उठाउँदा थोरै सम्मान कुरा
कुसंस्कारी भन्दै बात लगाउँछौ भने
बताऊँदा थोरै स्वतंत्रताका कुरा
चरित्रमा नै प्रश्न उठाऊँछौ भने
मा संस्कारको परिभाषा आफै बनाउँछु
चरित्रको मापदण्ड पनी आफै लगाउँछु |
खोज्दा अलिकति ज्ञानका कुरा
सोचमा नै अंकुस लगाउँछौ भने
रोज्दा अलिकति रुचिका कुरा
जिबन नै अर्थहीन बताउंछौ भने
म ज्ञानको बाटो आफै पहिल्याउंछु
रुचिका कुरा पनी आफै मिलाउँछु ||
जताउँदा केहि आत्म सम्मान कुरा
खिल तिम्रो मनमा गाडिन्छ भने
सिकाउँदा केहि मानवताक कुरा
जिउ भरि अहंकार भरिन्छ भने
म आफ्नो सम्मान आफै जोगाउँछु
मानवताको उदारण आफै देखाउंछु |||
उभ्याउदा समान अधिकार कुरा
तिम्रो स्वामित्व तल झर्छ भने
नसहदा तिम्रा हेरेक पलका प्रहार
सम्बन्धमा नै चिरा चिरा पर्छ भने
तिम्रो स्वामीत्व अब तिम्रै पेवा भो
म समन्धको गहिराई आफै नाप्नेछु|||
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।