• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
खेलकुदमन्त्रीका अघि सचिवले भने- योजनाबिना जहाँ पनि बोलिदिनु भएन, बजेट छैन
64x64
नेपाल लाइभ बुधबार, साउन १४, २०७७  १८:०५
1140x725
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया।

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले सपथ लिएका छन्। बुधबार मन्त्रालयमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सपथ ग्रहण गराएका हुन्। 

राखेपका केही पदाधिकारी, शुभचिन्तक र सञ्चारकर्मीमाझ सपथ लिएका उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले मात्र होइन मन्त्री विश्वकर्मा सबैले कार्यक्रममा सुशासन र पारदर्शिताका कुरा गरे। 

गएको एक वर्षको अनुभवले आउँदो चार वर्ष राम्ररी काम गर्ने सिलवालको धारणा रह्यो। मन्त्री विश्वकर्माले ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ आएपछिको समय आफ्नो पनि नयाँ कार्यकाल रहेको बताए। 

सबैले उही प्रक्रियामा बोलिरहँदा कार्यक्रममा फरक विषयका कारण केन्द्रमा देखिए मन्त्रालयका सचिव रामप्रसाद थपलिया। आफूले मन्त्रीको चाहना विपरित केही काम गर्न नसक्ने भन्दै उनले खेलकुद क्षेत्रमा विकास हुन नसक्नुमा कर्मचारीलाई दोष दिएजस्तो कमजोरी कर्मचारीको नभएकोतर्फ संकेत गरे। 

जहाँ गए पनि बिना योजना र बजेट रंगशाला बनाइदिन्छु भनेर बोलिदिँदा समस्या पर्ने भन्दै उनले मन्त्रीसहित सबैलाई योजना भएको कुरामा मात्र बोल्न आग्रह गरे। धेरै कर्मचारी रहँदा र नयाँ ऐनअनुसार प्रदेश र स्थानीय तहलाई समेट्न नसके समस्या हुनेतर्फ पनि उनले भनाइ राखे। 

राखेप उपाध्यक्ष पदमा शिव कोइराला र सदस्यसचिव पदमा रमेशकुमार सिलवाललाई सपथ खुवाउँदै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा।

यस्तो छ सचिव थपलियाको अभिव्यक्ति -
मैले यो मन्त्रालयमा सहसचिवको पनि भूमिका निर्वाह गर्न पाएँ। सचिवको पनि भूमिका निर्वाह गरिरहेको छु। खेलकुदको क्षेत्रमा २९ वर्षपछि नयाँ ऐन आाएको छ।यो जिम्मेवारीका समन्वय गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। भोलिका दिनमा यो ऐनमा भएको समस्याहरुलाई क्रमश सुधार गर्दै जान सकिन्छ। किनभने संघीय व्यवस्थामा हामी सबै अनुभवि छैनौँ। 

यो खेलकुदको विषय सबैको साझा विषय हो। यो हामीले बनाएको खेलकुदसम्बन्धी जुन ऐन छ, यो नेपालभर लागु हुन्छ। यद्यपी प्रदेश सरकारहरुले हामीले केन्द्रमा समयमै ऐन बनाउन नसकेको कारणले उहाँहरुले आफ्नै ऐन बनाउनु भएको छ। संरचनाहरु पनि बनाउनु भएको छ। पछि हामीले बनाएको ऐनसँग मिलाएर जानुपर्ने बाध्यात्मक परिस्थिति उहाँहरुलाई छ। त्यो गर्नु हुन्छ भन्ने मलाई विश्वास छ।

खेलकुदको विकासको लागि धेरै संरचना र पदाधिकारी भएर हुँदैन भन्ने कुरा विगतका पाठले पनि सिकाएको छ। हामीलाई एक्सन चाहिएको छ। हामीलाई धेरै प्रतियोगिता, तालिम, पूर्वाधार चाहिएको छ।

Ncell 2
Ncell 2

साग आगमनसँगै राखेपले व्यवस्थित तरिकाले काम गरेको हुँदा परिणाम पनि हामीसँग छ। भोलिको दिनमा पनि हामी त्यसरी नै जानु परेको छ। त्यसको लागि धेरै संरचना भन्दा पनि धेरै बजेट चाहिएको छ। कार्यक्रम चाहिएको छ। राष्ट्रिय क्यालेन्डर चाहिएको छ। प्रदेशहरुलाई पनि हामीले हेरेर लानु परेको छ।

राखेपको कर्मचारी मात्रै हुनु पर्छ भन्ने पनि छैन। युवा तथा खेलकुदका कर्मचारीलाई पनि लगाउन सकिन्छ।

कर्मचारीको सन्दर्भमा पनि म केही कुरा गर्न चाहन्छु। खेलकुदका पदाधिकारीको बारेमा पनि मन्त्रालयमा विभिन्न कोणबाट टिकाटिप्पणी हुन्छ। म साथीहरुलाई दुई वटा कुरा मात्रै भन्छु। कि त उहाँहरुले कार्यसम्पादनमा सुधार गर्नु पर्छ, कि त हिजोकै ढंगले जानेभन्दा कर्मचारी कति र पदाधिकारी कति भन्ने छुट्याउनु पर्छ। यो ऐनले छुट्याएको छ। हिजो त्यो थिएन। तर अब छुट्याएको छ।

