• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कसरी मत्थर भयो कांग्रेस विवाद?
64x64
लिलु डुम्रे मंगलबार, कात्तिक २५, २०७७  १४:५९
1140x725

काठमाडौ– संस्थापन पक्षका कतिपय पूर्वनिर्णय फिर्ता गराउन बाध्य पार्नलाई दबाब सिर्जना गर्ने उद्देश्यले संघर्ष गर्ने टुंगोमा पुगेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अन्ततः पछि हटेको छ।

असोज १२ मा बुझाइएको १६ बुँदे विरोधपत्रमा न्यायपूर्ण र विधिसम्मत समाधान गर्न गम्भीरता र तदारुकता नदेखाए संघर्ष र विरोध कार्यक्रम गर्ने चेतावनी पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई दिएको थियो। पौडेल पक्षले उठाएका मागमा आंशिक समाधान निस्केसँगै उक्त समूह पछि हटेको छ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको कार्यकाल, अन्य दलबाट आएकाहरुलाई वितरित सदस्यता लगायतमा कांग्रेसभित्र विवाद चर्किएको थियो। एकतर्फी निर्णय अस्वीकार गर्ने निचोडमा पुगेको पौडेल पक्ष क्रियाशील सदस्यता विवाद टुंगाउने संस्थापन पक्षले वचन दिएसँगै पूर्व अडानबाट पछि हटेको छ। अन्य मुद्दालाई ‘उचाले’ पनि पौडेल पक्षले पूर्ववत अडान कायम राख्न सकेन।

गत पुसदेखि नै पौडेल समूहले विभाग गठनको विरुद्धमा आवाज उठाउँदै आएको थियो। सभापति देउवाले बढाएका विभाग र मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेको पौडेल समूहले अन्तत ‘चिसै पानीले नुहाएको’ छ।

तर पौडेल पक्षीय नेता अर्जुनरसिंह केसी आफ्नो पक्ष पछि नहटेको दाबी गर्छन्। राष्ट्रिय परिस्थितिलाई मूल्यांकन गर्दै कांग्रेसबीच थप एकता महसुस गरी समाधान उन्मुख भएको उनले बताए।

विभागमा मनोनयनको क्रममा कतिपय सदस्य संस्थापनइतरका पनि परेकाले विभागको मुद्दालाई जोडदार रुपमा पौडेल पक्षले उठाउन नसकिएको बताइएको छ। विभाग भंग हुँदा आफ्नै समेत टाढिने भयले पौडेल पक्ष पछि हटेको बताइएको छ। थप विभाग गठन नगर्ने गरी सहमति बनेको छ। निर्णयको विरोधमा उत्रेको पौडेल पक्षले ‘कुत्सित मनसायले विभाग गठन भएको’ जनाउँदै आएको थियो।

पौडेल पक्षले विवादको मूल मुद्दा क्रियाशील सदस्यता वितरणलाई बनाएको थियो। अन्य दलबाट कांग्रेस प्रवेश गर्नेलाई क्रियाशील सदस्यता वितरण गर्दा विधान कुल्चेको पौडेल पक्षको जनाउँदै आएको थियो। महाधिवेशन प्रभावित गर्ने गरी नवप्रवेशीलाई हैसियतभन्दा बढी क्रियाशील सदस्यता बाँडेको पौडेल पक्षले बताउँदै आएको थियो।

पौडेल पक्षीय नेता अर्जुनरसिंह केसी आफ्नो पक्ष पछि नहटेको दाबी गर्छन्।

Ncell 2
Ncell 2

अन्य दलबाट आएकालाई क्रियाशील सदस्यताको छानबिन गरी वितरण गर्न संस्थापन पक्ष तयार भएको छ। वडा र केन्द्रले समन्वय गरेर क्रियाशील सदस्यता वितरण गर्ने समझदारी बनेको देउवा पक्षीय नेता एनपी साउदले जानकारी गराए। उनका अनुसार पद्धति मिचेर क्रियाशील सदस्यता वितरण गरेको भेटिए रद्ध गर्ने सहमति बनेको छ। 

पार्टी विधानसँग बाझिने गरी डडेलधुरा, कपिलवस्तु, डोल्पा, कैलाली, रसुवा लगायतका जिल्लामा क्रियाशील सदस्यता वितरण भएको पौडेल पक्षको जनाएको छ। राप्रपाका सुनिलबहादुर थापा सहित अन्य दलबाट प्रवेश गरेकालाई संस्थापन पक्षले पार्टीमा निर्णय नगरी हजारौं क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाइएको छ।

जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापति र मातहतका निकाय प्रमुखको अधिकारलाई केन्द्रले कुल्चेको पौडेल पक्षको आरोप थियो।

