• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
मालपोतमा भ्रष्टाचार गर्दै अस्ट्रेलिया बस्ने जेठानको खातामा पैसा पठाउँदै जेठान र श्रीमतीविरुद्ध पनि मुद्दा
64x64
नेपाल लाइभ मंगलबार, जेठ २०, २०७७  १८:३५
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौँ- ललितपुर मालपोत कार्यालयमा कार्यरत रहेका एक मालपोत अधिकृतले नेपालमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन अस्ट्रेलियामा रहेका जेठानलाई पठाउने गरेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा मालपोत कार्यालय ललितपुरमा कार्यरत रहेका शाखा अधिकृत बद्रीप्रसाद ढकालले गैरकानुनी रुपमा नेपालमा आर्जन गरेको सम्पत्ति चोख्याउन अस्ट्रेलियामा रहेको जेठानको खातामा जम्मा गर्ने  पाइएको हो। 

मालपोत अधिकृतको रुपमा रहँदा ढकालले १० करोड २७ लाख ५८ हजार  ४सय ६१ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले फेला पारेको थियो। ढकालविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अस्थायी शिक्षक हुँदै मालपोत अधिकृतसम्म
२०५४ सालमा अस्थायी शिक्षकका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका ढकाल मालपोत कार्यालय लमजुङ्गबाट राजपत्र अनंकित द्वतीय श्रेणी खरिदारका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। २०५५ सालमा खरिददार भएका उनी शाखा अधिकृतसम्म हुँदा १० करोडभन्दा बढी सम्पत्ति आर्जन गर्न सफल भए। 

ढकाल निजामती सेवामा प्रवेश गरी मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत छन्। उनी यही पैसाको भरमा सधै सुगम र अनियमिता गर्ने सहज हुने स्थानमा सरुवा भएर बस्ने गरेका अख्तियारको अनुसन्धानमा पाइएको छ। 

ढकाल मालपोत कार्यालयहरुमा कार्यरत रहँदै जग्गा दर्ता लगायतका गैरकानूनी कार्यहरूबाट गैरकानूनी रुपमा अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक रुपमा उच्च जीवनयापन गरिरहेकाले उजुरीको आधारमा अनुसन्धान हुदाँ उनको यस्तो कार्यको खुलासा भएको हो। 

सार्वजनिक सेवामा प्रवेश पश्चात ढकालले सालीका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेका थिए। गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्ता नहोस् भनेर उनले अन्य व्यक्तिको नाममा गाडी खरिद गरेको आयोगको अनुसन्धानमा खुलेको आरोपपत्रमा उल्लेख छ।  

परिवारको बैंक खातामा रकम जम्मा गर्दैनथे ढकाल 
उनी यति चलाख थिए कि गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन परिवारको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्दैन थिए। अख्तियारको अनुसन्धानमा उनले यसरी परिवारको नाममा रकम जम्मा नगरी बाहिरी व्यक्ति खोज्ने गरेको पाइएको हो।

उनले यसरी आर्जन गरेको सम्पत्ति अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली जम्मा गर्ने गरेका थिए। उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई ढकालले आफू अनुकूलका व्यक्तिहरू एवं आफूसमेतले विभिन्न व्यक्तिहरुका नामबाट खातामा पैसा जम्मा गराएको अख्तियारको अनुसनधानमा पाइएको छ। सो खातामा मौज्दात रकमहरूबाट आफूले खरिद गरेका जग्गाका जग्गाधनी तथा जग्गा बिक्रेता एवं जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्ने कार्यमा उनले गर्ने गरेको अख्तियारको अनुसनधानमा पाइएको छ। 

Ncell 2
Ncell 2

जेठानको उक्त खाताबाट आफू अनुकूल ४ करोड २६ लाख ९९ हजार विभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले अनुसन्धानको क्रममा फेला पारेको थियो। 

