• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
स्वास्थ्यमा अनियमितता शृंखला : २८ करोडका सामग्री किन्न ३ दिन मात्र समय दिँदै शनिबार टेन्डर आह्वान
64x64
उत्तम काप्री शनिबार, जेठ ३१, २०७७  २१:१७
1140x725

काठमाडौं- सरकारले झन्डै २८ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि ३ दिनको मात्र समय दिँदै टेन्डर आह्वान गरेको छ। शनिबार तीन दिन मात्र समय दिँदै स्वास्थ्य सेवा विभागले टेन्डरका लागि सूचना प्रकाशन गरेको हो। 

विभागले कोरोना परीक्षणमा प्रयोग हुने उपकरण अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि शनिबार टेन्डर गरेको छ।कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब पिसिआर परीक्षण मेसिनमा राख्नुअघि प्रशोधनका लागि अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रयोग गरिन्छ। यसका प्रयोग भएसँगै संकलित नमुनाको परीक्षणको दायरा बढाउन सहज हुन्छ।

अहिले कोरोना परीक्षणका लागि संकलन भएको स्वाब प्रशोधनको काम म्यानुयल रुपमा भइरहेको छ। जसका कारण संकलन भएको नमुनाको परीक्षण गर्न लामो समय लाग्ने गरेको छ।

सातै प्रदेशमा एक-एक वटा यो उपकरण उपलब्ध गराउने भन्दै विभागले खरिद गर्न लागको हो। विभागले ५ लाख किट पनि आवश्यक पर्ने भन्दै खरिद गर्न शनिबार टेन्डर सार्वजनिक गरेको हो।

विभागले शनिबार (१३ जुन)मा सूचना प्रकाशन गर्दै मंगलबार (१६ जुन) दिउँसो १२ बजेभित्र इच्छुक फर्मले ७० लाख रुपैयाँको बैंक ग्यारेन्टीसहितको धरौटी राखी टेन्डरमा सहभागी हुनुपर्ने सर्त राखेको छ। यसका अन्य सर्त तथा विवरण विभागको वेबसाइटमा राखिने टेन्डरको सूचनामा विभागले उल्लेख गरेपनि यो समाचार तयार पार्दासम्म ती विषयमा विभागले कुनै विवरण र सर्त वेबसाइटमा राखेको छैन।

विभागले १६ जुन अर्थात् मंगलबार दिउँसो ३ बजे प्रस्ताव खोलिनेसमेत जानकारी गराएको छ। यी सबै सामग्रीको लागत २८ करोड रुपैयाँ हाराहारी रहेको छ।

शनिबार टेन्डर आह्वान गरिएकाले 'सेटिङ'को शंका
विभागले मेडिकल सामग्री खरिदका लागि गर्दै आएका पछिल्ला टेन्डरहरूमध्ये अधिकांश विवादित बन्दै आएका छन्। बिहीबार मात्रै भिटिएम खरिदका लागि सम्झौता गर्न लागेको टेन्डरमा पनि विवाद सुरु भएसँगै सो सम्झौता अहिलेसम्म हुन सकेको छैन। पुनः ७ वटा अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन र ५ लाख  किट खरिदमा पनि सेटिङ भएको शंका उत्पन्न भएको छ।

Ncell 2
Ncell 2

सेटिङको शंका उत्पन्न हुने प्रमुख कारण हो, शनिबार पारेर २८ करोड रुपैयाँ बराबराको मेसिन तथा किट खरिदका लागि टेन्डर आह्वान गर्नु हो। नेपाली व्यवसायीसँग खरिद गर्ने गरी टेन्डर आह्वान गरिए पनि यी सामग्री विदेशबाट नै आयात गनुपर्ने हुन्छ। यसका लागि सामान उपलब्ध गराउने इच्छा प्रकट गर्दै टेन्डरमा सहभागी हुने कम्पनीले पनि उत्पादन कम्पनी वा विदेशी पार्टीसँग छलफल गर्नु पर्ने हुन्छ। बिदाका दिन सूचना प्रकाशन भएकाले छलफलका लागि कम समय मात्र उपलब्ध हुन्छ। विदेशका अधिकांश स्थानमा आइतबार पनि बिदा पर्छ। यसर्थ टेन्डरमा सहभागी हुन चाहेने कम्पनीले आफ्नो पार्टीसँग कुराकानी तथा छलफल गर्ने सक्ने अवस्था रहँदैन।

