• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘जज्बा’ बोकेर जुलुसमा पुगिरहन्छन् जो 
डिबी खड्का/लिलु डुम्रे आइतबार, फागुन २३, २०७७  ०७:०५
1140x725

काठमाडाैं–आन्दोलन आफैंमा अनुहारहरूको भीड हो। त्यो भीडबाट जो मञ्चमा उक्लेर मुखर हुन्छ, उही देखिन्छ। त्यसलाई भीड बनाउन एक–एक व्यक्तिको महत्व हुन्छ। रातारात नेता बनिहाल्ने लोभले भीडबाट आफूलाई मञ्चमा उभ्याउन मरिहत्ते गर्ने जमातमा एउटा अनुहार छ, जो न्यायका निम्ति निस्किइरहने हरेक जुलुसमा पुगिरहन्छ। नारा लगाइरहन्छ। त्यो अनुहार रामनरेश यादवको हो। 

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा गोविन्द केसीले अगुवाइ गरेको जुलुश होस् वा भारतले नेपाली भूमि मिच्दा जाग्ने युवाको समूह, रामनरेश पुगिरहन्छन्। निर्मला पन्तलाई न्याय दिलाउन गरिने दबाबमुलक कार्यक्रममा पनि उनी उपस्थित हुन्छन्। संविधानमा नसमेटिएका आफ्ना आवाजलाई मुखरित गर्ने आन्दोलनमा त उनी छुट्ने कुरै भएन। निश्चित, भूगोल र जातिले आफ्ना लागि गर्ने आन्दोलन भन्दा बढी उनी ‘सबैका लागि’ सबैले गर्ने आन्दोलनमा रहन्छन्। 

उनलाई लाग्छ, दुःख वा पीडाका प्रकार फरक होलाल् तर, उत्पीडन मधेशमा मात्र होइन, कर्णालीमा पनि छ। पीडामा मधेशी मात्रै होइनन्, आदिवासी जनजाति र महिला पनि छन्। उनलाई लाग्छ, यी सबैका लागि उभिनुपर्छ, बोल्नुपर्छ। आफू अरुका लागि उभिँदा आफ्ना लागि अरु उभिइदिन्छन्। यही मान्यतालाई लिएर उनी आफूलाई हरेक आन्दोलनको हिस्सा बनाउन चाहन्छन्।

जनता समाजवादी पार्टीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन् रामनरेश। तर, क्षेत्रीय पहिचान बोकेको आफ्नो पार्टीले क्षेत्रीय ‘सेन्टिमेन्ट’लाई बोके पनि देशको समग्र समस्या भने सम्बोधन गर्न सक्दैन भन्नेमा उनी प्रष्ट छन्। त्यसैले उनी सकेसम्म आफू संलग्न पार्टीलाई सबै क्षेत्रका पीडितको आवाज उठाउने बनाउन सक्रिय हुने बताउँछन्। त्यसो हुन सकेन भने पनि युवाहरूले नै त्यसरी सोच्नुपर्ने उनको मत छ।

जसले जोड्यो सडकसँग साइनो
मध्य तराईको जिल्ला, बाराका यादव सामाजिक र राजनीतिक रुपमा सचेत थिए। तर, त्यसैका लागि संघर्ष गर्ने सोच बोकेर होइन, व्यवस्थापनमा उच्च शिक्षा हासिल गर्न काठमाडौं आइपुगेका थिए। उनी बीबीए अध्ययन गर्न काठमाडौं आएको त्यो समय राजनीतिको महत्वपूर्ण कालखण्ड थियो। संविधान सभाबाट नेपालको संविधान बन्दै थियो। 

बानेश्वरस्थित संविधान सभा भवनभित्र संविधान सार्वजनिक गर्ने तयारी चल्दै गर्दा एक समूह बाहिर आन्दोलित थियो। उनलाई त्यो आन्दोलन किन? भन्ने चासो जाग्यो। भनिँदै थियो, ‘ऐतिहासिक संविधान सभा र त्यसले बनाएको संविधानमा आदिवासी, जनजाति, मुस्लिम महिला, मधेशीलगायतको अधिकारलाई ‘बाइपास’ गरिँदैछ।’

