काठमाडौं- आइतबार बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ। बिहान १०ः५० बजे स्पर्श भएकोमा सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य भएकाे थियाे भने अपराह्न २ः२३ बजेसम्म रहने छ।
यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिन्छ।
आजको ग्रहण कंगाे, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत लगायतका स्थानबाट देख्न सकिनेछ। काठमाडौँबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीब ८८ प्रतिशत ढाकेको देखिएको थियो।
विभिन्न देशबाट देखिएको सूर्यग्रहणका दृष्य :
काठमाडौँको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण । तस्बिरः प्रदीपराज वन्त- रासस
भारतबाट देखिएको सूर्यग्रहणको दृष्य। तस्बिर: एएफपी/रासस
काठमाडौंबाट देखिएको सूर्यग्रहणको दृष्य। तस्बिर:रासस
काठमाडौंबाट देखिएको सूर्यग्रहणको दृष्य। तस्बिर:रासस
श्रीलंकाबाट देखिएको सूर्यग्रहणको दृष्य। तस्बिर: एएफपी/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।