• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
सन्दीपमाथि आश : टिमको विश्वास जित्लान्?
64x64
नेपाल लाइभ बुधबार, असोज २१, २०७७  १५:२०
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार पाँच खेलसम्म बेन्चमै रहेका सन्दीप लामिछाने बेलाखबत टेलिभिजन स्क्रिनमा देखिँदासम्म चर्चा हुन थालेको छ। त्यो सन्दीपको खेल हेर्ने हुटहुटी नै हो। यसैले दिल्ली क्यापिटल्सको प्लेइङ सेटप्रति सन्दीप समर्थक सन्तुष्ट छैनन्। 

दिल्ली जारी आइपिएलमा बलियो टिमको रुपमा देखिएको छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्ली आठ अंक बनाएर अंक तालिकाको दोस्रोमा छ। जितको लय समातिरहेको दिल्ली टिममा सुरुदेखि लगातार पाँचौ खेलसम्म विदेशी खेलाडीमा परिवर्तन भएको छैन। मार्कस स्टोइनिस, सिमरन हिट्म्यर, कागिसो रबडा र एनरिच नोर्टजेले नै खेलिरहेका छन्। समर्थकहरु भने सन्दीपको गुग्ली बल हेर्न आतुर छन्।

सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्नुअघि दिल्लीले प्रेस विज्ञप्ति निकाल्दै भेट्रान खेलाडी अमित मिश्राले बाँकी आइपिएलका खेल गुमाउने जानकारी दियो। योसँगै बैंग्लोरविरुद्ध नै सन्दीपले खेल्ने सबैको अनुमान थियो। तर दिल्लीले अमितको स्थानमा अक्षर पटेललाई खेलायो। अक्षरले दिल्लीलाई न्याय दिलाए पनि। चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिएका अक्षर प्लेयर अफ द म्याच घोषित भए।

दिल्ली राम्ररी जित्दै गइरहेको नै छ। त्यसैले धेरथोर गल्तिहरु जितले छायामा पारेको छ। दिल्लीको लागि लेग स्पिनर अमित आइपिएलबाट बाहिरिनु नै सबैभन्दा ठूलो दुर्भाग्य हो। तीन खेलबाट अमितले यो सिजन तीन विकेट लिए।

अनुभवि र राम्रा बलर बाहिरिँदा दिल्लीलाई घाटा छ। दिल्लीको पहिलो खेलमा अफ स्पिनर रविचन्द्रन अश्विन घाइते हुँदै दुई खेल गुमाएका थिए। अहिलेसम्म दिल्लीको बलिङ पक्ष किफायती देखिँदै आएको छ। ब्याटिङ पनि उस्तै राम्रो छ। पृथ्वी शो र शिखर धवनको ओपनिङ जोडीले उत्कृष्ट प्रदर्शन गरिरहँदा टिमले उच्च स्कोर बनाइरहेको छ।

दिल्लीका लागि विदेशी खेलाडीको प्रदर्शन सन्तोषनजक मात्रै हैन उत्कृष्ट नै भन्नु पर्छ। स्टोइनिसले पाँच खेलबाट दुई अर्धशतकसहित १२३ रन बनाएका छन्। पञ्जाबविरुद्धको खेलमा सुपर ओभरमा दिल्लीले जित निकाल्दा स्टोइनिसले २१ बलमा ५३ रन बनाएका थिए। त्यस्तै बैंग्लोरविरुद्ध उनले २६ बलमा अविजित ५३ रन नै बनाए। 

यस्तै, हिटम्यरले पनि दिल्लीका लागि फिनिसरको रुपमा ब्याटिङ गर्दै आएका छन्। कागिसो रबडाको बलिङ सोचेभन्दा राम्रो देखिएको छ। उनी ‘गेम चेन्जर’ को रुपमा देखिएका छन्। पाँच खेल खेलेका रबडाले १२ विकेट लिइसकेका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। त्यसैले आगामी खेलमा उनको स्थान कसैले लिन सक्दैनन्। 

