काठमाडौं– मंगलबार विभिन्न ८ वटा उडानमार्फत १५ सय ३० नेपाली स्वदेश फर्किएका छन्। कतार, मलेसिया, कुवेत, साउदी, युएईलगायतका मुलुकमा कोरोनाका कारण समस्यामा परेका नेपाली स्वदेश फर्किएका हुन्।
कतारबाट ९ बच्चासहित ४ सय ९९, कुवेतबाट ३ वटा उडानमार्फत ४ सय ७१ नेपाली फर्किएका छन्। मंगलबार नै युएईबाट एक बच्चासहित १ सय ६१, कतारबाट २ सय ६२, साउदीबाट १ सय ५३ र मलेसियाबाट १ सय ४६ नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
मंगलबार विदेशमा महिनौंदेखि अलपत्र अवस्थामा रहेका ११ वटा शव पनि ल्याइएको छ। कतारबाट १० र युएईबाट १ गरी ११ वटा शव ल्याइएको हो।

नेपाल वायुसेवा निगमको जहाजबाट मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिँदै नेपाली। कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण भएको बन्दाबन्दीपछि विभिन्न मुलुकमा अलपत्र परेका नेपाली सो जहाजबाट नेपाल आएका हुन्।

नेपाल वायुसेवा निगमको जहाजबाट मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट आइपुगेका नेपाली।

कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच विभिन्न मुलुकबाट मंगलबार अलपत्र परेका नेपालीहरुलाई ल्याउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजका पाइटलको टीम जहालबाट ओर्लंदै।

कोरोना भाइरस (कोभिड–१९) महामारीकाबीच मलेसियाबाट मंगलबार अलपत्र परेका नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याई पुर्याउने नेपाल वायुसेवा निगममा कार्यरत पिपिइ सेट लगाइएकी विमान परिचालिका।

नेपाल वायुसेवा निगमको जहाजबाट मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा पठाउनका लागि डाटा सङ्कलन गर्दै नेपाली सेनाका प्रतिनिधि।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीपछि नेपाल वायुसेवा निगमको जहाजबाट मङ्गलबार विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याइपु¥याउने विमान चालक सरोज भण्डारीसँग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मी कुराकानी गर्दै।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण भएको बन्दाबन्दीपछि नेपाल वायुसेवा निगमको जहाजबाट मङगलबार विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चालक दल।
तस्वीर : रत्न श्रेष्ठ/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।