समितिमा छलफल हुँदा तपार्इंहरु हुनुहुन्थेन। त्यहाँ साथीहरुको प्रतिनिधित्व मैले गरेको थिएँ। खेलकुदको विकासमा समस्या ल्याउने कर्मचारी नै जिम्मेवार छन् भन्ने ढंगले संसदमा धेरै माननीयज्यूहरुको प्रस्तुति रहन्थ्यो। त्यही भएर कर्मचारीको साइज घटाइएको अवस्था पनि हो।

सपथग्रहणपछि तस्बिर खिचाउँदै सचिव रामप्रसाद थपलिया, राखेप उपाध्यक्ष शिव कोइराला,मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्यसचिव रमेशकुमार सिलवाल।

फेरि यो खेलकुद क्षेत्रमा मात्रै हैन। हाम्रो निजामतिमा पनि छ। तीन तहको सरकार छ। ३८ हजारभन्दा बढी सार्वजनिक पद धारण गर्ने स्थान थपिएको छ। अघि मन्त्रीज्यूले पनि भन्नु भएको छ। उहाँ नेतृत्वमा हुनुहुन्छ। कर्मचारी भनेको न्युट्रलमा राखिएको मोटरसाइकल वा गाडी हो।

मेरो ३०–३२ वर्षको अनुभव भए पनि मैले माननीय मन्त्रीज्यूको चाहना, निर्देशन विपरित केही गर्न सक्दिनँ। मैले तर्क गर्न सक्छु, विचार राख्न सक्छु। तर मन्त्रीज्यूको सोच विपरित केही गर्न सक्दिनँ। त्यसैगरी राखेपका साथीहरुले पनि तर्क गर्न सक्नुहुन्छ, विचार राख्न सक्नु हुन्छ तर नेतृत्वले गरेको निर्णयको विपरित जान सक्नुहुन्न। हिजो त्यस्तो भयो भनिन्थ्यो तर अब हुनु भएन। 

अहिले पनि उहाँहरुले जुन सपथ खानु भएको छ। त्यो तपाईंहरुकोमा पनि पुगोस् भनेर राखेप विभागीय प्रमुख सबैलाई कोरोनाको अप्ठ्यारो पर्दापर्दै पनि नछुटाएका हौं।

सुशासन र पारदर्शीताको लागि म राखेपलाई हदैसम्मको सहयोग गर्न चाहन्छु। जुनसुकै सचिव भए पनि सचिवको कर्तब्य त्यही हो। हिजोका दिनमा पनि हामीले सदस्य सचिवलाई त्यसैको लागि घचघच्याउने गर्दै आएका थियौं। हिजो एउटा परिस्थिति थियो भने अहिलेर्को परिस्थिति फरक छ। उपाध्यक्षज्यू र सदस्यसचिवज्यूलाई मन्त्रालयको तर्फबाट हार्दिक स्वागत छ। वेवसाइटलाई पनि अपडेट गर्दै सबै काममा हामी अगाडि बढ्नु पर्नेछ।

अब पाँच वर्षलाई कसैले बोलेर केही पनि हुँदैन। बीचमा सरकारलाई केही महशुस भयो भने संशोधन कानुन लिएर आएर सरकारले चाहेकै दिन नयाँ ऐन संशोधन हुन्छ। होइन भने पाँच वर्षमा विचार गर्ने भनिएको यो ऐन पाँच वर्ष त अब यसरी नै रहन्छ। जुन संस्थालाई जे कामको जिम्मेवारी दिएको छ त्यो गर्यो कि गरेन भनेर हेर्नु पर्यो।

हाम्रो लागि चुनौती भनेको प्रदेश सरकार र स्थानीय तहलाई कसरी मिलाएर जाने भन्ने हो। उहाँहरुलाई पनि सदस्यसचिव बनाएर, पदाधिकारी बनाएर खेलकुदको विकास हुन्छ भन्ने परेको छ। त्यहाँ कसरी विश्वास दिलाउने? किनकि हामी कार्यक्रम गर्न त विद्यालयमार्फत पनि जान सक्छौं। हामी संघमार्फत पनि जान सक्छौं। उहाँहरुले पनि यस्तो संरचना बनाउनु भयो भने खेलकुदको विकास त होला। पक्कै हुन्छ। उहाँहरुको प्रतिबद्धता छ। तर संरचना र पदाधिकारीमा हामीले पैसा बढी दियौं भने खेलकुदको पूर्वाधार नबन्ने, प्रतियोगिताहरु कम हुने, खेलाडीको इज्जत बढाउने काम कम हुन्छ।

खेलकुदमा प्रचुर मात्रामा सम्भावना छ। हामीले गर्नु पर्ने धेरै छ। हामीले गर्नु पर्ने भन्दा निकै कम काम गरेका छौं। स्रोत साधनको कमी छ। त्यसैले एउटापद्धती बनाएर हिजोको दिनमा जस्तो जहाँ गए पनि रंगशाला बनाइदिन्छु भनेर नबोलिदिए हुन्थ्यो। योजना बनाएर मात्रै बोलेर अगाडि बढे धेरै राम्रो हुन्छ। हजुरहरुको पूर्वअनुभव र अहिलेको जिम्मेवारी एकदमै सुहाएको छ। सफल कार्यकालको लागि शुभकामना दिन चाहन्छु।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा मोटरसाइकल एकआपसमा ठोकिँदा २ जनाको मृत्यु
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्