• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नक्कली धनी बनेर जग्गा बिक्री गर्ने गिरोह सक्रिय, ‘टार्गेट’मा महिला जग्गाधनी
64x64
नारायण अधिकारी आइतबार, फागुन २३, २०७७  १३:५५
1140x725
प्रतिकात्मक तस्बिर।

काठमाडौं- जग्गाधनीलाई पत्तै नदिई जग्गा बिक्री गर्दै हिँड्ने एउटा समूह प्रहरी फन्दामा परेको छ। संगठित रुपमा मान्छे जम्मा गराई मालपोतसम्म सेटिङ मिलाएर नक्कली जग्गाधनी खडा गरेर जग्गा बिक्री गर्ने समूहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ।

बेल्जियममा भएकी एक महिलाको जग्गा काठमाडौंमा नक्कली जग्गाधनी खडा गरी बेचेपछि सुरु गरिएको अनुसन्धानका क्रममा मालपोतका कर्मचारीसहित १२ जना पक्राउ परिसकेका छन्। 

म्याग्दीको साविक बरंजा गाविस–२ की मीना खड्काको नाममा थानकोटमा २० आना जग्गा थियो। कित्ता नम्बर ४२८ र ४२६ गरी उनको नाममा २० आना जग्गा थियो। उक्त जग्गाको चलन चल्तीको भाउले १ करोड रुपैयाँ भन्दा बढी पर्छ। तर, बेल्जियममा रहेकी खड्काको जग्गा नक्कली जग्गा धनी खडा गरेर ७२ लाख रुपैयाँमै बिक्री भएको पाइएको छ।

मीना खड्काको नक्कली नागरिकता बनाउने र सोही आधारमा नक्कली जग्गाधनी पूर्जा बनाएर ठगको एउटा समूहले जग्गा बिक्री गरेको पाइएको छ। मीना खड्काको नक्कली पूर्जा बनाउने र त्यसमा लक्ष्मी घतानीको फोटो टाँस गरी बिक्री गरेको पाइएको हो। 

धनी मिना खड्काको रुपमा लक्ष्मी घतानीलाई खडा गरी मिना खड्काको नामको नक्कली नागरिकता र उनकै नामको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइएको थियो। 

वास्तविक मिना खड्काको विवरण राखेर पूर्जा बनाएको र फोटो लक्ष्मी घतानीको टाँस गरी कीर्ते समेत गरेर ठगी गरेको पाइएको छ। त्यसरी जग्गा धनी पूर्जा बनाएपछि भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने कृष्ण गोपाल श्रेष्ठ, रत्न केशरी म्हका श्रेष्ठ, कृष्णभक्त माक श्रेष्ठ, बिजय लक्ष्मी श्रेष्ठलाई ७२ लाखमा बिक्री गरी ठगी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताए। 

एउटै जग्गा दुई पटकसम्म बेचेको समेत पाइएको छ। उनीहरूले ७२ लाखमा बेचेको जग्गा काभ्रेको धुलिखेलका कुमार दाहाल खत्रीलाई प्रतिआना १० लाख ५० हजारमा राजीनामा पास गरिदिने भनेर खत्रीबाट गत वर्षको मंसिर ३० गते बैना बापत भनेर ३५ लाख रुपैयाँ लिई ठगी गरेको समेत पाइएको छ। 

उक्त काममा सहयोगी भूमिका निभाएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले मालपोत कार्यालय कलंकी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कार्यरत शाखा अधिकृत दीपक दाहाल, सोही मालपोत कार्यालयमा कार्यरत नासु नारायण श्रेष्ठ र सोही मालपोत कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय किताबखानामा हरिहर भवनमा कार्यरत खरिदार दीपा पंज्ञानीलाई पक्राउ गरेको थियो। दाहाल र श्रेष्ठ ४ लाख र पंज्ञानी १ लाख धरौटी रिहा भएका थिए।

