काठमाडौं- नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले साहित्य साधक डा राजेन्द्र विमललाई प्रतिभा सम्मान र युवा कवि बिमला तुम्खेवालाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ।
प्रतिष्ठानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गरी स्रष्टाद्वयलाई सम्मान गरेको हो।
सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले १ लाख रुपैयाँ नगदसहित कवि तुम्खेवालाई प्रतिभा पुरस्कारबाट पुरस्कृत गरे।
वरिष्ठ साहित्यकार डा विमलका तर्फबाट सम्मान लिन उनका छोरा उपस्थित थिए। प्रतिभा सम्मानको राशी ५० हजार रुपैयाँ रहेको छ।
नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै दुवै स्रष्टालाई सम्मान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।