आफ्नै अधिकारलाई बाइपास गरेर संविधान बनिरहेको जस्तो महशुस हुन थाल्यो उनलाई। केही त उनको ‘समझ’मा त्यसअघि पनि थियो। थप बुझ्दै गएपछि उनका खुट्टा आफैं सडकतिर सोझिन थाले। केही दिनमै उनी त्यो आन्दोलनको हिस्सा बनिसकेका थिए। 

Ncell 2
Ncell 2

संविधानमा ‘हाम्रा’ मुद्दा पनि समेटौं भन्ने कुनै क्षेत्र, जाति, समुदायको माग स्वाभाविक लाग्यो उनलाई। उनलाई बुझाइएको थियो, ‘त्यसैका लागि हो संविधान सभा।’ आफ्नो बुझाइ सही लाग्यो, चलिरहेको प्रक्रिया गलत। आफ्नो अधिकार माग्नेमाथि प्रहरीको क्रुर दमन उनले आँखै अगाडि देखे। त्यसबाट त्रसित होइन, उद्धेलित भए उनी। भन्छन्, ‘त्यसपछि म कुनै दिन कोठामै बसेर पढ्न सकिनँ। हरेक दिन आन्दोलनमा आएर नारा लगाउन थालें। किनभने म जस्तै वा मेरै समुदायका दाजुभाइले गोली खाइरहेका छन्। भोलि मैले पनि खानै पर्नेछ।’

पहिचानमा पानीको फोहरा उनीमाथि वर्षौंदेखि छ्यापिएकै थियो। विभेदको गोली हरेक दिन काठमाडौंले ताकेकै छ। अपमानको अश्रुग्याँसले उनका आँखा काठमाडौं आएदेखि नै पिर्पिराउन थालेका हुन्। ‘अब मेरा लागि म लड्नुपर्छ, म जस्तैका लागि म सडकमा आउनुपर्छ,’ उनलाई महशुस भयो। 

राजनीतिमै लाग्ने रहर
२०७२ सालमा संविधान बन्दै गर्दा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एउटा टिप्पणी गरेका थिए, ‘संविधान आधा गिलास भरी र आधा गिलास खाली।’ उनलाई त्यो खुब मन परेको हो। उनलाई लाग्यो, ‘हो ‘फास्ट ट्र्याक’मा संविधान बनाउने नाममा आन्दोलनको म्याण्डेट सुनिएन। जनयुद्ध, जनआन्दोलन, मधेस, थरुहट, महिला, दलित आन्दोलनको म्याण्डेट अनुसारको संविधान बनेन। राज्यले उनीहरूसँग गरेको सम्झौता संविधानमा कार्यान्वयन हुनुपर्छ कि पर्दैन?’ 

अतिवादी सोचबाट ग्रसित नेताहरूले भट्टराईको उक्त भनाइ ख्याल नगरेको जस्तो उनलाई लाग्यो। मधेश आन्दोलन मधेशी मूलका नेताहरू रहेको मधेशकेन्द्रित दलले सञ्चालन गरेका थिए। उनीहरूको अजेन्डामा रामनरेशको पूर्ण समर्थन थियो। उनी सहभागी पनि भए। तर, उनलाई लाग्थ्यो, ‘हल्लाउनै पर्ने सिंहदरबारको जरो हो। हामी यहाँ आफ्नै ठाउँमा आन्दोलन गरिरहेका छौं।’  

संविधानको असन्तुष्टि मधेशमा मात्र नभइ हिमाल, पहाडमा पनि उत्तिकै रहेको कुरा उनले बुझे। यो समस्या समाधान पूर्णतामा खोज्नुपर्ने कुरामा उनी सहमत भए। भट्टराईले भनेजस्तै सबै क्षेत्रका असन्तुष्टिलाई एकत्रित गरी आन्दोलन उठाउनुपर्ने कुरामा उनको शतप्रतिशत समर्थन रह्यो। भट्टराईले सुरु गरेको त्यो ‘डिस्कोर्स’मा उनलाई सहभागी हुन मन लाग्यो। त्यसैले तत्कालीन नयाँशक्ति पार्टीबाट उनले राजनीति सुरु गरे।

