• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
प्रधानमन्त्रीलाई गगन थापाको आह्वान- ३ वर्षमा कहाँ चमत्कार भएको छ? बहस गरौं [सम्बोधनको पूर्णपाठ]
64x64
नेपाल लाइभ बिहीबार, चैत २६, २०७७  १५:३४
1140x725
फाइल तस्बिर

प्रधानमन्त्रीलाई बाटो र पुलको शिलान्यास गर्न, उद्घाटन गर्न भ्याइ-नभ्याइ छ। उहाँ भनिराख्नुभएको छ- यति धेरै विकास निर्माणको काम कहिल्यै पनि भएको थिएन। यो त चमत्कार भयो। प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेको छ? दुईवटा कारण हुनसक्छ? एउटा कारण, वास्तविकता के छ भन्‍ने कुरा प्रधानमन्त्रीलाई थाहा छैन। चरम अल्पज्ञान छ। वा ढाँट्ने बानी लागेको छ। विकृत असत्यभाषी। यी दुइटै अवस्था राष्ट्रका लागि हानिकारक छ, खराब छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री बन्‍नुभयो। चैत २ गते खानेपानीमन्त्री आउनुभयो। चैत २९ गते अर्थात् ५७ दिनपछि मेलम्चीको टनेल सुरुङ छिचोलेर, सकिएर उपराष्ट्रपतिले उद्घाटन गरेर, रिबन काटेर लड्डु बाँड्नुभयो र प्रधानमन्त्रीले रोस्टममा उभिएर भन्‍नुभयो- २०७५ सालको असोजसम्म मेलम्चीको पानी आउँछ। त्यसपछाडि पनि साढे दुई वर्ष लाग्यो। किन? किनकि, प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन। ठेकेदारसँग मोलमोलाइ मिलेन। साढे दुई वर्ष लाग्यो, डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भयो। ५७ दिनमा चमत्कार भएको थिएन। पहिल्यैदेखि काम भएको थियो। नाै महिना त आयोजनाको कामको सिन्कोसमेत भाँचिएन। अहिले यत्रो फूर्ति?

२०४४ सालमा मेलम्चीको आयोजनाको परिकल्पना गरिएको कुरा छाडिदिऔं। २०५५ सालमा मेलम्चीको विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो। ७/८ वर्षमा सम्पन्‍न हुने आयोजना २३ वर्ष लाग्दै गर्दा हामी सबै सरकारमा बस्यौं। हामी पनि बस्यौं। ७/८ वर्षको आयोजना २३ वर्ष लाग्दा र जनतालाई अर्बौं रुपैयाँ बढी भार पार्दै गर्दा माफ माग्‍नुपर्ने होइन? श्रेय लिने अहिले होडबाजी?

यो बेलामा काठमाडौंवासीको बीचमा उभिएर ७/८ वर्षमा सक्नुपर्ने आयोजना, २०६१/६२ वर्षमा सकिनुपर्ने आयोजना आज सकिँदै गर्दा हामीले गल्ती गर्‍यौं। काठमाडौंवासीलाई पानी खुवाउन ढिलो गर्‍यौं। यो आयोजनाबाट धेरै कुरा सिकेका छौं। अब यस्तो गर्दैनौं भन्‍नुपर्ने, सिक्नुपर्ने बेलामा कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ। तमासा गरेको छ। चमत्कार भयो भनेको छ।

२०६७ सालमा सुरु भएको अपर तामाकोशी २०७३ सालमा सक्नुपर्ने। २०७१ सालको चैतसम्ममा ८० प्रतिशत काम सकिएको थियो। भूकम्पको कारणले गर्दा पछाडि हट्यो। नाकाबन्दीले केही प्रभावित गर्‍यो। २०७५/७६ मा सकिनुपर्ने। अब आउने वैशाखतिर पहिलो युनिट सुरु हुँदै छ। अब हेर्नुहोला, हामी हेर्छौं, ठ्याक्कै मेलम्चीको जस्तो तमासा तामाकोशीमा देखाइनेवाला छ। गज्जबै भयो। चमत्कारै भयो। प्रधानमन्त्री त कस्तो कस्तो? बिजुली बालिदिनुभयो। पानी छारिदिनुभयो। अब कविताहरु हामीले सुन्‍न पाउनेवाला छौं।