बाँकी रह्यो एक दिन अर्थात् सोमबार। सोमबार एक दिनमै व्यवसायीले विदेशी पार्टीसँग छलफल गरी सबै टेन्डरका लागि आवश्यक पर्ने सबै डकुमेन्ट तयार गर्न सहज हुँदैन। मंगलबार त व्यवसायीले टेन्डरका लागि सूचनामा सहभागी हुन प्रस्ताव राख्नै पर्ने हुन्छ। यसर्थ एकदमै कम समय र त्यसमा बिदा हुने अवस्थामा टेन्डर आह्वान गरिएकाले यस पटकको खरिद प्रक्रियामा पनि शंका उब्जिएको हो।

विभागले टेन्डर आह्वान गरेका सामान युरोप-अमेरिकमाबाट नै ल्याउनुपर्ने हुन्छ। ती देशका पार्टीले बिना डकुमेन्ट कुनै पनि काम अघि बढाउँदैनन्। यस्तो अवस्थामा विभागले न्यूनतम पनि २ देखि ३ दिनको 'वर्किङ डे'को समय दिनुपर्नेमा एक 'वर्किङ डे'को मात्रै समय दिएकाले यो टेन्डरमा पनि केही सीमित व्यक्तिबाटै खरिद गर्ने गरी कानुनी प्रक्रिया पूरा गर्नका लागि मात्रै शनिबार सूचना निकालेको हुने सक्ने शंका गरिएको हो।

यसलाई पुष्टि गर्ने अर्को आधार पनि छ। अहिलेसम्म खरिदका लागि टेन्डर गरिएको सामाग्री खरिदका सर्तहरुको सम्पूर्ण विवरण विभागले आफ्नो वेबपेजमा राख्ने गरेको छ। तर यो खरिदका लागि विभागले वेबसाइटमा हालसम्म कुनै पनि विवरण राखेको छैन। यो सबै गर्नुको पछाडि कुनै एक निश्चित व्यक्ति वा फर्मसँग मात्रै सामाग्री खरिदका लागि 'सेटिङ' भएको हुन सक्ने आशंकालाई बलियो बनाएको छ। 

shivam cement

shivam cement

कुनै र्फम वा व्यक्तिसँग सामग्री खरिद गर्न विभागले पहिले नै सबै विवरण दिएर काम गर्न लागएको र उसले सबै प्रक्रिया पूरा गरेर 'सामान ल्याउन सक्छु' भनेकाले कानुनी प्रक्रिया पूरा गर्नकै लागि मात्र यति छोटो समय दिएर टेन्डर आह्वान गरिएको शंका उब्जिएको हो। 

विभाग उच्च स्रोतकै कुरालाई विश्वास गर्ने हो भने पनि तीन दिनको समयमा २८ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री खरिदको टेन्डर सेटिङमा भएको हो। कुनै पनि व्यवसायीले यति छोटो समयमा टेन्डरमा सहभागी हुँदै गुणस्तरीय सामग्री दिने सक्ने अवस्था नहुने विभाग स्रोतको भनाइ छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
विभिन्न तीनवटा समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ ४, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ ४, २०८२
आजको मौसमः देशका अधिकांश क्षेत्रमा बदली, वर्षाको सम्भावना आइतबार, जेठ ४, २०८२
शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
गाजामा इजरायली आक्रमणबाट एक सय बढीको मृत्यु, २ सय बढि घाइते शनिबार, जेठ ३, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्