• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
यसरी पनि सिकिन्छ जिन्दगीमा
64x64
नारायण अमृत शनिबार, असार १३, २०७७  ०९:५०
1140x725

पहिला एउटा नोटः
शिक्षासेवी अंगुरबाबा जोशीको निधन खबर सुनेपछि कुनैबेला मैले उनीसँग गरेको लामो कुराकानी सम्झेँ। उनको जीवन भोगाइ र सिकाइ सम्झेँ। ६ वर्षअघि वर्षामासको एक दिन झरीमा रुझ्दै बागबजारस्थित जोशीको घर पुगेको थिएँ। जोशी आफ्नो जीवनबारे झण्डै तीन घण्टा मसँग स्नेहपूर्वक गफिएकी थिइन्। 

कुराकानी त गरेको थिएँ तर उनीसँगको वार्ता कहीँकतै प्रकाशित भएको थिएन। खासमा मान्छेले आफ्नो परिवार, समाज र पेशाबाट कसरी सिक्छ? कुनै पाठ्यक्रम बिना र कक्षाकोठा बाहिर पनि मान्छेले धेरै कुरा सिकिरहेको हुन्छ। त्यो सिकाइको अनुभूति कस्तो हुन्छ? भन्ने जवाफ खोज्न गरिएको कुराकानी थियो, यो। रेकर्ड सुनेर कुराकानी उतारेको पनि थिएँ। तर इमेल गडबडीका कारणले सामग्री हराएछ। 

शिक्षासेवी जोशीसँग यो वार्ताको ‘आइडिया’ दिने र सामग्री उत्पादन गर्न लगाउने व्यक्ति थिए, मेरा अग्रज पत्रकार सुदर्शन घिमिरे। धन्न यो सामग्री सुदर्शन दाइसँग रहेछ। र, शिक्षासेवी जोशीको ‘सम्झना’स्वरुप उनको यो प्रेरणादायी अनुभूति यहाँ राख्न पाइयो। 

बाँकी जोशीकै शब्दमाः 
म अंगुरबाबा जोशी अहिले (६ वर्ष पहिले) ८३ वर्षकी भएँ।

अहिले सम्झदा लाग्छ, हामीलाई धेरै कुराले सिकाउने रहेछ जिन्दगीमा। सिकाइ भनेको त एउटा प्रक्रिया पो रहेछ। जब हामी काठमाडौं, डिल्लीबजारको एउटा ठूलो धार्मिक परिवारमा बस्थ्यौं, त्यतिबेला सिक्ने वातावरण अहिलेको जस्तो थिएन। अलग थियो। फरक कुराहरूमा पनि मान्छेले केही न केही सिकिरहेको हुन्छ। ८ दशक पहिला एउटै छानामुनि हामी ९ जना केटाकेटीहरू थियौं। हाम्रो आफ्नै संसार थियो। परिवारले पालना गर्दै आइरहेको धर्म, आचरण, परम्परागत मूल्य र मान्यताको प्रभाव बालबालिकामा स्वाभाविक रुपमा परिरहेको हुन्छ। हाम्रो समाजमा सम्भवतः यिनै कुराहरूको आभामा सिकाइका चरणहरू प्रारम्भ हुन्छन्। तीबाहेक कतिपय अवस्थामा छुट्टै चाहना र हुटहुटीको प्रकटीकरण पनि हुने गर्छ। 