यहाँ कोही फास्ट-ट्र्याकको कुरा गर्नेवाला छैन। बुढीगण्डकी र पश्चिम सेतीको कुरा गर्दैन। कर्णाली र कोशी कोरिडरको कुरा कोही गर्दैन। बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनाहरु वर्षौंदेखि थला परेको छ। कोही भन्दैन।

हाम्रो आयोजनाहरु वर्षौंदेखि थला परेका छन्। किनभने, यसका केही संस्थागत आधारभूत समस्याहरु छन्। मोडालिटीमा छ, स्रोतमा छ, समन्वयमा छ, कानुनमा छ, शैलीमा छ। यसलाई बदल्नुपर्छ। यसलाई बदलौं। प्रधानमन्त्री, नेतृत्वबाट हामीले अपेक्षा गर्ने त यसलाई बलल्ने हो नि। यसलाई बदलेपछि परिणाम बदलिन्छ नि। नयाँ कुरा आउँछ नि। गर्नुपर्ने काम गरेको छैन। मिथ्यांक ल्याएको छ। अनि गफ चुटेको छ। बसेको छ। यो भयो भनेको छ। त्यो भयो भनेको छ।

Ncell 2
Ncell 2

हुँदा-हुँदा, निर्माणसमेत सकिएर दुई वर्षअघि सुरु भएको पुलको उद्घाटन गरेको छ। चालु भएको दुई वर्ष भइसक्यो, सिन्धुलीको पुल। राप्तीको पुल। हुँदा-हुँदा ठेक्का लागेको छैन, सुनकोशी-मरिन डाइभर्सनको, शिलान्यास गरेको छ। बीच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ। उद्घाटन सुरु भएर, काम सुरु भएर प्रयोगमा आएको दुई वर्षपछि बल्ल आएर त्यसको उद्घाटन गरेको छ। शिलान्यास गरेको छ। सबस्टेसन चालु भएको कहिले? अस्ति गएर बटम थिचेको छ। यो केको तमासा हो?

अब अस्ति भर्खर १६५ वटा बटम ट्याक्क थिचेर सडक उद्घाटन। कति सजिलो छ। पैसा तीन अर्ब छ। लाग्छ ५७ अर्ब। डिजाइन छैन। पैसा छैन। डिजाइन पनि नचाहिने, पैसा पनि नचाहिने। वर्षको जम्मा ८/९ सय किलोमिटर बनाउने सडक विभागले अब २२/२३ सय किलोमिटर सडक थप्‍नका निम्ति संस्थागत क्षमता कहाँ बढाउने? यसको हिसाबकिताब केही पनि गर्नु नपर्ने। त्यसो भए किन १६५ वटा मात्रै? एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोकिदिऔं। प्रधानमन्त्री जत्तिको, यत्तिको बहादुर भएको बेलामा एकै पटक १६५० वटा ठोकिदिए भइहाल्यो नि।

प्रधानमन्त्री भइआएको छ। १० किलोमिटर बाटो दिनको पिच भएको भनेको छ। क्याल्कुलेटर ल्याएर हिसाब गरौं न। दिनको तीन किलोमिटर भएको छैन। दिनको छ किलोमिटर विस्तार भएको छैन। दिनमा १२/१३ वटा पुल बन्यो भनेको छ। पहिले कतिवटा बन्थ्यो? कहिलेबाट सुरु भयो? हिसाब गरौं न।

