• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
के हुन् नेकपा स्थायी कमिटी बैठकका एजेन्डा?
64x64
वीरेन्द्र ओली सोमबार, असार ८, २०७७  १४:३९
1140x725
फाइल फोटो: नेकपा स्थायी कमिटी

काठमाडौं- नेकपा स्थायी कमिटी बैठक दुई पटकसम्म स्थगित भई असार १० गते बस्न लागेकाले नेताहरुमा चासो बढेको छ। गत मंसिर २९ पछि पहिलो पटक बस्न लागेको हो। यसबीचमा धेरै घटना चर्चामा आएकाले पनि बैठकमा प्रस्तुत हुने एजेन्डा चासोको विषय बनेको छ।

बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्ने राजनीतिक दस्तावेजलाई नेताहरुले केन्द्रमा राखेर हेर्ने भएका छन्। अध्यक्षद्वयले चित्त बुझ्दो दस्तावेज ल्याउन नसके स्थायी कमिटीका नेताहरुले फरक दस्तावेज ल्याउने चेतावनी दिइसकेका छन्। पार्टी नेताहरुलाई चित्त बुझ्दो दस्तावेज ल्याउनुपर्ने चुनौती अध्यक्षद्वयलाई छ।

बैठकमा कुन-कुन एजेन्डा हुने भन्ने विषयमा जानकारी नभए पनि समसामायिक विषयमा हुने भनिएको नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), कोरोना भाइरस नियन्त्रणमा सरकारले खेलेको भूमिका, सरकार ल्याएको बजेटको समीक्षा, नयाँ नक्सा जारी भएपछिको राजनीतिक तरंग लगायतका विषयमा छलफल हुने एक सचिवालय सदस्यको भनाई छ।

यस्तै बैठकको एजेन्डामा नसमेटिए पनि पार्टी विधान बमोजिम एक व्यक्ति एक पदको एजेन्डा कतिपय नेताहरुले उठाउने तयारी गरेका छन्। एमसिसी र सरकारको कामको आलोचना नै मुख्य विषय हुने कतिपय नेतहरुको बुझाइ छ।

यसअघि २० स्थायी कमिटी नेताहले २५ वैशाखमा अध्यक्ष प्रचण्डलाई भेटेर बैठकका एजेन्डाहरु बुझाएका थिए। तर, ३१ वैशाखको स्थायी कमिटी बैठक नै स्थगित भएपछि ती एजेन्डा सेलाएका थिए। त्यतिबेला समेटिएका कतिपय एजेन्डा असार १० मा बस्ने बैठकमा उठ्न सक्ने आकलन गरिएको छ। त्यतिबेला तयार एजेन्डमा एमसिसी, एक व्यक्ति एक पद, दललाई फुटाउन सजिलो हुनेगरी ल्याएको अध्यायदेश, कोरोना नियन्त्रणमा सरकार असफल हुनुका साथै मन्त्रीहरु नै अनियमिततामा मुछिएको विषय थिए।

एक दिनको स्थायी कमिटी बैठक नमान्ने 
स्थायी कमिटी बैठक असार १० गते ११ बजे बालुवाटारमा बस्ने तयारी गरिएको  नेकपा कार्यालय सचिव रिजालले बताए। ‘हामीलाई असार १० गते बिहान ११ बजे बस्ने जानकारी दिएको छ’, रिजालले भने, ‘तर, बैठक एक दिन हो कि दुई दिन केही भनिएको छैन।’

नेताहरुले स्थायी कमिटी बैठक एक दिनले मात्रै समय नपुग्ने बताएका छन्। एक दिनको स्थायी कमिटी बैठकको कुनै अर्थ नहुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्। ‘बैठकमा बोल्नुपर्ने विषयहरु धेरै छन्। हाम्रा कुरा नेतृत्व तहमा भएका नेताज्यूहरुले सुन्नुपर्छ’, शाक्यले भनिन्, ‘एक दिन बैठक राखेर झारा टार्न खोजिए मानिदैन।’

Ncell 2
Ncell 2

बैठकमा सबै नेताहरुले एकएक गरी आ–आफ्ना धारणा राख्न पाउनुपर्ने शाक्यको भनाई छ।

२० स्थायी कमिटी सदस्यको आफ्नै रणनीति
स्थायी कमिटी बैठक बोलाउन २० जना नेताहरुले अध्यक्ष ओली प्रचण्डलाई पत्रै लेखेर माग गरे। पार्टीमा विवाद बढ्दै गएकाले छलफल गर्नुपर्ने भन्दै प्रचण्ड र नेपाल समूहका स्थायी कमिटी नेताहरुले पत्र लेखेर बैठक बोलाउन दबाब दिए। नेताहरुकै दबाबमा नेकपाले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलायो। तर अघिल्लो दिन मोबाइल सन्देश मार्फत बैठक स्थगित गरिएको सूचना दिइयो।

बैठक स्थगित भए लगतै १८ स्थायी कमिटी नेताहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरी एजेन्डाहरु तय गरेर प्रचण्डलाई बुझाए। फेरि वैशाख ३१ गते स्थायी कमिटी बैठक बोलाइए पनि सबै नेताको पिसीआर टेष्ट नभएको भन्दै स्थागित गरियो।

