• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
आज बजेट : सीमित स्रोत तर असीमित आकांक्षा, चालु खर्च कटौती र पूर्वाधार निर्माणमा जोड
64x64
सविन मिश्र बिहीबार, जेठ १५, २०७७  ००:०१
1140x725

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो तेस्रो बजेट बिहीबार (आज) दिउँसो ४ बजे प्रस्तुत गर्दैछन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको आय र व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। 

कोरोना महामारीले थला परेको अर्थतन्त्रलाई गति दिने गरी आगामी बजेट प्रस्तुत हुने निजी क्षेत्र र आम जनताको अपेक्षा छ। बन्द भएका व्यवसायलाई पुनर्जीवित दिने, रोजगारी सिर्जना हुने कार्यक्रम तयार गर्ने, कृषिको व्यावसायीकरणका लागि आधारशिला तयार गर्ने, लगानी वृद्धि गर्ने तथा सीप विकासका कार्यक्रमसहित बजेट आउने अपेक्षा धेरैको छ। यसैगरी अर्थतन्त्रलाई पुनर्जीवित गर्ने गरी विशेष प्याकेजको अपेक्षा निजी क्षेत्रले गरेको छ। 

स्रोतको ठूलो दबाबका बीच अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको तुलनामा केही ठूलो बजेटको तयारी गरेका छन्। मन्त्री खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब ५० अर्ब रूपैयाँ राजस्व संकलन हुने र आगामी वर्ष त्यसको २० प्रतिशत धेरै अर्थात् ११ खर्ब ४० अर्ब रूपैयाँको हाराहारीमा राजस्व संकलन हुने अनुमानसहित बजेट ल्याउन लागेका छन्। यसमध्ये १ खर्ब ३० अर्ब रूपैयाँ बाँडफाँटबाट तल्ला तहमा जाने भएकाले संघीय सरकारले १० खर्ब १० अर्ब रूपैयाँलाई बजेटको स्रोतको रूपमा देखाउनेछ। 

यसैगरी ५० अर्ब रूपैयाँ अनुदान र ३ खर्ब ५० अर्ब रूपैयाँ वैदेशिक ऋण लिने गरी बजेटमा स्रोतको व्यवस्थापन गरिएको छ। त्यसका अतिरिक्त २ खर्ब १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने तयारी मन्त्री खतिवडाको छ। खतिवडाले १६ खर्ब २० अर्ब रूपैयाँ हाराहारीको बजेटका लागि स्रोत व्यवस्थापन गरेको स्रोतको दावी छ। 

अर्थमन्त्री खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम यथावत् राखेका छन्। सांसद विकास कोषका नाममा विगतमा परिचित यो कार्यक्रम विवादित बनेको र अहिले आवश्यक नभएको भन्दै खारेजीको आवाज उठेको भए पनि अर्थमन्त्री खतिवडाले यसलाई निरन्तरता दिने भएका छन्। 'कार्यान्वनको मोडालिटी परिवर्तन गर्ने गरी कार्यक्रम यथावत छ,' स्रोतले भन्यो। 

Ncell 2
Ncell 2
आर्थिक वर्ष २०७७/२०७८ का लागि संसद्‍मा बजेट पेस गर्ने दिनको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयको दृश्य। तस्बिर : यमन पौडेल 

यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका जिल्ला कार्यालय घटाउने गरी बजेट बनाउन लागिएको छ। अहिले ७५ जिल्लामा रहेका कार्यालयलाई ५८ वटामा झार्ने गरी बजेट तर्जुमा गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुषाल सम्पूर्ण जिल्ला कार्यालय खारेजीको पक्षमा भए पनि कर्मचारी व्यवस्थापन गर्न कठिन हुने देखेपछि तत्काल केही जिल्लाको कार्यक्रम मात्रै कटौती गरिएको छ।

खतिवडाले छुट्टाछुट्टै क्षेत्र समेट्ने गरी राहत र आर्थिक पुनरोत्थानका कार्यक्रम ल्याउने तयारी खतिवडाले गरेका छन्। कृषि, पर्यटन, उद्योग र रोजगारीको क्षेत्र समेट्ने गरी प्याकेजको तयारी गरिएको छ। खतिवडाले अनिवार्य दायित्वको बाहेक चालु खर्च कटौतीको तयारी गरेका छन्। चालु वर्षमै पनि केही खर्च रोकिएका छन्। त्यस्ता खर्च रोक्का राख्ने निर्णयले निरन्तरता पाउने स्रोतको दावी छ। 

सीप विकासका लागि स्रोतको व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। विदेशबा फर्केका तथा स्वदेशमै बेरोजगार युवालाई सीपमूलक कार्यक्रममा लगाउने गरी बजेटको तयारी गरिएको हो। यसैगरी लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि बढाइएको छ। 

व्यक्तिगत आयकरतर्फका सिलिङ यथावत राखिएको छ। यसैगरी संस्थागत (कर्पोरेट) तर्फ पनि आयकरको दर परिवर्तन गरिएको छैन। मूल्य अभिवृद्धि कर पनि १३ प्रतिशतमै यथावत छ। केही वस्तुको भन्सार तथा अन्तशुल्क भने बढाइएको छ। नेपालमा उत्पादन हुने वस्तुको आयात निरुत्साहन हुने गरी भन्सार वृद्धि गरिएको स्रोतको दावी छ। मदिरा र चुरोटमा अन्त:शुल्क सामान्य वृद्धि गरिएको छ। 

चालु वर्षमा जस्तै पूर्वाधार क्षेत्रमा पर्याप्त विनियोजन गरिएको छ। चालु वर्षमा १५ खर्ब ३२ अर्बको बजेटमध्ये ४ खर्ब ८ अर्ब रूपैयाँ पुँजीगत खर्चको रूपमा विनियोजन गरिएको थियो। 

आर्थिक वर्ष २०७७/२०७८ का लागि संसद्‍मा बजेट पेस गर्ने दिनको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयको दृश्य। तस्बिर : यमन पौडेल

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  ००:०१
  • #बजेट_२०७७_७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झण्डै २७ अंकले वृद्धि भएको हो। सोमबार, जेठ २६, २०८२
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो ख... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित सोमबार, जेठ २६, २०८२
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण: छानबिन समिति बनाउन कांग्रेस तयार नहुदा रास्वपासँगको छलफल निष्कर्षविहीन सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : राष्ट्रियसभा सदस्य सुरेश आले मगर सोमबार, जेठ २६, २०८२
वीरगंजको खानेपानी समाधानका लागी मन्त्रालयमा छलफल सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्