• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
ग्रिन कफीको नाममा ठगी गर्ने रसियन नागरिकले डेढ वर्षदेखि बिटक्‍वाइन माइनिङ गरेको पुष्टि, मुद्दा नचल्ने भन्दै फाइल फिर्ता
64x64
नारायण अधिकारी शुक्रबार, वैशाख ३, २०७८  २०:२१
1140x725

काठमाडौं- ग्रिन कफीको नाममा ठगी गर्दै आएका रसियन नागरिक इगोर कुट्सले नेपालमा अवैध रहेको बिटक्‍वाइन पनि माइनिङ गर्ने गरेको पुष्टि भएको छ।

२५ थान ल्यापटपसहित विभिन्‍न उपकरण बरामद भएपछि बिटक्‍वाइन माइनिङ गरेको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगीसँगै बिटक्‍वाइनको पनि अनुसन्धान गरेको थियो। बरामद ल्यापटपसँगै अन्य उपकरणहरु प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। विधि विज्ञानले बिटक्‍वाइन माइनिङ भएको रिपोर्ट दिएको सीआईबीका निर्देशक तथा डीआइजी सहकुलबहादुर थापाले नेपाल लाइभलाई जानकारी दिए।

‘विधि विज्ञानले बिटक्‍वाइन माइनिङ तथा कारोबार भएको भनेर रिपोर्ट दिएको छ,’ डीआइजी थापाले भने, ‘रिपोर्टअनुसार विगत डेढ वर्षदेखि अवैध बिटक्‍वाइन माइनिङ भएको देखिन्छ।’

बिटक्‍वाइन मानिङ गरेको रिपोर्ट विधि विज्ञानले दिएपछि सीआईबीले ठगीसँगै नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम मुद्दा चलाउने रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरेका थियो। यी दुवै ऐनले नेपालमा बिटक्‍वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता दिएको छैन। जसकारण बिटक्‍वाइनसम्बन्धी कारोबार नेपालमा पूर्णरुपमा गैरकानुनी हुन्छ।

सोही प्रावधानलाई टेकेर सीआईबीले सरकारी वकिलसमक्ष फाइल बुझाएको थियो। तर, सरकारी वकिल कार्यालयले भने ठगीमा मात्रै मुद्दा दर्ता गर्ने भन्दै बिटक्‍वाइनको फाइल फिर्ता पठाएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘बिटक्‍वाइन कारोबार भएको पुष्टि भएपछि त्यसमा पनि मुद्दा चलाउन भन्दै सरकारी वकिलसमक्ष फाइल बुझाएका थियौं। तर, बिटक्‍वाइनको फाइल फिर्ता भएर आएको छ,’ सीआईबी उच्च स्रोतले भन्यो।

विधि विज्ञानले बिटक्‍वाइन कारोबार भएको भनेर पुष्टि हुँदा पनि फाइल फिर्ता गरिदिएपछि सीआईबीका अधिकारीहरु छक्क परेका छन्। ‘हामीले विधि विज्ञानले दिएको बिटक्‍वाइन कारोबारको रिपोर्टसहित फाइल पेस गरेका थियौं। तर, सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि भने अचम्ममा पर्‍यौं,’ सीआईबी स्रोत भन्छ।

सरकारी वकिल कार्यालयले कति बिटक्‍वाइन कारोबार भयो, कहिलेदेखि सुरु भयोलगायत प्रस्ट नखुलेकाले फिर्ता गरिएको भन्दै पन्छिने काम गरेको छ। सीआईबीले भने सरकारी वकिल कार्यालयले फिर्ता पठाएको फाइल पुन: पठाउने तयारी गरेको छ।

के हो बिटक्‍वाइन?
ओपन सोर्स सफ्टवेयरको रुपमा जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा बिटक्‍वाइनको प्रयोग सुरु गरेका थिए। सन् २००९ मा १० सेन्टबाट यो सुरु भएको थियो। यो विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो।

