• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अनुसन्धानमा भद्दा मजाक : अभियुक्त सार्वजनिक, झा दम्पतीको अवस्था रहस्यमय
64x64
नारायण अधिकारी बिहीबार, चैत १२, २०७७  ०७:०५
1140x725

काठमाडौं- ‘आफ्नै घरमा सुतिरहेका बेला बेपत्ता पारिएका मुसाफिर झा र उनकी पत्नीको अवस्था किन पत्ता लाग्न सकेन? बिछ्यौनासहित रहस्यमय तरिकाले बेपत्ता पारिएको घटनाको दोषी किन प्रहरीले पत्ता लगाउन सकेन? तत्काल दोषीलाई कानुनी दायरामा ल्याइयोस्,’ मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद इन्दुकुमारी शर्माले भनिन्।

पीडित परिवारका सदस्यले जाहेरीमा उल्लेख गरेका मान्छेमात्रै प्रहरीले पक्राउ गरेको, प्रभावकारी अनुसन्धान नगरेको र अभियुक्त पक्राउ पर्दा समेत झा दम्पतीको अवस्था सार्वजनिक नहुनुले अनुसन्धानमै आशंका गर्ने ठाउँ रहेकोतर्फ सांसद शर्माले इंकित गरिन्।

सांसद शर्माले भनेजस्तै बेपत्ता भएको एक महिना नाघिसक्दा समेत मुसाफिर झा र उनकी पत्नी गीतादेवीको अवस्था प्रहरीले पत्ता लगाउन सकेको छैन। संसदसम्म पुगेको उक्त बेपत्ता प्रकरणको अनुसन्धानमाथि भने प्रहरी मजाक गरेको छ। रोचक त के भने बेपत्तामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा समेत झा दम्पतीको अवस्थाबारे भने प्रहरी अनभिज्ञ छ। बेपत्ता घटनामा संलग्न यिनै हुन् भनेर सार्वजनिक गर्ने तर बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे केही पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धान कति फितलो छ भन्ने स्पष्ट हुन्छ। 

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मुसाफिर र उनकी पत्नी ६० वर्षीया गीतादेवी आफ्नै घरमा सुतिरहेका थिए। भोलिपल्ट अबेरसम्म झा दम्पती नउठेपछि कोठामा गएर हेर्दा बिस्तरासहित उनीहरू बेपत्ता भएका थिए। कोठामा रगतका टाटासमेत भेटिएको थियो। 

उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएका चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले गत आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको थियो। प्रहरीको दाबी अनुसार झा दम्पती बेपत्तामा उनका छिमेकी तथा स्थानीय रामबाबु यादव, उनका जेठा छोरा सुरेन्द्र यादव, कान्छा छोरा  राजेन्द्र र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुर संलग्न छन्। 

यो पनि पढ्नुहोस्

ओछ्यानसहित कसले वेपत्ता बनायो वृद्ध दम्पतीलाई?बुधबार, फागुन २६, २०७७

उनीहरू चार जना दम्पती बेपत्तामा संलग्न रहेको भनेर प्रहरीले सार्वजनिक गरे पनि दम्पतीको अवस्थाबारे भने अझै अनभिज्ञ छ। घटनामा संलग्न भनेर मान्छे सार्वजनिक गर्नु र बेपत्ता व्यक्तिको अवस्था भने एक महिनासम्म अज्ञात नै हुनुले प्रहरी अनुसन्धान कति कमजोर छ भने प्रष्ट्याउने नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविज्ञ हेमन्त मल्ल बताउँछन्।

बेपत्तामा संलग्न भएको भनेर सार्वजनिक गरिएका व्यक्ति रामबाबुको घरमा रगत भेटिनु र उक्त रगत झा दम्पतीको घरमा भेटिएको रगतसँग म्याच हुनुलाई प्रहरीले बेपत्तामा उनीहरूको संलग्नता बेपत्ता भएको पुष्टि गर्ने आधार बनाएको छ। तर, अनुसन्धान अधिकारीले सोचेभन्दा फरक तरिकाले समेत अनुसन्धान हुनसक्ने भन्दै हतारिएर अभियुक्त सार्वजनिक गर्न नहुने मल्लको भनाइ छ । 

