरूसँग सरसल्लाह गरेर प्लाज्मा एप सञ्चालन गर्ने निधो गरेँ। जसमा प्लाज्मा चाहिने र दान गर्नेले पनि आफ्नो फोन नम्बरसहितको विवरण उल्लेख गर्न सक्नेगरी एपको विकास गरियो।’

प्रदीप पौडेल, एप सञ्‍चालक तथा नेता नेपाली कांग्रेस

कोरोना महामारीमा बाहिर निस्कन नसक्ने अवस्थामा प्लाज्मा लिने र दिने दुवैलाई एकै स्थानमा जोड्ने पुलका रूपमा प्लाज्मा एपको विकास गरियो। जसले गर्दा कोरोना संक्रमितलाई प्लाज्मा आवश्यकता पर्‍यो भने कुनै अस्पतालमा, कुनै व्यक्तिलाई, रेडक्रसमा सम्पर्क गरिरहनु परेन। यदि प्लाज्माका लागि सम्पर्क गर्दा पनि भेटिएन भने त्यसको विकल्पका रूपमा एप डाउनलोड गरेर प्लाज्मा लिन र दिन सकियो। 

Ncell 2
Ncell 2

प्लाज्मा दिनेको टेलिफोन नम्बर पनि ‘प्लाज्मा एप’मै उपलब्ध हुन्छ र लिन चाहनेले आफ्नो लोकेसन मिल्ने डोनरसँग उपलब्ध नम्बरमा सम्पर्क गर्न सक्छन्।

‘अघिल्लो पटक पोखरामा एक जना कोरोना संक्रमितलाई प्लाज्मा चाहिएको रहेछ। पोखराबाटै एपमा फर्म भरेपछि काठमाडौंबाट आफ्नै खर्चमा प्लेनमार्फत पोखरा पुगेर एक जना सरकारी वकिलले प्लाज्मा दिए,’ पौडेलले अघिल्लोपटकको घटना सुनाए।

अघिल्लोपटक प्लाज्मा लिनेभन्दा दिनेको संख्या धेरै थियो। ‘ओ पोजिटिभ’ प्लाज्मा दिन चाहने धेरै थिए, लिन चाहनेको संख्या थोरै। यस्तै, ‘ए नेगेटिभ’ लिन चाहने धेरै थिए भने दिन चाहने कम थिए। र, एक दुई दिन पर्खंदा दिन चाहने मान्छे भेटिन्थे। तर, अहिले लिन चाहनेको संख्या धेरै छ। दिन चाहनेहरू भने नभेटिएको पौडेलले बताए।

‘अस्ति एक जनाले एपमा गएर फर्म भर्नुभयो। र, मलाई फोन पनि गर्नुभयो। यो एपमा शशांक श्री न्यौपाने भाइ, हामीसँगै छौं। उहाँलाई पनि मैले भनें। त्यसपछि हामीले फेसबुक स्टाटस पनि लेख्यौं,’ पौडेलले भने, ‘तर, दुई दिनको बीचमा दिन चाहने भेटिएनन्। अहिले प्लाज्मा लिन चाहने धेरै हुँदा, दिन चाहने भने भेटिएको छैन।’

निषेधाज्ञा जारी भएपछि एक/दुई जनाबाहेकलार्ई प्लाज्मा उपलब्ध गराउन नसकिएको उनले बताए। प्लाज्माको माग बढी हुँदा अभाव खड्किएको छ। अन्य फोनभन्दा अहिले पौडेललाई प्लाज्मा चाहियो भनेर फोन गर्नेहरू नै धेरै छन्।

‘प्लाज्मा एप’ सञ्चालनमा ल्याए पनि त्यसको प्रचार हुन नसकेका कारण पनि प्लाज्मा दिने भेटिन गाह्रो भएको पौडेलको अनुमान छ। अहिले पनि दिनहुँजसो अस्पतालमा आईसीयू उपलब्ध गराइदिनु, अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिदिनु भनेर देशभरबाट उनलाई फोन आउने गरेको छ। अस्पतालमा चिनेजानेकाहरूलाई आग्रह गर्दै आए पनि उनीहरूले आईसीयू, भेन्टिलेटर, बेड नभएको बताउने गरेका छन्। अहिलेको अवस्थामा ‘जनरल वार्ड’ पनि खाली छैन।

