• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
१४औं महाधिवेशनमा सभापतिकै उम्मेदवार हुँ : कृष्ण सिटौला [अन्तर्वार्ता]
लिलु डुम्रे/पुष्पा केसी बुधबार, साउन २१, २०७७  १७:४२
1140x725

गत निर्वाचनमा पार्टीमा तेश्रो धार निर्माण गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनकेन्द्रित हुने गरि केही दिनअघि सम्पर्क कार्यालय खोलेका छन्। वैचारिक समूहका रुपमा परिभाषित तेश्रो धारबाट पुनः सभापतिको प्रत्यासी हुने गरि उनले आफ्ना गतिविधि अघि बढाएका छन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टकराव चुलिरहँदा सिटौला आफ्नै सम्पर्क कार्यालयमा व्यस्त छन्। सभापतिको भावी उम्मेदवारी,पार्टी विवाद  र आसन्न महाधिवेशनमा बन्ने समीकरणमा केन्द्रित रहेर नेता सिटौलाको सम्पर्क कार्यालयमा नेपाललाइभका लिलु डुम्रे र पुष्पा केसीले गरेको संवाद:

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेको छ। अर्कोतिर कोरोनाको महामारी पनि छ। महाधिवेशनले व्यस्तता बढेको होला है?
कोरोनाको त्रासदीले मानिसको व्यस्तता घटेको छ। पेशा, व्यवसायको क्रियाकलाप घटेको छ। मानिसहरु खुम्चिएका छन्। बजार,होटल,रेष्टुरेन्ट,यातायात प्रायः बन्द छन्। हिड्नेहरुलाई पनि त्रास छ। हरेक व्यक्तिसँग हरेक व्यक्ति सशंकित छ। परिवारभित्रै  पनि यस्ताे छ।

कोरोना संक्रमण तथा नियन्त्रणमा सरकारको कार्य हेर्दा लापरवाही गरेको देखिन्छ। सरकारले सुरुमा कडा लकडाउन गर्‍यो। विना कारण लकडाउनलाई धेरै खुला गरियो। संक्रमण फैलिएर समुदायमा तीव्र रुपमा बढ्ने खतरा रहेको जनस्वास्थ्य विज्ञहरु बताइरहेका छन्। संक्रमणका बेला पार्टीको कार्यमा व्यस्तता हुन सकिँदैन। ठूलो भेला गर्न सकिँदैन। नजिक बसेर कुरा गर्ने समय छैन। अन्य माध्यम टेलिफोन,भिडिओ संवादमार्फत् सक्रियता स्वाभाविक छ। सामान्य प्रकृतिको मात्रै व्यस्तता छ।

केही दिनअघि सम्पर्क कार्यालय खोल्नुभयो। महाधिवेशन केन्द्रित भएर क्रियाकलाप पनि भइरहेका छन्। सम्पर्क कार्यालय खोल्नुलाई म  १४ औं महाधिवेशनको सभापति हुँ है भनि जनाउ दिनुभएको बुझ्न सकिन्छ?
महाधिवेशन फागुनमा गर्ने गरि कार्यतालिका बनेको छ। वास्तवमा ४ वर्षभित्रै महाधिवेशन गर्न सक्नुपर्थ्याे। त्यो गर्न सकेको भए वर्तमान सभापति र पदाधिकारीको सफलता हुने थियो। विशेष परिस्थितिले गर्दा मात्रै थप एक वर्षमा गर्ने हो। गत फागुनमा गरेको भए कोरोना संक्रमण पनि थिएन,महाधिवेशन हुन सजिलो थियो।

महाधिवेशन कार्यतालिका कोरोना संक्रमणकै बेला बनेको छ। प्रारम्भमा क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्यले सबै साथीहरु देशभर व्यस्त छन्। कतिपय जिल्लाको समायोजनको निर्णय केन्द्रीय निर्वाचन समितिले अझै दिन सकेकाे छैन। समायोजनका लागि पार्टी केन्द्रले एउटा निर्देशिका बनाएको थियो। त्यसको कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय निर्वाचन समितिले लिएको छ। समायोजनको कार्य सकिएपछि मात्रै क्रियाशील सदस्यता नवीकरण र वितरण प्रारम्भ हुन्छ। त्यसपछि मात्रै महाधिवेशनको कार्यतालिका प्रारम्भ भयो भन्ने हुन्छ। फागुनमा हुने भयो भनि ग्यारेन्टी गर्न सकिन्छ।

