• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
रुकुम घटना : मृतक ६ जनाको लासजाँच मुचुल्का भन्छ- शरीरभरि चोट
64x64
दुर्गा दुलाल सोमबार, असार १, २०७७  १८:२९
1140x725

काठमाडौं- ६ जनाको ज्यान जानेगरी भएको रुकुमको चौरजारी घटनाका अभियुक्त विरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि सोमबार थुनछेक आदेश शुरु भएको छ। सो घटनामा ३४ जना आरोपित छन्। सरकारी बकिलको कार्यालयले ३२ जनालाई आजन्म कैद सजाय र क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ भने दुई आरोपी नाबालक भएकाले उनीहरुको हकमा भने कम सजाय माग गरिएको छ ।

घटनामा परी नवराज विक, टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सजिव विक र गोविन्द शाहीको ज्यान गएको थियो। प्रहरी अनुसन्धानमा ६ जनाले ज्यान जाने गरी भएको सो घटनाको अन्तरजातिय प्रेम देखिएको छ। अभियोग पत्रमा मृतक सबैको लासजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्टको निष्कर्षसमेत उल्लेख छ। अभियोगपत्रमा उल्लेख भएको दुवै रिपोर्ट अनुसार मृतक सबैको शरिरमा गम्भीर चोट छन्। मृत्युको कारण भने पानीमा डुबेकाले उल्लेख छ।

यो पनि पढ्नुहोस्

रुकुम घटना : फेसबुकमा 'ब्लक' गरेकी थिएँ, भाइको मोबाइलबाट कुरा गर्थें [नवराजकी प्रेमिकाको बयान]सोमबार, असार १, २०७७

प्रेमिका लिन गएका नवराज विकको लाशजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्ट अनुसार उनको निधारमा १३×५ सेमीको निलडाम, बाँयातर्फ निधारमा १.५ सेमी खोस्रिएको दाग, टाउँकोमा २×०.५ सेमी काटिएको घाउ पाइएको थियो। त्यस्तै बाँया आँखीभौंमा १.५ सेमी. काटिएको घाउ, नाकमा बाहिरी निलडाम रहेको, नाकमा बालुवा रहेको,कानमा बालुवा रहेको, निधार कोतरिएको र सुन्निएको पाइएको उल्लेख छ। चोटको प्रकृति जोडले हिर्काउँला हुने देखिएको नेपाल लाइभलाई प्राप्त अभियोगपत्रमा उल्लेख छ। मृत्युको कारणमा भने पानीमा डुबेर उल्लेख गरिएको छ।

अर्का मृतक टिकाराम नेपालीको पोस्टमार्टम रिपोर्टमा टाउको र अनुहारमा जोडले हिर्काएको देखिएको उल्लेख छ। दुबै आँखाको आँखीभौंमा १×१ इन्चको काटिएको, बाँया कानबाट रगत जस्तो पदार्थ बगेको अभियोगपत्रमा उल्लेख छ। नाकको डाँडीमा घाउ,दुबै आँखीभौंमा काटिएको चारकिल्ला सहितको लाशजाँच मुचुल्कामा उल्लेख छ। उनको पनि मृत्युको कारण डुब्नु उल्लेख छ। 

अर्का मृतक गणेश बुढामगरको लासजाँच मुचुल्कामा नाकको डाँडीका कोतरिएको,कानमा बालुवा रहेको,हत्केलाको छाला चाउरी परेको देखिएको अभियोगपत्रमा उल्लेख छ। निधारको भागमा निलडाम रहेको, भित्री भाग थिचिएको, निदार र नाकको डाँडीमा खोस्रिएको दाग रहेको मुचुल्कामा उल्लेख छ।

अर्का मृतक लोकेन्द्र सुनारको शरीरमा समेत जोडले हिर्काउँला भएका चोटहरु देखिएका छन्। उनको निधारमा २×२ से.मी.को खोस्रिएको दाग,दाहिने आँखीभौंको छेउमा १×०.२५ सेमीको काटिएको घाउ पाइएको अभियोगपत्रमा उल्लेख छ। अण्डकोष सुन्निएको,शरिरको ठाउँ–ठाउँको छाला खुईलिएको दाहिने हातको नाडीमा प्लाष्टिकको जाली(पासा) अल्झिएको पाइएको अभियोगपत्रमा उल्लेख छ। मृत्युको कारण डुब्नु उल्लेख छ। 

अर्का मृतक सञ्जिव विकको मुचुल्कामा निधारमा २×१ से.मी.भएको खोस्रिएको दाग,बाँया आँखीभौंमा २×०.५ इन्च र दाँया आँखीभौंमा १×०.२५ इन्च चोट रहेको उल्लेख छ। टाउँकोको पछाडी १×०.५इन्चको काटिएको घाउ रहेको,अण्डकोष सुन्निएको लाशजाँच मुचुल्कामा उल्लेख छ। पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण डुब्नु उल्लेख छ।

यो पनि पढ्नुहोस्

रुकुम घटना : मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएन [वडाध्यक्ष मल्लको बयान]सोमबार, असार १, २०७७

