• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जनता भन्छन् 'चासो छैन राजनीतिमा, भर लाग्दैन दलमा’
64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  ०६:०१
1140x725
फाइल तस्बिर

भनाइ नै छ, राजनीति सम्भावनाहरूको खेल हो। पछिल्ला केही महिनायता विकसित राजनीतिक परिघटना केलाउँदा देखिन्छ- राजनीति अनुमान नै गर्न नसकिने खेल रहेछ। हुन पनि तीन वर्षअघि मात्र प्रचण्ड बहुमतसहितको स्थिर सरकार बनाउने म्यान्डेट दिएका आम नेपाली यतिखेर अस्थिरता, अराजकता र अस्तव्यस्तता आँखैअगाडि हेर्न अभिशप्त बनेका छन्।

सत्ताको खेलमा असमयमै भंग गरिएको प्रतिनिधि सभा अदालतले पुनःस्थापना गरिदिए पनि राजनीतिले समाजका यावत पक्षमा थोपरेको कालो बादल मडारिरहेकै छ। र, त्यसैले त जनतामा यो राजनीतिप्रति चासो लाग्न छाडेको छ। बरु वितृष्णा बढ्दो छ। दल र नेताहरुप्रति अविश्वास चुलिँदो छ। अनि आफ्नै भविष्यप्रति अनिश्चय। त्यसैले त उनीहरुलाई लाग्छ, देश गलत दिशामा कुदिरहेको छ।

यो आम नेपालीको पछिल्लो मनोविज्ञान हो, ताजा मत सर्वेक्षणले देखाएको। 

न राजनीतिमा चासो, न दलप्रति
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक टकराव उत्कर्षमा पुगेको र सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदिएपछि राजनीति तरल बनाएका बेला गरिएको सर्वेक्षणको नतिजा हो यो। शेयरकास्ट इनिसियटिभ नेपालले गत फागुन ९ देखि २३ गतेसम्म सातवटै प्रदेशका १६ वर्षभन्दा माथिका ५ हजार ८२ जना उत्तरदातामाझ यो सर्वेक्षण गरेको थियो। राष्ट्रिय जनगणनाका आधारमा स्याम्पल छनोट गरेर टेलिफोनमार्फत् गरिएको सर्वेक्षणमा हिमाल, पहाड र तराईका भूभाग समेटिएका थिए जसमा महिला ५१.२ र पुरुष ४८.८ प्रतिशत सहभागी थिए।

यो पनि पढ्नुहोस्

‘निर्वाचनबाट राजनीतिक व्यक्ति होइन, बिचौलिया निर्वाचित हुन थाले’मंगलबार, चैत १०, २०७७

सर्वेक्षणका क्रममा सोधिएको एउटा प्रश्न थियो, तपाईं नेपाली राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ? यो प्रश्नमा सबभन्दा धेरै ६३ प्रतिशत उत्तरदाताले चासो नराख्ने गरेको बताए। राजनीतिमा चासो राख्छु भन्ने उत्तरदाता ३५.६ प्रतिशत थिए। 

राजनीतिमा चासो नराख्ने उत्तरदाता सबभन्दा धेरै प्रदेश २ मा ६९.५ प्रतिशत छन् भने सबभन्दा कम कर्णालीमा ५२.९ प्रतिशत। सत्ताकेन्द्रित राजनीतिको खेलले आम नेपालीलाई दिक्दार बनाएको तस्वीर पनि हो यो। रोचक के छ भने राजनीतिमा चासो छैन भन्नेको संख्या सबभन्दा धेरै युवाको छ। उमेर बढ्दै जाँदा भने यस्तो भन्नेको संख्या घट्दै गएको छ। त्यस्तै, निरक्षर उत्तरदातामध्ये ७५.९ प्रतिशतले राजनीतिमा चासो नरहेको बताए भनेस्नातकभन्दा माथिको शैक्षिक योग्यताका ४२.३ प्रतिशत उत्तरदाताले मात्र राजनीतिबारे चासो छैन भने। यस्तो भन्ने उत्तरदातामा पहाडका जनजाति ७०.९ र पहाडका दलित ५६ प्रतिशत छन्। चासो राजनीतिमा मात्र नभएको होइन, दल र नेताप्रति पनि उस्तै देखिन्छ।