Ncell 2
Ncell 2

अर्का दक्षिण अफ्रिकन बलर एनरिच नोर्टजेको बलिङ मध्यम छ। सन्दीप टिममा पर्नका लागि एनरिचको स्थानमा भारतीय तिब्रगतिका बलरलाई खेलाउनु पर्छ। यस्तो हुँदा तीन विदेशी खेलाडी हुन्छन् र बलरको रुपमा सन्दीपले मौका पाउन सक्छन्। यति हुँदा पनि सन्दीपले खेल्न पाइहाल्छन् भन्ने छैन। दिल्लीले एकै पटक तीन स्पिनर खेलाउने छैन। सन्दीप प्लेइङ सेटमा पर्न अश्विन र अक्षरमध्ये एक जनालाई दिल्लीले बेन्चमा राख्नुपर्ने देखिन्छ। मुख्य प्रशिक्षक रिक्की पोन्टिङ अहिले नै यस्तो कदम चाल्ने मनस्थितिमा छैनन्।

आगामी यात्रा तय गर्ने आइपिएल
सन्दीप लामिछानेको लागि यो सिजनको आइपिएलले निकै अर्थ राख्छ। यसकारण पनि उनका समर्थक र शुभचिन्तकहरु सन्दीपले गएको संस्करणहरुमा भन्दा पनि धेरै खेल खेलोस् भनेर कामना गरिरहेका छन्।

दिल्लीसँगको सम्झौता सन्दीपको यो संस्करणपछि सकिँदै छ। त्यसैले आउने सिजनमा अक्सनबाट टिममा पर्न यो सिजन सन्दीपले उच्च प्रदर्शन गर्नै पर्छ। दिल्लीले खेल जित्दै गइरहेको कारण सन्दीपले तत्काल खेल्न नपाउने तर्क नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा सन्दीपकै प्रशिक्षक समेत रहेका राजु खड्काको विश्लेषण छ।

shivam cement

shivam cement

तर यो सिजनमा सन्दीपले राम्रोसँग खेल्न पाएनन् भने आगामी आइपिएल यात्रामा अन्यौल भने रहन्छ नै। सन्दीप आफैले पनि आइपिएल सुरु हुनुअघि यो संस्करण लिगले निकै अर्थ राख्ने बताएका थिए।

उनका प्रशिक्षक समेत रहेका पूर्वकप्तान खड्का भन्छन्, ‘आगामी संस्करणमा आइपिएल खेल्न यो सिजन उनले राम्रो गर्नै पर्छ। यदी यो सिजन खेल्न पाएनन् भने हाम्रो लागि पनि दुर्भाग्य नै हो।’

सन् २०१८ मा भएको अक्सनबाट त्यो बेलाको दिल्ली डियरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा अनुबन्धित गर्यो। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यो सन्दीपको सुरुवाती यात्रा थियो। त्यसपछि उनी विश्वका प्राय सबै लिग खेले। सबै क्रिकेट विश्लेषक र टिमको नजरमा सन्दीप पर्दै गए। खेल निखारिँदै गयो।

डेब्यु आइपिएलमा सन्दीपले ३ खेलबाट ५ विकेट लिन भ्याए। तर अन्तिम समयमा दिल्ली आइपिएलबाट बाहिरिसकेपछि उनले खेल्न पाएका थिए। २०१९ को संस्करणमा भने सन्दीपले ६ खेल खेल्न पाए। तर यो संस्करणमा पनि टिमले सन्दीपलाई खासै विश्वास गरेन। दिल्लीको महत्वपूर्ण खेलमा सन्दीपले बेन्चमै बिताए। 

त्यसबेला ६ खेलबाट ८ विकेट लिए पनि सन्दीप प्लेअफको इलिमिनेटर र क्वालिफायर टु को खेलमा प्लेइङ सेट बाहिरै रहेका थिए। विगतका दुई संस्करणमा सन्दीपलाई टिमले पूर्ण विश्वास गर्न सकेको थिएन भने दिल्लीको कम महत्वका खेलमा मात्रै सन्दीपले मौका पाएका थिए। यो पटक झनै सन्दीपले कम खेल्न पाउने आँकलनहरु पनि हुन थालेको छ।