साउन मसान्तभित्र क्रियाशील सदस्यताको कार्य टुंगो लाग्नुपर्छ। तर त्याे समयभित्र सकिने देखिँदैन। मेरो आफ्नो बुझाइमा महाधिवेशनको समय प्रभावित हुने देखिएको छ। फागुनमा महाधिवेशन गर्न सकिएन भने अरु जटिल अवस्था पनि पार्टीमा थपिन्छ। फागुनमा गर्न सकिएन भने विधानको व्यवस्थाले दिएको समय सकिन्छ। संविधानले विशेष परिस्थितिमा छ महिना थप्ने व्यवस्था गरेको छ। त्यो वाध्यात्मक परिरिस्थति हो।

केन्द्रले गर्नुपर्ने कार्य समयमा गर्न नसक्दा फागुनमा महाधिवेशन गर्न सकिएन भने बैशाखभित्र त जसरी पनि गर्न सकिन्छ। जबसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगोमा पुग्दैन, पार्टीमा विवादको विषय बन्छ। विवाद विगतमा पनि हुँदै आएको हो। विवादलाई सहमतिका आधारमा टुंगाउनका लागि केन्द्रीय छानबिन समिति गठन हुुनुपर्छ।  समिति गठन भइसकेपछि मात्रै विवादित क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगो लाग्छ।

Ncell 2
Ncell 2

महाधिवेशनलाई प्रभावित पार्ने कुत्सित मनसाय अहिलेको संस्थापन पक्षबाट देखिएको छ। त्यो भयो भने दु:खद परिरिस्थति निर्माण हुन्छ।

क्रियाशील सदस्य पार्टीको ‘फाउण्डेसन’ हो। क्रियाशील सदस्य बनाउने कुरामा पार्टीभित्र विवाद पनि अत्यन्तै बढेर गएको छ। नवीकरणमा पनि विवाद खडा हुने विगतदेखिकै अवस्था हो। विगतको जस्तो महाधिवेशन हुने देखिएको छैन। महाधिवेशनलाई प्रभावित पार्ने कुत्सित मनसाय अहिलेको संस्थापन पक्षबाट देखिएको छ। त्यो भयो भने दु:खद परिरिस्थति निर्माण हुन्छ। त्यो नहोस् भनि बारम्बार सभापतिलाई सम्झाईराखेका छौं।

सभापतिमा फेरि पनि मेरो उम्मेदवारीको कुरामा १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकाे थिएँ। त्यो बेला तीन समूह बनेको थियो। मुख्य रुपमा शेरबहादुर देउवा र रामचन्द्रजीको दुई समूह थिए। मेरो नेतृत्वको सानो समूहमा तीन जनामात्रै थियौं। सभापति, कोषाध्यक्ष र महामन्त्रीमा मात्रै हामीले उम्मेदवार दिएका थियौं। त्यो पनि अचानक। सुशील कोइराला बाँचिरहेको भए मैले उहाँलाई नै सघाउँथे। मेरो आफ्नो बुझाइमा उहाँ भएको भए समस्या आज जस्तो खडा हुने थिएन। जिल्ला अधिवेशनकै बेला उहाँको असामयिक  निधन भयो।

shivam cement

shivam cement

१३ औं महाधिवेशनका समयमा शेरबहादुर देउवा र रामचन्द्रजी सभापतिको उम्मेदवार बन्नुभएको थियो। उहाँहरु कतै पट्टि पनि लाग्न सकिएन। सच्याउनकै लागि भनेर हाम्रो एउटा समूह बनेको थियो। एकपटक सभापतिको उम्मेदवार बनेपछि त यसको निरन्तरता भइरहन्छ। जुन रुपको हाम्रो समूह हो,त्यो विस्तारित पनि भएको छ। हाम्रो समूह छ,त्यो निरन्तर महाधिवेशनसम्म जान्छ।

१३ औं महाधिवेशनमा बनेको समीकरण भत्किन्छ कि भन्ने चर्चा हुने गरेको छ। समीकरण भत्किनेमा द्विधा नराखे हुने भयो?
दोधार नराखे हुन्छ। हाम्रो समीकरण भत्कदैन। अझै बिस्तार भएर जान्छ।

