• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
प्रतिबन्धदेखि वार्तासम्म ‘विप्लव’ नेकपा : कमजोर बनेपछि वार्तामा आउन बाध्य भएको सुरक्षा निकायको दाबी प्रतिबन्धपछि २ हजार ९८ पक्राउ, १ सय २३ जना जेलमा
64x64
नारायण अधिकारी मंगलबार, फागुन १८, २०७७  २०:०६
1140x725
बायाँबाट क्रमशः हेमन्तप्रकाश वली ‘सुदर्शन’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेत्रविक्रम चन्द ‘विप्लव’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’।

काठमाडौं- ‘विप्लवसँग राजनीतिक व्यवहार गर्ने हो भने सरकारले क्लियर कुरा गर्नुपर्‍यो। होइन भने त्यही अनुसारको कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिनुपर्‍यो,’ २०७५ फागुन २८ मा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ठाउँ ठाउँमा विस्फोट गराउनु तर, प्रहरी कारबाही फितलो हुनुबारे जिज्ञासा राख्दा नेपाल प्रहरीका अधिकारीले यही गुनासो राख्थे। 

प्रहरीले यसो भनिरहँदा विप्लव नेतृत्वको नेकपाबाट विभिन्न ठाउँमा बिस्फोट र आक्रमण गरेको आरोपमा प्रहरीले विप्लव नेकपाका ८५ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुबाट पेस्तोल २ थान, त्यसको गोली ४ थान, भरुवा बन्दुक १ थान, एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, एम–१६ एक थान, एलएमजी १ थान, र विभिन्न पेस्तोल र बन्दुकको गोली १३१ राउण्ड बरामद गरेको थियो। नख्खुमा भएको बम बिस्फोटमा मान्छेको ज्यान नै भएको थियो।

सरकारले विप्लव नेतृत्वको नेकपालाई राजनैतिक पार्टीको रुपमा पनि हेर्ने र कारबाही गर्न प्रहरीलाई निर्देशन दिने दोहोरो चरित्र देखिएकाले विप्लव समूहमाथिको कारबाही फितलो भएको सुरक्षा निकायका अधिकारीको भनाइ थियो।

अन्ततः सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै जहाँ भेटिन्छ, त्यहीँ पक्राउ गर्न निर्देशन दियो। २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगायो। 

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जानेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूहले कुनै राजनीतिक दल नभई आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो। सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिएको थियो।

त्यसपछि विप्लवलाई हेर्ने सुरक्षा निकायको नजर फरक परेको र कारबाही तीव्र पार्न थालेपछि कमजोर बन्दै गएर वार्तासम्म आउने वातावरण भएको प्रहरीको विश्लेषण छ। फागुन २८ को निर्णयपछि धमाधम नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेपछि विप्लव नेकपा कमजोर बन्दै गएपछि वार्तामा आउन बाध्य भएको दाबी सुरक्षा निकायको छ। धमाधम नेता-कार्यकर्ता पक्राउ पर्नु र केहीले उक्त समूह त्याग्नुले प्रहरीको उक्त भनाइलाई पुष्टि गर्दै गएको देखिन्छ।

अझ कतिपय बम बनाउन निपुण कार्यकर्ताहरुको त आफैंले बोकेको बम पड्किएर ज्यान गएकाले पनि विप्लवलाई कमजोर बनाउँदै गएको छ। उनीहरुको ज्यान गएपछि विप्लव नेकपाले विज्ञप्ति नै निकालेर ठूलो क्षति भोग्नुपरेको बताएको थियो। 

हेमन्त प्रकाश वली, धर्मेन्द्र बास्तोला, माइला लामा लगायतका उच्च तहका नेता जेलमा पुग्नुले विप्लव नेकपा कमजोर बनेको विश्लेषण सुरक्षा निकायको छ। जसकारण पनि वार्ता गर्नसम्म नेकपा बाध्य भएको प्रहरीको विशेष ब्यूरोका अधिकारीको दाबी छ। ‘सरकारले प्रतिबन्ध लगाइसकेपछि सुरक्षा निकायले कारबाही तीव्र पारेपछि विप्लव नेकपा कमजोर बनेको र वार्तामा आएको हो’ ती अधिकारीले दाबी गरे।

अनौपचारिक कुराकानीका क्रममा नेपाल प्रहरीको विशेष ब्यूरोका एक अधिकारीले त विप्लव समूहबाट सोचेजस्तो सुरक्षा खतरा नदेखिएको र उनीहरू सेफल्याण्डिङ गर्न खोजिरहेको संकेत गरेका थिए।