मभन्दा अघिल्ली मेरी दिदी हुनुहुन्थ्यो हाम्रो परिवारमा। दोस्रो सन्तानका रुपमा मेरो जन्म भयो। अहिलेको जमानामा त छोरी जन्मिदा दिक्क मान्नेहरू छन् भने आजभन्दा ८४ वर्षअघि कस्तो हुँदो हो ? पक्कै पनि समाज अलिक संकीर्ण नै थियो। म हुर्केपछि मलाई मेरी आमाले सुनाउनु भएको थियो, 'हामीले छोराको चाहना गर्दागर्दै तिमी जन्मेकी हौ।' सुरुमा त मैले यसको निहितार्थ बुझेकी पनि थिइनँ। अलि पछिमात्र यसकाे अर्थ बुझ्न सकेँ। मपछि भने परिवारमा भाइको जन्म भयो, म जन्मेको १३ महिनाको अन्तरालमा। छोरा जन्मनु भनेको सबैका लागि खुसीकाे कुरा थियो। त्यसैले छरछिमेकी र कतिपय आफन्तहरूले मलाई भन्थे,  'जेठी छोरी बाउको, कान्छो छोरा आमाको। तिमी त बीचकी अनमानी, कसैकी न कसैकी।' म अलिक सोझी, नबोल्ने र अन्तरमुखी स्वभावकी बालिकालाई उनीहरूले यसो भनेकोे मैले कहिल्यै बिर्सन सकिनँ। 

साढे दुई वर्षसम्म बोल्न नसक्ने भएपछि मलाई मेरो बुबाले ‘लाटी मैयाँ’ भनेर सम्बोधन सुरु गर्नु भएको रहेछ। यतिसम्म कि म पद्मकन्या क्याम्पसको प्रिन्सिपल हुँदासम्म पनि मलाई उहाँले यही नामले पुकार्नुहुन्थ्यो। मलाई बुबाको यस्तो सम्बोधन अति नै प्रिय र आत्मीय लाग्थ्यो। तर पछि उहाँले 'अब त अति भयो म तिमीलाई सानी भन्छु' भन्नुभयो र लाटी मैयाँ पुकार्न छोड्नु भयो। अर्को कुरा, भर्खर ४–५ वर्षको हुँदा मेरा दौँतरीहरू मेरो दिदी, मेरो भाइ, काकाको छोरा जसलाई मैले ठूलो भाइ भन्थेँ, एकदम बाठा थिए। चलाख थिए। घरमा अरु पुरेतहरूका केटाकेटीहरू पनि आउँथे।

मेरोजस्तै प्रयासलाई अभिभावकले राम्ररी प्रोत्साहन गर्न सक्यो भने बालबालिकाहरू छिटो सिक्छन्। नयाँ-नयाँ काम गर्दा नयाँ-नयाँ अनुभव प्राप्त हुन्छ।

Ncell 2
Ncell 2

विशेषगरी पूजाआजाका बेला आमाका साथीका छोराछोरीहरू पनि देखिन्थे। मेरा दिदी र भाइहरूसँग उनीहरू रमाइरमाइ खेलेको म प्वाक्क परेर हेरिरहन्थेँ। उनीहरूको चञ्चलता र फूर्ति देखेर मभित्र एक प्रकारको हीनताबोध पनि महसुस हुन्थ्यो। म भित्रभित्रै उनीहरूजस्तै फूर्तिलो र चलाख हुने अभ्यास पनि गर्थेँ। अहिले सोच्दा लाग्छ, मेरोजस्तै प्रयासलाई अभिभावकले राम्ररी प्रोत्साहन गर्न सक्यो भने बालबालिकाहरू छिटो सिक्छन्। नयाँ-नयाँ काम गर्दा नयाँ-नयाँ अनुभव प्राप्त हुन्छ। यसले कमजोर बालबालिकामा आत्मविश्वास बढ्दै जान्छ। यो कुरा मैंले बिस्तारै परिवारबाटै सिकेकी हुँ। 