१३ औं महाधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै उम्मेदवारी दिनुभएको थियो। उहाँहरुको क्षमता र कार्यशैली प्रतिको अविश्वास कायमै छ?
शेरबहादुर देउवा र रामचन्द्र पौडेल पार्टीमा लामो समयदेखि पार्टीमा त्याग-तपस्या गर्नुभएको नेता हो। त्यो अर्थमा उहाँहरु प्रति विश्वास छ। अहिलेको समयमा जुन तरिकाले नेपाली कांग्रेसलाई नेतृत्व दिन सक्नुपर्छ, त्यो क्षमता उहाँहरुमा छ भन्ने मलाई लागेन। विगतको निर्वाचनले पनि उहाँहरुको क्षमता प्रमाणित गरेको छ। 

गत निर्वाचनमा देउवा र पौडेलले ६० र ४० प्रतिशत गरेर नै समानुपातिक सदस्यको टुंगाउनुभयो। प्रत्यक्ष उम्मेदवारलाई पनि झण्डै झण्डै त्यस्तै गर्नुभयो। त्यसैको परिणामले कांग्रेसले ठूलो पराजय भोग्नुपर्‍यो।चुनावी व्यवस्थापन राम्रो हुन सकेन। उम्मेदवारको सिफारिस र छनोट गर्ने तरिका, पार्टीका नेता-कार्यकर्ताको मूल्यांकन गर्ने तरिका भएन।

लामो समयसम्म पार्टीमा दुख पाएका साथीहरुलाई समानुपातिकमा साथै क्षमता भएका साथीहरुलाई प्रत्यक्षमा उम्मेदवार बनाउने कार्य भएन। गत निर्वाचनमा व्यवस्थापन हुन नसक्दा पार्टीभित्र ठूलो असन्तुष्टि भयो। पार्टीका साथीहरुको मूल्यांकन वस्तुगत समय छँदै भएको भए  त्यस्तो ठूलो पराजय भोग्नु पर्ने थिएन।

बोलेको कुरा आफूकेन्द्रित होइन, राष्ट्रकेन्द्रित हुने गरि नेतृत्व बोल्नुपर्छ। मेरो अर्थमा नेतृत्वमा हुने क्षमता यी हुन्। ती क्षमता देउवा र पौडेलमा नदेखेकै हुँ।

व्यक्तिगत रुपमा कांग्रेसले कांग्रेसलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन। मुख्य कुरा क्षमता हो। लोकतन्त्र विरोधीसँग सामना गर्न सक्ने, संवैधानिक पद्धतिलाई व्यवस्थित गर्नसक्ने,राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने, जनताको सरोकारको विषय बुझ्न सक्ने र बुझेको विषयलाई सम्वोधन गर्न सक्ने नेतृत्व हुनुपर्छ। नेतृत्वले जनताको माझमा पार्टी पुगिराख्ने परिस्थितिको निर्माण गर्न सक्नुपर्छ। संगठन परिचालनमा अहोरात्र खट्न सक्नुपर्छ। निजी स्वार्थभन्दा पार्टीको स्वार्थलाई सर्वोपरी राख्ने नेतृत्व हुनुपर्छ। बोलेको कुरा आफूकेन्द्रित होइन, राष्ट्रकेन्द्रित हुने गरि नेतृत्व बोल्नुपर्छ। मेरो अर्थमा नेतृत्वमा हुने क्षमता यी हुन्। ती क्षमता देउवा र पौडेलमा नदेखेकै हुँ।

विगतमा उहाँप्रति जे लागेको थियो, यताका दिनमा त्यो अझै प्रमाणित भएको छ। त्यसैले मैले फेरि उम्मेदवारी नदिने कुनै कारण देखेको छैन। उहाँहरुको कार्यक्षमतालाई हेर्दा मेरो दृष्टिकोण कायमै छ।

पार्टीमा देउवा र पौडेलकै समूहमा विकल्पको रुपमा अन्य नेता देख्नुहुन्न?
छलफलको क्रममा पनि हामी छौं। यो पार्टीको आन्तरिक विषय पनि हो। शेरबहादुर देउवा वा रामचन्द्र पौडेलसँग छलफल गर्न सकिन्छ। समकालीन अरु साथीहरु पनि हुनुहुन्छ। क्षमतावान साथीहरुको संख्या ठूलो छ।