९ माथि अनुसन्धान जारी, लेखापढी गर्ने १ जना फरार
मालपोतका कर्मचारी त्यसबेला पक्राउ परे पनि अन्य प्रतिवादीहरू भने फरार थिए। उनीहरूलाई परिसर काठमाडौंले विभिन्न मितिमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। हाल ९ जनाविरुद्ध अनुसन्धान भइरहेको काठमाडौंका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए। 

बूढानीलकण्ठ–११ का ४७ वर्षीय विजयकुमार खड्का, धादिङको निलकण्ठ नगरपालिका–५ का बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका–४ का रामचन्द्र पुडासैनी भनिने पुण्यप्रसाद काफ्ले, संखुवासभाको नुनढाकी गाउँपालिका–६ का  ५३ वर्षीय इन्द्रबहादुर खत्री भनिने इन्द्रबहादुर घले, रामेछापको मन्थली नगरपालिका–११ का बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर बस्ने लक्ष्मी घतानीमाथि अनुसन्धान भइरहेको छ।

त्यस्तै ओलढुंगाको खिजिदेम्बा गाउँपालिका–१ का ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुलीको कमलामाई नगरपालिका–५ का कृष्ण थापा भनिने कृष्णबहादुर दर्लामी र झापाको कचनकवल गाउँपालिका–३ का ४५ वर्षीय कृष्णबहादुर कटुवालमाथि अनुसन्धान जारी रहेको एसपी बस्नेतले बताए।  

९ जनामाथि अहिले अनुसन्धान भइरहे पनि एक जना भने फरार छन्। मालपोत कार्यालय कलंकीमा लेखापढीको काम गर्ने स्वीकृत पाएका राजाराम थापा फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कसको भूमिका के ?
ठगी र कीर्तेको मुख्य योजनाकार पुण्यप्रसाद काफ्ले रहेको पाइएको छ। पक्राउबाट बच्न उनले मान्छे अनुसार आफ्नो वास्तविक परिचय समेत लुकाएर अर्कै नाम बताउने गरेका थिए। उनका नाममात्रै चार वटा रहेको पाइएको छ। पुण्यले आफूलाई रामचन्द्र पुडासैनी, रामबहादुर खड्का, पदम काफ्ले भन्दै परिचय दिने गरेका थिए। 

उनैको योजनामा नक्कली जग्गा धनी खडा गरी जग्गा बिक्री गर्ने गरेको पाइएको हो। उनी जग्गा बिक्रीका लागि परिपन्च मिलाउने र जग्गा देखाई खरिदका लागि प्रलोभनमा पार्ने पर्थे। 

अर्का प्रतिवादी इन्द्रबहादुर घले भने राजीनामा पास गर्दा जग्गा धनी कुमार दाहाल खत्रीका दाजु इन्द्रबहादुर दाहाल खत्री भएको बताउँदै सनाखत गर्ने व्यक्तिको भएको अनुसन्धानबाट खुलेको छ।

विष्णु र केशव नामले चिनिने बालप्रसाद भट्ट भने नक्कली कागजात बनाउने व्यक्ति हुनु्। नक्कली कागजात बनाउने र रकमको पँजनी बाँडफाँगको भूमिका भट्टले मिलाएको प्रहरीले जनाएको छ।

विजय खड्काको भूमिका भने वास्तविक जग्गा धनी मीना खड्काको नागरिकता र जग्गाधनी पूर्जाको फोटोकपी उपलब्ध गराउने व्यक्ति रहेको पाइएको छ। उनैले उपलब्ध गराएको कागजातको आधारमा नक्कली कागजात खडा गरी जग्गा बिक्री भएको थियो। आफूले उपलब्ध गराएका मीना खड्काका कागजात उनले कुष्णबहादुर दर्लामीलाई दिएका थिए।

बालकृष्ण बुढाथोकीले जग्गा बिक्रीबाट आएको रकम अशोक माझीको नामबमाट निकालेर लिने गरेको गरेका थिए भने जग्गा बिक्री गर्दा मालपोत कार्यालयमा निगरानीको काम गरेको अनुसन्धानबाट खुलेको छ। 