सर्वेक्षणमा सोधिएको नेपालमा लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि सबभन्दा भरपर्दो राजनीतिक दल कुन होला? भन्ने प्रश्नमा ४९.९ प्रतिशत उत्तरदाताले थाहा नभएको बताए। सर्वेक्षणमा सहभागी १२.३ प्रतिशतले यसबारे बताउनै चाहेनन्। दलको बारेमा खुलेका उत्तरदातामध्ये १३.४ प्रतिशतले नेपाली कांग्रेसलाई भरपर्दो दल माने। त्यस्तै, नेकपाको ओलीपक्षलाई भरपर्दो मान्ने उत्तरदाता ९.६ प्रतिशत छन् भने नेकपाको प्रचण्ड–माधव पक्षलाई भरपर्दो दल ठान्ने ४.१ प्रतिशत छन् (सर्वेक्षण भइरहँदा एमाले र माओवादी ब्युँतिइसकेका थिएनन्)। त्यसैगरी, जसपालाई १.३ र साझा विवेकशील पार्टीलाई ०.२ प्रतिशतले भरपर्दो माने। 

दल रोज्नेमध्ये सबभन्दा धेरैले भरपर्दो मानेको कांग्रेस सबभन्दा धेरै लुम्बिनी र बागमतीमा भरपर्दो देखिएको छ। कांग्रेसप्रतिको भरोसा सबभन्दा कम भने कर्णालीमा देखियो। तुलनात्मक रुपमा शिक्षित नेपालीमाझ कांग्रेस अरुभन्दा भरपर्दो देखिएको छ। 

Ncell 2
Ncell 2

देश गलत दिशामा
सर्वेक्षणका क्रममा सोधिएको अर्को प्रश्न थियो, राजनीतिक हिसाबले तपाईंलाई अहिले हाम्रो देश सही दिशातिर गइरहेको छ जस्तो लाग्छ कि गलत दिशातिर गइरहेको छ?
यो प्रश्नमा सबभन्दा धेरै ४४.३ प्रतिशत उत्तरदाताले ‘देश गलत दिशातिर गइरहेको’ बताएका छन्। २२.५ प्रतिशतले देश ‘उस्तै रहेको’ अर्थात् न सही दिशातिर न गलत दिशातिर भन्ने उत्तर दिए। देश सही दिशातिर गइरहेको ठान्ने उत्तरदाता २१.९ प्रतिशत मात्र देखिए। यो प्रश्नमा ११.३ प्रतिशतले थाहा छैन÷भन्न चाहन्न भन्ने उत्तर दिए। अर्थात् समग्रमा अधिकांश नेपालीलाई देश सही दिशातर्फ गइरहेको छ भन्ने लाग्दैन।

रोचक के छ भने ग्रामीण क्षेत्रका उत्तरदातामध्ये ४०.८ प्रतिशतले देश गलत दिशातिर गइरहेको बताएका छन् भने शहरी क्षेत्रका ४५.८ प्रतिशतले देश गलत दिशातिर गइरहेको ठानेका छन्। ‘सिटी’ क्षेत्रका यस्तो ठान्ने उत्तरदाताको संख्या झन् ५१ प्रतिशत छ। जातिगत रुपमा देश गलत दिशातिर गइरहेको ठान्नेमा पहाडका बाहुन ५५ प्रतिशत र नेवार ४९.२ प्रतिशत छन्। निरक्षर उत्तरदातामा यस्तो ठान्ने २६.४ प्रतिशत र स्नातक वा त्योभन्दा माथिको शैक्षिक योग्यताका ६१.१ प्रतिशत छन्। यो बुझाई सबै उमेरसमूहका उत्तरदातामा लगभग उस्तै देखिन्छ। 

देश गलत दिशातिर जानुको मुख्य कारण के होला? भन्ने प्रश्नमा सबभन्दा धेरै, ४९.३ प्रतिशत उत्तरदाताले राजनीतिक दलभित्रको द्वन्द्वलाई यसको प्रमुख कारण मानेका छन्। ३६.८ प्रतिशत उत्तरदाताले राजनीतिक अस्थिरतालाई यसको मुख्य कारण ठानेका छन् भने २७.४ प्रतिशतले कमजोर नेतृत्वका कारण देश गलत दिशातर्फ गइरहेको छ भनेका छन्। यसका लागि भ्रष्टाचारलाई कारण मान्ने उत्तरदाता २३.४, गलत नीतिलाई कारण मान्ने २०.६ प्रतिशत छन्। जम्मा २.३ प्रतिशतले मात्र थाहा छैन, भन्न चाहन्न भन्ने उत्तर दिनुले देशको अवस्थाबारे आम नेपाली प्रष्ट रहेको देखिन्छ। 