‘ओखलढुंगामा एक पटक यस्तै प्रकृतिको घटना भएको थियो। मान्छे नदीमा बेपत्ता पारिएको भनेर केही मान्छे पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाइएको थियो। पछि मृत भनेका व्यक्ति घर आए,’ पूर्वडिआइजी मल्ल भन्छन्, ‘रगतलाई आधार मानेर बेपत्तामा उनीहरूको संलग्नता भन्दै हतारिएर सार्वजनिक गर्नुले अनुसन्धान अपरिपक्व भएको संकेत गर्छ। यदि बेपत्तामा उनीहरू कैै संलग्नता हो भने सार्वजनिक गर्दा बेपत्ता दम्पतीको अवस्था प्रहरीले पत्ता लगाउनु पर्थ्याे।’

बेपत्ता पारिएका भनिएका व्यक्ति आफैं बेपत्ता भएको हुनसक्नेतर्फ समेत सोचेर प्रहरीले अनुसन्धान गर्नुपर्नेमा हतारिएर अभियुक्त सार्वजनिक गरिएको मल्लको भनाइ छ। 

बिस्तरासहति बेपत्ता हुनुले झनै शंका गर्ने ठाउँ देखिएको सुरक्षा विज्ञ मल्ल बताउँछन्। ‘अपहरण नै भएको वा कसैले बेपत्ता गराएको हो भने किन विस्तरासमेत लैजानु प¥यो र?’ शंका गर्ने ठाउँ रहेको मल्ल बताउँछन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यको भनाइले नै अनुसन्धान कति कमजोर छ भन्ने प्रष्ट्याउँछ। बेपत्तामा संलग्न भएका मान्छे पक्राउ गरिसकेपछि बेपत्ता पारिएका व्यक्तिको अवस्था भने किन पत्ता लाग्न सकेन भन्ने प्रश्नमा एसपी आचार्यले नेपाललाइभसँग भने, ‘बेपत्तामा संलग्न भनिएका मान्छेले बयानमा त्यसबारे केही बोल्नै नमान्दा समस्या आएको हो।’

‘मान्छे सार्वजनिक भएर मात्रै हुँदैन, कि सास चाहिन्छ कि लास’

झा दम्पतीका छोरा मनिषकुमार झा भने प्रहरी अनुसन्धानबाट अहिले सन्तुष्ट भइसकेका छैनन्। प्रहरी अनुसन्धानलाई प्रश्न गर्ने ठाउँ बाँकी नै रहेको उनले नेपाललाइभसँग बताए । ‘बेपत्ता घटनामा संलग्न भनेर केही व्यक्ति सार्वजनिक गरिए पनि बाबुआमाको अवस्था पत्ता नलाग्नुले अनुसन्धानमा प्रश्न गर्ने ठाउँ छ,’ मनिषकुमार भन्छन्। 

हाल पक्राउ गरिएका चार जना विरुद्ध पहिल्यैदेखि रिसिइबी भएकाले बेपत्ता घटनामा उनीहरूको संलग्नता हुनसक्ने झा परिवारको भनाइ छ। प्रहरीले चार जनालाई सार्वजनिक गर्दै बेपत्ता घटनामा संलग्न उनीहरू नै हुन् भनेको चित्त बुझे पनि बाबुआमाको अवस्थाबारे केही पत्ता लाग्न नसक्नुले अनुसन्धानमा झा परिवार सन्तुष्ट छैन।

‘बेपत्तामा संलग्न भनेर सार्वजनिक गरिसकेपछि बाबुआमाको अवस्था पत्ता लाग्नु पर्ने हो, तर अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन,’मनिषकुमार भन्छन्, ‘हामीलाई कि सास चाहिन्छ कि लास।’

सार्वजनिक गरिएका चार जना बेपत्तामा संलग्न हुने आधार के ?

सार्वजनिक गरिएका चारजना विरुद्ध प्रहरीले बेपत्ता, अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान गरेको छ। पक्राउ गरिएका चार जना नै घटनामा संलग्नु हुनको मुख्य कारण रामबाबुको घरमा रगतको टाटा भेटिनु, पूर्वरिसिइबी हुनुलाई मुख्य आधार प्रहरीले बनाएको छ।

एसपी आचार्यले पत्रकार सम्मेलनमा दाबी गरका छन्, ‘झा दम्पतीको घरमा भेटिएको रगत र रामबाबुको घरमा भेटिएको रगत एउटै भएको पुष्टि भएको छ। जग्गा विवाद नै बेपत्ताको मुख्य कारण देखिन्छ।’