सबैले आ-आफ्नो तयारी पनि गर्दै जानुभएको छ। छलफल पनि हुँदै गर्छ। महाधिवेशनको मुखमै पुग्दा कस्तो समीकरण भन्ने देखिन्छ। महाधिवेशनकै क्रममा बन्ने संरचनाहरु समीकरणको रुप देखिन्छ। सात प्रदेशमा बन्ने प्रादेशिक संरचना सबैभन्दा महत्वपूर्ण संरचना हो। प्रदेश महाधिवेशनले जुन रिजल्ट निकाल्छ, केन्द्रीय महाधिवेशनको स्थिति निर्देशित गर्दछ।

१३ औं महाधिवेशनमा तपाईं सानो समूह भएको स्वीकार गरिसक्नुभएको छ। १४ औं महाधिवेशन केन्द्रित भएर तपाईंहरु थप विस्तारित हुनुभएको हो?
अहिले सामान्य रुपमा साथीहरुको कुरा बुझिराखेका छौं। विभिन्न माध्यमबाट साथीहरु कहाँ देशव्यापी रुपमा पुगिरहेका छौं। हिजो हामीसँग नहुने साथीहरु पनि जोडिनु भएको छ। मिहिनेत हामीले गरिरहेका छौं।

लकडाउनले पहिले सार्वजनिक गरिएको कार्यतालिका प्रभावित भएपछि पुनः कार्यतालिका बनाउनु भयो। पुस महिनामा जिल्ला अधिवेशन सक्ने गरि कार्यतालिका बनेको छ। हिमाली जिल्लामा पुसमा अधिवेशन हुन सम्भव छ र?
पुसमा हिमाली जिल्लामा अधिवेशन हुन नसक्ने चिन्ताभन्दा पनि क्रियाशील सदस्यको नामावली मंसिरभित्र जिल्लामा पुग्ने मैले देखिरहेको छैन। साउन महिनामै क्रियाशील सदस्यता र नवीकरण सक्ने गरि कार्यतालिका बनेको छ। यो नै प्रभावित भइसकेपछि त आगामी सबै कार्यतालिका प्रभावित हुनेछ नै।  जिल्ला अधिवेशन पुसबाट सर्ने अवस्था स्वतः बनिसकेको छ। पुसमा भएन भने माघमा वा फागुनमा होला,त्यसले खास फरक पार्दैन। 

 

महाधिवेशनलाई पार्टीले अंगाल्ने नीति र सिद्धान्तको दृष्टिकोणले हेर्नुपर्छ यसपटक। देशको परिस्थति राजनीति आजभन्दा तीन वर्ष अघिको जस्तै छैन। केन्द्रदेखि प्रदेशसम्म कम्युनिस्टको सरकार छ। कम्युनिस्टमा सत्ता संघर्ष र पदको भागबण्डा उत्कर्षमा पुगेको छ। यसले के परिणाम निकाल्छ,त्यसलाई पनि हामीले गम्भीरतापूर्वक हेनुपर्छ। महाधिवेशनताका यस बारेमा गम्भीरतापूर्वक छलफल हुनुपर्छ। अन्तराष्ट्रिय प्रवृतिसमेत परिवर्तन भएको महसुस गरेको छु। अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित देखिएको छैन।

एकातिर पुरै ढल्कने अर्कोतिर टकराव गर्ने खालको अन्तर्राष्ट्रिय सम्बन्ध बनेकोे जस्तो देखिन्छ। यसले नेपालको वृहत्तर हितमा काम गर्दैन।

आमजनताको सरोकारको विषय सम्वोधन गर्नका लागि कांग्रेसले देशको र वाह्य स्थिति र सम्बन्धका आधारलाई लिएर गम्भीरतापूर्वक छलफल गर्नुपर्छ। ठोस नीति र कार्यक्रम बनाउनुपर्छ। छलफल गर्दै जाँदा महाधिवेशनमा नयाँ विचारहरु प्रस्तुत हुन्छन्। नयाँ विचारहरु हामीले जोड्न सक्नुपर्छ। छलफल हुँदै गर्दा हाम्रो वैचारिक समूहले ठूलो आकार त यसै पनि लिन्छ। यो मेरो आत्मविश्वास हो।