खुला प्रतिस्पर्धामा रूचि
राजनीतिमा उनी छन्। जसमार्फत् असमानता विरुद्ध लडाइँ लड्ने उनको ध्येय छ। तर, त्यहीँ पनि उनलाई भनिन्छ, ‘तिमी त मधेशी हो, मधेशी कोटाबाट छनोट भइहाल्छौ।’ उनलाई लाग्छ, ‘म खुला आउन लायक छु। म मेरै समुदायको पिछडिएको व्यक्तिको कोटामा प्रतिस्पर्धा गर्दिनँ।’

उनी प्रश्न गर्छन्, ‘कोही कर्मको आधारमा अगाडि आउन खोज्छ भने किन आउन नदिने?’ मधेशकेन्द्रित दलमा अत्याधिक आकर्षण भइरहेको समयमा राजनीति गर्ने ठाउँ नयाँशक्ति रोज्नुको कारण पनि त्यही थियो उनले।

क्षमता र योग्यताको आधारमा व्यक्तिको छनोट हुनुपर्छ, जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता हो। तर, इतिहासले त्यसो नदेखाएकोमा उनको मन चसक्क हुन्छ। उनीसँग एउटा उदाहरण छ, ‘नेपाली कांग्रेसमा महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहका समकालीन नेता थिए। योगदान उनीहरूको उत्तिकै थियो। सबैले प्रधानमन्त्री बन्न सक्ने हैसियत बनाएका थिए। तर, निधि र सिंहलाई प्रधानमन्त्री बनाइएन। किन प्रधानमन्त्री बन्न दिइएन? उनीहरूलाई दिँदा हाम्रो भाग खोसिन्छ भन्ने एउटा समुदायमा अतिवादी सोचले रोकेको हो।’

किन राजनीतिमै?
त्रिभुवन विश्वविद्यालमा स्नातकोत्तरको पढाइ सकिनै लागेको छ उनको। ‘एउटा राम्रो जागिर खोजेर आफ्नो व्यक्तिगत जीवन सजिलो बनाउने अवसर मसँग छ। तर, राजनीतिमा चुनौती नै चुनौती देख्छु र पनि छु किन?’, उनी आफैंलाई प्रश्न गर्छन्। 

उनी आफैंलाई फेरि प्रतिप्रश्न गरिरहन्छन्- ‘मैले मजस्तैका लागि सोच्नुपर्दैन?’ यसले राजनीतिक जीवनमा मडारिइरहने कालो बादलमा चाँदीको घेरा देखाउँछ उनलाई। एक व्यक्तिको प्रयासले कायापलट नै भइहाल्छ भन्ने भ्रममा उनी छैनन्। तर, एक–एक व्यक्तिको योगदानले देश कायापलट हुने कुरामा उनको ठूलो विश्वास छ। 

देशको अवस्था अहिले जस्तै रहने हो भने जागिर खाएर मात्रै जीवनको उत्तरार्ध सहज नहुने उनी देख्छन्। जनताबाट कर उठाएर त्यसको सदुपयोग नभएको, ठूला पदमा हुने र कर्मचारीले दुरुपयोग गरेको भन्ने गुनासो सबैतिर छ। नागरिकको शिक्षा र स्वास्थ्यका लागि राज्य उत्तरदायी हुनुपर्छ। वृद्ध हुँदा सन्तानले नहेर्न पनि सक्छन्। सन्तान नहुन पनि सक्छन्। तर, जीवनभर राज्यका लागि गरेको योगदानको सट्टा राज्यले त्यो बेला हेर्नुपर्छ।

भन्छन्, ‘हामीले जोसजाँगर छँदै राज्य प्रणाली परिवर्तन गर्न भूमिका खेलेनौं भने वृद्धावस्थामा कसले हेर्छ? यस्तै राज्य रह्यो भने सबैको बेहाल हुन्छ। त्यसैले राजनीतिमा रहेर राज्य प्रणाली परिवर्तनमा लागि सानो योगदान गरें वा थोरै घच्घच्याउन सकें भने त्यही मेरो सफलता हो।’

समाजमा विद्यमान छुवाछुत, भेदभाव, जातीय, भौगोलिक, लैगिंक रुपमा असमानताको समाधान राजनीतिक तहबाटै गर्न सकिने उनको विश्वास छ। यसका लागि युवाहरू एउटा ‘जज्बा’ बोकेर राजनीतिमा आउनुपर्ने मत उनी राख्छन्। 