मैले यो कुरा किन पनि गरिरहेकी हुँ भनेँ, सानो उमेरमा पनि सम्बन्ध, आत्मीयता, सम्बाेधन या चालचलनका कुराले केही न केही सिकाइरहेका हुन्छन्। जस्तो मेरो शिक्षादीक्षाकै कुरा गरौं। काकाको छोरासहित हामी चार जनालाई मेरो बुवाले घरको एउटा कोठामा पढ्ने व्यवस्था मिलाउनु भएको थियो। पहिला त हामीलाई उमेरका आधारमा छुट्टाछुटै राखिएको थियो तर हामीकहाँ आत्माराम गुरु पढाउन आउन थालेपछि भने भाइहरूसँगै पढ्न राखियो। गुरुले भाइहरूलाई अंग्रेजी पनि पढाउनुहुन्थ्यो तर हामी दिदीबहीनीलाई हिन्दीमात्र। हिन्दीको एउटा पाठ त अहिले पनि मलाई याद छ-आइ रेल आइ रेल, धुवाँ उडाती आइ रेल।

भाइहरूलाई अंग्रेजी पढाउने तर हामीलाई नपढाउने भएपछि हामी अंग्रेजी भाषाप्रति बढी उत्सुक भयौँ। गुरुले उनीहरूलाई अंग्रेजी पढाएको लुकीछिपी हेर्न थाल्यौं। भाइहरूका अंग्रेजी पुस्तक चोरेरै भए पनि पढ्न थाल्यौँ। एक दिन त यस्तो भयो कि, गुरुले भाइहरूलाई सोधेको अंग्रेजी पाठबारे प्रश्नको उनीहरूले जवाफ दिन सकेनन्, हामी पढ्दै नपढेका दिदीबहिनीले दियौँ।

हाम्रो यस्तो हुटहुटी देखेपछि गुरुले आमासँग भन्नु भो, 'होइन हजुर यिनीहरूलाई पनि अंग्रेजी पढाउनु पर्ने भयो। हजुरले एक पटक घरमा कुरा राखिदिनु पर्‍यो।' त्यसपछि आमाले बुबालाई हामीले दिएको अंग्रेजी पाठको जवाफ र गुरुको आशय राखिदिएपछि हामीले पनि अंग्रेजी विषय पढ्न पायौं। यसले के सिकाउँछ भने बालबालिकाको रहरहरूलाई सम्बोधन गर्न सकियो भने उनीहरूको ज्ञानको दायरा फराकिलो हुन्छ। सोच उन्नत हुँदै आउँछ। 

shivam cement

shivam cement

खेलमै बिहे गर्थ्यौं, खेलमै खाना पकाउँथ्यौं र खेलमै पूजाआजा गर्थ्यौं। पुतलीको कोरीबाटी हुन्थ्यो। यसले एक किसिमको सम्बन्ध, आनीबानी र सामाजिकीकरण सिकाउँथ्यो।

अरु धेरै घरेलु, सामाजिक या अतिरिक्त क्रियाकलापका सन्दर्भमा पनि यस्तै सूत्र लागू हुन्छ। जस्तो : हामीहरू त्यतिबेला घरभित्र जम्मा भएर परिवारभित्र र बाहिरका केटाकेटीहरू तेलकासा, पुतली र गट्टा खेलहरू खेल्थ्यौँ। खेलमै बिहे गर्थ्यौं, खेलमै खाना पकाउँथ्यौं र खेलमै पूजाआजा गर्थ्यौं। पुतलीको कोरीबाटी हुन्थ्यो। यसले एक किसिमको सम्बन्ध, आनीबानी र सामाजिकीकरण सिकाउँथ्यो। यतिसम्म कि मेरो विवाह ११ वर्षको उमेरमा भएको हो। श्रीमानसँग म त्यतिबेला नै अध्ययनका अलावा खेलहरू खेल्थेँ। मलाई याद छ, भर्खर-भर्खर बिहे हुँदा उहाँले मलाई खरानीमा औँठी झुड्याउने खेल सिकाउनु भएको थियो। पछि थाहा पाएँ, त्यो खेलमा विज्ञान रहेछ। एउटा धागोमा नुन दलेर त्यसमा औठी झुण्ड्यायो र धागो जलायो भने औंठी झर्ने रहेनछ।