महाधिवेशन प्रभावित पार्न सभापतिले अनुचित गतिविधि पार्टी गरिरहनुभएको छ भनि तपाईंले भन्नुभयो। सभापतिका अनुचित कार्य केलाई भन्न खोज्नुभएको?
विभिन्न विभाग र समितिहरु गठन गरेर देशभरका साथीहरुलाई जिम्मेवारी दिने कार्य गर्नुभएको छ। यो गलत  गर्नुभएको छ।विभाग गठन उहाँले कम्तिमा पनि चार वर्षकै अवधिमा गर्नुपर्थ्याे। मैले उहाँलाई भनेको पनि थिएँ। मेरो समूहमा केन्द्रीय सदस्यहरुको संख्या ठूलो छैन। ठूलो संख्या देउवा र पौडेलसँगै हो। दुवै मिलेर सन्तुलित तरिकाले विभाग तोक्नुस् भनेको हुँ। विभागको प्रमुखको सिफारिसमा अरु सदस्य तोक्न पनि भनेको थिएँ। त्यसबेला कुरा गरेकै आधारमा शिव हुमागाईंलाई एक विभागको प्रमुख तोक्नुभएको छ। विभागमा सांसदहरुलाई नराख्ने मापदण्ड बनाइएको रहेछ। प्रदीप पौडेलले विभागमा नबस्ने आफैंले सभापतिलाई सन्देश दिनुभएको रहेछ।

सभापतिले अहिले एकपछि अर्को काम थप्दै जानुभएको छ।यो गलत कदम हो। गलत भएको सभापति र सार्वजनिक रुपमा भन्दै आएको छु। महाधिवेशनको कार्यतालिका घोषणा भईसकेकाे छ। महाधिवेशन उन्मुख पार्टीभित्र क्रियाकलाप भइसकेपछि त्यसलाई प्रभाव पार्ने गरि अन्य निर्णय गर्नुहुँदैन। आम निर्वाचन घोषणा भइसकेपछि सरकारले नियुक्ति/मनोनयन,नयाँ योजना ल्याउने गर्दैन, त्यसरी नै लोकतान्त्रिक मूल्यमान्यता अंगालेको हाम्रो पार्टीले मूल्यमान्यता नमान्ने भन्ने हुँदैन। आवधिक  निर्वाचनका लागि अपनाउनुपर्ने कार्यविधि लोकतान्त्रिक दलले अपनाउनुपर्छ।

महाधिवेशन सफल पार्ने बाहेक यसलाई प्रभावित पार्ने खालका कार्यलाई उपयुुक्त मान्न सकिन्न।

विभाग गठनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दागर्दै तपाईको समूहले हिस्सेदारी लिनुभएको भन्ने छ। केन्द्रीय सदस्य थप्दा पनि तपाईंले आफ्नो भाग लिनुभएको आरोप छ नि?
कुन केन्द्रीय सदस्य मैले बुझिनँ। विभागमा शिव हुमागाईं त पहिलेकै कुरा हो। सभापतिले ढिलो गरि गठन गर्नुभयो। 

पौडेल पक्षले सभापतिले गरेका निर्णय गलत भन्दै विरोध गर्दागर्दा तपाईंहरु मौन बसिदिनुभयो भन्ने आरोप पनि छ?
त्यस्तो होइन। मैले आफ्नो कुरा भनिरहेकै त छु।

विधान र नीतिको वकालत गर्ने तपाईं नै मौन बस्दा सभापतिले विधान मिच्न सजिलो भयो भन्ने पनि छ।के भन्नुहुन्छ?
त्यस्तो होइन। सभापतिले गलत गर्नुभयो भनि रहेकै छु त।

सभापतिका आकांक्षी धेरै हुनुहुन्छ। संस्थापनइतर पक्ष कतिपय मुद्धामा एक पनि हुनुहुन्छ। पौडेल पक्षसँग सहकार्य गरि एकल सभापति बनाउने सम्भवना रहला?
कुरा त सबैसँग चल्दै जान्छ। पार्टीको आन्तरिक प्रतिस्पर्धा हो। हामी पार्टीभित्रकै साथी हौं। अन्तत: के हुने पछि नै थाहा हुन्छ। छलफल त सबैसँग हुन्छ।

छलफल चल्दै जादा आकार,कार्ययोजना निर्धारण हुन्छ । पदीय भागबण्डाको कुरामात्रै छैन। नीति तथा कार्यक्रम कस्तो हुने ,हाम्रो वैचारिक स्थिति कस्तो हुने त्यसैले एकल उम्मेदवारको तय हुने/नहुने तय गर्छ। असम्भव त केही छैन।

