• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संविधान र जनविश्वासमा गम्भीर घात टिप्पणी
64x64
किशोर दहाल आइतबार, पुस ५, २०७७  २१:४९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणहरूमा केही विषयको चर्चा गर्न छुटाउँदैनथे। तिनैमध्येका थिए- भ्रष्टचारविरुद्ध शून्य सहनशीलता, समृद्धि र लोकतन्त्रमाथि निष्ठा। अघिल्ला दुई विषयको चर्चा अहिलेका लागि कुनै चर्चाको विषय रहेन। किनकि, ती विषय उनी स्वयंका लागि बोझ सावित भइसकेको थियो। तर, आइतबार मात्रै उनले लोकतन्त्र पनि आफ्ना लागि बोझ भएको प्रष्ट पारे।

आइतबारको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो। बैठकमा कतिपय मन्त्रीले त्यस्तो कदमको विरोध पनि गरेका थिए। तर, ओलीले बेवास्ता गरिदिए। उनको कदम संविधानको मर्म विपरीत हुने र त्यसलाई राष्ट्रपतिले सच्याउने अपेक्षा गरिएको थियो। तर, राष्ट्रपतिले पनि अनुमोदन गरिदिएपछि संविधान ठूलो अपेक्षाले ओतप्रोत जननिर्वाचित थलो केही घण्टामै अस्तित्वविहीन बन्न पुग्यो। कतिपयले सर्वोच्च अदालतलाई अर्को आशाको रुपमा व्यक्त गरेका छन्। त्यो भने प्रतीक्षाको विषय छ।

पछिल्लो कदम चाल्नुका कारणबारे प्रधानमन्त्रीको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएका छैनन्। त्यसैले उनले संसद विघटन गर्नुमा उनका स्वभाव, पार्टीभित्रका केही परिस्थिति, उनले आफ्नो शासनशैलीका बारेमा केही समययता दिइरहेका संकेतहरुबाट उनका कदम पर्गेल्न सकिन्छ। 

स्वेच्छाचारी बन्ने चाहना
गत असारमा उनले हठात् संसद अधिवेशन अन्त्य गरिदिएका थिए। त्यतिबेला उनले पार्टिभित्र परामर्श त गरेनन् नै, संसद्‌का नेतृत्वकर्ता सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई पनि सुइँको दिएनन्। जनप्रतिनिधिमूलक संस्थाप्रतिको अरुचि नै त्यसको मूल कारण थियो भन्ने पुष्टि भएको छ।

वैशाखमा उनले दुई अध्यादेश ल्याएर विवादित भएका थिए। जुन खारेज पनि गरिए। आवश्यकताले नै अध्यादेश ल्याएका हुन्थे भने लगत्तै बसेको संसद बैठकमा सो विषयमा आफूले चाहेजस्तो कानुन बनाउने प्रयत्न गर्थे। तर त्यतातिर लागेनन्। बरु संसद नचलेको बेलामा पुनः उही अध्यादेश ल्याए। असारमा संसदको अधिवेशन अन्त्य भएपछि ल्याइएको संवैधानिक परिषद् सम्बन्धी पछिल्लो अध्यादेश सातौं थियो। महिनामा एउटाभन्दा बढी अध्यादेश जारी गरेर प्रधानमन्त्री कानुन बनाउने अधिकार पनि आफूमै निहित राख्न चाहन्छन् भन्ने देखिन्छ। 

जनप्रतिनिधिमूलक संस्थाप्रतिको अरुचि नै त्यसको मूल कारण थियो भन्ने पुष्टि भएको छ।

आफूमा शक्ति केन्द्रित गर्ने ओलीको चाहना पुरानै हो। प्रधानमन्त्री बनेदेखि नै उनी त्यस खालका अभ्यास गरिरहेका थिए। पछिल्लो पटक ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई पनि सोही कोणबाट हेरिनु उचित हुन्छ। संसद नरहने अवस्थामा महत्त्वपूर्ण निकायमा आफू अनुकूल नियुक्ति गर्न सहज हुने र त्यसले आफूलाई सहयोग र अरुलाई दबाब बढाउन सकिने उनलाई थाहा नहुने कुरै भएन।