लक्ष्मी घतानीले भने वास्तविक जग्गा धनी मीना खड्का आफू भएको भनेर जग्गा राजीनामा गर्ने, जग्गा बिक्रीको रकम मुक्तिानाथ विकास बैंकमा खाता खोली राख्ने गरेकी थिइन्।

लक्ष्मीलाई जग्गा धनी बनाउन खोजेर ल्याउने व्यक्ति हुन् विजय प्रकाश सुनुवार। उनैले जग्गा धनी भएको अभिनय गर्न लक्ष्मीलाई सिकाएका थिए। कृष्णबहादुर थापा मगर भनिने कृष्णबहादुर दर्लामी र कृष्णबहादृुर कुटुवाल मिलेर नागरिकता र जग्गाधनी पूर्जा कीर्ते बनाउने काम गर्ने व्यक्ति हुन्। 

जेल पर्दा पनि नसुध्रिएको बानी, पहिला पनि भएको थियो जग्गा कीर्ते
हाल पक्राउ परेकाहरू विभिन्न मुद्दामा यसअघि पनि जेल बसेर छुटेका व्यक्ति रहेको पाइएको छ। नककली जग्गा धनी खडा गरी जग्गा बिक्री गरी कीर्ते गर्नेका मुख्य योजनाकार पुण्य काफ्ले सुवास चन्द्र रिजालको जाहेरीले २०७१ साउन ३० गते ठगी मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। 

इन्द्रबहादुर घले भने पहिला पनि जग्गा कीर्ते गरेको व्यक्ति भएको पाइएको छ। २०६९ वैशाख १७ गते ओम अस्पताल छेउको जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका थिए। त्यसबेला उनी विरुद्ध २ वर्ष कैदको फैसला र ३५ हजार जरिवाना सुनाइएको थियो। 

उता बालप्रसाद भट्टलाई भने ठगीकै केशमा २०६८ असार २८ गते ललितपुर प्रहरीले पक्राउ गरेको थियो। विजयकुमार खड्का यसअघि पनि सरकारी छाप दस्तखत कीर्तेको कसुरमा पक्राउ परेका व्यक्ति हुन्। उनलाई २०६९ चैत २२ गते पक्राउ गरिएको थियो। त्यसबेला १ लाख धरौटी तिरेर उनी छुटेका थिए। पछि ५ हजार जरिवाना र कैदको सजाय खड्कालाई सुनाइएको थियो। 

काठमाडौं र भक्तपुरको जग्गा बिक्री, चितवनको बेच्ने तयारी गर्दै गर्दा पक्राउ 
यो समूहले चितवन, काठमाडौं र भक्तपुर गरी ३ ठाउँको जग्गा नककली जग्गाधनी खडा गरी बिक्री गर्ने तयारीमा रहेको अनुसन्धानबाट खुलेको छ। यो समूहले चितवनको शिवनगर–४ स्थायी घर भएकी दुर्गा थापाको जग्गा समेत उनीहरूले बेच्ने योजना बनाएका थिए। 

चितवन, साविक रातापुर गाविस–४ को कित्ता नम्बर २०९५ को क्षेत्रफल २ कठ्ठा १० धुर जग्गा दुर्गा थापाको नामको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिक्री गर्ने तयारी यो समूहले गरेको थियो। 

यो समूहले सुनसरी धरान नगरपालिका–८ स्थायी घर भएकी इन्दिरा राईको नाममा रहेको भक्तपुरको बिक्री गरेको पाइएको छ। भक्तपुरको दुवाकोट गाविस–३ क को कित्ता नम्बर १२४३ र १२४५ को क्षेत्रफल क्रमश: चार आना र तीन आना तीन पैसा जग्गा यो समूहले बेचेको पाइएको छ।

ईन्दिरा राईको नक्कली धनीपूर्जा र नक्कली नागरिकता बनाई बिजय लक्ष्मी श्रेष्ठ र रत्नकेशरी म्हका श्रेष्ठलाई ४३ लाख ५० हजारमा बिक्री गरेको पाइएको छ। 