समूह-समूहबीचमा छलफल हुने क्रम सुरु भएको छ कि आफ्नै समूहमा मात्रै छलफल भएको छ?
सबैको आ-आफ्नो छलफल बहस चलेकै छ। सबैका आ-आफ्ना आकांक्षा होलान्। आ-आफ्नो तरिकाले छलफल चलिराखेको छ। आकांक्षाको अभिव्यक्ति हुनु स्वाभाविक मानिन्छ। आकांक्षी हुँदैमा परस्परमा छलफल हुदैन भन्ने पनि होइन। सबैको बीचमा सबै स्तरमा छलफल चलिरहेको छ। आफ्नो प्रयास र छलफल चलिरहन्छ।

छलफल गर्दैगर्दा अर्को समूहसँग समीकरण बन्ने सम्भावना पनि रह्यो, हो? 
भोलि कति साथी जोडिन्छन् आज आँकलन गर्न सकिन्न। र,कुन पक्षको साथी जोडिन्छन् त्यो पनि आँकलन गर्न सकिँदैन।

छलफलका लागि ढोका बन्द गरेर कोही पनि बसेकोचाहिँ हुँदैन। मेरो उदार दृष्टिकोण रहन्छ नै। आग्रह र पूर्वाग्रह नराखीकन,सबैको हैसियत छ है भनि सोचेर सकारात्मक तरिकाले हेर्ने र व्यवहार गर्ने त मेरो आदत हो।आदतका आधारमा सबैसँग गफ हुन्छ।

तपाईंको समूहको अवस्था कार्यकर्ता स्तरमा कस्तो पाउनुभएको छ?
एकदम राम्रो पाएको छु। साथीहरुले अलि मिहिनेत कम भयो भन्छन्। मिहिनेत बढी चाहियो दाइ भनेका छन्। फिलिङ अत्यन्तै सकारात्मक पाएको छु।

तपाईंको समूहमा बढी आकर्षित युवा पुस्ता हो। तर,कांग्रेसको परम्परामा क्रियाशील सदस्यता युवा पुस्ताले कमै पाउँछ। युवापुस्ताले क्रियाशील सदस्यता नै नपाएपछि कसरी कांग्रेसप्रति आकर्षित हुने?
क्रियाशील सदस्यमा जति पुराना साथीहरु छन्। तिनीहरुलाई भेदभाव नगरी नवीकरण गर्नुपर्छ। नयाँ क्रियाशील सदस्यमा नयाँलाई मागे जति दिनुपर्छ। हाल भएका क्रियाशील सदस्यमा ५० प्रतिशतमात्रै नयाँ थप्ने केन्द्रले भनेको छ। त्यो पर्याप्त छैन भनि मैले भन्दै आएको छु। यसबारे सभापति र पौडेलजीसँग पनि कुरा गरेको छु। सभापतिले छिट्टै शीर्ष नेताको बैठक गर्नुहोला। ५० प्रतिशत तोक्नुहुँदैन। कुनै जिल्लामा ५० प्रतिशत पनि नचाहिएला। कुनै ठाउँमा त्योभन्दा बढी चाहिएला ।

कांग्रेसको सदस्य/क्रियाशील सदस्य बन्न पाउँ भन्नेहरुलाई पार्टीले क्रियाशील सदस्यता दिनुपर्छ। पार्टीको कार्यकर्ता बन्न पाउँभन्दा बन्न नदिने हो भने पछि निर्वाचनमा सहयोग कसरी गर्छन्? नयाँ क्रियाशील सदस्यता प्रदान गर्दा व्यापक रुपमा युवा जगतमै जाने हो। युवालाई दिँदा महिलालाई सबैभन्दा प्राथमिकतामा राख्नुपर्छ। दलितलाई प्राथमिकतामा राख्नुपर्छ। समावेशी समानुपातिकको जति क्लष्टर छन्,त्यसलाई समेत ध्यानमा राखेर व्यापक रुपमा क्रियाशील सदस्यता वितरण अभियानका रुपमा लानुपर्छ।

यसरी त, वृहत,शक्तिशाली,समाधान दिने र चुनौतीको सामना गर्ने पार्टी बन्न सक्दैन। पार्टीलाई विचार र संगठनले बलियो बनाउने हो भने आउन चाहनेलाई पार्टीमा खुला दिलले स्वागत गर्न सक्नुपर्छ।

