• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सैन्य प्रदर्शनले उब्जाएका प्रश्न
64x64
नेपाल लाइभ शनिबार, माघ २४, २०७७  १९:०७
1140x725

काठमाडौंको नारायणहिटी दरबार क्षेत्र कुनै बेला ‘निषेधित क्षेत्र’ थियो। दरबारको सामुन्ने मात्र होइन, वरपरसम्म पनि धर्ना, जुलुस वा प्रदर्शन गर्न पाइन्नथ्यो। 
यो देशमा राष्ट्राध्यक्षका रुपमा राजा रहेको राजतन्त्रकालीन कुरा थियो। अहिले राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र चलायमान छ। राजाको त्यसबेलाको मुकाम, नारायणहिटी राजदरबार अहिले नारायणहिटी दरबार संग्रहालयमा परिणत भइसकेको छ।

ऐतिहासिक महत्व भएपनि यसको परिचय पछिल्लो समय महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा छ। त्यसबेलाको दरबारभित्र के थियो भनेर हेर्न, जान्न चाहने जिज्ञासुहरुको प्रायः त्यहाँ घुईंचो लाग्छ। शुक्रबार भने नारायणहिटी दरबार क्षेत्र अर्कै कारणले चर्चामा आयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारपक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो शक्ति प्रदर्शन गर्ने स्थलका रुपमा नारायणहिटीकै सामुन्नेको प्रांगण रोजेपछि यसको चर्चा ह्वात्तै चुलियो। तर, यो चर्चाभित्र अधिकांश संशयको हिस्सा थियो। पार्टीभित्रको शक्तिसंघर्ष पन्छाउन प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओली लगामविहीन शासन चलाउने तत्कालीन राजा ज्ञानेन्द्रकै ‘पथ’मा अग्रसर भएको टिप्पणी भइरहँदा ओलीको रोजाइमा नारायणहिटी प्रांगण परेको थियो। 

ओलीले यो बेला शक्ति प्रदर्शनका लागि नारायणहिटीकै प्रांगण किन रोजे भन्ने प्रष्ट छैन। कतिपयका बुझाईमा असीमित शक्तिअभ्यास गर्न अग्रसर प्रधानमन्त्री ओलीले जानीबुझीकनै दरबारको प्रांगणमा उभिएर त्यस्तै सन्देश दिन खोजेका हुन्। तर, यसबीचमा योभन्दा पनि संशयपूर्ण अर्को घटना देखापर्‍यो। त्यो हो– नेपाली सेनाले गरेको बख्तरबन्द गाडीको प्रदर्शन।

यो पनि पढ्नुहोस्

अत्तरियामा पनि सेनाका बख्तरबन्द गाडीबिहीबार, माघ २२, २०७७

राजधानीका सडकमा निस्केका सैन्य बख्तरबन्द गाडीले माघ १९ राति धेरैको मथिंगल हल्लाइदिए। मध्यरातमा काठमाडौंको चक्रपथमा कुदेका सैन्य बख्तरबन्द गाडी काठमाडौंमा मात्र सीमित भएनन्, देशभरका थप सातवटै पृतनाबाट पनि यसैगरी सडकमा निस्किए। पूर्व–पश्चिम राजमार्गमा कुदेका कतिपय यस्ता गाडी माघ २२ गते, बुधबारसम्म पनि सडकमै देखिएका थिए।

सेनाले बढाएको संशय
नेपाली सेनाले आफ्ना प्रवक्ताको आधिकारिक ट्वीटरमा माघ १८ गते लेखेको थियो– ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको। त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौं।’

सैनिक सेवाबाट निवृत्त भएका एक उपरथीले भने, 'तर, मध्यरातमा कुदाउने, राजमार्गमा घण्टौंसम्म कुदाउने काम चाहिँ मलाई पनि अनौठो लागेको छ।’

खासमा सेनाले सडकमा निकालेका गाडीहरु एपिसी (आम्र्ड पर्सनल क्यारियर) हुन्। कतिपयले सैन्य ट्यांक भने पनि ती ट्यांक होइनन्। हातहतियार र बन्दोबस्तीका सामानसहित सैनिक ओसार्न यिनको प्रयोग गरिन्छ। सानातिना हतियार ‘फायर’ हुँदा पनि यी एपिसीहरु बेरोकटोक अगाडि बढ्न सक्छन्। कतिपय द्वन्द्वग्रस्त देशमा नेपाली सेना खटिएका राष्ट्रसंघीय शान्ति मिसनहरु रद्द भएपछि सेनामा अहिले धेरै एपिसी जम्मा भएका छन्। केही सेनाको नियमित रङका छन् भने कतिपयलाई नयाँ नयाँ रङरोगन पनि गरेर चिटिक्क पारिएको छ। 

Ncell 2
Ncell 2

अनि माघ १९ देखि २२ गतेसम्म काठमाडौंको चक्रपथदेखि पूर्व–पश्चिम राजमार्गमा समेत गरिएको यसको प्रदर्शन के हो त?