यही समूहले मोरङ, मधुमल्ला गाविस–९ स्थायी घर भएकी जनक माझीको छोरी रितादेवी माझीको नाममा रहेको भक्तपुर दुवाकोटको जग्गा मसेत बेचेर ठगी गरेका अनुसन्धानबाट खुलेको छ। साविक दुवाकोट गाविस–१ ख को कित्ता नम्बर १०८० को दुई आना तीन पैसा र कित्ता नम्बर १०८९ क्षेत्रफल तीन आना एक पैसा जग्गा जग्गाधनी रितादेवी माझीको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई बेचेको पाइएको छ। यो जग्गा रत्न केशरी म्हका श्रेष्ठ र बिजय लक्ष्मी श्रेष्ठलाई साढे २ वर्ष अघि २०७६ असार ७ गते ४९ लाखमा बेचि ठगी गरेको पाइएको हो। 

टार्गेटमा महिला जग्गाधनी

बिक्री गर्ने भनि कुरा चलेका तथा तत्कालै पनि बिक्रीको चर्चामा रहेका जग्गाहरूको बारेमा यो समूहले जानकारी लिने त्यसपछि योजना बनाउने गरेको पाइएको परिसरका एसएसपी अशोक सिंह बताउँछन्। 

बिक्रीको चर्चामा रहेका जग्गाहरूमध्ये महिला जग्गाधनी भएका र जग्गाधनी विदेशमा बस्ने गरेकाहरूको जग्गा यो समूहको टार्गेटमा रहेको देखिन्छ। 

वास्तविक जग्गाधनीले बिक्रीको लागि भनेका अह्राएका मानिसहरू खोजी गरी आफूहरूसँग जग्गा किन्ने मानिस रहेको वा आफैंले जग्गा लिन चाहेको भनि जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र नागरिकताको फोटोकपी यो समूहले लिन्छ।  

त्यसपछि फोटोकपीमा भएको विवरण भरी तयार गरिएको नक्कली नागरिकता र जग्गाधनी दर्ता प्रमाणपूर्जामा फोटो यही समूहका मिल्दोजुल्दझ व्यक्तिको फोटो टाँस गर्ने वा नभएमा मिल्दो जुल्दो मानिस खोजी ल्याई उनकै फोटो टाँस गरी यो समूहले जग्गाधनी खडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

जग्गाधनी खडा भैसकेपछि जग्गाधनीको आफन्त बनेर परिपञ्च मिलाउने, सनाखत गर्ने, विश्वासमा पार्ने गरी अभियुक्तहरूले जिम्मेवारी बाँडफाँड गरी सोही अनुरुपको नक्कली नागरिकता समेत बनाई जग्गा पासका लागि योजना बनाउने गरेको पाइएको छ। 

त्यसपछि जग्गा खरिद गर्ने उपयुक्त ग्राहक खोजी गरी सस्तोमा बिक्री गर्ने, बाध्यता परेको भन्ने मुखले परिपञ्च मिलाई कम मूल्यमा जग्गा बिक्री गर्ने योजना सुनाउँथे। 

जग्गा देखाई बैना बापत भनि नगदै रकम लिई ठगी गर्ने र जग्गा राजीनामा पारित गराई जग्गाको कुल मूल्य बापतको रकम लिई ठगी गर्ने गरेको पाइएको छ। 

सकेसम्म जग्गा डोरमार्फत् पारित गर्नु पर्ने बाध्यता देखाई जग्गा डोरमार्फत् पारित गराउने र जग्गा बिक्रीबाट आएको रकम नक्कली नागरिकताको आधारमा बैंकमा खोलिएको खातामा जम्मा गराई सोही खाताबाट भुक्तानी लिई बाँडफाँड गर्ने गरेको एसएसपी सिंह बताउँछन्।     

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा नेपाली युवक पक्राउ हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पूर्वयुवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन मंगलबार, जेठ २७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्