सामाजिक आन्दोलनमा अपनत्व
हरेक सामाजिक आन्दोलनमा उनी सडकमा छन्। राजनीतिमा आउनुअघि उनी सामाजिक मुद्दाले नै छोएर सडकमा आएका हुन्। उनी काठमाडौं आएको समयमा डा गोविन्द केसी चिकित्सा शिक्षा सुधारलाई लिएर अनसनरत थिए। डा केसीका मुद्दा उनलाई आफ्नै लागे। त्यसपछि उनी ऐक्यवद्धता जनाउन अनसनस्थल र सडकमा नियमित आउन थाले। 

त्यसपछि मधेश आन्दोलन सुरु भयो। त्यहाँ पनि उनले सक्रिय सहभागिता जनाए। निर्मला पन्तको बलात्कारपछि हत्याको घटना विरुद्धको आन्दोलनको हिस्सा बन्न माइतीघर मण्डल पुग्नु उनको देनिकी नै थियो कुनै समय। 

जाजरकोट–रुकुममा अन्तरजातीय प्रेमपछि नवराज विकसिहतका युवाको हत्या भएपछिको आन्दोलनमा सहभागी हुनु उनले आफ्नो कर्तव्य जस्तै ठाने। किनभने विभेदको सार फरक होला, रुप उस्तै हो भन्न लाग्छ उनलाई। त्यो उनले पनि कुनै न कुनै रुपमा भोगिरहेका छन्। 

उखु किसानहरू आफ्नो श्रम र पसिनाको मूल्य नपाउँदा राजधानीकेन्द्रित आन्दोलन गर्न काठमाडौं आए। सुन्नेबित्तिकै सकेको सहयोग र सहभागिताका लागि उनी त्यहाँ पुगिहाले। भन्छन्, ‘पीडा बुझेका हामीहरू नै उहाँहरूसँग भएनौं भने अरु को हुन्छ?’

नबुझ्नेसँग नबाझ्ने नीति
भारतले नेपाली भूभाग समेटेर नक्सा सार्वजनिक ग
र्‍यो। त्यसले उनको मन चसक्क भयो। आफू जस्तै विचार भएका तर फरक पार्टीका युवाहरूसँगै सडकमा पुगे। त्यसपछि नेपाली भूमि मिचेर लिपुलेकपास हुँदै चीन जोड्ने व्यापारिक नाका उद्घाटन गरियो। उनी लगायतलाई चित्त बुझेन। सडकमा प्रदर्शनका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न पुगे-रामनरेश। 

नेपाली प्रधानमन्त्रीको समेत पुत्ला जलाइनुको पछाडि उनीजस्ता युवाहरूको आवेग थियो, ‘राष्ट्रवादी छविकै आधारमा दुइतिहाइ निकट मत प्राप्त केपी शर्मा ओलीको सरकार छ। तर, यहीबेला भारतले सीमानामा धावा बोलेको बोल्यै छ। कडा रुपमा प्रस्तुत हुन सकिएन।’

उनीहरूले जलाएको पुत्ला प्रहरीले निभाउन थाल्यो। पुत्लाअघिबाट तस्बिर लिँदा प्रहरीको शरीरमा आगो पुगेजस्तो देखियो। त्यो समय उनलाई जोडेर केहीले अफवाह फैलाउन खोजे। प्रहरीको शरीरमा आन्दोलनकारीले आगो लगाएको जस्तो भ्रम सामाजिक सञ्जाल  फैलाइए। त्यो कहीँ न कहीँ क्षेत्रीय पूर्वाग्रह जस्तो देखिन्थ्यो। आन्दोलनमा भएको मधेशी युवालाई ‘अराजक’ दर्शाउन खोजिएको जस्तो थियो। 