प्लाज्माका लागि एप बनाएजस्तै अहिले कुन-कुन अस्पतालमा आईसीयू, भेन्टिलेटर, बेड खाली छ त्यसको सूचना दिन डिजिटल एपको जरूरी रहेको पौडेल बताउँछन्। महामारीसँग जोडिएका अन्य सूचना दिन पनि यस्तै डिजिटल माध्यमको प्रयोग आवश्यक रहेको उनको सुझाव छ।

कसरी डाउनलोड गर्ने ‘प्लाज्मा एप’?
प्लाज्मा एप एनड्रोइड फोनमा मात्रै उपलब्ध छ। प्ले स्टोरमा Plasma App डाउनलोड गर्न सकिन्छ। त्यहाँ प्लाज्मा दिने र लिने दुवैले लागि फरक-फरक विवरण भर्नुपर्ने हुन्छ।

प्लाज्मा दान गर्न चाहनेको नाम, ठेगाना, ब्लड ग्रुप, फोन नम्बर मागिएको हुन्छ। लिन चाहनेले पनि नाम, ठेगाना, ब्लड ग्रुप, बिरामी राखिएको अस्पताल, फोन नम्बरलगायत केही विवरण भर्नुपर्ने हुन्छ।

के हो प्लाज्मा?
प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो। रगतबाट छुट्याएपछि यो हलुका पहेँलो रङमा देख्न सकिन्छ। यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पुर्‍याउने काम गर्छ। रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो। यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ।

कस्ता व्यक्तिले प्लाज्मा दिन मिल्छ?
ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा. विपिन नेपालका अनुसार कोरोना संक्रमण पुष्टि भएको २८ दिनपछि प्लाज्मा दान गर्न सकिन्छ। र, कम्तीमा तीनदेखि चार महिनाभित्रमा दान गरिसक्नुपर्छ।

कोरोना संक्रमितले बीचमै कोरोनाविरुद्ध एक वा दुई डोज खोप लगाएका छन् भने त्यस्ता व्यक्तिले छ महिनाभित्र प्लाज्मा दिन सकिन्छ। एन्टिबडी परीक्षण गर्दा शरीरमा एन्टिबडी उच्च मात्रामा छ भने पनि सातदेखि आठ महिनासम्म प्लाज्मा दान गर्न सकिन्छ।

के हो प्लाज्मा थेरापी?
कुनै मानिस कोरोना भाइरस संक्रमणमुक्त भएको छ भने उसमा रोग प्रतिरोधी एन्टिबडी विकास भएको हुन्छ। त्यसैमार्फत् नयाँ बिरामीको उपचार गर्ने गरिन्छ। एन्टिबडीको सहयोगले कोरोना संक्रमित बिरामीको रगतमा मिसाएर उपचार गरिन्छ। चिकित्सकहरु प्लाज्मा थेरापीलाई प्रभावकारी उपचार पद्धति भएको बताउँछन्। 

कुनै बिरामीको शरीरमा भएको एन्टिबडी ऊ ठीक भएको १४ दिनभित्र झिक्न सकिने चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमणमुक्त भएका सबैको प्लाज्माबाट सबै कोरोना संक्रमितको उपचार गर्न सकिन्छ भन्ने हुँदैन। प्लाज्मा लिनेदिने दुवैको रगतको समूह पनि मिल्नुपर्छ। 

गत साउन १८ मा नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सफल भएको थियो। विराट नर्सिङ होमका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा ज्ञानेन्द्रमान कार्कीको उपचार प्लाज्मा थेरापीका माध्यमबाट सफल भएको थियो। त्रिवि शिक्षण अस्पतालमा कार्कीको उपचार प्लाज्मा थेरापीबाट सफल भएपछि कोरोना संक्रमणबाट निको भएकाबाट प्लाज्मा खोज्नेको संख्या बढ्दै गएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्