काठमाडौं- हरिभक्त सिग्देल 'महेश'को कृति 'गौराङ्ग' खण्डकाव्य विमोचन भएको छ। साहित्य वाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिबार काठमाडौं खण्डकाव्य विमोचन गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले 'गौराङ्ग' विमाचन गरेका हुन्। गौराङ्ग खण्डकाव्य कम प्रचार भएका गौराङ्ग बाबाका विषयमा लेखिएको कृति हो।
कार्यक्रममा प्रमुख अतिथि मैनालीले मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको समुद्घाटन समेत गरे। मिना सिग्देल उप्रेती द्वारा स्थापना गरिएको ‘शेरबहादुर कान्छी उप्रेती’स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक तुलसीहरि कोइरालालाई ११ हजार १ सय ११ नगद सहित प्रदान गरिएको थियो। कार्यक्रममा समालोचक युवराज मैनाली, प्रा.डा अर्जुनदेव भट्ट, डा. खेम कोइराला ‘बन्धु', कलानिधि दाहाललागायतले कति र कृतिकारबारेमा चर्चा गरेका थिए।
कार्यक्रमको संयोजन बलराम दाहाल र भैरवी भूगोलले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।