मुङलिङ- यात्रुको भिडमभिड। होटल सञ्चालकहरुको हस्याङ्फस्याङ। यात्रु चढाउन र दौडाउन व्यस्त चालकको दृष्य दुर्लभ भयो मुग्लिनमा। कोरोना भाइरस संक्रमण नियन्त्रणमा लकडाउनसँगै ठप्प भएको बजार सरकारले लकडाउन खुकुलो बनाएपछि ब्युँतने प्रयास नगरेको हैन। केही होटल अनी खाना र खाजा घर खुले पनि। तर कोरोना भाइरस संक्रमणको त्रास अनि नहिडी धर नपाएका यात्रुहरुको पातलो यात्राले निरास लाग्दो देखियो मुग्लिन बजार।
शुक्रबार बजार पुग्दा सुनसानै थियो। सडकमा गुड्ने सवारीसाधन कतै रोकिइपो हाल्छन् कि भनेर होटल र खाजाघरका सञ्चालक सडकतिरै नजर नहटाई ढोकामा उभिइरहेका थिए। तर रोकिने चालक अनी भोक मेटाउने यात्रु थोरै थियो।
सरकारले सार्वजनिक यातायात नखुलेकाले यात्रुको चाप छैन अहिले। सार्वजनिक यातायाताका यात्रु नहुँदा पनि निजी सवारीसाधनबाट ओहोरदोहोर गर्नेले पनि व्यवसाय धानिदिन्थे। असार १ पछि निजी सवारीसाधनको संख्या केही बढेको छ।
व्यवसायीहरुका अनुसार ग्राहक भने बढेका छैनन्। भोक खप्नै नसकेका केही यात्रु फाट्टफुट्ट उत्रिन्छन्। तर खाना र खाजामा त्यति रुचि देखाउँदैनन्। चियासम्म खान खोज्छन्। बास बस्ने यात्रु त दुर्लभ भइसके। त्यसैले अधिकांश होटलहरु अझै खुलेका छैनन्। खाना पसल पनि एक चौथाई मात्रै खुलेका छन्। खुलेका खाजा पसलको संख्या अलि बाक्लै भए पनि रित्तै छन्। सञ्चालक र कामदार फुर्सदमै छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर सौजन्य : श्रीधर पौडेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।