काठमाडौं- लेखक तथा गीतकार डा. डीआर उपाध्यायको ११औं उपन्यास कफीलभ विमोचन भएको छ। गीत लेखेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखिसकेका उपाध्यायले आफ्नो ११औं उपन्यासस्वरूप कफीलभ बजारमा ल्याएका हुन्।
उपन्यासलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरी सिग्देल लगायतले संयुक्त रुपमा विमोचन गरे। उपन्यासमा कलेज पढ्दै गरेका युवायुवतीको प्रेमलाई समेटिएको छ।
कफीशपमा कफीको चुस्कीसँगै पलाउने प्रेम, त्यसले जीवनमा ल्याउने परिवर्तनका विषयमा लेखक केन्द्रित छन्। शिखाबुक्सले प्रकाशन गरेको उपन्यासलाई ज्ञानज्योती पब्लिकेशनले वितरणको जिम्मा लिएको छ।
उपन्यासको सम्पादन लेखक, चलचित्र निर्देशक तथा पत्रकार डब्बु क्षेत्रीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।