हाम्रो पूर्वाधार निर्माणमा समस्या छ। म अहिलेको सरकारले मात्रै गरेन भन्दिनँ। माननीय मन्त्रीजीले कोसिस गरिराख्नुभएको छ। त्यो पनि मान्छु। तर, भइरहेको छैन। किनभने, हाम्रा केही आधारभूत समस्याहरु छन्। नियममा छ, कानुनमा समस्या छ। हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या छ। काम गर्ने निर्माण व्यवसायीको क्षमतामा समस्या छ। स्रोतमा छ, समन्वयमा छ। यी तमाम समस्यालाई समाधान गर्‍यो भने मात्रै हाम्रो अवस्था बदलिन्छ।

shivam cement

shivam cement

तपाईंलाई यो संसद्‌मा एउटा सांसद् निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौं।

यो अवस्था बदल्नका निम्ति यही संसद्ले दर्जनौं कानुन बनाउनुपर्ने छ। दर्जनौं कानुन बदल्नुपर्ने छ। बजेटका बेला ध्यान दिएर छलफल गर्नुपर्ने छ। खल्तीबाट आयोजना छान्‍ने कुरालाई बदल्नुपर्ने छ। नेताले आयोजना छान्‍ने, कर्मचारीले विकास गर्ने, निर्माण व्यवसायीले गरिदिन्छ भनेर बस्‍ने तरिकालाई बदल्नुपर्ने छ। यसमा काम गरौं न। प्रधानमन्त्रीलाई रुचि छ, यसमा काम गर्नका लागि? हामी काम गर्न तयार छौं।

होइन भने, जुन काम वर्षौंदेखि जुन तरिकाले गरिरहेका छौं। त्यही काम त्यही तरिकाले गर्‍यो भने फरक परिणाम आउँदैन। मैले यहाँ आज उभिएर कुनै कुण्ठा पोखेको होइन। म नेपाल सरकारले प्रस्तुत गरेको पुस्तक हो। म यो पुस्तकमा टेकेर बहस गर्न तयार छु। प्रधानमन्त्रीज्यू, तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईंलाई संसद्‌मा निम्तो दिन चाहन्छु। चुनौती दिन चाहन्छु।

होइन भने, तपाईं बाहिरको सभा र सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्कुमे-चिलिमे बैठके चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने र तलकोले ताली बजाउने अनि माननीय सांसद्हरुले संसद्‌मा आएर बालकविता सुनाएर बस्‍ने होइन। म-हामी तपाईंसँग बहस गर्न तयार छौं। तपाईंले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर। ल आउनुस्, तपाईंको एउटा एउटा मन्त्रालयमा बहस गरौं। कहाँ तीन वर्षमा चमत्कार भएको छ? पानीमा बहस गरौं। सडकमा बहस गरौं। पुलमा बहस गरौं। राष्ट्रिय आयोजनाको एउटा-एउटा कुरामा बहस गरौं। तथ्य र तथ्यांकमा टेकेर बहस गरौं।

प्रधानमन्त्रीज्यू, नेपालको इतिहासमा सबैभन्दा अवसर पाउनुभएको अवस्थामा काम कति भयो, कसरी भयो भन्‍ने कुरामा बहस गर्न तपाईंलाई यो संसद्‌मा एउटा सांसद् निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौं। शिलान्यास र उद्घाटन नै गर्ने रहर हो भने उद्घाटन सुरु भइसकेका पुलहरु सकिए पछाडि बालुवाटारका परिसरभित्र थुप्रै जग्गा खाली छ। त्यहीँभित्र प्रत्येक दिन एउटा नयाँ भवनको शिलान्यास गर्नुहोला। बनेको कोठाको फेरि उद्घाटन गर्नुहोला।

(नेपाली कांग्रेसका नेता थापाले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:३४
  • #गगन-थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जसपा नेपालको सङ्गठन निर्माण अभियान जारी
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
गाजामा इजरायली आक्रमणबाट एक सय बढीको मृत्यु, २ सय बढि घाइते
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
जसपा नेपालको सङ्गठन निर्माण अभियान जारी शनिबार, जेठ ३, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन शनिबार, जेठ ३, २०८२
गाजामा इजरायली आक्रमणबाट एक सय बढीको मृत्यु, २ सय बढि घाइते शनिबार, जेठ ३, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने शनिबार, जेठ ३, २०८२
कांग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्