प्रहरीका अनुसार भारतीय नागरिक हरेन्द्र र रामबाबुले सस्तो मूल्यमा १३ बिगाहा जग्गा किनेर प्लटिङ गरी महँगोमा बेच्न लागेका थिए। प्लटिङ गर्न लागिएको जग्गाको उत्तरतर्फ भने बेपत्ता पारिएका दम्पतीको १४ कट्ठा जग्गा छ भने त्यो भन्दा माथि हरेन्द्रको थप २ बिगाहा जग्गा पर्छ। बीचमा झा दम्पतीको जग्गा रहेकाले उनीहरूले उक्त जग्गा बेच्न दबाब दिएको तर जग्गा बेच्न नमानेपछि बेपत्ता पारेको प्रहरीले दाबी गरेको छ। 

योसँगै प्रहरीले पोलिग्राफ परीक्षणमा अभियुक्तले झुट बोलेको भनेर पुष्टि भएको जनाएको छ। तर पोलिग्राफ परीक्षणलाई अदालतले भने प्रमाणको रुपमा लिने गरेको छैन।

कसरी भएका थिए झा दम्पती बेपत्ता?

फागुन १० गते ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा सहोडवास्थित आफ्नै घरमा सुतेका थिए। बेग्लाबेग्लै कोठामा सुतेका झा दम्पती भोलिपल्ट अबेरसम्म पनि उठेनन्।  त्यसपछि उनीहरूको कोठामा बुहारी जाँदा दुवै जना कोठामा थिएनन्। कोठामा रगतका टाटा देखिएका थिए, तर बिस्तरा भने थिएन।

यो पनि पढ्नुहोस्

२६ दिनसम्म पनि फेला परेनन् बिस्तरासहित बेपत्ता भएका झा दम्पती शनिबार, चैत ७, २०७७

मान्छे बेपत्ता हुनु र रगतका टाटासमेत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रगतका टाटा भेटिनु, बिस्तरा हराउनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। तर, एक महिना बितिसक्दा समेत बेपत्ता दम्पतीको अवस्थाबारे प्रहरीले केही भेउ पाउन सकेको छैन।  

घटना भएको दिन झा दम्पतीको घरमा उनीहरूसँगै बुहारी र नाति थिए। उनीहरूले समेत घटनाका बारेमा कुनै जानकारी नपाएको प्रहरीलाई बताएका छन्। घरका दुई जना सदस्य बेपत्ता हुँदा परिवारका सदस्यलाई समेत कुनै जानकारी नहुनुले घटना झनै रहस्यमय भएको विश्लेषण प्रहरीको छ। 

आशंका सीमा पार गरिएकोसम्म

झा दम्पती बेपत्ता भएपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश २ प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली खटिएको छ। 

प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहको टोलीले महोत्तरी, धनुषा लगायतका ठाउँमा एक महिनादेखि नै सर्च अपरेशन चलाइहेको छ। प्रहरीले सर्च अपरेसन चलाएपछि फागुन १४ गते उनीहरूले प्रयोग गर्ने २ वटा झुल भने पोखरीमा फेला पारेको थियो। झा दम्पतीको घरभन्दा करिब ८ सय मिटर टाढाको एक पोखरीमा उनीहरूले प्रयोग गर्ने दुई वटा झुल भेटिएको डिआइजी सिंहले बताए। 

पोखरीमा झुल भेटिएपछि दम्पतीको हत्या गरेर फालिएको हुनसक्ने भन्दै प्रहरीले महोत्तरी र धनुषाका ५० वटा पोखरीमा समेत जाल हानेर खोजी गरेको थियो। तर फेला नपरेपछि सीमा पार गरेर भारत पुर्‍याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। डिआइजी सिंह भन्छन्, ‘अहिलेसम्म अवस्था पत्ता नलाग्नुले उनीहरूलाई सीमा पार गराइसकिएको पनि हुनसक्छ।’

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
आजको मौसमः पहाडी भागमा आंशिक बदली, मुख्यतया मौसम सफा रहने मंगलबार, जेठ २७, २०८२
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास मंगलबार, जेठ २७, २०८२
कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभामा टेबुल मंगलबार, जेठ २७, २०८२
पूर्वयुवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन मंगलबार, जेठ २७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्