विश्वमा अहिले ११ सयभन्दा बढी 'क्रिप्टोकरेन्सी' प्रचलनमा रहेका छन्। यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन। यसको कारोबारमा कुनै सेवा शुल्क नलाग्‍ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने देखिन्छ।

विश्वमा अहिले बिटक्‍वाइनमा लगानी बढिरहेको छ। बिटक्‍वाइन एक प्रकारको 'भर्चुअल' पैसा हो। यसको इलेक्ट्रोनिक कारोबारमात्रै गर्न मिल्छ। डलर, युरो, भारु वा नेपाली नोटजस्तो कागजीरुपमा छापिँदैन। तर, कम्युटर सफ्टवेयरमार्फत् विश्वभरका मान्छेले यसको कारोबार गर्न सक्छन्।

इन्टरनेटमार्फत् बिट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्‍ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्‍वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ। बिटक्‍वाइन सेयरजस्तै गरी रकम बढ्ने हुन्छ। तर, यसमा कारोबार गर्ने व्यक्तिको पहिचान तथा रकमको स्रोत खुलाउनु पर्दैन।

चार जनाविरुद्धको ठगीको फाइल अदालतमा
बिटक्‍वाइनको फाइल फिर्ता भए पनि ग्रिन कफीको नाममा भएको ठगीसम्बन्धी फाइल भने सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौं पुगिसकेको छ। रसियन नागरिक ३० वर्षीय कुट्ससँगै पोखरा महानगरपालिका-१९ का ४२ वर्षीय आशिष आचार्य, मुधुसुदन पाण्डे र राजु महर्जनलाई विपक्षी बनाउँदै ठगीको मुद्दा दायर भएको थियो।

रसियन नागरिक कुट्सको योजनामा आचार्यको नाममा नयाँबजार खुशिबुमा टिम वान सप्लायर्स प्रालि कम्पनी खोलेर काम गरिएको थियो। पाण्डे र महर्जनले भने ग्रिन कफीको ग्राहक बनाउने र सामान सप्लाइ गर्दै आएका थिए।

उनीहरुले उक्त कफी सेवन गरेपछि बिनाव्यायाम, बिनाडाइटिङ, कुनै साइडइफेक्टबिना एक हप्तामै १३ किलोसम्म मोटोपन घटाउँछ भन्दै अनलाइनमार्फत् विज्ञापन गरेर ठगी गरेका थिए। अनुसन्धानका क्रममा ग्रिन कफीको नाममा छ करोड रुपैयाँ ठगी भएको सीआईबीका प्रवक्ता एसपी गंगा पन्तले बताइन्। ग्रिन कफीबाट ठगिएको भन्दै जाहेर दिनेको संख्या ६० पुगेको छ।

उनीहरुले ग्रिन कफी प्रतिकेजी ९६० रुपैयाँमा किनेर विभिन्‍न केमिकल हालेर प्रशोधित गरेपछि प्रतिकेजी २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्दै ठगी गरेका थिए।

यसरी कमाएको रकम हुण्डीमार्फत् विदेश पुग्‍ने गरेको निष्कर्ष सीआईबीले निकालेको छ। यही शैली अपनाएर भारत र रसियामासमेत ठगी हुने गरेकोले यसको मुख्य योजनाकार रसियन नागरिक रहेको सीआईबीले जनाएको छ। प्रहरीले उक्त कम्पनीमा छापा मारेर ६४४ किलो हरियो कफी, बिक्री गर्ने तयारीमा राखेको १०० ग्रामको हरियो कफी दुई हजार ८२२ प्याकेट, विभिन्‍न कच्चा पदार्थ बरामद गरेको थियो।

सम्बन्धित समाचार:

  • बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यै
  • बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई-सेवालाई उन्मुक्ति
  • बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?
  • कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमिते
  • बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदन
  • बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् 'बेटिङ' धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर
  • ग्रिन कफीको नाममा त्रिदेशीय ठगीको जालो : एक हजारमा किनेर ४० हजारमा बिक्री

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्