हाम्रो घरमा हामी दिदीबहिनीको नाउँ नै फलफूलका नाउँहरू राखियो, अंगुर, लिची र अञ्जीर। यसले पनि कम्तीमा फलफूलका नाउँ  र त्यसको महत्व त सिकायो नि ! सबैभन्दा महत्वपूर्ण कुरा त सिक्ने र सिकाउने संस्कार निर्माण हो। यसका कडीहरू अभिभावकले बुझे भने बल्ल सिक्ने घरका साना सदस्यहरूको प्रक्रिया पनि बलियो हुँदै आउँछ। 

हरेक पहलुबाट हामीले सिकिरहेका हुन्छौं। झन बाल्य र किशोर अवस्थामा त सिक्ने उपक्रम तीब्र हुन्छ। मैले पहिलो पटक थाहा पाएको मृत्यु दिदीको थियो। ९ वर्षको उमेरमा दिदी अञ्जीरको बिहे भयो तर एक वर्षपछि उनलाई टाइफाइड भयो। त्यो बेला एन्टिबायोटिक थिएन र उनको निधन भयो। घरमा रुवाबासी भयो। पहिलोपटक मैले त्यस्तो कोकोहोलो र उदासी देखेँ। दिदीको मृत्युले मलाई स्तब्ध मात्र बनाएन ओहो जन्मेपछि मर्नु पनि पर्ने रहेछ भन्ने पनि बोध गरायो।

मैले बुबाले भनेको त्यही कुराबाट कतिपय अभावहरूमा पनि हाँस्न सिकेँ। आफूलाई नियन्त्रण गर्न र थप संघर्षशील हुन सिकेँ। त्यसैले मेरो वैवाहिक जीवन बुवाले उहिल्यै कल्पना गरे जस्तो सुखद् रह्यो। 

दिदीको निधनपछि मलाई भिनाजुले माग्न पनि आउनुभएको रहेछ। तर गुर्जुपुरेतकोमा बुहारीलाई अलिक गाह्रो हुने भएकाले बुवाआमाले दिन मान्नु भएन। त्यसो त दिदीको पनि म मोटी र अलिक सोझी स्वभावकी भएकीले गुर्जुपुरेतको परिवारमा नपरोस् भन्ने चाहना रहेछ। पछि मेरो अन्तै बिहे भयो। बिहे गर्दा मेरो श्रीमान् दरबार हाइस्कुलमा ५ कक्षामा पढ्दै हुनुहुन्थ्यो। उहाँको नाम बलराम जोशी हो। धनि घरको सन्तान नभए पनि एउटा स्वस्थ र मेधावी भएको थाहा पाएपछि बुबाले मलाई बिहे गराइदिने सोच्नु भएको हो। बिहेको बेला बुवाले आमासँग भन्नु भएको एउटा कुरा मैले त्यतिबेलै सुनेकी थिएँ, जुन मेरा लागि जीवनभरको सिकाइमा महत्वपूर्ण मन्त्र बनिरह्यो। बुबाले आमासँग भन्नुभएको थियो, 'केटा ठीक छन्। सम्पत्ति भन्ने कुरा ठूलो होइन। छोरीलाई हामीले पनि पढाइदिउँला। दुवै जना पढ्छन्। आफ्नो गरेर खान्छन् र चखेवाचखेवीको जोडीजस्तै सुखी रहन्छन् जीवनभर।'

यो चखेवाचखेवी भन्ने कुरा आध्यात्मिक सुखसँग जोडिएको कुरा हो। मान्छेहरू धन भएर पनि सुखी हुन नसकेका उदाहरणहरू प्रशस्तै छन्। यो पनि सिकाइमा कमजोरी भएर अनुभूत हुने कुरा हो। मैले बुबाले भनेको त्यही कुराबाट कतिपय अभावहरूमा पनि हाँस्न सिकेँ। आफूलाई नियन्त्रण गर्न र थप संघर्षशील हुन सिकेँ। त्यसैले मेरो वैवाहिक जीवन बुवाले उहिल्यै कल्पना गरे जस्तो सुखद् रह्यो। 