नेपाली सेनाका निमित्त प्रवक्ता, महासेनानी पदम बुढाले यस्तो अभ्यास सेनाले सँधै गर्ने गरेको, यो नियमित प्रक्रिया नै भएको तर यसपालि चाहिँ ‘परिस्थितिजन्य कारणले अर्को अर्थ नलागोस्’ भनेर पहिले नै सूचना जारी गरिएको नेपाल लाइभलाई बताए। अनि २१ गते भनिएको अभ्यास २२ गते बेलुकासम्म पनि राजमार्गमा देखियो नि भन्ने प्रश्नमा महासेनानी बुढाले भने, ‘२१ गते काठमाडौं बाहिरका सातवटै पृतनाबाट अभ्यासमा निस्केको हो। फर्कने क्रममा केही ठाउँमा २२ गते पनि अभ्यास जस्तो देखियो। जस्तो कि, नेपालगञ्जबाट बुटवलसम्म पुगेका एपिसी फर्कंदा ढिलो भयो, तर त्यो २१ गतेकै अभ्यास हो।’

माओवादीको हिंसात्मक विद्रोहताका सेनाका बख्तरबन्द गाडीहरु सडकमा जताततै हुन्थे। तर, शान्तिप्रक्रियासँगै तिनका गतिविधि रोकिए। सेनाले प्रयोग गर्ने यस्ता एपिसीहरु धेरैजसो राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत विभिन्न मुलुकमा खटिने सैनिकहरुले प्रयोग गर्दै आएका छन्। तर, पछिल्लो समय त्यस्ता मिसन समेत धमाधम रद्द हुनथालेकाले सेनासँग रहेका एपिसीको संख्या बढेको छ। 

यो पनि पढ्नुहोस्

सेनाका बख्तरबन्द गाडी चक्रपथमासोमबार, माघ १९, २०७७

‘ती एपिसीलाई नियमित चलाइराख्नु हुन्छ, यो हतियार साँध लगाएर राखेजस्तै हो। म पृतनापति हुँदा प्रत्येक दुई दिनमा स्टार्ट गर्न लगाउथेँ, हप्ता वा १५ दिनमा एकपटक चाहिँ २५ किलोमिटरजति कुदाउन लगाउथेँ’, केही समय पहिले सैनिक सेवाबाट निवृत्त भएका एक उपरथीले भने, 'तर, मध्यरातमा कुदाउने, राजमार्गमा घण्टौंसम्म कुदाउने काम चाहिँ मलाई पनि अनौठो लागेको छ।’

shivam cement

shivam cement

नियमित रुपमा चलाइरहनुपर्ने भएपनि तेल निकै खपत हुने हुँदा एपिसीहरु धेरै टाढा लिईंदैन। तर, सेनाले राजमार्गमा निकै लामो दूरी पार गर्ने गरी एपिसीहरुको लस्कर किन चलायो?

ती पूर्वउपरथीले प्रश्न उठाए झैं काठमाडौंको चक्रपथमा मध्यरातमै किन एपिसी कुदाइयो? जंगी अड्डाका अधिकृतहरु काठमाडौंको ट्राफिक व्यवस्थालाई ध्यानमा राखेर मध्यरातमा चलाइएको दाबी गर्छन्। ‘अन्य देशमा सेनाको आफ्नै एरिया ठूलो हुन्छ, सैनिक व्यारेक शहर वा बस्तीभन्दा धेरै टाढा हुन्छ र एपिसी कुदाउन मिल्ने ठाउँ त्यहीँभित्रै हुन्छ’, जंगी अड्डाका एक अधिकृतले भने, ‘काठमाडौंमा दिउँसो एपिसी सडकमा निकाल्ने अवस्था हुन्न, त्यही भएर मध्यरातमा निकालिएको हो।’

‘सरकारविरुद्ध आन्दोलन उठेको छ, सडकमा प्रदर्शनहरु हुन थालेका छन्, यो बेला सरकारको पक्षमा सैन्य शक्ति देखाएर तर्साउन खोजेको जस्तो देखिन्छ’, अवकाशप्राप्त एक उच्च सैनिक अधिकृतले भने, ‘जेसुकै भए पनि सेनाबाट यो राम्रो अभ्यास भएन।’ 