यस्ता अनुभव उनीसँग अनेक छन्। तर, त्यसले उनलाई छुँदैन। अज्ञानीको अज्ञान ठानेर नजरअन्दाज गर्न उनी आफ्ना साथीहरूलाई समेत सुझाउँछन्।उनले लैनचौरमा बस्दाको एउटा घटना स्मरण गरे, ‘हामीले ग्यास लिनका लागि एउटा पसलको साहुजीसँग कुरा गरेका थियौं। पछि लिन पुग्दा ती साहुजी नभइ उनकी श्रीमती थिइन्। हामीले पहिल्यै ‘डिल’ भइसकेको ग्यास माग्दा उनले फोनमा श्रीमान्‌सँग कुरा गर्दै भनिन्, इन्डियन ग्यास लिन आएको छ, दिने हो? मेरो साथी जंगियो। ऊ जंगिनु स्वाभाविक थियो। वर्णका आधारमा ‘नागरिक’ ठम्याउने दृष्टिदोषको प्रतिकार पनि जरुरी हुन्थ्यो। तर, मैले उसलाई रोकें। ‘उसँग चेतना छैन। इन्डियन न भनेको हो। इन्डियन पनि त मान्छे नै हो।’

सबैलाई मिलाएर लैजाने लक्ष्य बोकेर हिँडेका आफू जस्ता युवाले चेतनास्तर कमजोर भएकाहरूका कुरालाई लिएर चित्त दुखाउन नहुने उनको बुझाइ छ। उनी भन्छन्, ‘एक/दुई जनाको कुराको पछि लागेर हामी चित्त दुखाउन सक्दैनौं। किनभने त्यसो गरियो भने राष्ट्र निर्माण हुन सक्दैन। उनीहरू हामी भन्दा नबुझेका मान्छे हुन्। उनीहरूको बुझाइमा सीमितता छन्। पृथ्वीनारायण शाहले देश एकीकरण गरे। तर, राष्ट्र निर्माण गर्न सकेनन्। त्यो हाम्रो पुस्ताको काँधमा छ।’

सबैका समस्या, एकसाथ लडाइँ
कुनै एक क्षेत्रमा रहेर देशका सबैखालका समस्याको समाधान उनी देख्दैनन्। कुनै एउटा समूहले उठाउने एउटा मुद्दाले मात्रै पनि आमुल परिवर्तन हुनेमा उनको विश्वास छैन। त्यसैले सबैका मुद्दा एकीकृत गरेर सामूहिक लडाइँ लड्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘त्यो बेला मात्रै उत्पीडनको जरो उखेल्न सकिन्छ, जब उत्पीडितहरू एक ठाउँ उभिन्छौं। उत्पीडनमा पारिएका मधेशी, दलित, जनजाति, अल्पविकसित, महिला सबै मिलेर गए मात्रै हाम्रो मुक्ति सम्भव हुन्छ। समस्या हिमाल, पहाड र तराई सवैतिर छ। मधेशमा पहिचानको मुद्दा होला, कर्णालीसँग भोक र रोगको समस्या छ।’

राजनीतिक पार्टीलाई उनले साधन बुझेका छन्, साध्य होइन। त्यसैले लक्ष्य हासिल गर्नलाई आफ्नै पार्टीमा भएका वा अन्य पार्टीमा रहेका क्रान्तिकारीको समूह, विशेषगरी ‘जज्बा’ बोकेकाहरू एक ठाउँ उभिएर चुनौती दिन सक्नुपर्ने उनी बताउँछन्। ‘सबै पार्टीका जज्बा भएका साथीहरू ध्रुवीकरण गरेर लड्नुपर्छ,’ उनी भन्छन्।  

प्रतिनिधि सभा पुनःस्थापनापछि फेरि सांसद किनबेचको चर्चा चलिरहेको छ। जुन शासकीय स्वरुपको समस्या ठान्छन् उनी। अहिलेको संसदीय प्रणालीमा योग्य, क्षमतावान र वफादारले टिकट नै नपाउने, टिकट पाएपनि जित्न नसक्ने उनको बुझाइ छ। उनको मत छ, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक समावेशी संसद। कानुन समानुपातिक समावेशी रुपमा आएका जनताका प्रतिनिधीले बनाउँछन् भने राज्य जनताले विश्वास गरेको व्यक्तिले चलाउँछ।’

यो पनि पढ्नुहोस्:

यातना र दमनले कहाँ रोकिन्छन् र प्रश्न

जसलाई प्रश्न मात्र गर्ने छुट छैन

सडकले चिनेका संघर्ष

‘राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो’

राजनीतिको प्रश्न गर्ने पुस्ता

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्