फेरि हाम्रो परिवार धार्मिक परिवार थियो। यसो सम्झिँदा मैले धर्मबाट धेरै कुरा सिकेँ भन्ने लाग्दछ। घरमा हजुरआमा हुनुहुन्थ्यो। उहाँले ध्यान गर्न सिकाउनुहुन्थ्यो। ध्यानले नियन्त्रित हुने अनुशासन सिकाउँछ। हामीलाई माला जप्न र गीता पढ्न सिकाइन्थ्यो। त्यसैले होला अहिलेसम्म पनि मेरो विश्वास धर्ममा छ। मान्छेहरू दुख्ख र सुख्खका पक्षमाथि धर्मको दृष्टिले बहस गर्छन्। मलाई लाग्छ धर्मको मर्म बुझियो भने सुखी हुन सिकिन्छ। जस्तो-मनमा सकारात्मक विचार मात्र ल्याएर, अन्तःकरणप्रति सधैं सचेत रहेर, विघ्नबाधालाई नै सफलताको खुड्किलो बनाएर, भविष्यबारे अनावश्यक आशंकाहरू नगरेर, निस्वार्थ समाजसेवा गरेर र आन्तरिक सम्पति ( दौलत होइन ) जम्मा पारेर सुखी हुन सकिन्छ। यस्तो तरिका कुनै पाठ्यक्रमले भन्दा बढी धर्मले सिकाउँछ भन्ने लाग्दछ। 

दीक्षा भनेको अलग हिसाबको सिकाइ हो। मानवीय मूल्य र मान्यतामा बाँच्ने कला सिक्ने आत्मिक र आध्यात्मिक प्रक्रियालाई मैले दीक्षा भन्ने गरेको छु। 

अरु कडीहरू पनि छन् जीवनमा सुख्ख सिक्ने। दुष्कर्मबाट टाढा रहियो भने, आफूलाई अरुसँग दाँज्ने काम गरिएन भने र बुद्धिलाई विवेकयुक्त बनाइयो भने मान्छे स्तरीय रुपमा सुखी हुन्छ। अहिले शिक्षा त सबैतिर पाइन्छ तर दीक्षा पाउँन मुस्किल छ। दीक्षा भनेको अलग हिसाबको सिकाइ हो। मानवीय मूल्य र मान्यतामा बाँच्ने कला सिक्ने आत्मिक र आध्यात्मिक प्रक्रियालाई मैले दीक्षा भन्ने गरेको छु। 

सिक्ने भन्ने कुरामा, वातावरण र संगतको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका हुने रहेछ। मलाई मेरो श्रीमानले लोककथा सुनाउँदै, विभिन्न खेल सिकाउँदै एकप्रकारले अध्ययनप्रति लगाव सृजना गरेको सम्झदा रमाइलो मात्र होइन भाग्यमानी रहेछु भन्ने लाग्दछ। नेपालको इतिहासमा म्याट्रिक पास गर्ने हामी पहिलो दम्पती थियौँ। हाम्रो सल्लाह थियो, डक्टर र म्याडम क्युरीको जस्तै हामी दुवैले भौतिक विज्ञान पढेर नयाँ नयाँ कुरा पत्ता लगाउँने। तर त्यसबेला मलाई त्रिचन्द्र कलेजमा विज्ञान पढ्न दिइएन, मेरो श्रीमान्मात्र भर्ना हुनुभयो। मलाई ‘प्राक्टिकल’ मात्र देऊ न भन्दा पनि कलेजले दिएन। म त इतिहासमा विभेदको शिकार भएकी मान्छे। कलेजमा विज्ञान पढ्न नपाएपछि मैले घरमै बसेर मानविकी विषय पढेँ। गुरुहरू आउँनुहुन्थ्यो, पढाउनुहुन्थ्यो। पढ्दापढ्दै आइएको दोस्रो वर्ष हुँदा मेरो छोरा जन्म्यो। सुत्केरी हुँदा पढ्नु हुँदैन, आँखा कमजोर हुन्छ भनियो तर मैंले मानिनँ। मेरा श्रीमानले पनि पढ्ने कुरामा सधैं सहयोग गर्नुभयो।