तर, ती पूर्वउपरथी जंगी अड्डाको यो भनाइमा सहमत छैनन्। ‘ट्राफिक व्यवस्थापनकै कुरा हो भने दक्षिणकालीतिर गएर अभ्यास गरेको भए पनि त हुन्थ्यो, चक्रपथमै किन गर्नुपथ्र्यो र? आखिर एपिसी गुडाउन पिच बाटो नै चाहिने होइन।’ 

सेनाले चाहे काठमाडौंमा होस् या काठमाडौं बाहिर, धेरैजसो एपिसीको लस्कर कुदाएको थियो। एपिसीहरु खिया नलागून् र आवश्यक परेका बेला चलाउन सकियोस् भन्ने मात्र उद्देश्य हो भने छुट्टाछुट्टै पनि तिनलाई चलाउन सकिन्थ्यो। तर, सबै एपिसीलाई लस्कर बनाएर सडकमा किन निकालियो? 
प्रश्न यति मात्र छैनन्। सेनाको व्यवहारले अरु कैयन् प्रश्न उब्जाएको छ। 

एक उच्च सैनिक अधिकृतले यसअघि एपिसीको यस्तो अभ्यास ब्यारेकभित्रै हुने गरेको अनुभव सुनाए। काठमाडौंमा सितापाइलास्थित ब्यारेक यसका लागि प्रयोग गरिन्थ्यो। ‘एपिसी राख्ने पनि सितापाइलास्थित ब्यारेकमै हो, त्यहाँ एपिसी कुदाउने ठाउँ पनि छ’, ती सैनिक अधिकृतले भने, ‘यसपालि त्यहीँ नै चलाउन नसकिने के कारण पर्‍यो? अनि यिनलाई १८० कै स्पीडमा कुदाउनैपर्ने कुनै बाध्यता थियो र?’

सेनाले औपचारिक रुपमै भनेको छ– यो नियमित अभ्यास हो। एपिसीलाई हप्ता वा १५ दिनमा एकपल्ट चलाउने गरिएको सैनिक अधिकृतहरु नै बताउँछन्। त्यसो हो भने तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा ‘सैन्य कू’ गरेको माघ १९ कै मिति यसका लागि किन छनोट गरियो, त्यो पनि तामझामसहित?

मनोवैज्ञानिक सन्देश !
जंगी अड्डाका एक सैनिक अधिकृत आइपर्ने परिस्थितिका लागि ‘हामी क्यापेबल छौं’ भन्ने देखाउनु पनि यो प्रदर्शनको उद्देश्य भएको बताउँछन्। तर, यसको उद्देश्य योभन्दा गहिरो देखिन्छ। ‘सरकारविरुद्ध आन्दोलन उठेको छ, सडकमा प्रदर्शनहरु हुन थालेका छन्, यो बेला सरकारको पक्षमा सैन्य शक्ति देखाएर तर्साउन खोजेको जस्तो देखिन्छ’, अवकाशप्राप्त एक उच्च सैनिक अधिकृतले भने, ‘जेसुकै भए पनि सेनाबाट यो राम्रो अभ्यास भएन।’ 

ती अधिकृतका अनुसार यो नियमित अभ्यास नै भए पनि यसपछाडिका धेरै कुरा संशयपूर्ण देखिएका छन्। 

सैन्य मामिलाका जानकार एवं विघटित प्रतिनिधि सभाका सदस्य दिपकप्रकाश भट्ट सेनाले यो प्रदर्शनमार्फत ‘मनोवैज्ञानिक इम्प्रेसन’ दिएको बताउँछन्। ‘सत्तासीन पार्टीभित्रको किचलोले गर्दा असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले असीमित शक्ति अभ्यास गर्ने रुचि देखाइरहेका र त्यसविरुद्ध सबै राजनीतिक शक्तिहरु सक्रिय भएका बेला सेनाले मनोवैज्ञानिक इम्प्रेसन दिइरहेको छ’, नेपाली सेनाबारे विद्यावारिधि गरेका भट्टले नेपाल लाइभसँग भने, ‘यसको सांकेतिक अर्थ छ। सेनाले एपिसीका नट बोल्ट ठिक छ भन्ने कुरा चेक गर्नलाई भने पनि यो त्यतिका लागि होइन। सिभिल–मिलिटरी रिलेसनबारे सेनाले धेरै कुरा नबोल्ने गरेकाले यसलाई राजनीतिक नेतृत्वले ध्यान दिन जरुरी छ।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १९:०७
  • #सेना
  • #बख्तरबन्द
  • #आशंका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो
सम्बन्धित सामग्री
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २.०० बजेदेखि सुरु हुनेगरी प्रदेशसभा बैठक आह्वान गरेका हुन्। आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ। आइतबार, जेठ ४, २०८२
कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी... आइतबार, जेठ ४, २०८२
ताजा समाचारसबै
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्