• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
शक्तिकेन्द्र रिझाएर ‘इन्चार्ज टु इन्चार्ज’ बनिरहने एसपी रूपन्देहीबाट किन तानिए?
64x64
नारायण अधिकारी मंगलबार, चैत १७, २०७७  १७:४७
1140x725

काठमाडौं- गृह मन्त्रालयले सोमबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पिताम्बर घिमिरेलाई अचानक त्यहाँबाट हटाएर पर्साको प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्‍यो। उनको ठाउँमा पर्साका सीडीओ अस्मान तामाङलाई पठाइयो। सोमबार नै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले रूपन्देहीका प्रहरी प्रमुख, एसपी प्रवीण पोखरेललाई मुख्यालय तानेर उनको ठाउँमा मनोज केसीलाई पठायो। 

सीडीओ र जिल्ला प्रहरी प्रमुख मात्र होइन, सोमबार गृह मन्त्रालयकै निर्देशनमा सशस्त्र प्रहरी बलका रूपन्देही प्रमुख पनि जिम्मेवारीबाट हटाइए। सशस्त्र प्रहरी प्रधान कार्यालयले २७ नम्बर गण रूपन्देहीका गणपति, एसपी भरत खनियाँलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी राजु सुवेदीलाई पठाएको छ। 

उनीहरू तीनै जनाको सरुवा गरिएको पुष्टि गरेपनि गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सरुवाको कारणबारे भने खुलाउन चाहेनन्। उनले भने, ‘आवश्यकता अनुसार सरुवा गरिएको हो।’ 

जानकार स्रोतका अनुसार तीनै जनाको जिम्मेवारी खोसिनुको मुख्य कारण भने अर्थमन्त्री विष्ण पौडेल हुन्। पौडेलकै दबाबमा गृह मन्त्रालयले तीनै जनाको जिम्मेवारी खोसेको स्रोतले नेपाल लाइभलाई बतायो। 

गत फागुन १२ गरे रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आक्रोशित स्थानीयले ढुंगामुढा गर्दै लखेटेका थिए। त्यही घटनालाई आधार बनाएर तीनै जनाको सरुवा गरिएको हो। सरुवा गरिएका तीनै जनालाई ‘मन्त्रीहरूलाई राम्रोसँग सुरक्षा दिन नसकेको’ आरोप लागेको छ।

सरुवा भएका तीन जनामध्ये सशस्त्रका एसपी खनियाँ भने अर्थमन्त्री पौडलकै कारण आकर्षक ठाउँको जिम्मेवारी पाएका अधिकृत हुन्। रोचक त के भने जसको जोडबलमा खनियाँले इन्चार्जको जिम्मेवारीमा ‘ह्याट्रिक’ गरे, उनैलाई सुरक्षा दिन नसकेको भन्दै जिम्मेवारीबाट हटाइनुपरेको छ। पटक-पटक विवादमा परेका र सशस्त्र प्रहरी हेडक्वार्टरले कारबाही गर्न खोज्दा शक्तिकेन्द्रसँगको पहुँचका कारण जोगिँदै आएका खनियाँको इन्चार्जको जिम्मेवारीमा ह्याट्रिक श्रृंखला भने रोचक छ।

आफ्नै ब्याचीको सरुवामा समेत इन्चार्ज
गत पुस ५ गते सशस्त्र प्रहरी प्रधान कार्यालयले दुईजना एसपीको काज सरुवाको सूची निकाल्यो। २७ नम्बर गण रूपन्देहीमा कार्यरत एसपी तेजप्रसाद पोखरेलको एक वर्ष पुगेकाले उनको ठाउँमा सशस्त्र प्रहरी बलको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा कार्यरत एसपी शंकर खनालको सरुवा सूची निकालिएको थियो।

सिसं ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम सकेर तीन सातापछि सरुवा भएको ठाउँ रूपन्देही जान एसपी खनालले दिउँसो २ बजेको हवाई टिकट समेत लिइसकेका थिए। त्यसको दुई घण्टा अघि नै हेडक्वार्टरले एसपी खनाललाई तत्काल रूपन्देही नजान भन्यो। हेडक्वार्टरको आदेशपछि उनी रोकिए। एसपी खनाल रोकिनुको कारण भने उनकै ब्याची, एसपी भरत खनियाँ थिए।

Ncell 2
Ncell 2

भारतीय सीमासँग जोडिएका तराईका जिल्लालाई ‘पोस्टिङ’का लागि आकर्षक मानिन्छ। कारण हो, सीमाक्षेत्रमा हुने सक्ने ‘कमाई’को आकर्षण। त्यही आकर्षणकै कारण एसपी खनियाँले चलखेल गरेर खनाललाई पन्छाए र २७ नम्बर गण रूपन्देहीको इन्चार्ज बने।