सिक्ने र सिकाउने कुरा गर्ने हो भने एउटी आमा बन्नु पनि जीवनको एउटा सुन्दर अध्याय रहेछ। पहिलो सन्तान (छोरा) जन्मेपछि मैले आमा हुनुको मर्म पहिलोपल्ट अनुभूत गरेँ। बालबालिकाका हरेक क्रियाकलापबाट पनि सिकिन्छ। ६ महिनाको छोरा छोडेर म पढ्न बनारस विश्वविद्यालय गएँ। तीन–चार महिनामा आउँदा पनि ऊ मामीमामी भन्दै मेरो काखमा लुटपुटिन आइपुग्थ्यो। हुर्कँदै गएपछि मैले जे गर्‍यो, उसले त्यही नक्कल गर्दथ्यो। उसले मैले दाँत ब्रस गरेको देखेपछि त्यसै गर्न खोज्यो। र, मैले उसलाई सानो नयाँ ब्रस किनेर ल्याएर दाँत माँझ्न सिकाएँ।

बालबालिकाको जिज्ञासु र निर्दोष भावबाट एउटी आमाले आनन्द ग्रहण गर्न सिक्छे। त्यो अद्भूद् आनन्दको अनुभूति नै बेग्लै ! बनारसमा मैँले चार वर्ष बिताएँ। पढाईकै मध्य चरणमा अर्थात् बिए अन्तिम वर्षमा मेरो छोरी जन्मी। मास्टर डिग्रीका बेला अर्को छोरी पनि जन्मी। मेरा सन्तानहरू अहिले आ-आफ्नो पेशामा सफल छन्। कुनै असन्तोष छैन। परिवारका सदस्यहरू खुसी हुँदा आफू पनि खुसी हुन सकियो भने जीवन सफलतम् भएको झल्को मिल्दछ। 

पढाइ सकेपछि यहाँ काठमाडौंमा पद्मकन्या कलेज सुरु भएको थियो, लेक्चर भएँ। यता ल कलेज पनि खुलेको थियो। त्यसपछि मेरो श्रीमानले मलाई कानुन पढ्न सुझाव दिनुभयो। मैले कानुन पनि पढ्न थालेँ, बिएल। पहिलो एमए गर्ने महिला त छदै थिएँ, पहिलो बिएल गर्ने महिला पनि म नै भएँ। यत्तिकैमा बेलायतबाट नेपाल सरकारलाई छात्रवृत्ति कोटा आएको थाहा पायौं। श्रीमान–श्रीमतीको सल्लाह भयो-लौ आवेदन दिऔं। बेलायतको छात्रवृत्तिका लागि आवेदन त दिइयो तर त्यहाँ पनि मेरो कागजात मन्त्रालयले रोकिदियो। भनियो, श्रीमानश्रीमती दुवैलाई छात्रवृत्ति हुँदैन। त्यसैले श्रीमानको मात्र कागज अगाडि बढाइयो। यसले मलाई ठेस पुर्‍यायो। नरमाइलो लाग्यो।

यसरी बाहिर पढ्न जाने पहिलो महिला पनि म नै हो। यस्ता संघर्ष, यत्न र उपलब्धिहरूबाट सिकिने कुराहरूको महत्व नकार्न सकिदैन, कहिल्यै पनि।

