• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विप्लव, वैद्यसहित संसदीय व्यवस्था नमान्ने चार कम्युनिस्ट पार्टीले गर्दैछन् एकताको तयारी
64x64
वीरेन्द्र ओली शुक्रबार, माघ ३०, २०७७  ११:२४
1140x725

काठमाडौं- संसदीय व्यवस्था नमान्ने चार कम्युनिस्ट पार्टीले आन्दोलनको मोर्चा बनाएपछि दीर्घकालीन रुपमा एकता गर्ने तयारी गरेका छन्। यसरी रणनीतिक मोर्चा बनाउनेमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेकपा रहेका छन्। बिहीबार काठमाडौंको प्रज्ञा भवनमा चार पार्टीका नेता कार्यकर्ताकाबीच रणनीतिक संयुक्त मोर्चाको घोषणा भइसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि संसद बाहिर भएका चार पार्टीले संसदीय व्यवस्था असफल भएको ठहर गर्दै रणनीतिक मोर्चा बनाउने तहमा पुगेका हुन्। प्रतिनिधि सभा विघटनपछि सत्ताधारी नेकपा संसद पुनर्स्थापना गर्ने वा नगर्ने विषयमा सडक संघर्षमा गएपछि चार कम्युनिस्ट पार्टी संयुक्त मोर्चा बनाउन भेटघाट र छलफललाई तिब्रता दिएका हुन्।

संयुक्त रणनीतिक मोर्चा बनाउने विषयमा वैद्यले विप्लवलाई भूमिगत रुपमा भेटेपछि सम्भव भएको क्रान्तिकारी माओवादी एक नेताले बताए। ‘विप्लव कमरेडहरु प्रतिबन्ध तोडेर शान्तिपूर्ण मुलधारको संघर्षमा आउँन इच्छुक हुनुहुन्छ। यता संसद बाहिर भएका वैद्य, आहुति, कट्टेलको अवस्था उस्तै हो’ ती नेताले भने, ‘यस्तो संकटपूर्ण अवस्थामा लामो छलफल र बहसपछि रणनीति मोर्चा हुँदै एकतामा जानेगरी सहमति भयो।’

त्यसपछि मात्रै चार पार्टीको लामो बहस छलफलपछि गएको पुस १४ गते रणनीतिक मोर्चा बनाउने सहमति गरेका थिए। रणनीतिक मोर्चा बनाउने सहमति भए लगत्तै माघ १ गते चारै पार्टीले हस्ताक्षर गरी विप्लव नेतृत्वको नेकपा नेता धमेन्द्र बास्तोललाई पक्राउ गरेकोमा आपत्ति जनाए।

रणनीतिक मोर्चा बनाउने घोषणापछि संयुक्त मोर्चाको पहिलो चरणका संघर्षका कार्यक्रममा जनसभा र विरोध पदर्शन गर्ने भएका छन्। चारै पार्टीले पहिलो आमसभा फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा र फागुन १८ गते इटहरीमा गर्ने भएका छन्। चारै पार्टीका नेता/कार्यकर्ता उपस्थित गराएर सरकारले गरेका नराम्रा कामको भण्डाफोरसँगै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका विषयमा नेताहरु आमजनतासमक्ष राख्ने तयारी गरेका छन्।

Ncell 2
Ncell 2

बिहीबार राण्नीतिक मोर्चा घोषणा कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले संयुक्त मोर्चा बनाउन निक्कै मिहिनेत गरेको बताउँदै आफू निक्कै खुशी भएको बताए। संसदीय व्यवस्था पूर्ण रुपमा असफल भई कामै गर्न नसक्ने अवस्थामा पुगेको वैद्यले दाबी गरे। ‘ओलीजीले प्रतिनिधि सभा विघटन गरेर मात्रै होइन। पुरै संसदीय व्यवस्था असफल भइसक्यो। अब संसदीय व्यवस्थाले काम गर्न सक्दैन’ वैद्यले भने, ‘उहाँ (केपी ओली)ले समाजवाद भन्ने समृद्ध नेपाल र सुखी नेपालीको कुरा गर्ने, सिरानी हाल्ने साम्रज्यवादी उदारवाद। यस्तो ढाँट कुरा कदापि टिक्दैन।’ 

रणनीतिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले रणनीतिक मोर्चालाई सामान्य रुपमा नलिन नेता कार्यकर्तालाई आग्रह गरे।‘हामीले यसअघि बनाएका संयुक्त मोर्चा जस्तो होइन। यो रणनीतिक मोर्चा हो। यो संसदीय व्यवस्थाको विकल्प दिने रणनीति हो’, आहुतिले भने, ‘अब सबै संघर्षका कार्यक्रम संयुक्त रुपमा हुन्छन्। संघर्षका कार्यक्रमसँगै दीर्घकालीन रुपमा एकता गर्नेगरी सोचिएको छ।’

देशमा प्रतिगमन पुस ५ गते नभएर संविधान निर्माण हुने बेलादेखि नै सुरु भएको आहुतिले बताए। ‘पुुस ५ गते प्रतिगमन संसदवाद मान्ने प्रचण्डहरुलाई भएको हो। हामीलाई संविधान लेख्ने बेलादेखि नै भयो’, अहुतिले भने, ‘जब सबै जातजाति क्षेत्र, लिङ्ग, वर्ग, समुदायलाई अधिकार दिएन त्यति बेला प्रतिगमन भयो। अब संयुक्त मोर्चाबाट हुने आन्दोलनबाट मात्रै गुमेको प्रतिगमन फिर्ता हुन्छ।’ यस्तै विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीले देशमा प्रतिगमन पुस ५ गते नभएर जनमुक्ति सेना विघटन गरेको दिनदेखि भएको बताए।

विप्लवमाथिको प्रतिबन्ध फिर्ता गर्न आग्रह
सरकारले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फिर्ता लिन वैद्यले माग गरे। उनका नेता कार्यकर्तालाई पक्राउ गरेर जेल राखिएकाले तत्काल रिहाई गर्न  वैद्यले आग्रह गरे।

‘विप्लवले नेतृत्व गर्नु भएको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाइयोस्। नेकपा नेता/कार्यकर्ता जेलमा राखिएको छ। ती नेता/कार्यकर्ताहरुलाई तुरुन्त रिहाइ गरियोस्। तेस्रो कुरा यी उहाँहरुले उठाएका मुद्दा राजनीतिक मुद्दा हुन्। राजनीतिक मुद्दा भएकाले राजनीतिक ढंगले समाधान गरियोस्’ वैद्यले भने, ‘खाँटी कम्युनिस्ट कुन हो यहाँ बहस छ। ओलीले आफूलाई खाँटी कम्युनिस्ट भन्नु हुन्छ। प्रचण्ड-माधव समूहले ओलीलाई नक्कली भन्नुहुन्छ। हामीले दुबै पक्षलाई नक्कली भन्छौं। यदी सक्कली कम्युनिस्ट हौ भने विप्लवमाथि प्रतिबन्ध लगाउनु पर्ने कारण के छ ?’

झापा विद्रोहदेखि जनयुद्ध लगायत विभिन्न आन्दोलनमा भएका शहीदको रगतको आहलमा बसेर ओली-प्रचण्डहरुले राजनीति गरेको वैद्यले बताए। ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले कुनै सैद्धान्तिक नभएर व्यक्तिगत स्वार्थ मात्रै हेरेको बताए। आफूलाई सक्कली कम्युनिस्ट भन्नेले राष्यिट्रयता, जनतन्त्र जनजीवीका मुद्दाहरु हल गर्न नसकेपछि आफूहरु संघर्षमा होमिनु परेको वैद्यले बताए। 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ११:२४
  • #नेकपा
  • #एकता
  • #विप्लव
  • #वैद्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्