त्यसअघि उनी ३६ नम्बर गण डोटीको प्रमुख भइसकेका थिए। डोटीमा गण प्रमुख भएकै बेला अर्थमन्त्री विष्णु पौडेलको निकट मानिएका उनी त्यहाँबाट पौडेलकै गृहजिल्ला रूपन्देही पुगेका थिए। जबकि एसपी खनियाँको दरबन्दी अहिले पनि डोटीमै छ। 

शक्तिकेन्द्र रिझाएर इन्चार्जमा ‘ह्याट्रिक’
सशस्त्र प्रहरी बलमा सामान्यतया ‘इन्चार्ज टु इन्चार्ज’ सरुवा नहुने अभ्यास छ। अर्को व्यक्तिले इन्चार्ज नपाएको अवस्था छ भने सामान्यतया इन्चार्जबाट इन्चार्जमै सरुवा नगरिने सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी राजु अर्याल बताउँछन्।

एकै व्यक्तिलाई इन्चार्जबाट इन्चार्जमै सरुवा गर्दा अर्को व्यक्तिले अवसर नपाउने र नेतृत्व विकास, वृत्ति विकास र सुरक्षा व्यवस्थामा समेत असर पर्ने भएकाले सामान्यतया यस्तो सरुवा गरिँदैन। तर, एसपी खनियाँ त्यसमा अपवाद ठहरिएका अधिकृत हुन्। उनले इन्चार्जमा ‘ह्याट्रिक’ नै गरे।  

डोटीको ३६ नम्बर गण प्रमुखबाट रूपन्देहीको २७ नम्बर गण प्रमुख बनेका उनी डोटी अघि पश्चिम नवलपरासीको २६ नम्बर गण प्रमुख थिए। संगठनकै नीति र अभ्यासविपरीत एसपी खनियाँले इन्चार्जको जिम्मेवारी कसरी पाए त? सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, ‘उहाँलाई संगठनले चाहेर इन्चार्ज टु इन्चार्जमा जिम्मेवारी दिएको होइन। थेग्न नसकिने दबाब आएपछि त्यहीअनुसार गरेको हो।’

सशस्त्र प्रहरी हेडक्वार्टर स्रोतका अनुसार खनियाँ एमाले नेता तथा अर्थमन्त्री पौडेलको निकट छन्। उनी डीएसपी हुँदा पनि बुटवलस्थित औद्योगिक सुरक्षा गुल्मको गुल्मपति थिए। बुटवलमा कार्यरत हुँदा नेता पौडलसँग खनियाँको सम्बन्ध राम्रो बाक्लिएको हो। त्यसपछि नै उनले आकर्षक ठाउँमा इन्चार्जको जिम्मेवारी पाइरहेको सशस्त्र प्रहरी हेडक्वार्टर स्रोत बताउँछ। 

छानबिन भएर पनि रोकिएको ‘कारबाही’ 
एक वर्षअघि सुरु भएको लकडाउनका बेला एसपी खनियाँ २६ नम्बर गण, पश्चिम नवलपरासीको प्रमुख थिए। त्यहाँ पैसा लिएर तस्करलाई छाडिरहेको गुनासो तीब्र थियो। त्यहीबेला खनियाँकै गणका एक सशस्त्र प्रहरी जवान घुस लिएको रकमसहित समातिएका थिए। 

एसपी खनियाँविरुद्ध पनि गुनासो आएपछि शसस्त्र प्रहरी प्रधान कार्यालयले छानबिनका लागि प्रदेश ५ कार्यालयमा कार्यरत एसपी तीर्थ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले एसपी खनियाँमाथि कारबाही गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाए पनि उनीमाथि कारबाही अघि बढेन। 

डोटीमा दर्बन्दी हुँदाहुँदै उनी रूपन्देहीको गण प्रमुख बनेर आउँदा पनि कारबाही गर्नुपर्ने कुरा उठेको थियो। इन्चार्ज हुँदाहुँदै संगठनको 'चेन अफ कमाण्ड'लाई अस्वीकार गरी शक्तिकेन्द्र रिझाएर पुनः अर्को ठाउँमा इन्चार्ज हुन खोजेको भन्दै सशस्त्र प्रहरी हेडक्वार्टरले नै एक्सन लिन खोजे पनि उनी शक्तिकेन्द्रकै दबाबमा कारबाही रोक्न सफल भएका थिए। 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ। आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
भोलिसम्म सहमति खोज्ने विपक्षीको प्रस्तावका कारण सदन दुई दिनपछि सारियो : सचेतक बर्तौला सोमबार, जेठ २६, २०८२
गाजाका लागि राहत लिएर गइरहेको स्वयंसेवकको टोली इजरायली सेनाको कब्जामा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्