टंकप्रसाद आचार्य प्रधानमन्त्री हुनुहुन्थ्यो। मलाई चीन घुम्ने एउटा उच्चस्तरीय टोलीमा पारियो। हामी चीन घुम्यौं, माओ र चाउएनलाईसँग भेट्यौं। र, फर्केपछि राजा महेन्द्रले चीन भ्रमणको अनुभव सुन्न दरबारमा सामूहिक भेटघाटमा बोलाउनु भयो। भ्रमणले पनि मानिसलाई धेरैथोक सिकाउँछ। अरुले गरेका प्रगति या दुर्गती सबै नियाल्ने मौका मिल्छ। मैले राजासँग चीनको भव्यता वर्णन गरेपछि प्रसङ्गवस मेरो गुनासो पनि राखेँ। भनेँ, 'सरकार मलाई बेलायतको छात्रवृत्तिका लागि बाधा उत्पन्न गरियो। मन्त्रालयले मेरो कागजात रोक्यो। बेलायतीहरूले नै सेलेक्ट नगरे त ठीकै हो तर यहीँबाट रोक्ने काम त हुनु भएन नि।'

मैले तीनपटक सम्म अनुनय गरेपछि राजा महेन्द्रले शिक्षामन्त्रीतिर फर्केर भन्नुभयो,  'शिक्षामन्त्रीले हेरिदिनुहुन्छ नि।' त्यतिबेला शिक्षामन्त्री बालचन्द्र शर्मा हुनुहुन्थ्यो। नभन्दै भोलिपल्ट नै मेरो फारम मन्त्रालयले बेलायत पठायो। पछि मेरा श्रीमानको भन्दा अगाडि नै मेरो छात्रवृत्ति अनुमोदन भएर आयो। यसरी बाहिर पढ्न जाने पहिलो महिला पनि म नै हो। यस्ता संघर्ष, यत्न र उपलब्धिहरूबाट सिकिने कुराहरूको महत्व नकार्न सकिदैन, कहिल्यै पनि।

म बेलायत जानुअघिसम्म भक्भकाउँथे। भक्भकाउँने समस्याका कारण कतिपय सन्दर्भमा मैले हिनताबोध गर्नु परेका अनुभव पनि मसित थिए। एक दिन बेलायतको एउटा पत्रिकामा मैले ‘तपाईसँग कुनै समस्या छन् भने हामीसँग सम्पर्क गर्नुहोस्’ भन्ने विज्ञापन देखेँ। पुगेर परामर्श गरेपछि, उनीहरूले मेरो कमजोरी पहिल्याउने प्रयास गरे र एक प्रकारको बोल्ने अभ्यासका लागि केही सूत्रबद्ध तरिका सिकाए। म राम्ररी बोल्न सक्छु भन्ने सकारात्मक विश्वास जगाउन उनीहरूले हरेक रात, म सररर बोल्न सक्छु भन्ने कुरा दोहोर्‍याइरहन सुझाव दिए। नभन्दै भकभकाउने समस्या त चैट भयो। 

म त्यतिबेला पनि आस्तिक थिएँ। खप्तड बाबाले पनि ध्यानका कुरा सिकाउनु भएको छ। अहिले पनि मेरो शरीरमा १० थरीभन्दा बढी रोगहरू छन्। तर, सबैलाई मेरो विश्वासले नियन्त्रण गरेकी छु। अब समस्याबाट सिक्ने कुरा गर्नुहुन्छ भने, मलाई क्यान्सरजस्तो भयानक रोग लाग्यो। एउटा हर (पाटो) बाङ्गियो। मेरो देब्रे छाती सुक्यो। योभन्दा कहालीलाग्दो अवस्था के हुन सक्छ? तर सिक्ने भनेको नै समस्याहरूबीच उभिएर हो। समस्याहरूको जगमा उभिएको सिकाइ दिगो र परिपक्व हुन्छ। 