संगठन समायोजनको कार्य नसकिनुमा संस्थापनइतरले देउवा पक्षलाई कारण मान्दै आएको छ। निर्वाचन समितिको कार्यमा प्रश्न उठाउँदै पौडेल पक्षले संस्थापन हाबी भएको जनाएको थियो। निर्वाचन समितिले गरेका कार्यमा चित्त नबुझेको भए समितिका पाँचै सदस्यले राजीनामा दिने बताएका थिए। संस्थापन पक्षसँगै निर्वाचन समितिलाई पौडेल पक्षले आरोप लगाएपछि निर्वाचन समितिले राजीनामा दिने पत्र लेखेको बताइएको छ। निर्वाचन समितिको चेतावनीयुक्त पत्रपछि पौडेल पक्ष समायोजनको मुद्दाबाट पछि हटेको एक नेताले बताए।

shivam cement

shivam cement

विवादका कारण समायोजन नसकिँदा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङमा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

समायोजनको पूर्ण अधिकार निर्वाचन समितिलाई दिने गरी पुनः सहमति बनेको छ। विवादका कारण समायोजन नसकिँदा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङमा क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

भ्रातृ तथा शुभेच्छुक संस्थाको सन्दर्भमा पौडेल पक्षले उठाएको मागको सुनुवाइ हुन सकेको छैन। संगठनको अधिवेशनबाट निर्वाचितलाई मात्रै केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने विधानको व्यवस्था छ। अधिकांश भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन वर्षौंदेखि हुन सकेको छैन। भ्रातृ संस्थाको महाधिवेशन गराएर मात्रै पार्टी केन्द्रको महाधिवेशन प्रतिनिधि हुनुपर्ने माग पौडेल खेमाले उठाएको छ।

शीर्ष नेताको बैठकमा भ्रातृ संस्थाको विषयमा छलफल भएपनि कुनै निचोड निस्केको छैन। पार्टीको महाअधिवेशन हुन नसक्ने अवस्थामा भ्रातृ संस्थालाई अधिवेशन गर्न निर्देशन दिनु व्यवहारिक नहुने नेता साउदले बताए।

भ्रातृ संस्थाको पदाधिकारी माथिल्लो पदमा पुगेको अवस्थामा भ्रातृ संस्थाको पद स्वत छोड्नुपर्ने विधानको व्यवस्था छ। उक्त मुद्दालाई पटकपटक पौडेल पक्षले उठाएको थियो। तर, समाधान निस्कन सकेको छैन। दलित संघका अध्यक्ष र महासचिव केन्द्रीय समितिमा भए पनि संघको जिम्मेवारी नछोडेका पौडेल पक्षको आरोप छ।

पार्टीमा विदेशस्थित जनसम्पर्क समितिमा पनि विवादलाई समेत पौडेल पक्षले उठाए पनि निष्कर्ष निस्कन सकेन। अमेरिका, अस्ट्रेलिया, बेल्जियम लगायतका जनसम्पर्क समितिले एकले अर्को पक्षलाई निश्कासन गर्दै आएका छन्।

पौडेल पक्षले उठाएका मागमा आंशिक समाधान निस्किएपछि  उक्त समूह पछि हटेपछि विवाद मत्थर भएको हो। 

नुवाकोट, पर्सा, कैलाली, सोलुखुम्बु, इलाम र भक्तपुरमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यतामा समेत विवाद छ। विवादित क्रियाशील सदस्यता छानबिन प्रतिवेदन पेश गर्न नेता रमेश लेखकको संयोजकत्वमा समिति बन्ने आन्तरिक तयारी छ। विवादित विषय सम्बोधन हुने गरी गृहकार्य गरी केन्द्रीय समितिमा प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्ण बहादुर खड्कालाई जिम्मेवारी दिइएको छ।

महामन्त्रीद्वयले पार्टी विवाद, महाधिवेशनको नयाँ कार्यतालिका, सरकार विरुद्ध सडक प्रर्दशन लगायतका मुद्दा समेटेर छलफलका लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने बताइको छ। केन्द्रीय समितिको बैठक बिहीबारका लागि बोलाइएको छ।

पार्टीमा फरक तेस्रो समूहको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले वरिष्ठ नेता पौडेल पक्षले उठाएका माग सम्बोधन हुनुपर्ने राय राखेका थिए। सिटौलाले विवाद समाधान गरी महाधिवेशनको सुनिश्चितता हुनुपर्ने मत राखेका थिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १४:५९
  • #कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ । १५ देखि १७ मेमा... शुक्रबार, जेठ २, २०८२
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश त्यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश... शुक्रबार, जेठ २, २०८२
गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छ : प्रचण्ड आज (शुक्रबार) बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । शुक्रबार, जेठ २, २०८२
ताजा समाचारसबै
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा शुक्रबार, जेठ २, २०८२
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको मृत्यु शुक्रबार, जेठ २, २०८२
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शुक्रबार, जेठ २, २०८२
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्