‘हामीले विप्लव नेकपाबाट जुन खालको सुरक्षा थ्रेट सम्झेका थियौं। त्यो खालको देखिएन,’ विशेष ब्यूरो स्रोतले झण्डै महिना दिन अघि भनेको थियो, ‘अब उनीहरु आफैं सेफल्यान्डिङ खोज्ने बेला आउँदैछ।’

विशेष ब्यूरोमा समेत काम गरिसकेका एआइजी हरि पाल (हाल मट्रोमा कार्यरत) पनि विप्लव नेकपामाथि सुरक्षा निकायको कारबाही तीव्र भएकोले वार्तासम्म आउनुको एउटा प्रभाव यसलाई मान्नुपर्ने बताउँछन्। विप्लव बाहेकका उच्च तहका नेता समेत पटक–पटक पक्राउ परसिक्नुले विप्लव स्वयमु् असुरक्षित महसुस गरेका हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ।

एक बहालवाला डिआइजी सुनाउँछन् ‘यो भन्दा अघि पनि सरकारले वार्ता समिति नै गठन गरेर विभिन्न समूहसँग वार्ता गरेको थियो। तर, त्यसबेला विप्लव नेकपाले वार्ता अस्वीकार गर्‍यो। अहिले आएर वार्तामा तयार हुनुको पछाडि सुरक्षा निकायको कारबाही पनि एउटा पाटो हो।’

सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव नेकपाका २ हजार ९८ जना नेता-कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुवँर बताउँछन्। २ हजार ७ वटा मुद्दा दर्ता भएका छन्।

देशको आन्तरिक सुरक्षामा चुनौती देखिएका विभिन्न भूमिगत तथा राजनीतिक समूहसँग वार्ता गर्न भन्दै २०७५ भदौ ८ गते प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। टोलीले २३ वटा समूहसँग वार्ता गरेको थियो। भने त्यसबेला विप्लव नेकपाले वार्ता अस्वीकार गरेको बताइएको थियो। अहिले विप्लव नेकपा वार्तामा आउनुले ती डिआइजीले गरेको संकेतलाई बल पुग्न मद्दत गर्छ।

सरकारले प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव नेकपाका २ हजार ९८ जना नेता-कार्यकर्ता पक्राउ परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुवँर बताउँछन्। २ हजार ७ वटा मुद्दा दर्ता भएका छन्। ती मध्ये १ सय २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन्। १८ जना प्रहरी हिरासतमै छन्।

उनीहरुबाट प्रहरीले अहिलेसम्म पेस्तोल ४६ थान, गोली १३८ राउण्ड गोली, रिभल्बर २ थान र त्यसको गोली ५ थान, थ्री नट थ्री राइफल ३ नाल र त्यसको गोली ३६ राउण्ड बरामद भएको छ।

त्यसैगरी, भरुवा बन्दुक ८ नाल, छर्रा ४२८ र ३ डिब्बा, एसएलआर राइफल १ थान र त्यसको गोली ९२ थान, एलएमजी १ थान, एसएमजी ७ थान, एम १६ राइफल १ थान, प्रेसर कुकर बम २ थान, सुतली बम ८ थान, सकेट बम २३ थान, ह्यान्डग्रिनेड ३८, जिआइपाइप ८५, अन्य बम ३ थान, जिलेटिन २ किलो ८६ थान, डेटोनेटर २१० थान, अन्य गोली १७७ राउण्ड बरामद भएका छन्। यसबाट पनि विप्लव नेकपामाथि प्रहरी कारबाही तीव्र भएको देखिने प्रहरीको दाबी छ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
युके पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा स... मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दु... सोमबार, जेठ २६, २०८२
बेगनास तालमा एकजना बेपत्ताको, खोजीकार्य जारी माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आइतबार साँझ गोरखा, सहिद लखन थापा गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ ब... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा मंगलबार, जेठ २७, २०८२
०८४ अघि विप्लव र माधव नेपालसँग एकता गरेर देशकै ठूलो पार्टी बनाउँछौं : प्रचण्ड मंगलबार, जेठ २७, २०८२
विश्वस्तरीय आँखा स्वास्थ्य सम्बन्धी ‘डिजिटल’ तालिम सञ्चालनमा मंगलबार, जेठ २७, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मंगलबार, जेठ २७, २०८२
तोलामा एक लाख ९० हजारमा कारोवार हुँदै सुन, चाँदीको कति ? मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्