केन्द्रीय समिति वा पदाधिकारीको बीचमा यस विषयमा छलफल गरि केही निकास निस्किएला। कतिपय जिल्लाले ५० प्रतिशत बढी अहिले नै माग गर्न थालेका छन्। व्यवस्थित संगठन भएका कतिपय जिल्लाले नविकरण गरिसके। ५० प्रतिशत थप क्रियाशील सदस्यले पुगेन भनि माग केन्द्रमा आइसकेको पनि छ। मागलाई सकरात्मक रुपमा ग्रहण गर्नुपर्छ। माग सम्वोधन गर्नुपर्छ,त्यसको अर्थ मागअनुसार क्रियाशील सदस्यता दिनुपर्छ। संकुचन गरिनुहुँदैन।

यो विषयमा पार्टीमा डिबेट पनि छ। कतिपय साथीको आशंका यो पनि छ कि, व्यापक क्रियाशील वितरण भए पार्टी कसकाे हातमा जाला भन्ने छ। पार्टीमा व्यापक साथी आउँदा सानो मन गर्ने हो भने ठूलो पार्टी बनाउनुहुन्छ कसरी? यसरी त, वृहत,शक्तिशाली,समाधान दिने र चुनौतीको सामाना गर्ने पार्टी बन्न सक्दैन। पार्टीलाई विचार र संगठनले बलियो बनाउने हो भने आउन चाहनेलाई पार्टीमा खुला दिलले स्वागत गर्न सक्नुपर्छ।
 
पुराना पुस्ताहरु संरक्षक बनेर नयाँ पुस्तालाई अगाडि बढाउनु पर्छ भन्ने आवाजहरु पनि आउन थालेका छन्। अबको महाधिवेशनमा यो सम्भव छ ? 
मलाई के लागिरहेको छ भने पुरानो र नयाँ पुस्ताका कुरा बुझाइमा फरक पर्छ । कुनैमा उमेर फ्याक्टर होला । तर मेरो विचारमा युवा र अनुभवी दुवैको आवश्यकता छ । सवैभन्दा धेरै अवसर युवाले लिनसक्नुपर्छ। युवालाई दिने भन्दा युवाले नेतृत्व लिने हो । युवाहरु नै अगाडि आउनु पर्छ । २०६३ सालको युवक अहिले नयाँ विचार दिनसक्ने भएको छ । यही क्षमतालाई हामीले जोड्न सक्नुपर्छ । पुराना पुस्तालाई छोड्दा  जग मासिँदै जान्छ। नयाँ पुस्ता र पुरानालाई जोड्न सके यो बलियो  र पहिलो पार्टी बन्न सक्छ । क्षमता जोड्न सकेन भने पार्टी तैरिँदै जान्छ। सबैलाई समेटेर जाने सोच हुनुपर्छ । 

अनुशासन समितिले पूर्वमन्त्री गोविन्दराज जोशीसहित अरु दुई जनालाई गरेको कारबाहीप्रति तपाईको अभिव्यक्ति सुनिएन । कारबाही जायज हो? 
गत निर्वाचनलाई लिएर यो कारबाही भएको देखिन्छ। तीन वर्ष लगाएर काम यो समितिले गरेको  छ।  मैले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै भएको एक छलफलमा यो अनुशासन समितिको काम अब नगरौ भनेको थिएँ। जुन समितिले तीन वर्षसम्म कामै गरेन अहिले त्यसले गरेर अर्थ नहुने मेरो भनाइ थियो । उनीहरुले तीन वर्षसम्म यो समिति अघि नै सजाय पाइसके । सन्दर्भ र परिस्थिति नै परिवर्तन भएको छ। अब साथीहरुलाई कारबाही गरेर निकाल्ने समय होइन यो। हिजो केन्द्रवाट महत्वपूर्ण विषयमा गल्ती भएको थियो,  त्यसलाई पनि महसुस गरौं भन्ने मेरो भनाइ हो। 

अहिले अन्त्यमा आएर विभागहरु गठन गर्नुभएको छ । यो  समितिले कुनै भूमिका निर्वाह गर्न सक्दैन। यहाँ लामो समयदेखि रहेका योग्य मानिसले भूमिका पाउन सकेका छैनन् । यसमा चाहिँ मलाई अचम्म छ । 