बेलायतबाट फर्केपछि सामाजिक रुपमा सक्रिय हुन थालेँ। महिला संगठनको कामका लागि खटेँ। समाजका हरेक तह र तप्काका मान्छेहरू भेट्ने, उनीहरूको सुखदुख जान्ने र मनन गर्ने उपक्रममा पनि सिक्ने मौका मिल्यो। मान्छे अरुबाट सिक्न सक्छ। अरुका भोगाइ र अनुभूतिबाट पनि ज्ञानको दायरा बढ्न सक्छ। मैंले त्यतिबेला ५ सय जना गरीब बालबालिका पढाउन मद्दत गरेकी थिएँ। हाम्रो संगठनका दुई सय त कर्मचारी थिए। हामीले रेष्टुराँसमेत चलाएका थियौँ। संगठनले पैसा कमाएर समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका थियौँ। अर्को कुरा, म पद्यकन्या कलेजमा पनि थिएँ। त्यहाँ हुँदा विद्यार्थी र शिक्षकको सम्बन्ध नै अलग प्रकृतिको थियो। विद्यार्थीहरूबाट पनि शिक्षकले सिक्न सक्छन् भन्ने विश्वास ममा थियो। 

यसो सम्झिँदा, ८० वर्षभन्दा लामो कालखण्डमा सबैभन्दा महत्वपूर्ण कुरा त मान्छेको जिन्दगीको अर्थ के हो भनेर सिकियो, जुन कुरा बोध गर्नका लागि समय र अनुभव नै महत्वपूर्ण रहेछन्।

अहिले फर्केर हेर्दा जिन्दगीमा कोर्सका पुस्तकहरू बाहेक सिक्ने कक्षा कोठाहरू धेरै रहेछन् भन्ने लाग्दछ। जिन्दगीरुपी कक्षाकोठाहरूमा हुने सिकाइको महत्व विशेष र बेग्लै हुनेरहेछ। खासमा भन्ने हो भने, जीवनमा सिक्ने कुराका लागि सिक्ने हुटहुटी गराउँने तत्ववोध महत्वपूर्ण रहेछ। सुख्खमा रमाउँन, दुख्खमा पनि धीर हुन मलाई धर्मले सिकायो। धर्मको प्रभावले मैले अरु पनि धेरै सिकेँ। यसो सम्झिँदा, ८० वर्षभन्दा लामो कालखण्डमा सबैभन्दा महत्वपूर्ण कुरा त मान्छेको जिन्दगीको अर्थ के हो भनेर सिकियो, जुन कुरा बोध गर्नका लागि समय र अनुभव नै महत्वपूर्ण रहेछन्।

सबैभन्दा बढी माया ममताको अर्थ भने परिवार र यसभित्रका सदस्यहरूसँगको सम्बन्धका कारण सिकेँ। सिकाउन त अरुले गरेका भेदभावले आफूलाई झन् उदार र मानवीय हुन पो सिकायो। मान्छेलाई सामाजिक हुन भने समाज र परम्पराले सिकाउने रहेछ। सामाजिक मूल्यको सिकाइ मान्छेले अर्को पुस्तामा पनि हस्तान्तरण गर्न खोज्ने रहेछ। आफ्ना विशिष्ठ प्रकारका अनुभव र अनुभूति तथा सन्दर्भबाट सिकिएका कुरा दीर्घकालीन र स्मरणीय हुने रहेछन्।  खुसी, पीडा, पैसा, भाव–अभाव, आफन्त, सम्बन्ध र समाजबाट मान्छेले धेरै ज्ञान र प्रेरणा प्राप्त गर्छ। धर्मले सबै पवित्र कर्मलाई निर्देशित गर्ने हुँदा त्यहाँबाट पनि धेरै कुरा सिक्न सकिन्छ। त्यसैले भनिएको होला, जिन्दगी भनेको सिकाईको अर्को नाम हो।

तस्बिर : हिमालखबर डट कम

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अमृत
अमृत नेपाललाइभका प्रधान सम्पादक हुन्।
लेखकबाट थप
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्