आगामी असार १० गते बोलाएको स्थायी कमिटी बैठकका लागि कुनै तयारी नगरिएको नेता मणि थापाले बताए। ‘यसअघि स्थायी कमिटीमा कुनकुन एजेन्डा लग्ने बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बाहिर आएको पनि थियो’,  थापाले भने, ‘अब बस्ने स्थायी कमिटी बैठकमा पेश हुने एजेन्डा विषयमा छलफल भएको छैन।’

अध्यक्षद्वयको दस्तावेजमा पेश भएका एजेन्डाका आधारमा रणनीति बनाइने एक स्थायी कमिटी सदस्यले बताए। ‘अझै स्थायी कमिटी बैठक बस्ने समय आइसकेको छैन। बैठकमा केके एजेन्डा ल्याउँछन् त्यो बुझ्छौं’, ती स्थायी कमिटी सदस्यले भने, ‘यदि अध्यक्षहरुबाटै चित्त बुझ्दो एजेन्डा पेश नभए अर्को दस्तावेज समेत पेश हुन सक्छ।’

सचिवालय र स्थायी कमिटीमा एमसिसीको पक्ष-विपक्ष
एमसिसीको विषयमा नेकपाका नेताहरु स्पष्ट देखिने गरी पक्ष विपक्षमा विभाजित भएका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल एमसिसी संशोधन नगरेरै तत्काल संसदबाट पारित हुनुपर्ने अडानमा छन्। एमसिसी पक्षमा माहोल बनाउन प्रधानमन्त्री ओली सहित सचिवालय सदस्य पोखरेल र पौडेल लगायत नेताहरु तीव्र रुपमा लागेका छन्।

एमसिसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। उनीहरु एमसिसीको विषयमा पार्टी कमिटीले निर्णय गरेर संसदबाट पारित गर्नुपर्ने अडानमा छन्। 

सचिवालयका ९ मध्ये तीनजना मात्रै ओली समूहका नेता भएकाले एमसिसीमा विषयमा सो पक्षले सचिवालयबाट आफू अनुकुल निर्णय गर्न सक्ने अवस्था छैन। ओलीले एमसिसीमा आफ्नो बहुमत देखाउन थापा र श्रेष्ठलाई फकाइरहेका छन्। थापालाई बढुवा गरेर उप्रधानमन्त्रीको लोभ देखाइएको छ भने श्रेष्ठलाई मन्त्रीको आशा देखाइएको छ। तर, श्रेष्ठ र थापाले एमसिसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने अडान लिएका छन्।

यस्तै स्थायी कमिटीमा ४५ जनामध्ये ओली समूहका ११ जना, प्रचण्ड समूहका १७ जना र नेपालव समूहका १२ जना छन्। स्थायी कमिटीमा पनि ओली समूह समेत स्पष्टै अल्पमतमा छ। सचिवालयमा जस्तै स्थायी कमिटीमा पनि प्रचण्ड-नेपाल समूहका नेताहरु एमसिसीको विपक्षमा उभिएका छन्। सचिवालयदेखि स्थायी कमिटीसम्म प्रचण्ड-नेपाल समूहका नेताहरु एक ठिक्का भएकाले ओलीले फकाएर आफ्नो पक्षमा ल्याउन कठिन देखिएको छ।

ओलीले पार्टीको निर्णयलाई लत्याएर एमसिसी संसदबाट पारित गराउन सक्ने अवस्था छैन।

ओली समूह 
१. केपी शर्मा ओली (अध्यक्ष)
२. ईश्वर पोखरेल
३. पृथ्वीसुब्बा गुरुङ
४. शंकर पोखरेल
५. सत्यनारायण मण्डल 
६.सुवास नेम्वाङ
७. किरण गुरुङ
८. प्रदीप ज्ञवाली
९. छविलाल विश्वकर्मा
१०. विष्णु रिमाल
११ रघुविर महासेठ
  
नेपाल समूह
१ माधवकुमार नेपाल 
२. भीम रावल
३. अष्टलक्ष्मी शाक्य
४. युवराज ज्ञवाली
५. घनश्याम भुसाल
६. भीम आचार्य
७. गोकर्ण विष्ट
८. योगेश भट्टराई
९. सुरेन्द्र पाण्डे
१०. रघुजी पन्त
११. बेदुराम भुसाल
१२ मुकुन्द न्यौपाने

प्रचण्ड समूह
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष)
२. नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
३. देव गुरुङ
४. टोपबहादुर रायमाझी
५. गिरिराजमणि पोखरेल
६. हरिबोल गजुरेल
७. वर्षमान पुन
८. शक्ति बस्नेत
९. जनार्दन शर्मा
१०. पम्फा भुसाल
११. मातृका यादव
१२. गणेश साह
१३. लेखराज भट्ट
१४. देवेन्द्र पौडेल
१५. चक्रपाणि खनाल
१६. लीलामणि पोखरेल
१७. मणि थापा

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १४:३९
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्