जहाँ पुग्यो उही पैसा लुकाइदिने मान्छे 
ढकाल जुन मालपोत कार्यालयमा सरुवा हुन्थे सोही स्थानमा यसरी आर्जन गरेको पैसा राख्ने र कारोबार गर्ने व्यक्ति बनाउने गरेका थिए। ढकालले आफू तनहुँ जिल्ला स्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सोही तनहुँ जिल्लाबासी डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गाहरु कुनै किसिमको खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाइ आफ्नो नाममा ल्याएका थिए। 

पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई उक्त जग्गा डेकबहादुर गुरुङ र उनकी श्रीमती  गुरुङका सहोदर दिदी र भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले बनाएर खरिदबिक्री देखाएका थिए।  ढकालले उक्त जग्गा १ लाख ९७ हजारको लगानी गरी केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाख आर्जन गरेको देखाई बिक्री गरेको देखाएको आयोगको अनुसन्धानमा पाइएको छ।  

अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजात एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँ आर्जन गरेको पाइएको छ। 

shivam cement

shivam cement

ढकालको लगानी 

  • श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रु.४,५४,१७,२४४। 
  • घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्नि्सिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा रु.१,०१,५३,०८१।
  • पूँजिगत लाभ तथा आयकर रु.७,९०,१३०।
  • विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा रु.१,११,४६,७०१।
  • सन्ततीको अध्ययनमा रु.१,६०,०००।
  • जीवन बीमा प्रिमियम शुल्कमा रु. ९,२४,६४०। 
  • विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा रु. ६४,६३,५११।
  • सवारी साधन खरिद तथा संचालनसमेतमा रु. २८,२२,७००।
  • सुन खरिदमा रु. १७,३००।
  • सरसापटी व्यवहारमा रु. २०,००,०००।
  • जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली सो खाता संचालन गर्नेलाई आफू एवं विभिन्न व्यक्तिहरुको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरुबाट रु.४,२६,९९,२९४।
  • विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाईदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत रु. २,२४,२६,६८९।
  • निजी विदेश भ्रमणमा रु. ९२,३००।
  • बैंक खाताहरुमा अन्तिम मौज्दात रकम रु. २,६८,९०८। 

सोही जाँचअवधिमा ढकालको पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता लगायतका वचत र सवै परिवारको हिसाब गर्दा ४ करोड आय ४९ लाख ४४ हजार १ सय ६० मात्र वैध भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

ढकालको वैध आय 

  • श्रीमती सिर्जना अर्याल ढकालको पारीश्रमिक बचत आयबाट ७७ हजार ३ सय ६७, ढकालको वैदेशिक बचत आयबाट १ लाख 
  • कर्मचारी सचयकोष तथा बैंकबाट लिएका कर्जा ६८ लाख ९१ हजा ७ सय ५१ 
  • घरबिक्रीबाट. १ करोड १५ लाख  
  • जग्गा बिक्रीबाट .१ करोड  ८ लाख ६७ हजार 
  • २ सय  शेयर बिक्रीबाट रु.६,९९,२३०।
  • सवारी साधन बिक्रीबाट १२¸९६¸०००।-
  • कृषि आय रु.१,००,२७४।

माथि उल्लेखित आय मात्र वैध देखिँदा सोभन्दा बढी देखिएकोले रकमहरुको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै ढकालसँग सोही बराबर बिगो, जरिवाना र भ्रष्टचार निवारण ऐन अनुसार सजाय गर्न माग गरिएको छ। 

श्रीमती  र जेठानविरुद्ध पनि मुद्दा 
अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि ढकालकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेषमा मुद्दा दायर गरेको छ। ढकालले आर्जन गरेको सम्पत्ति उनीहरुको नाममा रहेकाले जफत गर्ने प्रयोजनका लागि उनीहरुलाई प्रतिवादी बनाइएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १८:३५
  • #भ्रष्टाचार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन्। गाउँपालिकाका स्थानीयका अनुसा... आइतबार, जेठ ४, २०८२
दैलेखमा प्रचण्डलाई किसानले दिए काँक्रो उपहार मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बु... आइतबार, जेठ ४, २०८२
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित बाढीका कारण यातायात, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्