अन्तिममा लास भेटिएका मृतक गोविन्द शाहीको  लाश पूरै सुन्निएको, शरीरमा रहेका लुगाहरु खोल्न नसकिने भएको रिर्पोटमा उल्लेख छ। पत्तीको सहायताले उक्त लुगाहरु काटी शरीरबाट हटाउँदै खोली लाशलाई ओल्टाई पल्टाई गरी हेर्दा मृतक लाशको शरीर पुरै सुन्निएको र कडा दुर्गन्ध आईरहेको लाशजाँच मुचुल्कामा उल्लेख छ। पुरै शरीर सडीगलेको,सुन्निएको,मलद्धारबाट दिशा जस्तो पदार्थ निस्केको,छाला खुईलिएको प्रतिवेदनमा उल्लेख छ। 

Ncell 2
Ncell 2

पक्राउ आरोपी,घाइते र प्रत्यक्षदर्शीको बयानसँगै लाशजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनमा ब्लन्ट फोर्स समेत प्रयोग भएको कारणबाट घाउँचोट लागेको तथ्य स्थापित भएको र उनीहरुको मृत्यु प्रतिवादीहरुले वारदात मितिमा प्रहार गरेका चोट समेतबाट भएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्टको विवरण
मृतकको शरीरमा देखिएको घाउ चोटहरुको परीक्षण रिपोर्ट हेर्दा मृतक लोकेन्द्र सुनारको टाउको, दायाँ र बाँयाँ खुट्टामा ब्लन्ट फोर्स प्रयोग भएको उल्लेख छ। तर उनको रिपोर्टमा संभवत डुबेर मरेको हुन सक्ने लेखिएको छ। 

यो पनि पढ्नुहोस्

रुकुम घटना : बेइज्जत हुने भएकाले पूर्वयोजना अनुसार हत्या गर्‍यौं [किशोरीकी आमाको बयान]सोमबार, असार १, २०७७

निज मृतक लोकेन्द्र सुनारको लास जाँच मुचुल्कामा निधारमा २x२ सेमिखोस्रिएको, दाहिने आँखीभौंको छेउमा १x०.२ सेमी काटिएको, मलद्वारबाट दिसा निस्किएको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । 

मृतक सन्जु भन्ने सन्जिव विकको शव परीक्षण प्रतिवेदनको निष्कर्षमा आँखीभौं लगयतका शरीरको माथिल्लो भागमा समेत चोट भएको उल्लेख छ। यसका साथै पानीमा डुबेका कारण पनि मृत्यु भएको हुन सक्ने व्यहोरा उल्लेख भएको पाइन्छ। 

उनको घाँटी सुन्निएको निधारमा २.१ सेमीको चोट भएको खोस्रिएको, बायाँ आखि भौमा १x०.२५ इन्च काटिएको घाउ रहेको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ। 

नवराजको शव परीक्षण प्रतिवेदनको नि‍ष्कर्षमा तीन ठाउँमा चोट देखिएको उल्लेख छ। पाखुरा कुहिनो र टाउकोमा चोट लागेको छसमेत उल्लेख छ। तर मृत्युको कारण भने डुबेकाले पनि हुन सक्ने लेखिएको छ। 

विकको लासजाचँ मुचुल्कामा निधारमा १३x५ सेमीनिलडाम निधारमा बायाँ तर्फ १.५ सेमी खोस्रिएको, टाउकोमा २x०.५ सेमी, बायाँ आखीभौँमा १.५ सेमी काटीएको घाँउ भन्ने समेत व्यहोरा उल्लेख छ। 

यो पनि पढ्नुहोस्

रुकुम घटना : मारेरै भेरीमा फालेका हौं [किशोरीका दाजुको बयान]सोमबार, असार १, २०७७

टिकाराम नेपालीको शव परीक्षण प्रतिवेदनमा धेरै स्थानमा ब्लन्ड फोर्स प्रयोग भएको उल्लेख छ। टाउको, अनुहार, घाँटीमा समेत चोट पटक भएको देखिएको उल्लेख भएको पाइन्छ । निज मृतक टिकाराम नेपालीको लास जाचँ मुचुल्कामा कानबाट रगत जस्तो पदार्थ बगेको दुवै आखाको आखीभौँमा खोस्रिएको, १x१ इन्च काटिएको भन्ने समेत व्यहोरा उल्लेख छ।

मृतक गणेश बुढा मगरको शव परीक्षण प्रतिवेदनमा निज मृतक गणेश बुढा मगरको लास जाँच मुचुल्कामा नाक कोतरिएको निधारको भागमा निलडाम रहेको थिचिएको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ। मृतक गोविन्द शाहीको शव परीक्षण प्रतिवेदनअनुसार अनुहार निलोरातो सुन्निएको, नाक खुम्चिएको जस्तो सुन्निएको, कानमा रगत जस्तो र बालुवा भरीएको सुन्निई निलो रातो, अघिल्तिरको तलको एक र माथिको एक दाँत दवेको समेत उल्लेख छ।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १८:२९
  • #रुकुम_हत्याकाण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पुन: पक्राउ पुर्जी जारी हुने उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो। शुक्रबार, जेठ ३०, २०८२
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगियो काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गरेका... शुक्रबार, जेठ ३०, २०८२
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीको सहभागितामा टोली परिचालन भएको हो । शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
आजको मौसमः बागमती, गण्डकी प्रदेश सहित पश्चिम नेपालमा वर्षाको सम्भावना शनिबार, जेठ ३१, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ ३१, २०८२
कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो: ज्ञानेन्द्र शाही शुक्रबार, जेठ ३०, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
अहमदावाद विमान दुर्घटनाः २४१ यात्रु सहित २६५ जनाको मृत्यु शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्