सन्दीपले २०१९ को संस्करणमा ६ वटा खेल खेलेका थिए भने यो पटक त्यति नै खेलमा खेल्लान् भन्ने अनुमान पनि कमजोर बनिरहेको छ। सन्दीपका लागि युएई पिच भनेको घरेलु मैदान जस्तै हो। सन्दीपले युएईमा अरु देशसँग धेरै खेल खेलेका छन्। त्यसैले त्यहाँको विकेटसँग राम्रो जानकारी भएका बलर हुन् उनी।

बेन्चमा राम्रा खेलाडी

सन्दीप दिल्लीको प्लेइङ सेटमा परेनन् भनेर दुःखमनाउ गरिरहँदा प्लेइङ सेटमा नपर्ने अरु खेलाडीहरुलाई पनि हेर्नुपर्ने हुन्छ। टिमको अवस्था, योजना र खेलाडीको प्रदर्शन हेरेरै प्रशिक्षकले प्लेइङ सेटमा राखेका हुन्छन्।

सन्दीप मात्रै होएन, क्रिकेटको ‘युनिभर्सल बोस’ को उपनामले चिनिने क्रिस गेल पनि बेन्चमै छन्। पञ्जाबको ओपनिङमा केएल राहुल र मयंक अग्रवालले उत्कृष्ट प्रदर्शन गरिरहँदा गेल छायामा छन्। जबकि टी ट्वान्टीमा गेलको जस्तो धुरन्धर ब्याटिङ सायदै कसैको चल्छ। आइपिएलमा ६६ बलमा १७५ रन बनाएका गेलको रेकर्ड कसैले तोड्न सकेको छैन।

यस्तै, दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिर पनि बेन्चमै छन्। चेन्नाई सुपर किंग्सका ताहिरले यो सिजनको आइपिएल खेल्न पाएका छैनन्। त्यस्तै, वेष्ट इन्डिजकै अलराउण्डर जासन होल्डर पनि बेन्च मै छन्। सनराइजर्स हैदराबादमा रहेका उनी पर्ख र हेरकै अवस्थामा छन्। रोयल च्यालेन्जर्स बैंग्लोरका अलराउण्डर क्रिस मोरिस पनि दर्शक बनेर हेरिरहेका छन्। सन्दीप मात्रै हैन विश्वकै उत्कृष्ट खेलाडीहरु पनि लयमा हुँदा हुँदै पनि प्लेइङ सेटमा परेका छैनन्।

सन्दीपसँगै क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले जमैका तलावाजबाटै खेले। सन्दीपको भन्दा प्रदर्शन मुजिबको सिपिएलमा उत्कृष्ट रह्यो। त्यो सिपिएलमा मुजिबले ११ खेलबाट १६ विकेट लिदा सन्दीपले १२ विकेट लिएका थिए। उनै मुजिब पनि अहिले पञ्जाबको बेन्चमै छन्।

दिल्ली टिममै पनि सन्दीप बाहेक पनि केही राम्रा विदेशी खेलाडीहरु बेन्चमै छन्। अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारी, अलराउण्डर किमो पाउल र अलराउडर ड्यानियल साम्स पनि बेन्चमै छन्। यसैले विश्वकै ठूलो फ्रेन्चाइज लिगमा अभ्यासमा सामेल भएर टिममा रहन पाउनु पनि सानो उपलब्धी भने होइन। सिकाइको ठूलो अवसर हुँदै हो। 

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ। शुक्रबार, वैशाख २६, २०८२
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन । आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् । शुक्रबार, वैशाख २६, २०८२
सुरक्षा जोखिमलाई लिएर पाकिस्तानमा जारी पिएसएलका बाँकी खेल युएईमा सारियो भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । शुक्रबार, वैशाख २६, २०८२
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्