अब त वागीहरुलाई पनि निकाल्ने समय होइन जोड्ने समय हो । तीन जनामाथि पार्टीबाट निस्कासन गर्ने निर्णय गर्नु भएपछि त्यो उचित होइन । त्यो आजको आवश्यकता थिएन। अब यो विषय केन्द्रिय कार्यसमितिको  हुन्छ। आजको विषय सबैलाई एकसाथ जोडेर हिड्ने समय हो। 

केही दिनअघि सुनील थापालगायतका नेता राप्रपाबाट कांग्रेसमा प्रवेश गरे। तपाईंसँग सभापतिले छलफल गर्नु भएन भन्ने सुनिएको थियो । उहाँको प्रवेशलाई कसरी लिनुभएको छ ? 
यो प्रवेश मलाई सकारात्मक लागेको छ। पार्टीमा आएपछि उहाँहरुलाई भूमिका दिनुपर्छ। नेपाली कांग्रेसले अन्य पार्टीबाट आउन चाहनेलाई ल्याउनु पर्छ। तर, परिस्थिति अहिले फरक छ। महाधिवेशननजिकै आएकाले यो सन्दर्भलाई त्यही रुपमा लिनपर्छ । उहाँहरु आउँदा म यहाँ थिइन। के जिम्मेवारी दिने हो त्यो सभापतिले गर्नुहोला । पार्टीमा प्रवेश गर्दा पार्टी बलियो नै हुन्छ । तर एउटा कुरा ख्याल गर्नुपर्छ यहाँ धेरै लामो समयदेखि काम गरेका साथीहरुलाई भने पार्टी केन्द्रले मूल्यांकन गर्न सकेको छैन । न्याय दिन सकेको छैन। उनीहरुलाई पनि न्याय दिनुपर्छ । 

अहिले अन्त्यमा आएर विभागहरु गठन गर्नुभएको छ । यो  समितिले कुनै भूमिका निर्वाह गर्न सक्दैन। यहाँ लामो समयदेखि रहेका योग्य मानिसले भूमिका पाउन सकेका छैनन् । यसमा चाहिँ मलाई अचम्म छ । 

कोरोना महामारीलगायत सरकारको काममा प्रतिपक्षले सशक्त भूमिका निर्वाह गर्न नसकेको आरोप लागेको छ। अहिले ‘इनफ इज इनफ’को आन्दोलनको सहारा  लिएको आरोप लाग्ने गरेको छ नि ? 

हामीले सहारा लिएका हैनौं। यो आन्दोलनलाई प्रोत्साहन गरेको हो। पार्टीको निर्णय गरेर यो आन्दोलनलाई समर्थन गर्ने निर्णय हामीले गरेका छौं। हामीले सरकारलाई पटक-पटक काम गर्न नसकेको जानकारी गराएको छौं। जनताको पक्षका काम गर्ने  सोच  र क्षमता पनि  सरकारमा देखिएन।

बेरोजगार रहेका श्रमिकलाई राहत दिनेदेखि विदेशमा रहेकाहरुको उद्दारसम्म हुन सकेन। संसद चल्दै थियो । संसदमा विरोध भएपछि अन्त्य गरियो । सडकमा हामी जान सक्दैनाै‌ं । किनकि हजार मानिस सडकमा आउँदा झन कोरोना महामारी हुन्छ। सडकमा सानो संख्यामा दुरी कायम गरेर मास्क लगाएर गर्न सकिन्छ। तर विरोध गर्ने नाममा अराजक भएर जान सक्दैनौं। इनफ इज इनफका भाइबहिनीले जसरी गर्नुभयो त्यो राम्रो लागेको थियो । तर सरकारले दमन गरेकाले हामीले गरेर भेटेका छौ‌। सरकारलाई पनि यसै विषयमा सम्वोधन गर्न भनेका छौ । जनताको आवाज सुनौँ भनेका छौँ। 

भिडियो

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १७:४२
  • #कांग्रेस
  • #कृष्णप्रसाद
  • #सिटौला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा शुक्रबार, जेठ २, २०८२
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको मृत्यु शुक्रबार, जेठ २, २०८२
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शुक्रबार, जेठ २, २०८२
ट्रम्पको पश्चिम एसिया भ्रमण सम्पन्न शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्