दलहरुभित्रको द्वन्द्वलाई यसको प्रमुख कारण मान्ने उत्तरदाता सबभन्दा धेरै सुदूरपश्चिममा ७१.४ प्रतिशत र सबभन्दा कम लुम्बिनी प्रदेशमा २९.२ प्रतिशत छन्। 

shivam cement

shivam cement

हिन्दूराष्ट्रका पक्षमा झिनो अग्रता
सर्वेक्षणमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ वा अहिलेकै जस्तो धर्मनिरपेक्ष ठिक छ? भन्ने प्रश्नसमेत सोधिएको थियो। यो प्रश्नमा ५१.७ प्रतिशत उत्तरदाताले हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताए भने धर्मनिरपेक्ष नै ठिक छ भन्ने उत्तरदाता ४०.३ प्रतिशत देखिए। यो प्रश्नमा थाहा छैन र भन्न चाहन्न भन्ने उत्तरदाताको संख्या ८.१ प्रतिशत छ। नखुलेको यो संख्या कुनै न कुनै हिसाबले धर्मनिरपेक्षतामै अभ्यस्त छ भन्ने आकलन गर्न सकिन्छ। 

लोकतन्त्रको विकल्प छैन
नेपालका लागि लोकतन्त्र नै उत्तम शासनप्रणाली हो भन्नेमा तपाईं कत्तिको सहमत हुनुहुन्छ? भन्ने प्रश्नमा ७५.१ प्रतिशत सहमत देखिए। असहमत उत्तरदाताको संख्या जम्मा १२.१ मात्र छ। थाहा छैन र भन्न चाहन्न भन्नेहरु पनि १२.८ प्रतिशत मात्र छन्। शैक्षिकस्तर अनुसार लोकतन्त्रप्रतिको भरोसा बढ्दै गएको देखिन्छ। 

आम नेपालीको यो मनोविज्ञानले जसले जे भने पनि लोकतन्त्रको अभ्यासमा अभ्यस्त भइसकेका नेपाली यसको विकल्पबारे सोच्न पनि तयार छैनन् भन्ने देखाउँछ। त्यसैले त अनेक घटना, परिघटना र दुर्घटना दोहोरिइरहे पनि उनीहरुलाई लोकतन्त्र खतरामा परेको छ वा पर्छ भन्ने लाग्दैन। 

सर्वेक्षणमा सोधिएको के हाम्रो लोकतान्त्रिक व्यवस्थामा संकट आएको हो? भन्ने प्रश्नमा सबभन्दा धेरै, ४५.५ प्रतिशत उत्तरदाताले लोकतन्त्रमा संकट नआएको बताएका छन्। लोकतन्त्रमा संकट आएको ठान्ने उत्तरदाता ३२.३ प्रतिशत छन् भने यो प्रश्नमा २२.२ प्रतिशतले थाहा छैन र भन्न चाहन्न भन्ने उत्तर दिए। लोकतन्त्रमा संकट छैन भन्ने उत्तरदाता प्रादेशिक रुपमा सबभन्दा धेरै कर्णालीमा ५३.३ प्रतिशत र सबभन्दा थोरै प्रदेश २ मा ४१.२ प्रतिशत छन्। 

लोकतन्त्रमा संकट आएको ठान्नेमध्येका उत्तरदातालाई लोकतन्त्रमा संकट कसका कारणले आएको हो? भनेर सोधिएको थियो। यो प्रश्नमा सबभन्दा धेरै, ४६.५ प्रतिशत उत्तरदाताले सरकारका कारण भन्ने उत्तर दिए। त्यसपछि नेकपाको ओली पक्षका कारण लोकतन्त्रमा संकट आएको ठान्ने उत्तरदाता ४४.५ प्रतिशत देखिए भने नेकपाको प्रचण्ड र माधवपक्षलाई यसको कारण मान्ने उत्तरदाता ४१.९ प्रतिशत भेटिए। कांग्रेसलाई यसको कारण मान्ने उत्तरदाता १७.३ प्रतिशत छन् भने पूर्वराजा ज्ञानेन्द्रलाई कारण मान्ने १.३ प्रतिशत।

यस्तो छ अध्ययनको निष्कर्ष

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०६:०१
  • #निर्वाचन
  • #राजनीतिक-दल
  • #जनता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
गाजामा इजरायली आक्रमणबाट एक सय बढीको मृत्यु, २ सय बढि घाइते
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने
सम्बन्धित सामग्री
कांग्रेस संसदीय दलको बैठक बस्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने छ । शनिबार, जेठ ३, २०८२
आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार... शनिबार, जेठ ३, २०८२
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे मन्त्री राणाको आग्रह सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रमम... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन शनिबार, जेठ ३, २०८२
गाजामा इजरायली आक्रमणबाट एक सय बढीको मृत्यु, २ सय बढि घाइते शनिबार, जेठ ३, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने शनिबार, जेठ ३, २०८२
कांग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, जेठ ३, २०८२
आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्