पार्टीभित्र त उनले आफूलाई स्वेच्छाचारी बनाइरहेका थिए। अब संसद समेत विघटन गरेर समग्र नेपाली राजनीतिमै स्वेच्छाचारी बन्ने बाटो खोजेका छन्।

Ncell 2
Ncell 2

संविधानमाथि प्रहार
यो संसद् मूलतः संविधानको कार्यान्वयनको दृष्टिले सबैभन्दा सफल संस्था हो। यसको सफलतासँगै २०७२ सालमा घोषणा भएको नेपालको संविधानले एउटा बाटो पकड्ने अपेक्षा गरिएको थियो। तर, जारी भएको ५ वर्ष बित्दै गर्दा संविधानमाथि नै गम्भीर घात भएको छ।

प्रधानमन्त्री आन्तरिक शक्ति संघर्षमा भन्ने गरेका थिए- मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने प्रयत्न भयो भने कसैले बस्न नमिल्नेगरी भाँचिदिन्छु। कुर्सी त बिम्ब थियो। उनले त संविधान र व्यवस्थालाई नै खतरा निम्त्याइदिन्छु भन्न खोजेका थिए। कालान्तरमा उनले आफूलाई पुष्टि गरे।

संविधानसँग इतिहासका ठूलो संघर्ष र अपेक्षा जोडिएका थिए। त्यसलाई मजबुत बनाउँदै अघि बढ्नुपर्ने दायित्व यसका निर्माणकर्ताहरुको हो। ओली पनि संविधान निर्माणमा सक्रियमध्येका एक नेता हुन्। उनीबाट पनि सोही किसिमको अपेक्षा गरिनु नाजायज हुँदैन। तर मुलुकको दुर्भाग्य, उनैबाट संविधान जोगाउनुपर्ने अवस्था आइपुगेको छ।

केपी ओली, जो संविधानको सबैभन्दा ठूलो रक्षकको रुपमा आफूलाई उभ्याउँथे। र संशोधनको माग गर्नेहरुप्रति बैरभाव राख्दथे। तर, आज उनैले संविधानले प्रत्यक्ष अधिकार नदिँदा नदिँदै पनि संसद विघटनको कदम उठाए। र कतिपयको शब्दमा संविधानमाथि नै ‘कू’ गरे। अर्कोतिर, संविधान निर्माण प्रक्रिया र संविधानका कतिपय प्रावधानप्रति असहमति जाहेर गरेका र गरिरहेका शक्तिहरुले भने संविधानको रक्षाका लागि अपिल व्यक्त गरिरहेका छन्। अनौठो समय सन्दर्भमा मुलुक आइपुगेको छ।

shivam cement

shivam cement

अन्य उपलब्धि पनि जोखिममा
संविधान मात्रै होइन, पछिल्ला उपलब्धिको रुपमा गणना गरिने गणतन्त्र, संघीयता र धर्म निरपेक्षामाथि पनि प्रहार सुरु हुन सक्ने देखिएको  छ। यसका दुई तर्क अघि सार्न सकिन्छ। पहिलो त, संसद् विघटन जस्तो अलोप्रिय र संविधानको मर्ममै प्रहार हुने कदम चाल्न सक्ने शासकबाट आगामी दिनमा जस्तासुकै कदम पनि चालिन सक्छ। दोस्रो, ती उपलब्धिका लागि भइरहेका संघर्षमा ओली कतै पनि थिएनन्, बरु त्यसलाई अनेक शाब्दिक चलाखीबाट गिज्याइरहेका थिए। शासन सञ्चालनका क्रममा पनि उनी त्यसपछि इमानदार नभएको टिप्पणी हुँदै आएको थियो। आफूले गर्व गर्न नसक्ने तर बोकिरहनुपर्ने ‘बोझ’लाई उनले जुनसुकै बेला बिसाउन सक्छन्।

'मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने प्रयत्न भयो भने कसैले बस्न नमिल्नेगरी भाँचिदिन्छु,' भन्ने गर्थे ओली। कुर्सी त बिम्ब थियो। कालान्तरमा उनले आफूलाई पुष्टि गरे।

पछिल्लो कदममार्फत ओलीले आफ्नो अधिनायकवादी आकांक्षाको प्रष्ट परिचय दिइसके। अब उनीबाट क्रमैसँग जुनसुकै उपलब्धि पनि हठात् गुम्न सक्छन्। अवस्था यस्तो सिर्जना भएको छ कि, उनले आफ्नो स्वेच्छाचारितालाई प्रस्फुटित गरिसके तर उनीमाथि नियन्त्रण गर्ने कुनै नागरिक संस्था देखिँदैनन्। सर्वोच्च संस्था राष्ट्रपति उनको सहयोगी साबित भइसकेको छ।

लामो समय संविधानभन्दा माथिका, जनताको चाहनाभन्दा माथिका, शक्तिको आडमा सत्ताको स्वामित्व लिएकाहरुसँग जुधेर र जितेर नेपाली समाज आजको बिन्दुमा आइपुगेको हो। नेपाली समाजले अर्को संघर्षको प्रतीक्षा गरिरहेको रहेछ भन्ने कसलाई थाहा थियो र?

जनअपेक्षामाथि घात
संविधानसँगै ओलीले जनविश्वासमाथि पनि घात गरेका छन्। २०७४ सालको चुनावमा ओलीले सबैभन्दा दोहोर्‍याएको विषय थियो- स्थिरताको जगमा समृद्धि। तर, स्थिरताको सबैभन्दा ठूलो दुस्मन नै उनी देखिए। कहिले दल फुटाउने अध्यादेश ल्याउने र कहिकले संसद नै विघटन गर्ने कदम चालेर उनी चुनावमा जनतालाई दिलाएको विश्वासको विरुद्धमा उभिएका छन्।

नेकपाभित्रको पछिल्लो विवादमा बाहेक उनको पदीय निरन्तरतामाथि प्रश्न उठेको थिएन। जनताले जस्तै पार्टीले पनि उनलाई ५ वर्षे प्रधानमन्त्रीको जिम्मेवारी सुनिश्चित गरिदिएको थियो। तर, पार्टीलाई धोका दिएर उनले आफैंलाई समस्या निम्त्याएका छन्। यो उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हुनेछ। र नेपाली जनतामाथि गरेको सबैभन्दा गम्भीर विश्वासघात।

त्यसो त, संविधानले नै स्थिरताको परिकल्पना गरेको थियो। त्यसैले पनि संसद विघटनका लागि अहसज प्रावधान राखिएका थिए। तर, ओलीले शक्तिको बलमा त्यसमाथि प्रहार गरे। शक्तिको मातमा आज ती कदम उनी र उनका वरिपरिका व्यक्तिहरुका लागि स्वभाविक देखिएला। तर, राजनीतिक अभिलेखमा यो एउटा चोट बनिरहने छ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  २१:४९
  • #प्रतिनिधिसभाविघटन
  • #संसद्‍

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मेमा... शुक्रबार, जेठ २, २०८२
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश त्यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश... शुक्रबार, जेठ २, २०८२
गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड आज (शुक्रबार) बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । शुक्रबार, जेठ २, २०८२
ताजा समाचारसबै
आईपीएलका बाँकी खेल आजबाट सुरु हुँदै, आज बैङ्गलोर र कोलकाता भिड्दै शनिबार, जेठ ३, २०८२
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग शनिबार, जेठ ३, २०८२
सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने शनिबार, जेठ ३, २०८२
आजको मौसमः देशका पहाडी क्षेत्रमा आंशिक बदली, केहि क्षेत्रमा वर्षाको सम्भावना शनिबार, जेठ ३, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्